काठमाडौं / क्रिकेट पछिल्लो समय विश्वमा लोकप्रिय बन्दै गएको छ। टेस्ट हुँदै सुरु भएको क्रिकेट वानडे, टी-२० र टी-१० सम्म आइपुगेको छ। विश्वमा क्रिकेट लोकप्रिय भएर होला पछिल्लो समयमा क्रिकेटरका हरेक गतिविधिमा फ्यानहरूले चासो राखेको पाइन्छ र मिडियाले पनि प्राथमिकताका साथ स्थान दिइन्छन्। आज हामी विश्वका ६ स्टार क्रिकेटरकाबारेमा चर्चा गर्दैछौं, जो विवाहअघि नै प्रेमिकासँग सम्बन्ध राखेपछि बुबा बनेका हुन्।१. हार्दिक पाण्ड्या : हार्दिक पाण्ड्या त्यस्ता भारतीय क्रिकेटर हुन्, जो विवाहअघि नै बुबा बनेका थिए। हार्दिक पाण्ड्याले बलिउड अभिनेत्री नताशा स्टान्कोभिकसँग १ जनवरी २०२० मा दुबईमा इन्गेजमेन्ट गरेका थिए।
रामधुनी : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामधुनी नगर कमिटिले गणेश गुरागाईको संयोजकत्वमा निर्वाचन परिचालन समिति घोषणा गरेको छ । रामधुनी ३ स्थित सिंगीयामा बसेको नगर कमिटिको बैठकमा तीन हजार ५ सय जना सदस्य रहनेगरी निर्वाचन समिति घोषणा गरेको हो ।उक्त बैठकले मुल निर्वाचन परिचालन समितिको सचिवमा प्रदीप खनाल चयन भएका छन् ।पार्टीले स्वयम्सेवक परिचालन उपसमितिमा रेवतराम गुरुङ्ग, आर्थिक उपसमितिको संयोजकमा नवराज खड्का, प्रचारप्रसार उपसमितिको संयोजकमा गोपाल निरौलालाई चयन गरेको छ । त्यसैगरी अनुगमन तथा मूल्यांकन उपसमितिको संयोजकमा गुणराज काफ्ले, प्राविधिक तथा कार्यालय व्य
नेकपा (माओवादी केन्द्र) ले प्रत्येक जिल्लामा कम्तीमा पनि एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन कडाइका साथ परिपत्र गरेको छ। कूल ७५३ स्थानीय पालिकामा त्यसरी महिलालाई नेतृत्व दिँदा ७७ वटा पालिकाको प्रमुखमा महिलाको नेतृत्व हुने माओवादीको बुझाइ छ।यस्तै, पालिकाको एउटा वडामा पनि महिलालाई नै उम्मेदवार बनाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। जनसंख्यामा पनि महिलाको संख्या पुरूषको भन्दा बढी भएकाले पनि नयाँ वैकल्पिक नेतृत्वको विकास गर्ने उद्देश्यका साथ महिलालाई उम्मेदवारीमा प्राथमिकता दिनुपर्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको परिपत्रमा उल्लेख छ।महिलाले नेतृत्व गरेको पालि
इटहरी नगरवासीको सुविधालाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले नेपाल रेडक्रस सोसाईटी इटहरीलाई एउटा एम्वुलेन्स उपलव्ध गराएको छ । उपमहानगरपालिकाको तर्फका उपलव्ध गराइएको एम्वुलेन्सको चावी नगरप्रमुख द्धारिक लाल चौधरीले एक कार्यक्रमका विच नेपाल रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष विमल पौडेललाई हस्तान्तरण गरे । नेपाल रेडक्रस सोसाइटी इटहरीले २०५०साल देखि एम्वुलेन्स सञ्चालन गर्दै आएको पछिल्लो समयमा इटहरी उपमहानगरपालिकाले एम्वुलेन्स उपलव्ध गराएपछि हाल रेडक्रससंग ३ एम्वुलेन्स र एउटा शव वाहान रहेको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा रेडक्रस सभापति पौडेलले जानकारी दिए ।उपमह
२९ चैत, काठमाडौं । सनराइजर्स हैदरावादका कप्तान केन विलियम्सनले सानदार ब्याटिङ गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार गुजरात टाइटन्स विरुद्ध ८ विकेटको जित दिलाए ।लगातार दुई हारबाट सिजनको सुरुवात गरेको हैदरावादको यो लगातार दोस्रो जित हो । कप्तान विलियम्सनले कप्तानी पारी खेल्दै ४६ बलमा ५७ रन बनाए । टी-२० मा विलियम्सनको लागि यो ढिलो पारी हो । तर उनले चार छक्का र २ चौका प्रहार गरे । जसका कारण उनी खेलको म्यान अफ दि म्याच घोषित भए यद्यपी गुजरात टाइटन्सले एक क्षणमा नचुकेको भए न विलियम्सनले यो स्कोर बनाउन सक्थे । अझ खेलको रुप पनि बदलिन सक्थ्यो । चुक्ने खेलाडी कोही नभएर गुजरातका कप्तान हार्दिक पा
