All Posts By कोशी प्रेस

    Showing १३,४११-१३,४२० of १३,७४९ items.
  • मधेश प्रदेश सरकारले सञ्चारकर्मीको जीवन बिमा गर्ने

    जनकपुर । मधेश प्रदेश सरकारले प्रदेशमा कायरत रहेका सञ्चारकर्मीलाई स्वास्थ्य बिमा गर्ने भएको छ । मधेश प्रदेश आम सञ्चार प्राधिकरणले मंलगबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका ८ वटै जिल्लामा कार्यरत रहेका सक्रिय पत्रकाको स्वास्थ्य बिमाका विषयमा विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ । लोक कल्याणकारी विज्ञापन प्रदेशबाट प्रकाशित हुने सबै पत्रकारहरूलाई प्रदान गर्ने पक्षमा प्रदेश सरकारले काम गर्ने र त्यसको थालनी आफ्नै मन्त्रालयले गर्ने मन्त्री साहले बताए । उक्त कार्यक्रममा मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले पत्रकारिता क्षेत्रमा कामकाज गर्ने पत्रकारको स्वास्थ्य जोखिमलाई

    • प्रकाशित मितिः माघ १८, २०७८
    • २१८ पटक पढिएको
  • ‘पुष्पा’को सफलतापछि अल्लूले बढाए पारिश्रमिक

    एजेन्सी / फिल्म ‘पुष्पा : द राइज’ पछि अभिनेता अल्लू अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन् । यही कारण उनले ‘पुष्पा : द रुल’का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । यो फिल्म मात्र होइन, उनले अन्य फिल्मका लागि पनि बढेको पारिश्रमिक लिने छन् । उनले पारिश्रमिक मूल्य सय करोड पु¥याएका छन् ।फिल्ममा एटलीको निर्देशन र लायका प्रोडक्सनको निर्माण हुनेछ । लायका प्रोडक्सनले यसअघि तमिलमा ‘२.०’, ‘कैथी’ र ‘दरबार’ जस्ता फिल्म निर्माण गरिसकेको छ । एटलीले ‘मार्सल’, ‘थेरी’ र ‘बिजिल’ जस्ता फिल्म दर्शकलाई दिइसकेका छन् ।अल्लूले सय करोड पारिश्रमिक तोके पनि त्यो लगानी उठाउन प्रोडक्सन हाउसलाई कुनै चिन्ता छैन । किनकी उनीह

    • प्रकाशित मितिः माघ १८, २०७८
    • २२५ पटक पढिएको
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ

    काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ ।यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको जनाएको छ । ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ । यति हुँदा समेत प्रति महिलना ४.५ अर्ब देखि ५ अर्ब ऋढ लिनु पर्ने बाध्यात्मक अवस्था बनेको निगमले जनाएको छ । 

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १३१ पटक पढिएको
  • बुधबार सार्वजनिक विदा

    काठमाडौं ।  सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।

    • प्रकाशित मितिः माघ १८, २०७८
    • ५६ पटक पढिएको
  • युवा संघले दियो स्वास्थ्य मन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौं ।  नेकपा एमालेको युवा भ्रातृ संगठन राष्ट्रिय युवा संघले कोभिड–१९ को २४ लाख डोज खोप हिनामिना भएको दाबी गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दिएको छ । युवा संघले खोप हिनामिना प्रकरणमा स्वास्थ्यमन्त्री विरोध खतिवडा र अन्य व्यक्तिहरू संलग्न रहेकाले छानबिनका लागि उजुरी दिएको हो । यसअघि सोमबार स्वास्थ्य मन्त्रालयले यही २१ माघ शुक्रबार अपरान्ह ४ बजे भित्रमा खोपको विवरण बुझाइसक्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यबस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १६२ पटक पढिएको
  • भक्तिप्रसाद सिटौला सहित ४ जना राप्रपा पार्टीको प्रवक्ता तोकिए

