युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलका लागि प्रस्ताव गरेका छन् । मङ्गलबार नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीसँगको भेटका क्रममा खेलकुदमन्त्री गहतराजले अर्जेन्टिनासँग मैत्रीपूर्ण फुटबलका लागि प्रस्ताव गरेका हुन् । राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदूत गोवीले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री गहतराजसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा मन्त्री गहतराज र राजदूत गोवीले दुई देशबीचको पारस्पारिक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासबारे छलफल गरेका थिए ।त्यसक्रममा मन्त्री गह
विराटनगरको अस्पताल चोकमा रहेका पसल र होटलमा सोमबार मध्यराति आगलागी हुँदा ठुलो क्षति भएको छ । आगोले दुईवटा होटल, एउटा कपडा र एउटा किराना एवं भाँडा पसल ध्वस्त बनाएको छ । आगो नियन्त्रणमा खटिएका दमकलका तीन जना कर्मचारी घाइते भएका छन् । ग्यास शिलिन्डर विष्फोट हुन थालेपछि आगो झन् फैलिएको थियो । शिलिन्डर विष्फोटका कारण आगो नियन्त्रणमा समस्या भएको थियो । राति १२ः१५ बजेतिर सुरु भएको आगो दमकल, स्थानीय र प्रहरीको सक्रियतामा डेढ घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगोले एक करोडभन्दा बढीको क्षति पुर्याएको प्रहरीले जनाएको छ । आगोले विराटनगर महानगरपालिका–९ मा शोभादेवी घिमिरेको जग्गामा ट
जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पु¥याउन थालेपछि साइरन जडान गरिएको हो । “बस्ती नजिकै हात्ती देख्ने बित्तिकै जडान गरिएको साइरनको स्विच थिचेर ठूलो आवाज निकालिन्छ,” बैजनाथ सामुदायिक संस्थाका अध्यक्ष बहादुर सिंह महराले भने, “आवाज सुनेपछि स्थानीय बासिन्दा सतर्क रहेर बालीनालीसँगै जीउज्यान जोगाउन सजक हुन्छन् ।”साइरन बजाउनका लागि एक कर्मचारीको समेत व्यवस्था गरिएको छ । साइरनको आवाज तीन किलोमिटरसम्म सुन्न सकिन्छ । “साइरन बजेपछि हात्ती धपाउन सजिलो हुन्छ नै । हात्तीले खेतबा
काठमाडौं । सरकारले आजदेखि देशरभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरेको छ ।७५३ वटै स्थानीय तहमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएको हो ।२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ । स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् ।
मोरङ : मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार लेटाङ–कानेपोखरी सडकखण्डअन्तर्गत कानेपोखरी–७ मा प्रदेश १–०२–००३ त ८२० नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल यात्री वृद्धको मृत्यु भएको छ ।उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ट्याक्टरको ठक्करबाट लेटाङ नगरपालिका ५ का ८१ वर्षीय मानबहादुर राईको मृत्यु भएको हो ।प्रहरीले ट्याक्टर र चालक मिक्लाजुङ गाउँपालिका ५ का २६ वर्षीय महेश कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।त्यस्तै, पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैँचा ७ बेलगाछीमा तत्काल नम्बर नखुलेको मोटरसा
६ वैशाख, काठमाडौं । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि राष्ट्रिय कृषि गणना सुरु भएको छ । मंगलबारबाट ४५ दिनसम्म फिल्डमा खटिएर गणकले तथ्यांक संकलन गर्ने र यसको काम सुरु गरिएको विभागका विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए ।उनका अनुसार कृषि गणनाका लागि देशभर गणक र सुपरिवेक्षक गरि ६ हजार ४६३ जना फिल्डमा खटिएका छन् । राष्ट्रिय जनगणना जस्तै कृषि गणना समेत हरेक १०/१० वर्षमा हुने गर्छ । राष्ट्रिय जनगणना पुरा भएकै वर्ष कृषि गणना गरिने प्रचलन रहेको छ । नेपालमा पहिलो पटक २०१८ सालमा कृषि गणना गरिएको थियो । त्यसयता हरेक १०÷१० वर्षमा यस्तो गणना हुँदै आएको छ । कृषि गणनामा करीव १ अर्ब रुपैयाँ बजेट
आफूलाई सरकारले गरेको निलम्बनविरूद्ध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि आजबाट सुनुवाइ सुरू हुँदैछ।सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा आज पहिलो सुनुवाइ हुन लागेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।सरकारले आफूलाई गरेको निलम्बन कानुनविपरीत भएको भन्दै गभर्नर अधिकारीले आइतबार रिट दायर गरेका थिए। गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्।अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्।अधिकारीको पक्षमा राधेश्याम अधिकारी, सतिशकृष्ण खरेल
बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राखेका छन् । खत्रीको म्याग्दीको सुर्केमेलामा २० घार मौरी पालेका छन्। म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा ११ वर्षअघिदेखि सुन्तला खेती गर्दै आएका खत्रीले विसं २०७२ बाट मौरीपालन गर्न थालेका छन् ।सन् २००२ मा इलेक्ट्रोनिक्स कामका लागि दुबई गएका खत्री दुई वर्षमै नेपाल आए । पुनः मलेसिया गएका खत्री सन् २००९ मा मलेसियाबाट फर्किए । मलेसियाबाट फर्केपछि खत्रीको आफ्नै घरको पाखो बारीमा सुन्तला खेती गर्ने सोच पलायो । वैदेशिक रोज
चुनावी तालमेलबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक बसिरहेको छ।गठबन्धनको बैठक बस्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक बसेको हो।सोमबार बसेको सत्ता गठबन्धनको बैठकले मंगलबार महानगरपालिहरूमा गठबन्धनको टुंगो लगाउने निर्णय गरेको थियो।सत्ता गठबन्धनसँग भएको छलफलबारे जानकारी गराउन प्रचण्डले बैठक बोलाएका हुन्।सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले मंगलबारसम्म गठबन्धनको टुंगो लगाउने दाबी गरेका थिए।
बझाङ । बझाङको सैनपसेला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। मंगलबार (आज) बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । मापन केन्द्रकाअनुसार सैनपसेला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लामा पनि महसुस गरिएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.