All Posts By कोशी प्रेस

    Showing १३,३४१-१३,३५० of १३,७४९ items.
  • फागुन १० गतेभित्र रेल सेवा सञ्चालन हुने

    नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले फागुनको १० गतेभित्र जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने बताएका छन् । महाप्रबन्धक झाले उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको र १० गतेभित्र उद्घाटन भई यात्रुसहित रेल चल्ने दाबी गरेका हुन् । फागुन १ गतेबाट भने ‘ड्राई रन’ अर्थात् बिना यात्रु जयनगर देखि जनकपुरसम्म रेल चलाइने छ ।उनले भने– फागुन १ गतेदेखि ड्राई रन रेल चलाउने छौँ । बिना यात्रु नियमित रेल चलाउने छौँ । फागुन १० गतेभित्र उद्घाटनको सम्भावना छ । अहिलेसम्मको प्रगति यही हो । उद्घाटनपछि यात्रुसहित रेल चल्नेछ ।’महाप्रबन्धक झाले थपे, ‘रेलको उद्घाटन नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले गर्ने अहिलेसम

    • प्रकाशित मितिः माघ २४, २०७८
    • १३७ पटक पढिएको
  • एमसिसी–सम्झौताविरुद्ध १८ दलले माघ २६ गते विरोध प्रदर्शन गर्ने

    एमसिसी–सम्झौताविरुद्ध संसदबाहिर रहेका १८ राजनीतिक दलहरूले माघ २६ गते काठमाडौँमा व्यापक जनसहभागितामा विरोध प्रदर्शन गर्ने भएका छन् । सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै ती दलसहित विभिन्न सङ्घसंस्था र अभियानहरूको मोर्चा संयुक्त जनआन्दोलनले एमसिसीको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।  संयुक्त जनआन्दोलनले आगामी माग २६ गते  दिउँसो १२ः३० बजे कोटेश्वर तीनकुनेको पश्चिम कुनामा भेला भई बानेश्वरतर्फ विरोध र्‍यालीको रूपमा गई विरोधसभा गर्ने कार्यक्रम रहेको छ । जनआन्दोलने ठूलो सङ्ख्यामा विरोध–प्रदर्शन र जनसभामा सहभागी भई राष्ट्रघाती एमसिसी–सम्झौतालाई अस्वीकार गर्न सरकारमाथि सशक्त दबाब द

    • प्रकाशित मितिः माघ २४, २०७८
    • १४४ पटक पढिएको
  • प्याब्सन प्रदेश नम्बर १को पदस्थापना कार्यक्रम सम्पन्न

    इटहरी । निजी तथा आवासीय अर्गनाईजेशन नेपाल प्याब्सन प्रदेश नम्बर १को नव निर्वाचित कार्यसमितिको एक कार्यक्रमका विच पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।   सुनसरीको इटहरीमा निवर्तमान अध्यक्ष युवराज बाशिष्ठको अध्यक्षता तथा प्रदेश नम्बर १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादवको प्रमुख आतिथ्यमा पदस्थापना कार्यक्रम सम्पन्न भएको हो ।  गत पुस २९ गते भएको प्याब्सन प्रदेश नम्बर १ समितिको तेस्रो अधिवेशनले टिकाराम ढकालको नेतृत्वमा १३ सदसिय नयाँ कार्यसमिति चयन गरेको थियो । पदस्थापना कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत शान्तिराम भण्डारीले नव निर्वाचित कार्यसमिति अध्यक्ष ढकाल  बरिष्ठ उपा

    • प्रकाशित मितिः माघ २४, २०७८
    • ४८३ पटक पढिएको
  • खोला उत्खन्न गरेको कारण बस्ती जोखिममा परेको भन्दै सुन्दरहरैचा ४का स्थानीय विरोधमा