    सुन्दरहरैचा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधान अनुसार राप्रपाका चारजना नेताहरूलाई पार्टीको प्रवक्ता तोकेका छन् ।जसमा झापाका भक्तिप्रसाद सिटौला सहित मोरङका गोपाल दाहाल, गोरखाका मोहन श्रेष्ठ र पाँचथरका सगुन लावती छन् ।प्रवक्तामा मनोनित भएका मोरङका दाहाल राप्रपा निकट विद्यार्थी संगठन राप्रविसका संस्थापक वरिष्ठ उपाध्यक्ष समेत हुन् ।यसैगरी पार्टी अध्यक्ष लिङदेनले दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेका छन् । साथै पार्टीका विभिन्न ६ वटा विभागका प्रमुखहरूमा पनि उनले जिम्मेवारी बाँडफाँड गरेका छन् ।पार्टीमा दुई महामन्त्री र दुई उप

    • प्रकाशित मितिः माघ १८, २०७८
    • ११५ पटक पढिएको
  • रोटर्याक्ट क्लब अफ सुनसरी द्वारा दुर्घटना रोक्न लाइट रिफ्लेक्टर

    इटहरी / इटहरीमा रहेका छाडा कुकुरलाई दुर्घटना बाट रोक्न नियोन लाइट रिफ्लेक्टरसहितको ब्यान्ड लगाइएकाे छ । इटहरीकाे मुख्य चाेक आसपासमा रहेका छाडा कुकुरहरू रातिकाे समयमा दुर्घटना हुने क्रम बढेपछि रोटर्याक्ट क्लब अफ सुनसरीले उक्त कार्य गरेकाे हाे । १५ माघ गते शनिबार इटहरीकाे मुख्य चाेक, संगित चाैक, वीपी चाेक लगायतका क्षेत्रका ३२ वटा कुकुरहरूलाई रिफ्लेक्टर लगाइएकाे संस्थाकी अध्यक्ष माला धितालले जानकारी दिइन् । संस्थामा आवद्ध १६ जनाकाे समुहले कुकुर बिस्कुट लगायतका खाने कुरा समेत वितरण गरेकाे उनले बताइन् ।

    • प्रकाशित मितिः माघ १८, २०७८
    • ३१९ पटक पढिएको
  • त्रियुगा नगरपालिकाको सवै विद्यालयहरु खुल्ने

    उदयपुर । आजबाट त्रियुगा नगरपालिकाका सवै विद्यालयहरु खुल्ने भएको छ । त्रियुगा नगरपालिकामा आइतबार बसेको नगर प्रमुख स्तरीय बैठकले सोमबार बाट सामुदायिक र संस्थागत विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक रुपमा पठन पाठन संचालन गर्न निर्णय गरेको छ ।कोभिड–१९को ओमिक्रोन भेरियन्टको संक्रमण जोखिमका कारणका पुस २९ गतेको नगर प्रमुख स्तरीय बैठकको निर्णय अनुसार माघ २ गतेदेखि १५ गतेसम्म भौतिक रुपमा पठनपाठन स्थगन गर्ने निर्णय भएकोमा हाल कोरोना संक्रमण दर न्यून हुँदै गईरहेको परिस्थिति रहेकोले विद्यालयहरु संचालन गर्न निर्णय गरेको त्रियुगा नगर शिक्षा शाखा प्रमुख एक बहादुर राउतले जानकारी दिए । विद्य

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १४९ पटक पढिएको
  • सामुदायीक वन उपभोक्ता समितिले उपभोक्तालाई ग्यास सिलिण्डर वितरण

    उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका- ८ स्थित सालघारी सामुदायीक वन उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई ग्यास सिलिन्डर वितरण गरेको छ । सालघारी सामुदायिक वन उपभोक्ता समितिले एक कार्यक्रमकाको आयोजना गरेर आफ्ना उपभोक्ताहरूलाई ग्यास चुलो, सिलिन्डर र सिरक वितरण गरेको हो ।समितिले ४३ घर परिवारलाई ग्यास चुलो, सिलिन्डर र १४ घरपरिवारलाई सिरक वितरण गरेको हो ।

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १३२ पटक पढिएको
  • घरमा आगलागी हुँदा एकजनाको मृत्यु

     कञ्चनपुरको एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। कञ्चपुरको भीमदत्त नगरपालिका–९ मा रहेको एक घरमा आगलागी हुँदा ७२ वर्षीय पदम ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।सोमबार राति गोठमा बालेको आगो सल्किएपछि एक कोठे खरको घरमा आगलागी भएको प्रहरीले बताएको छ। बिरामी अवस्थामा रहेका वृद्ध बाहेक घरका अन्य सदस्य सुरक्षित रहेका प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः माघ १८, २०७८
    • ७७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]