नेकपा एमाले उर्लाबारी-३ वडा कमिटी अध्यक्षमा भीष्म बुढाथोकी चयन भएका छन् । मंगलबार भएको वडा अधिवेशनबाट बुढाथोकीको नेतृत्वमा कमिटी सर्वसम्मत चयन भएको हो ।वडा कमिटीको उपाध्यक्षमा छविलाल धिमाल, सचिवमा छवि दाहाल, सहसचिव कल्पना नाल्बो र काजीमान लिम्बू रहेका छन् ।यस्तै, आजै सम्पन्न वडा अधिवेशनबाट वडा नं. १ मा श्यामबहादुर कट्वाल, वडा नं. २ मा इन्द्र दाहाल र वडा नं. ७ मा योगेश बस्नेत अध्यक्ष चयन भएका छन् ।
विवेकेशील साझा पार्टी संयोजक मिलन पाण्डे समूहले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ ।अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गर्ने निर्णय गर्न दिउँसो २ बजे केन्द्रीय बैठक बोलाइएको हो ।बिहीबार (हिजो) मिश्रले पाण्डेको सहमतिबिना केन्द्रीय कमिटीको बैठक राखेर संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमतसंग्रह गर्नुपर्ने प्रस्ताव राखेका थिए । दुईतिहाइ मतले प्रस्ताव पारित गरेको थियो ।अध्यक्ष मिश्रले पार्टीभित्र सहमतिबिना निर्णय गरेपछि पाण्डे पक्ष रुष्ट छ ।
काठमाण्डाै । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आजदेखि आन्दोलन गर्ने भएको छ । जबराले तत्काल राजीनामा नदिए देशभरका ९० बार इकाईमार्फत् आन्दोलन घोषणा गर्ने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । कार्यसमितिको बैठक बसेर आज जबराविरुद्ध थप कार्यक्रम घोषणा गर्ने उनले बताए ।बारको गत मङ्गलबार बसेको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो ।
काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६ औं सम्मेलनको विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलायत प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री देउवा नोभेम्बर १ (कात्तिक १५) मा कोप २६ को उद्घाटनमा सहभागी हुनेछन् र विश्वका नेताहरूको सम्मेलनमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री देउवाले विभिन्न राष्ट्रका प्रमुखहरू र सरकार प्रमुखहरूसँग द्विपक्षीय साइडलाइन वार्ताहरू गर्नेछन् ।त्यसअघि, अक्टोबर ३० (कात्तिक १३) मा प्रधानमन्त्री द
काठमाण्डाै । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशबाट पहिलो मुख्यमन्त्री पाएको छ। एमालेबाट फुटेर नयाँ पार्टी बनेको दुई महिना नपुग्दै नेपाल नेतृत्वको पार्टीले सबैभन्दा ठूलो लाभ बागमतीबाट लिएको हो।संघीय सरकारमा चार मन्त्री र एक मन्त्रीसहित सहभागी भइसकेको नेपाल नेतृत्वको पार्टी बागमतीबाट मुख्यमन्त्री यात्रा थालेको हो।बागमतीबाट मुख्यमन्त्रीको ढोका खोलेको समाजवादीले प्रदेश १ मा पनि नेतृत्व लिने सम्भावना छ। गठबन्धन दलबीच सहमति भएमा आगामी कात्तिक १५ गते प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने छन्। नेकपा विभाजनपछि राष्ट्रिय सभाको उपनिर्वाचनमा एमाले
इलाम/ गाउँघरमा बनाइने पिङले नेपालका विभिन्न सामाजिक तथा सांस्कृतिक चाडबाडहरूको सङ्केत गर्छन् । कतिपय जनबोलीले त दसैँ र तिहारमा ‘भुँ छोड्नुपर्छ’ भन्दै पिङ खेल्नुपर्ने प्रचलन पनि छ । यस्ता पिङ चाडबाड सकिएसँगै उखेलिन्छन् । फेरि चाडबाड आएसँगै बनाइन्छन्। यस्ता म्यादी पिङ भन्दा भिन्न र साहसिक पिङ बनेको छ दक्षिणी झापाको बुद्धशान्ती गाँउपालीका वडा नम्बर ७ मा । वडा कार्यालयसँगको भिरमा छ पिङ । झापाको चारआलीबाट कन्याम जाने बाटोमै १४ किलोमिटर हाराहारीको दूरीमा पिङ क्षेत्र पुग्न सकिन्छ । कान्छाकान्छीको स्विङ भनेर यो पिङ परिचित छ । सडकबाटै देख्न सकिने यो क्षेत्र सडकबाट बीस मिटर भित्र मात्रै
विराटनगर। मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले एम्बुलेन्समा लैजाँदै गरेको ५२१ किलो लागू औषध गाँजा बरामद गरेको छ भने हवाई फायर गरी २ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा पुस १३ गते राति केराबारी गाउँपालिका-५ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ प्र.१-०६-००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई छोडेर मानिसहरु भान्न खोजे पछी प्रहरीले हवाई फायर गरी धनकुटा शहिदभुमी-६ का निश्चल राई र सागुरिगढी-२ का खगेन्द्र लिम्बुलाई नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा लिइएको एम्बुलेन्स भित्र १६ वटा पोका बनाएर लुकाई छिपाई राखेको ५ सय २१ किलोग्राम लागु औषध
काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची सोमबार निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै सोमबार निर्वाचन आयोगमा पठाउने निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । विभिन्न जिल्लाबाट प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारिएको उहाले बताउनुभयो ।भट्टले बन्दसूचीमा अध्यक्ष ओलीले आवश्यक ठानेमा करेक्सन गरेर निर्वाचन आयोगमा दर्ता गर्न पठाउने भन्ने निर्णय भएको उल्लेख गर्नुभयो । बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्रीसंगको भेटमा निर्वाचनको वातावरण
सुन्दरहरैचा / लायन्स क्लव अफ सुन्दरदुलारीको आयोजनामा सुन्दरहरैचा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका नवनिर्वाचित मेयर केदार गुरागाईं, उपमेयर अकली चौधरी कार्यपालिका सदस्य अजम्बर राई, दुर्गादेवी पोखरेल, सीतादेवी अधिकारी, आनन्दकुमारी लिंखा, वडा नं ३ अध्यक्ष बिदुर ढुंगाना वडा ४ अध्यक्ष कैलाश बस्नेत र वडा नं ५ वडा अध्यक्ष गणेश चौधरी वडा ६ अध्यक्ष सन्तोस लिङदेन वडा ७ अध्यक्ष भुवन शिं मगर का साथै सुन्दरहरैचा नगरपालिका वडा ३,४,५,६,र ७ का वडा सदस्य हरुलाइ खादा र मायाको चिनोले सम्मान गरिएको थियो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.