    मोरङ । जथाभावी रुपमा खोला उत्खन्न गरेको कारण बस्ती जोखिममा परेको भन्दै मोरङको सुन्दरहरैचा ४का स्थानीयले बस्ती संरक्षणका लागि जथाभावी रुपमा हुदै आएको उत्खनन रोकिनु पर्ने माग राखेका छन ।   मोरङको सुन्दरहरैचा वडा नम्बर ४ तर्फ बुढी खोलाबाट जथाभावी रुपमा बालुवा गिटी उत्खनन गर्ने कार्यले बस्ती जोखिममा परेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन ।    खोलामा बालुवा गिटी उत्खनन गर्ने क्रममा खोलाको किनारा तथा खोलाको कटान नियन्त्रणका लागि वनाइएको संरचनाहरु समेत भत्काएर लैजान थालेको भन्दै स्थानीयहरु विरोधमा उत्रिए ।विरोधमा उत्रिएका स्थानीयले खोला उत्खननका नाममा व्यक्तिले भोगचलन गर्दै

    • प्रकाशित मितिः माघ २४, २०७८
    • ११९ पटक पढिएको
  • पाथीभरा एड्भरटाइजिङ्ग द्धारा शैक्षिक संस्थालाई सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण

    इटहरी । महिनावारी भएको समयमा सहज रुपमा सेनेटरी प्याड नपाउदा विद्यालय तथा कलेजको पढाई छोड्न  छात्राहरुको  वाध्यता हुँदै आएको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा दुईवटा शैक्षिक संस्थालाई सेनेटरी प्याड भेन्डिङ मेसिन उपलव्ध गराइएको छ ।  पाथीभरा एड्भरटाइजिङ्ग प्राइभेट लिमिटेडले इटहरी उपमहानगरपालिका वडा नम्बर २मा रहेको महेन्द्र माध्यमिक विद्यालय र वडा नम्बर ५मा रहेको जनता बहुमुखी क्याम्पसलाई आफनो स्थापनाको ७ औं वर्ष पुरा गरेको अवसर पारेर सेनेटरीप्याड भेन्डिङ मेसिन उपलव्ध गराएको हो ।    पाथीभरा एड्भरटाइजिङ्ग प्रालि का प्रवन्ध निर्देशक पवन अधिकारीले विगतमा आफु अध्ययन गरेक

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १८० पटक पढिएको
  • सुकुना बहुमुखी क्याम्पसको १५औं परिषद् बैठक तथा छात्रबृति कार्यक्रम सम्पन्न ।

    सुन्दरहरैँचा / पूर्व क्षेत्रकै शिक्षाको केन्द्र सुकुना बहुमुखी क्याम्पसको पन्ध्रौँ परिषद् बैठक तथा छात्रबृति कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार क्याम्पसको सभा हलमा क्याम्पस प्रमुख चन्द्रमणि राईले आ.व २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै चालु आ.व. २०७८/०७९ को लागि रु १९ करोड ७६ लाख ६८ हजार ९ सय ११ रुपैयाको अनुमानित आय–व्यव बजेट, नीति तथा कार्यक्रम, वार्षिक कार्ययोजना, आ.व. २०७७/०७८ को बाह्य लेखापरीक्षणको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो  तस्तै कार्यक्रममा लेखा समितिका संयोजक चूडामणि तिम्सिनाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने  पुनराव

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १४६ पटक पढिएको
  • रामकृष्ण खड्काको अध्यक्षतामा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ सुन्दरहरैंचा नगर कमिटी गठन

    सुन्दरहरैंचा । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ सुन्दरहरैंचा नगर कमिटीको अध्यक्षमा रामकृष्ण खड्का चयन हुनु भएको छ । शनिबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको कार्यालयमा भएको व्यवसायीहरुको भेलाले खड्काको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरेको हो । भेलाले कमिटीको उपाध्यक्षमा सुवास न्यौपाने र ध्रुव दाहाल, सचिवमा अर्जुन कालाखेती, कोषाध्यक्षमा बचन सिराल, उपसचिवमा राजेन्द्र ढकाल, भीमकुमारी ढकाल र गणेश निरौला तथा सहकोषाध्यक्षमा तारा शाक्यलाई चयन गरेको छ । आज ५३ सदस्यीय कमिटी घोषणा गरिएकोमा अन्य १२ जना सदस्य पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष खड्काले जानकारी दिनुभयो । नेकपा एमालेका प्रदेश क

