पथरी / पथरी जेसीजले १० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । वर्ष २०२१ का अध्यक्ष प्रदीप फूयालले बर्ष २०२२ की अध्यक्षता अनिता राई (अनु) लाई पथरी जेसीस अध्यक्षको कार्यभार सुम्पिएका हुन् । पथरी जेसिसको गत पूस १९ सम्पन्न भएको निर्वाचनबाट वर्ष २०२२ का लागि अध्यक्ष अनिता राई (अनु) सर्वसमत चयन हुनु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिको नगर प्रमुख दिलिप कुमार राईले जेसिसको अभियान अनुरुप नेत्रित्व विकास र समाज रुपान्तरण सदैब लागिरहन अनुरोध गर्दै नयाँ कार्यसमितिलाई शुभकामना दिएका छन् । कार्यक्रममा नेपाल जेसीजका भाइस प्रेसिडेन्ट दिपेन्द्र निरौलाले जेसीज पदाधिक
विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटामा १५, इलाम, संखुवासभा र उदयपुरमा २–२, ताप्लेजुङ, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३७ जनामा संक्रमण देखिएको हो ।सुनसरीको धरानमा १७६, इटहरीमा ७७, बर्जुमा ६, इनरुवा र स्थानीय तह नखुलेका ४–४, देवानगञ्ज, बराहक्षेत्र र कोशी गाउँपालिकामा ३–३, हरिनगर र रामधुनीमा २–२, मोरङको विराटनगरमा २४०, सुन्दरह
नयाँ दिल्ली ,४ माघ (रासस/एएनआई) । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ३८ हजार १८ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । सोमबार सार्वजनिक गरिएको विवरणअनुसार एक दिनअघिको २४ घण्टामा दुई लाख ५८ हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएका थिए । सोमबार सार्वजनिक गरिएको दैनिक सङ्क्रमितको संख्या मङ्गलबार २० हजार ७१२ जना कम थियो ।भारतमा अहिलेसम्म कुल तीन करोड ७५ लाख भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भईसकेका छन् । ती मध्ये १७ लाख ३६ हजार ६२८ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सङ्क्रमि
काठमाडौं मेडिकल कलेजका सञ्चालक डा .सुनिल शर्माले आफूमाथि सिंहदरबारभित्रै केही गुण्डाहरुले आक्रमण गर्न खोजेको बताए छन् । सिंहदरबारबाट बाहिरिएपछि टेलिफोनमा कुराकानी गर्दै शर्माले भने – मलाई मोसो दल्ने कसैको दम छैन। म माथि बैठक सकिएर बाहिरिँदै गर्दा शिक्षा मन्त्रालयको गेटमा बसेका गुण्डाहरू ‘मोसो दल्ने प्रयास गर्दै थिए,हाम्रा भाइहरूले उल्टै ठीक पारेर पठाइदिए।’ उन्ले सिंहदरबारभित्र सुनियोजित रुपमा आफूमाथि आक्रमण प्रयास भएको बताए । ‘ममाथि सुनियोजित आक्रमण कोसिस गरेका थिए। गुण्डाहरुले अरु त के गर्न सक्छन् र ? यस्ताको के हिसाब भयो र ?’, उ
सुन्दरहरैचा । पछिल्लो २४ घण्टामा सुन्दरहरैचा नगरपालिकामा थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । सामाजिक बिकास मन्त्रालय प्रदेश नं १ का अनुसार बुधबार सुन्दरहरैचामा ६ जना महिला र ४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । मोरङमा मात्र बुधबार २६८ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ । प्रदेश १ मा मोरङ, सुनसरी र झापा जिल्लामा कोरोना भाईरसको संक्रमण बढी फैलिरहेको छ । बुधबार मात्र झापामा ६८, मोरङमा २६८ र सुनसरीमा २८० जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ ।मोरङको सबै भन्दा बढी विराटनगर , झापाको विर्तामोड र भद्रपुर र सुनसरीको धरान र इटहरी जस्ता स्थानिय तहमा सक्र
काठमाडौं । बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै आन्दोलित विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गर्दा केही विद्यार्थी घाइते भएका छन् । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको छ ।बुधबार काठमाडौं । बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरमा विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको छ ।कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै आन
इटहरी । माघ महिनाको सुरुवातसंगै पुर्वी तराईमा चिसो वढेपछि जनजीवन प्रभावित बन्न थालेको छ । कठ्याग्रीने चिसोका कारण पछिल्लो समयमा बजार पसलमा मानिसहरुको चहलपहल समेत घट्न थालेको छ । चिसो बढ्न थालेपछि शहर वजारहरु मात्र नभएरक गाउँघरमा समेत मानवीय चहलपहलमा कमी हुन थालेको हो । केही दिन देखि विहान र वेलुकाको समयमा हुस्सु लाग्ने र दिउँसो सामान्य मौषम खुले जस्तो देखिएपनि चिसो हावा लाग्ने गरेका कारण जनजीवन कस्टकर वन्न थालेको छ । मानिसहरुलाई काममा निस्कन पनि समस्या हुन थालेको छ । व्यापार गर्दै आएका व्यापारीहरु जाडोका कारण आगो बालेर ताप्न थालेको तथा पसल
इनरुवा । माघ महिना सुरु भएसंगै पुर्वी तराईमा बढी रहेको जाडोलाई लक्षित गरी लायन्स क्लव अफ इटहरी मोल्विन जोनले इनरुवाका विपन्न वर्गका मानिसहरुलाई न्यानो कपडा वितरण गरेको छ । इनरुवा नगरपालिका वडा नम्बर ८ कशंमडनको मर्दसा टोलमा लायन्स क्लव अफ इटहरी मोल्विन जोनले २सय ५० जनालाई ज्याकेट वितरण गरेको हो । लायन्स क्लव अफ इटहरी मोल्विन जोनका अध्यक्ष रितेष श्रेष्ठको अध्यक्षता तथा लायन्स क्लव अफ एरिया चिफ टंककुमारी गुरुगंको प्रमुख आतिथ्यमा भएको न्यानो कपडा वितरण कार्यक्रममा मर्दसामा अध्यय
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले चढेको जिप कैलालीको एयरपोर्ट मोडमा दुर्घटनामा परेको छ । मन्त्री आले मंगलबार राति काठमाडौंबाट धनगढी हुँदै कञ्चनपुरको महेन्द्रनगरमा हुने एक कार्यक्रममा जाने क्रममा उनी चढेको गाडी दुर्घटनामा परेको हो ।सुदूरपश्चिमकाे भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयकाे सुप प्र ०१००१ झ ३३३ गाडी विपरीत दिशाबाट आइरहेको बा ४ च १३७७ काे गाडीसँग ठाेक्किदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।महेन्द्रनगरमा हुने कार्यक्रमका लागि मन्त्री आलेले सुदूरपश्चिमकाे भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयकाेगाडी प्रयोग गरेका थिए ।मन्त्री आले सवार चढेको गाडी दुर्घटनामा परे पनि ग
सुनसरी ।सत्तारूढ पाँच दलका शीर्ष नेताहरू रहेको राजनीतिक समन्वय समितिको बैठकले स्थानीय निर्वाचन बारेमा छलफल गरेको छ । स्थानीय तहको निर्वाचन वैशाखमा नै गर्न गठबन्धनका नेताहरु सहमत भएका छन् ।बालुवाटारमा आज बिहान बसेको बैठक पछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको बताए । यस बारेमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने भएको छ ।निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको थियो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.