अर्थमन्त्री जनार्दन शर्मालाई मन्त्रीबाट हटाएर अर्थमन्त्रालयमा नयाँ मन्त्री ल्याउनुपर्ने प्रताव गठबन्धनमा परेपछि सत्तारुढ दलमा आन्तरिक छलफल सुरु भएको छ ।सत्तारुढ दलका शीर्ष नेता सम्मिलित गठबन्धनको बैठक मंगलबार ४ बजे बोलाइएकाले त्यसअघि दलहरुले यो विषयमा कसरी जाने भनेर छलफल गरिरहेका छन् ।गठबन्धनमा अर्थमन्त्री जनार्दन शर्मालाई परिवर्तन गर्न कांग्रेस नेताहरुले प्रस्ताव गरेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी बैठकमा कांग्रेस नेताहरुले सोमबार नै यो प्रस्ताव राखेका थिए ।बैठकमा कांग्रेस नेताहरुले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई, ‘अर्थमन्त्री तपाईंको पार्टीका हु
धरान / नेपाल तरुण दल धरान उपमहानगर समितिले आगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको चुनावलाई लक्षित गरि यूवा तथा तरुण निर्वाचन मूल परिचालन समिति गठन गरिएको छ ।यूवा तथा तरुण निर्वाचन मूल परिचालन समितिमा संयोजक हिमाल श्रेष्ठ, सहसंयोजकमा नरसिंह राई, एकराज शंकर र रामकुमार तामाङ, सदस्य सचिव मनोहर श्रेष्ठ, सह सचिव प्रज्वल श्रेष्ठ रहेका छन् । यूवा तथा तरुण मूल परिचालन समितिले २०५ सदस्य गठन गर्नुका साथै वडा नं. १ देखि २० वडा सम्मै यूवा तथा तरुण निर्वाचन परिचालन समितिको संयोजक समेत तोकिएको संयोजक हिमाल श्रेष्ठले बताए ।
भारतले पुलवामामा भएको आतंवादी गतिविधिका कारण भारतबाट पाकिस्तान बग्ने ३ वटा नदी बन्द गर्ने घोषणा गरेको छ । यस खबरको जानकारी बिहिबार भारतका केन्द्रिय मन्त्री नीतीन गडकरीले दिएका हुँन् ।पाकिस्तानलाई सिन्धुजल सम्झौता अन्तर्गत भारतले व्यास, रावी र सतलज नदीको पानी उपलब्ध गराउँदै आएको हो ।केन्द्रिय मन्त्री नीतीनले उक्त नदीको पानी अब भारतको पञ्जाब र जम्मु कश्मीरको नदीमा प्रवाह गर्ने स्पष्ट पारेका छन् ।भारतले लिएको यो निर्णयको लागी जम्मु कश्मीरको शाहपुर–काँडी रवी नदीमा परियोजनाको काम सुरु भइसकेको केन्द्रिय मन्त्री नीतीनले बताएका छन् । यस परियोजनाको मद्दतमा कश्मीरमा रावी नदीको पानी संकलन गरि अन्य राज्यम
मुगु / सामाजिक सुरक्षा भत्ता बैकमार्फत दिने व्यवस्थाले यातायात र सहज बैंककाे पहुँच नभएका क्षेत्रका लाभग्राहीले सास्ती झेल्नुपरेकाे छ । मुगुमा बैकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम आउनु पर्दा ज्येष्ठ नागरिकहरूले सास्ती खेप्नुपरेकाे हाे । ग्रामीण क्षेत्रमा सहजै सडक बाटो यातायातको पहुँच नहुँदा उनीहरू लाई सामाजिक सुरक्षा भत्ता पाउन गाह्राे भएकाे हाे ।मुगुका चारवटै स्थानीय तहले आफ्नो पायक पर्ने पालिका केन्द्र ज्येष्ठ नागरिक तथा अन्य बालपोषण भत्ता, एकल महिला भत्ता लगायत अन्य सुविधाहरू बैकिङ प्रणालीमार्फत वितरण गरे पनि दुर्गमका नागरिकहरूलाई सास्ती हुने गरेको छ ।भत्ता पाउन निकै गाह्र
२९ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित भन्दै प्रत्येक जिल्लाबाट कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएको छ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक विशेष सर्कुलर जारी गर्दै विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिकाअन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका हुन्पार्टीको यस्तो व्यवस्थाले हेर्दा सामान्य लागे पनि महिलाहरूको नेतृत्व विकासका लागि नि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.