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १०२ पटक पढिएको
  • एमालेका महासचिव पोख्रेलले भने सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा छ

    सुनसरी / नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धन सरकार स्थानीय तहको निर्वाचनतर्फ जान नचाएको टिप्पणी गरेका छन् । सुनसरीको धरानमा शनिवार आयोजित प्रेस चौतारी सुनसरीले २४औँ स्थापना दिवसको अवसरमा उनले स्थानीय सरकारलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा गठबन्धन सरकार लागेको समेत आरोप लगाए । निर्वाचन आयोगले ४ जेठमा चुनाव गर्न सरकारलाई सिफारिस पठाए पनि कुनै वास्ता नगरेको र लोकतन्त्र विरोधी काम नगर्न उनले सरकारलाई चेतावनी दिए ।उनले भने, ‘आयोगले एक प्रकारको सम्झौता गरी ४ जेठमा चुनाव गराउन निर्देशन दिएको छ । संसद्ले बनाएको कानुनले त झन् दुई महिना अगावै चुनाव गर्ने प्रावधान राखेको छ । त्यसको त अवज्ञा

    • प्रकाशित मितिः माघ २२, २०७८
    • १८१ पटक पढिएको
  • प्रेस चौतारीले घोषणा गर्‍यो विभिन्न पुरस्कार पाउने पत्रकारको नाम

    प्रेस चौतारी नेपालले विभिन्न पुरस्कार प्राप्त गर्ने व्यक्तिको नाम घोषणा गरेको छ ।चौतारीले २४औँ स्थापना दिवस अवसरमा आज (शनिबार) पुरस्कृत हुने व्यक्तिको नाम घोषणा गरेको हो । २०७७ सालमा समेत चौतारीले विभिन्न पुरस्कार प्रदान गर्न बाँकी नै थियो । ०७७ र २०७८ सालकै लागि पुरस्कृत हुने व्यक्ति घोषणा गरिएको चौतारीले जनाएको छ । चौतारीका अनसार ०७७ सालको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरष्कार राजेन्द्र अर्याललाई र ०७८ को यो पुरस्कार गगन विष्टलाई प्रदान गरिने छ । अर्याल र विष्ट चौतारीका पूर्वअध्यक्ष हुन् ।०७७ सालको अग्निशिखा पत्रकारिता पुरष्कार कृष्णविनोद लम्साल र ०७८ सालको यो पुरस्कार झलक सुवेदीलाई

    • प्रकाशित मितिः माघ २२, २०७८
    • ९२ पटक पढिएको
  • इटहरीका भीम पौडेलले रेडक्रसलाई दिए दुई थान एम्बुलेन्स

    इटहरी : उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलले रेडक्रसलाई दुई थान एम्बुलेन्स सहयोग गर्ने भएका छन् ।नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखा तरहरा र खनार उपशाखालाई एक–एक थान एम्बुलेन्स सहयोग गर्ने भएका हुन् ।पौडेलले गत वर्ष नै एम्बुलेन्स सहयोग गर्ने उद्घोष गरेपनि अहिले इटहरीमा एम्बुलेन्स आइपुगेको पौडेलले बताए ।इटहरीका जनताको स्वास्थ्य सेवामा पहुँच पुगोस भनेर पौडेलले एम्बुलेन्स सहयोग गरेको बताए । एक कार्यक्रमको आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरिने बताइएको छ ।पौडेलले ३६ लाख रुपैयाँमा दुई थान एम्बुलेन्स खरिद गरेको बताइएको छ ।

    • प्रकाशित मितिः माघ २२, २०७८
    • १३९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]