तेह्रथुम / तेह्रथुम जिरीखिम्ती बजारमा वृद्धा विश्राम तथा परोपकार केन्द्र उद्घाटन भएको छ ।अध्यक्ष भर्त बहादुर सिंजागु (लिम्बू)को अध्यक्षतामा भयको कार्यक्रममा प्रदेस सभा सदस्य तथा पूर्व मन्त्रि लछुमन तिवारि, म्याङ्लुङ नगरपालिका प्रमुख सन्जय तुम्बाहाम्फे, समाजसेवी राधिका पोख्रेलले संयुक्त रुपमा वृद्धा विश्राम तथा परोपकार केन्द्रको उद्घाटन गर्नु भयो । विभिन्न समाज सेवी, राजनीतिज्ञ, स्थानीय नागरिक हरु साथै ज्येष्ठ नागरिक हरुकोउपस्थित मा भएको कार्यक्रममा चन्दादाता हरुलाई सम्मान पत्र सहित सम्मान समेत गरियको थियो अ
इटहरी । यूटर्न इन्टरनेशनले शनिबार इटहरीमा स्वास्थ्य तथा सम्वृद्धि जागरण अभियान कार्यक्रम सम्पन्न गरेको छ । संघीय सांसद तथा पूर्व वाणिज्य मन्त्रि मीन विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्री विश्वकर्माले देशलाई आत्मनिर्भर बनाउन कृषिउत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले यूटर्नले मौरीजन्य सामग्री र नेपाली जडिबुटीको प्रयोग गरेर देशमै विभिन्न सामाग्री उत्पादन गरी रोजगारी सिर्जना गरेको भन्दै प्रसंसा गर्नुभयो । पूर्व मन्त्रि विश्वकर्माले प्रत्यक्ष विक्रि प्रणालीबाट उपभोक्ताले सबैभन्दा बढी फाइदा लिनसक्ने पनि बताउनुभयो । उहाँले प्रत्यक्ष विक्रि प्रणालीबाट नेपाली उत्पादनल
सुन्दरहरैँचा नगरपालिका वडा न ४ मा हुन लागेको प्रदेश नं १ स्तरिय तेक्वान्दो प्रतियोगितालाई वडा कार्यलले खेल सामाग्री हस्तान्तरण गरेको छ । चैत्र ११ गते बाट तीनपैनी तेक्वान्दो डोजाङ्गले आयोजना गर्न गइरहेको उक्त खेलमा प्रदेश १ का विभिन्न स्थानबाट खेलाडिहरुको सहभागीता रहेने क्लबले जानकारी दिएको छ ।कोरोनाको प्रत्यक्ष चापमा परेको खेल क्षेत्रलाई केहि माथि उडाउन र खेलाडिहरुको पहिचानका लागी पनि यो खेल आयोजना गरेको क्लबले जानकारी दिएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले वडामा रहेका खेलाडिहरुको पहिचान र उनिहरुलाई राष्ट्रिय क्षेत्रसम्म पुर्याउने उदेश्यका साथ खेलकुदमा वडाले सहयोग गर्ने ब
धरान । धरानस्थित वीपी प्रतिष्ठानले स्वास्थ्य बीमा गरेकाहरूलाई सेवा सुविधामा कटौती गर्ने भएको छ ।प्रतिष्ठानले बुधबार सूचना जारीगरी ओपीडी, आकस्मिक तथा अन्तरङ्ग अन्तर्गतको सेवा प्रवाहको सुविधा कटौती गर्ने भएको हो ।१५ गते देखि स्वास्थ्य बीमा गरेकालाई उक्त सेवा सुविधा नदिने प्रतिष्ठानले जनाएको छ ।सरकारले प्रतिष्ठानलाई बीमावापतको रकम उपलब्ध नगराएकाले आर्थिक संकट चुलिँदै गएको बताइएको छ ।प्रतिष्ठानले गुणस्तरीय सेवा प्रदान गरेबापत पाउनुपर्ने रकम प्राप्त नगर्दा शिक्षक र कर्मचारीलाई पारिश्रमिक दिन गाह्रो भएको बताइएको छ ।प्रतिष्ठानले २०७४ साल साउनदेखि स्वास्थ्य बीमा बोर्डबाट बीमा गरेकालाई
दमक – भारतको टाटा मोटर्स कम्पनीले उत्पादन गरेको टिफर नेपाली बजारमा आइपुगेको छ । झापाको दमकमा मिनी लन्चको कार्यक्रम आयोजना गरेर एसके १६१६ बिएस फोर टिफरलाई सार्वजनिक गरिएको छ ।टाटा मोटर्स कम्पनीका आधाकारिक बिक्रेता सिप्रदी टेड्रिङ प्रालिको मेची अञ्चलस्तरीय बिर्तामोड धाइजन शाखाले दमकमा सो टिफरलाई सार्वजनिक गरेको हो ।दमक र आसपासका निर्माण व्यवसायीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा सिप्रदी टेड्रिङ प्रालि इटहरी शाखा कार्यालयका सिनियर शेल्स मेनेजर ओम पाण्डेले टाटा मोटर्सले उत्पादन गरेको नयाँ टिफर नेपालको भु–बनौट र यहाँको वातबरण सुहाउँदो भएको बताउनुभयो । वहाँले नेपाली बजारमा आइपुगेको नयाँ
