लेटाङ । अखिल नेपाल महिला संघ लेटाङ नगरपालिकाको प्रथम अधिवेशनले मनकुमारी राईको अध्यक्षतामा ६३ सदस्यीय नगर कमिटी गठन गरेको छ । आज नेकपा एमाले स्थायी कमिटी सदस्य, पूर्वमन्त्री तथा पूर्वउपसभामुख डा. शिवमाया तुम्वाहाम्फेको प्रमुख आतिथ्यतामा लेटाङस्थित जनसेवा सामुदायीक भवनको कार्यालय परिसरमा भएको अधिवेशनले नयाँ कमिटी गठन गरेको हो ।नवनिर्वाचित कमिटीको उपाध्यक्षमा गंगा राई, सचिवमा तारा गुरागाईं निरौला, उपसचिवमा गोमा ढकाल र कोषाध्यक्षमा चम्पा मगरलाई चयन हुनु भएको छ । हाल लेटाङ नगर उपप्रमुख समेत रहनु भएकी कृष्णकुमारी निरौलाको संयोजकत्वमा रहेको नगर कमिटी विगठन गरि अधिवेशनबाट नयाँ कमिटी गठन गरिएको हो । उप
बझाङ / जीप दुर्घटनामा नेपाली कांग्रेस बझाङका सभापति खड्क बाेहराका माइला छाेरा विनाेद बाेहराकाे ज्यान गएकाे छ । बझाङको सुर्माबाट धनगढीतर्फ जाँदै गरेकाे सुपप्र ०१-००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना हुँदा २७ वर्षीय विनाेदकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।गयराति पाैने १ बजे भएकाे दुर्घटनामा खड्क सामान्य घाइते भएका छन् । सवारी दुर्घटनामा घाइते भएकी खड्ककी कान्छी बुहारी अञ्जु बोहरालाई उपचारका लािग धनगढी रेफर गरिएको छ । घाइते खड्क, उनका कान्छा छाेरा पारश तथा चालकसमेत रहेका भतिज गोकुल बोहरा र गोकुलका दुई आमा सिन्की बोहरा र रत्ना बोहराकाे देउलेख प्राथमिक स्वास्थ्
यसवर्ष लिन लागिएको माध्यमिक शिक्षा परीक्षा एसइइको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी शुक्रबारदेखि सुरु गर्ने एसइइ परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुने छ । परीक्षाका लागि मुलुकभर दुई हजार सात परीक्षा केन्द्र तोकिएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको प्रश्नपत्र बोर्डले तयार पारेको छ ।प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका परीक्षा सामग्री सबै जिल्लामा पुगिसकेको छ । सातवटै प्रदेशमा सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसइइ सञ्चालन हुने छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । त्यस्तै, वेदविद्याश्रमतर
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफनो पार्टीबाट स्थानीय तहमा उम्मेदवार हुनेले भ्रष्टाचार नगर्ने कसम खुवाएर मात्रै टिकट दिने बताएका छन् । ‘एउटा हातमा राजीनामाको कागज लिन्छौँ र अर्को हातमा टिकट दिन्छौ भ्रष्ट्राचार नगर्ने प्रतिबद्धता जनाउनै पर्छ,’ उनले भने ।पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर–७ शिवपुरगढीमा शनिवार बिहान आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भ्रष्टाचारले देश बर्बाद भएको बताए । राप्रपाले भ्रष्टाचार शून्यमा झार्ने र जनताका पक्षमा काम गर्ने लिङ्देनको भनाइ थियो ।निर्वाचनमा असल मान्छे र राम्रो पार्टीलाई विजयी नग
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका यति वेला नागरिकको स्वास्थ्यलाई ध्यान दिदै डेंगु नियन्त्रण अभियानमा लागेको छ ।दिनप्रतिदिनको बढ्दो गर्मी मौषमका कारण समुदाय स्तरमा लामखुट्टेको बढ्दो प्रभावले डेंगु र स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइका कारण कालाजार रोग लाग्ने गर्दछ ।यि दुवै रोग प्राणघातक रोगको सुचिमा रहेका छन् समयमै उपचार पाएन भने यो रोगबाट ग्रसित प्राय सवैको मृत्यु निश्चित हुने भएका कारण नगरपालिकाले डेंगु र कालाजार नियन्त्रणका लागि औषधी छर्कने कार्य गरिरहेको छ ।जस अन्र्तगत वडा नम्वर ५ र ६ मा अभियान सम्पन्न् भएको छ भने शनिवार देखी वडा नम्वर ७ मा अभियान थालनी गरिएको छ ।औषधी
