काठमाडौं / विश्वकप छनोटअन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेलका लागि फरवार्ड लियोनल मेस्सीलाई बाहिर राख्दै अर्जेन्टिनी टोलीको घोषणा भएको छ । प्रशिक्षक लियोनल स्कोलानीले कोभिड-१९ संक्रमणमबाट निको भएर फर्किए पनि मेस्सी पछिल्लो एक महिनादेखि मैदान बाहिर रहेकाले टोलीमा समावेश नगरिएको बताएका छन् ।पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर मेस्सी पछिल्लो एक महिनापछि बुधबार मात्रै मैदान फर्किएका छन् । मेस्सीले पछिल्लो पटक २२ डिसेम्बरमा लिग वानमा लोरियन्टविरुद्ध खेलेका थिए । मेस्सी टिम बाहिर रहँदा पाउलो डिबलाले टोलीमा पुनरागमन गरेका छन् । यस्तै संन्यास लिएका सर्जियो अग्वुइरो बाहिर रहँदा लौटारो मार्टिनेज ट
इटहरी । प्रहरीले बैँकिङ् कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका वडा नं ४ पाचकन्याका ३२ बर्षीय बिशाल राई रहेका छन् । राईलाई उच्च अदालत विराटनगरले २०७८ बैशाख १६ गते १ बर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैया ३३ पैसा जरिवाना सहित पक्राउ गर्न फैसला गरेको थियो ।फरार रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले गाउघरमा लुकिछिपी बसेको अवस्थामा बुधबार पक्राउ गरेको हो ।पक्राउ परेका राईलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरि कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ&n
तेह्रथुम / तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गाउँपालिकाका १६४ युवा रोजगार बनेका छन् । आर्थिक रुपमा विपन्न पछाडि परेका समुदायका श्रमिकहरूलाई वडाहरू मार्फत छनौट गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले बताए । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गाउँपालिकामा रोजगार कार्यक्रम सञ्चालनका लागि ९४ लाख ४३ हजार रुपैया श्रमिकको ज्यालका लागि उपलव्ध गराएको बताइएको छ ।गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन हुने योजनामा ४० लाख रुपैया साझेदारी गरेको गाउँपालिकाका रोजगार संयोजक कृष्णप्रसाद चम्लागाईंले जानकारी दिए । रोजगार कार्यक्
सुन्दरहरैँचा / मोरङको विराटचोकमा अज्ञात व्यक्तिले कान काटिदिएपछि एक जना ट्रक चालकको अवस्था गम्भीर बनेको छ । दुई जना अपरिचित पुरुषले बुधबार राति ११ः२५ बजेतिर ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका ५२ वर्षीय वोधविक्रम मुखियाको देव्रे कान काटिदिएका हुन् ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले कान काटिदिएपछि अत्याधिक रक्तश्राव भएर मुखियाको अवस्था गम्भीर बनेको जानकारी दिए । उनका अनुसार सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा अज्ञात व्यक्तिले प्रदेश १–००१ ख ८१८९ नम्बरको ट्रकका चालक मुखियाको देव्रे कान काटेर छिनाइदिएका छन् । मुखिया सिमेन्ट लोड गरिएको ट्रक लिएर मोरङको बूढीगंगा
इटहरी / ताप्लेजुङको मेरिङदिन गाउँपालिका–३ मा आज दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । ताप्लेजुङको साँवाबाट दोभानतर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दिउँसो १ः१५ बजे दोभान साँवा सडकखण्डको खाम्लुङमा आफैँ अनियन्त्रीत भई सडकबाट अन्दाजी १५० मिटर तल खस्दा मेरिङदिन गाउँपालिका–१ का ४५ वर्षीय च्याम्जु भन्ने निमा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुर्घटनामा परी सोही ट्याक्टरका चालक र सह–चालक घाइते भई उपचारको लागि जिल्ला अस्पताल ताप्
विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७७, सुनसरीमा २५४, झापामा १३८, धनकुटामा १३, उदयपुरमा ५, तेहृथुम र इलाममा २–२, ओखलढुङ्गा, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५० जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ३२०, बुढीगंगामा १८, उर्लाबारीमा ९, सुन्दरहरैचामा ७, कटहरीमा ४, बेलबारी र स्थानीय तह नखुलेका ३–३, पथरीशनिश्चरे, ग्रामथान, धनपालथान र रतुवाम
सरोज पौडेल विराटनगर, ५ माघ । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मंत्रालयले मोरङको विराटनगर महानगरपालिका र सुनसरी देवानगंज गाँउपालिकालाई वारुण यन्त्र उपलब्ध गराएको छ । गतबर्ष मंत्रालयले ताप्लेजुङको फुङलिङ नगरपालिका र सोलुखुम्बुको सोताङ गाँउपालिकालाई उपलब्ध गराइएको वारुण यन्त्र संचालन गर्न नसक्ने भन्दै लिन नआएपछि विराटनगर महानगरपालिका र देवानगंज गाँउपालिकालाई वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मंत्रालयले जनाएको छ ।आन्तरिक मामिला तथा कानुन मंत्रालयमा बुधवार एक कार्यक्रम आयोजना गरी आन्तरिक मामिला तथा कानुन मंत्री केदार कार्कीले सम्बन्धित पालिका प्रमुखलाई वारुण यन्त्रको
इटहरी / सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बाट लागूऔषध गाँजा र साइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बराहक्षेत्र–३ का २८ वर्षीय नगेन राई र उदयपुरको चौदण्डीगढी नगरपालिका– १ का ३२ वर्षीय नबहाङ किराँती राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको क्यु आर टी टोलीले मंगलबार राति सुरक्षा जाँचको क्रममा निजहरुबाट ६ केजी लागूऔषध गाँजा र २ वटा साइकल नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङ को पिण्डे चौतारामुनि आज बिहान ९ बजेतिर मोटरसाइकल र सुमो पिकप एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । बाइकमा सवार मादी न पा ८ मावादिन निवासी राजकुमार गुरुङ, उनकी श्रीमती र १ वर्षीया छोरी सख्त घाइते भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सुमोमा भने सामान्य क्षति मात्र भएको छ भने मोटरसाइकल काम नलाग्ने गरि बिग्रिएको छ । सुमोचालक भने सकुशल रहेका प्रत्यक्षदर्शीले बताएका छन् ।घाइतेहरुलाई धरानस्थित घोपा क्याम्पमा लगिएको ६ नं वडाका वडाध्यक्षले जानकारी दिएका छन् । घटनास्थलमा तत्कालै प्रहरी उपस्थित भएपछि घटनाको मुचुल्का उठाई घाइते
इनरुवा / सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा भएको घटना छानबिनका लागि सुनसरी प्रशासनले छानबिन समिति गठन गरेको छ । सुनसरी प्रशासनले घटना छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल संयोजक रहेको समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ सदस्य रहेका छन् ।त्यसैगरी राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीसमेत छानबिन समितिको सदस्य रहेक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.