मिस इटहरी २०२२ आयोजना गर्ने आयोजकले प्रतियोगीलाई पुरस्कार र प्रमाणपत्र नदिई कार्यक्रम सम्पन्न गरेको पाइएको छ । सोमबार इटहरीमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई प्रमुख अतिथि बनेको कार्यक्रममा आयोजकले आलटाल गर्दै प्रतियोगीलाई स्टेजबाट खालि हात पठाएको हो । विजेता, फर्स्ट रनर अप र सेकेन्ड रनर अप लाई क्रमशः ८ हजार, ५ हजार र ३ हजार सहित पुरस्कार वितरण गरेपछि केही नभनी कार्यक्रम सम्पन्न भएको थियो । १४ जना सहभागी मध्ये ११ जनालाई सब टाइटल र प्रमाणपत्र दिने भनेको थियो । तर आयोजकले अपमान गर्ने गरी कार्यक्रमबाट अन्यलाई कुनै सरसल्लाह नगरी सब टाइटल वितरण स्थगन गरेपछि उनीहरूले आपत्ति जना
काठमाडौ । सरकारी खर्चमा हुने वैदेशिक भ्रमणमा रोक लगाइएको छ । सरकारको तर्फबाट अनिवार्य रूपमा प्रतिनिधित्व गर्नेबाहेक सरकारी खर्चमा हुने अन्य वैदेशिक भ्रमणमा रोक लगाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । त्यस्तै, पत्रपत्रिका खरिद, छपाइ, गोष्ठी, सेमिनार, आन्तरिक भ्रमणलगायतको खर्चमा मितव्ययिता कायम गरी नियन्त्रण गर्ने निर्णयसमेत गरिएको हो । त्यस्तै, अत्यावश्यकबाहेक नयाँ गाडी खरिद नगर्ने, इन्धन खर्च कटौती, पुराना लिलाम गरेपछि मात्रै नयाँ फर्निचर खरिद गर्नेलगायत उल्लेख छ । सरकारी मन्त्रालय–निकाय तथा मातहतका सार्वजनिक संघ–संस्थाको इन्धन खर्च २० प्रतिशतले घटाइएको छ ।
विगतका चुनावी परिणाम हेर्दा सुनसरीकाे इटहरी उपमहानगरपालिकामा नेकपा एमाले बलियाे छ । तर विभाजन र विपक्षी गठबन्धनका कारण यसपालिचाहिँ उसलाई सजिलाे छैन । एमालेलाई चुनौती दिन सक्ने पार्टी कांग्रेस हाे । तर गठबन्धनमा भागवण्डा मिलाउँदा उसको हातबाट मेयर पद फुत्किने सम्भावना पनि छ । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दैछ । साेही बैठकले मेयर कसलाई दिने टुंग्याउनेछ ।गठबन्धनमा बाँडफाँट गर्दा इटहरी र हेटौँडा नेकपा (एकीकृत समाजवादी)को भागमा पर्न सक्ने चर्चा छ । यसाे हुँदा इटहरीका कांग्रेसजनले समाजवादीका केशवकुमार विष्टलाई भाेट
महिला प्रहरीको हत्या भएको मोरङको लेटाङ घटनामा जोडिएका लेटाङ नगरपालिका–३ का ५६ वर्षीय शिक्षक मनोजकुमार पौडेललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकका अनुसार न्यायाधीश दुर्गा खड्काको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी पौडेललाई थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि शिक्षक पौडेललाई कारागार चलान गरिएको जानकारी बुढाथोकीले दिए । लेटाङ–५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक पौडेल त्यहीँ अध्ययनरत १२ वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका थिए । प्रहरीले उनीविरुद्ध
महोत्तरी / सडक पिच गरेको २४ घन्टा नबित्दै धमाधम पिच उप्कन थालेपछि बर्दिबासस्थित खयरमाराका स्थानीय आन्दोलित भएका छन् । टेन्डर प्रक्रियाबाट युनिभर्सल कन्स्ट्रक्सनले ठेक्का पाएको लक्ष्मीनारायण माध्यामिक विध्यालयदेखि पोखरीसम्मको पिच उप्कन थालेकाे हाे । पिच गर्नेक्रममा ठेकेदारले कमसल र गुण्स्तरहीन काम गरेको स्थानीयले आरोप लगाएका छन् । बढी नाफा लिने उद्देश्यले ठेकेदार कम्पनीले बेइमान गरेको स्थानीयको भनाइ छ ।उच्च माध्यामिक विध्यालयदेखि पोखरीसम्म झन्डै ११ सय मिटर पिच सडक टेन्डरमार्फत युनिभर्सल कन्स्ट्रक्सनले करिब एक करोडमा ठेक्का हात पारेको थियो । तर स्थानीयले राजनीतिक प्रतिशाेध लिने उद्देश्यले किनारा
६ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेश बुटवलका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले लुम्बिनी प्रदेश बुटवल, रुपन्देहीका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशकविरुद्ध मुद्दा दायर गरेको छ ।उनीहरुविरुद्ध ४३ लाख ३७ हजार ५०० रुपैयाँ माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।उनीहरुविरुद्ध कृषि यान्त्रिकरण कार्यक्रममा मिनि टिलरको झुट्ठा बिल भरपाई बनाई/दोहोरो बि
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ। सोमबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा निर्वाचन आयोगले ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको जानकारी दिएको हो।आवश्यक एक करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाइ सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । त्यसैगरी आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटरप्याड र छापको नमुना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पत्राचार गरेको छ। साइनबोर्ड, लेटर प्याड र छ
धरान : गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार पाउने तीनजना पत्रकारको नाम सार्वजनिक गरेको छ ।सोमबार धरान १८ रत्न चोकस्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले पत्रकार सम्मेलन गरी वीर गोर्खा पत्रकारिता पुरस्कार निलिफा सुब्बा र अर्जुन सुवेदीलाई दिईने जानकारी दिएको हो ।यस्तै, वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार पारस राईलाई दिईने घोषणा गरेको छ । वीर गोर्खा पत्रकारिता पुरस्कारको राशि जनही २५/२५ हजार रुपैयाँ रहेको छ भने वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।सेन्टरका प्रबन्ध निर्देशक प्रेमकुमार राई
झापा। स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा झापा जिल्लामा अनुमति प्राप्त हतियार समयमा नबुझाउँदा जोखिम बढेको छ। जिल्लामा रहेका २ सय ८६ वटा मतदान स्थलमध्ये ५१ वटा अतिसंवेदनशील र १ सय ५३ वटा सम्वेदनशीलको सूचीमा रहेका छन् ।भारतको पश्चिम बंगाल र बिहार राज्यसँग करिब १ सय ४५ किलोमिटर खुल्ला सीमाना रहेको झापा आफैंमा संवेदनशील जिल्ला हो । अझ, स्थानीय तहको निर्वाचन नजिकिएसँगै सुरक्षा जोखिम उच्च छ । त्यसमा पनि झापामा अनुमति प्राप्त हतियार नबुझाउँदा जोखिम बढेको हो । जिल्ला सुरक्षा समन्वय समिति झापाले जिल्लामा रहेका सबै मतदान स्थलहरुको अनुगमन र निरीक्षण समेत गरेको छ ।अनुगमन र निरीक्षणपछि मतदानस्थलहरुको वर्गी
उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिकाले पालिकाका अपाङ्ग अशक्त र ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरघरमा सामाजिक सुरक्षा वितरण थालेको छ। निर्वाचनताका स्थानिय पालिकाका जनप्रतिनिधिले आपाङग, अशक्त र ज्येष्ठ नागरिकलाई घरघरमा भत्ता वितरण गर्ने प्रतिवद्धता गरेका थिए । सोहि प्रतिवद्धतालाई पुरा गर्दै उर्लाबारी नगरपालिकाले बैशाख महिना देखी लागु हुने गरि कार्यक्रम संचालन गरेको हो ।सोमवार उर्लाबारी-३ बाट यो कार्यक्रमको सुरुवात गरिएको हो । सुरुवातको दिन सो वडाका १४ जना अपाङ्ग अशक्त र ज्येष्ठ नागरिकलाई घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।स्थानिय सरकारले घरमै भत्ता उपलव्ध गराएपछि बैंकमा पु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.