इटहरी । ग्रामिण क्षेत्रमा आयोजना गरिने स्वास्थ्य शिविरहरुले सर्वसाधारणलाई तत्कालिन अवस्थामा स्वास्थ्य उपचार साथै स्वास्थ्य अवस्थाका विषयमा जानकारी पाउन सहज हुन थालेको छ । सामाजिक सेवाका क्षेत्रका काम गर्ने संघ सस्थाहरुले विभिन्न दिवस तथा अवसर पारेर विशेषज्ञ चिकित्सक तथा प्रयोगशाला समेत ग्रामिण क्षेत्रमै लगेर आयोजना गर्ने स्वास्थ्य शिविरहरुबाट सर्वसाधारले उपचार तथा आफनो स्वास्थ्य अवस्थाका विषयमा जानकारी पाउन थालेका हुन ।यसै क्रम सुनसरीको इटहरीमा विश्व क्षय रोग दिवसको अवसर पारेर इटहरी जेसिजको आयोजना फोक्सो लगायतका निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको छ ।इटहरी उ
लेटाङ । संघीय सांसद् घनश्याम खतिवडाले मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा आइतबार भएको हिंसात्मक घटनाको वृहत छानविन गर्न माग गर्नु भएको छ । उहाँले एक विज्ञप्ती जारी गर्दै उक्त घटनामा तनाव सामान्य पार्ने जिम्मेवारीमा खटिएकी प्रहरी जवानको हत्या भएको घटनाको विषयमा गंभिर ध्यानाकर्षण भएको जनाउनु भएको छ । उहाँले विज्ञप्तीमा मृत्युवरण भएकी प्रहरी जवान उर्मिला श्रेष्ठमा श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवारमा भावपूर्ण समवेदना समेत व्यक्त गर्नु भएको छ । उहाँले कर्तव्य पालनाको क्रममा रहेको प्रहरीमाथि सांघातिक हमला गरि ज्यान लिनेसम्मको घटनामा संलग्न जो कोहि भएपनि
सुन्दरहरैँचा , मोरङको सुन्दरहरैँचा नगरपालिकाका सम्पूणर् वडाहरूमा पञ्चवर्षीय योजनाहरू तयार पारिन थालेको छ । जस अन्तर्गत बुधबार वडा न ४ ले स्थानीय, राजनीतिज्ञ , पाटीका प्रतिनिधि , टोल विकासका अध्यक्षहरूको सहभागितामा आगामी दिनमा वडामा विकास गर्नुपर्ने विषयहरूमा छलफल हो । शिक्षा, स्वास्थ्य , कृषि भौतिक संरचना लगायतका क्षेत्रमा देखा परेको समस्या र तिनको समाधानका लागी आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा वडा अध्यक्ष र पाटीका प्रतिनिधिबीच उक्त छलफल गरिएको थियो । छलफल पश्चात समस्या र सहभागिताबाट आएका विचारकहरूलाई टिपोट गरी आगामी दिनमा वडालाई नमुना वडा बनाउँदै अगाडि बढ्ने वडा अध्यक्ष शैलेन्द्र श्र
सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफू भूइँबाट उठेर नेतृत्व तहमा पुगेकाले आम नागरिकका समस्या बारे जानकार रहेको बताउनुभएको छ ।आज सुनसरीको बराहक्षेत्र नगरापालिकामा आयोजित आमसभालाई सम्बोधन गर्न आइपुग्नु भएका उहाँले यस्तो बताउनुभएको हो । ‘म भूइँबाट उठेको मान्छ हूँ’, अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘भूइँका मान्छेहरुको समस्या के छ, उनिहरु आफ्नो नेताबाट÷आफ्नो पार्टीबाट के चाहन्छन् त्यो कुरा मैले बुझेको छु ।’अन्य पार्टीका नेताहरुले राजनीतिलाई पेशा बनाएको उहाँको आरोप छ ।उनिहरुको जस्तो आरामको जिन्दगी हुन्छ भन्ने सोचले आफू राजनीतिमा नआएको उहाँको भनाइ छ । आफू र
सुनसरीको इटहरीमा विपद जोखिम न्यूनिकरण तथा पूर्व तयारीका लागी प्रदेश स्तरीय छलफल तथा अन्तरकृया सम्पन्न भएको छ । स्थानीय सरकार, प्रदेश सरकारका जनप्रतिनिधि , ट्राफिक प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेनाका सरोकारवाला निकायका बिच सम्पन्न भएको उत्त कार्यक्रममा जोखिम न्यूनिकरणका लागी छलफल भएको छ । प्रदेश १ मा पनि डुबानको हिसाबले सबै भन्दा जोखिम रहेको सुनसरी लगायतका जिल्लाहरूमा विपद र त्यको न्यूनिकरणका लागी के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम बहादुर पौडेलले इटहरी डुबानमा स्थानीय सरकारले काम गरेको तर प्रभावकारी नभएको बताउनु भएको छ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.