सर्लाही / आफूलाई मधेशका ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए । शनिबार सर्लाहीको मलंगवामा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब आफूलाई कसैले मधेशको ठेकेदार नठान्न चेतावनी दिएका छन् । विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै ओलीले मधेशका नागरिकलाई मधेशको ठेकेदार ठान्नेहरूले नै शोषण गरेको दाबी गरे ।२०४६ सालको आन्दोलनपछि २०४७ साल वैशाखमा सर्लाही सदरमुकाम मलंगवा आएको स्मरण गर्दै उनले ३२ वर्षपछि आउने अवसर जुरेको भन्दै खुसी व्यक्त गरे । मधेशको जनताको आर्थिक, सामाजिक तथा समग्र विकास
इटहरी : इटहरी तथा आसपासका विरामीहरुलाई उपचारका लागि बाहिर जानु नपरोस भनेर नीजि क्षेत्रबाट इटहरीमा सञ्चालित पहिलो अस्पताल सामुदायिक अस्पतालले हाडजोर्नी, नशा तथा प्रसुती सम्वन्धी सेवाका लागि २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।अस्पतालले सेवा विस्तारका विषयमा जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा हाडजोर्नी, नशा तथा प्रसुती सम्वन्धी सेवाका विशेषज्ञ चिकित्सकबाट २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा ल्याएको जानकारी गराएको हो । वि.सं.२०५६सालमा इटहरी तथा आसपासका क्षेत्रका विरामीहरु उपचारका लागि रातको समयमा समेत धरान र विराटनगर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै
इटहरी : विराटनगरको सुशीला कोइराला नाटकघर, आरोहण गुरुकलमा आयोजना गरिएको काव्य श्रृङ्खला ‘काव्यरोहण’ को दशौँ श्रृङ्खलामा कवि बद्री भिखारी प्रस्तुत भएका छन् ।‘जब म पहाड सम्झन्छु’, ‘स्कुलको चिठ्ठी’, ‘ऐना’, ‘साँची तपाईँको छोरो भेट्नुभो ?’, ‘मेरो ठेगानामा चिठ्ठी नलेख्नु’, ‘सिद्वार्थ’, ‘प्रज्ञातिर’, ‘सिराहा’, ‘नागरिकता’, ‘नानीहरूसित’, ‘जस्तो–जस्तो’, ‘गाउँको राज’, ‘तिमीले राम्रो भनेपछि’, ‘हिँड्दाहिँड्दै’ शीर्षकका कविता सुनाए ।कविता सुनाउने क्रममा उनले बेलाबेला दर्शकदीर्घाबाट वाहवाही पाए ।कविता सुनाउनुअघि आफू लामो समयसम्म विराटनगरमा जागिरे जीवन बाँचेकाले पनि यस ठाउँमा कविता सुनाउनु महत्वपूर्ण रहेक
इटहरी । पूर्वी नेपालमै सर्वाधिक लोकप्रिय तथा, उच्च स्तरीय इटा उत्पादन गर्दै आएको प्रतिष्ठान आनन्द ग्रुपले नयाँ वर्ष २०७९ सालको शुभ अबसरमा बैशाख १ गतेदेखि आफ्नो ब्राण्डको इटा खरिद गर्ने प्रत्येक ग्राहकहरूलाइ ३ – ३ हजार खरिदमा स्क्राच कुपन मार्फत आकर्षक पुरस्कार प्रदान गर्ने विशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ । सबै ग्राहकले मन पराएको ठूलो साइजको आनन्द र अनन्त ब्राण्डको इटा उत्पादन गर्दै आएको सफल व्यवसायिक प्रतिष्ठान आनन्द ग्रुपले नयाँ वर्षमा गृह निर्माण गर्ने तथा अन्य सबै प्रकारका निर्माण कार्यका लागि गुणस्तरीय इटा खरिद गर्ने ग्राहकहरु यो कार्यक्रमबाट लाभान्वित हुने बताइएक
देश विरामी भएर राजनितिमा आएको होः डा. खगेन्द्र ओली इटहरी , लामो समय सम्म डाक्टर भएर बिरामीको सेवा गर्दै अाएका डा खगेन्द्र ओली अव भने राजनितिबाट देशको उपचार गर्ने उदेश्यले इटहरी उपमहानगरपालिका वडा न ४ मा आउने भएका छन् । नेकपा एकिकृत समाजवादी पार्टीले इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को नेतृत्वका लागि डा.खगेन्द्र ओली सहित ४ जनाको नाम सिफारिस गरेपछि यतिबेला युवा वर्गको रोजाइमा परेका डा खगेन्द्र वली चर्चामा रहेका छन् । स्थानीय तहको चुनाव नजिकिँदै जाँदा पार्टीले वडा नम्बर ४ का लागि पार्टीका वडा नम्बर ४ अध्यक्षका लागी होमियोप्याथी बिधाको चर्चित युबा डाक्टर तथा एकिकृत स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.