All Posts By कोशी प्रेस

    Showing १,२८१-१,२९० of १३,५२५ items.
  • ताप्लेजुङमा धान रोपाइ १३ प्रतिशतले बढ्यो

    इटहरी। ताप्लेजुङमा गत वर्षको तुलना यस वर्ष करिब १३ प्रतिशत बढी धान रोपाइ भएको छ । जिल्लाका विभिन्न कृषियोग्य जमिनमा गतवर्षको तुलनामा यसवर्षको हालसम्म १३ प्रतिशत बढी धान रोपाइ भएको हो ।  कृषि ज्ञान केन्द्र ताप्लेजुङका निमित्त कार्यालय प्रमुख तथा कृषि प्रसार अधिकृत विजय श्रेष्ठका अनुसार यस वर्ष करिब ७८ प्रतिशत बढी रोपाइ सम्पन्न भएको छ । उहाँका अनुसार गत वर्षको यही अवधिसम्ममा करिब ६५ प्रतिशत मात्र रोपाइ सम्पन्न भएको थियो ।  जिल्लाका ४ हजार ४ सय २० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । उहाँका अनुसार कुल ५ हजार ६ सय ६६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ४ हजार ४ सय बढी हेक्टर क्षेत्रमा रो

    • प्रकाशित मितिः साउन १६, २०८३
    • १५७ पटक पढिएको
  • विराटनगरमा शान्ति तथा सद्भाव -याली

    इटहरी। सामाजिक सद्भाव, भाइचारा र शान्ति कायम राख्ने उद्देश्यले शुव्रmबार विराटनगरमा सद्भाव -याली निकालिएको छ । जिल्ला प्रशासन कार्यालयकै अगुवाइमा निकालिएको सद्भाव -यालीमा विभिन्न धर्म सम्प्रदायमा आबद्ध सङ्घ संस्था र सामाजिक संस्थाको सहभागिता रहेको थियो । सुनसरीको देवानगन्ज–३, कप्तानगन्जमा गत आइतबार राति दुई समूहबिच असमझदारी हुँदा दुई जनाको ज्यान जाने गरी भएको घटनापछि साम्प्रदायिक शान्ति बिथोलिएको थियो । त्यसपछि सुनसरीका विभिन्न पालिका हुँदै मधेशभर प्रदर्शन उग्र बन्न थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा शान्ति कायम गर्ने उद्देश्यले सद्भाव -याली निकालेको हो । कप्तानगन्जमा भएको घटनामा

    • प्रकाशित मितिः साउन १६, २०८३
    • १०४ पटक पढिएको
  • सुनसरीमा कर्फ्यु हटाइ निषेधाज्ञा जारी

    इटहरी। सुनसरीमा जारी कर्फ्यु आदेश हटाएर निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले कप्तानगञ्जमा मृत्यु भएका दुई जनाको अन्त्येष्टिपछि जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गएको भन्दै शनिबार बिहान ८ः३० बजेदेखि कर्फ्यु हटाई निषेधाज्ञा लागू गरिएको जानकारी दिनुभएको छ। यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम १० स्थानीय तहका विभिन्न क्षेत्रमा अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश लागू गरिएको थियो। अब भने सो आदेश हटाएर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर

    • प्रकाशित मितिः साउन १६, २०८३
    • १०७ पटक पढिएको
  • पहिरोले पुरियो पेट्रोल पम्प, संरचनामा क्षति

    इटहरी। पाँचथरको फिदिम नगरपालिका –४ जोरसालमा सञ्चालित लक्ष्मी ट्रेड्स एण्ड सप्लायर्स (पेट्रोल पम्प) पहिरोले पुरिएको छ । शुक्रबार साँझ करिब ९ बजेतिर माथिबाट झरेको पहिरोले पेट्रोल पम्पको कार्यालय र पेट्रोल तान्ने मेसिन लगायतका संरचनामा क्षति पुगेको छ । पहिरोका कारण पेट्रोल विक्री वितरण ठप्प भएको सञ्चालक गौरी भण्डारीले बताउनुभयो । पम्पको भण्डारमा कम्तिमा तीन ट्याङ्कर बढी डिजेल र एक ट्याङ्करभन्दा बढी पेट्रोल रहेको उहाँको भनाइ छ । पहिरोसँगै खसेका ठुला ढुङ्गाले ट्याङ्की माथिको भाग पुरिएको छ । पम्पको कार्यालय, इन्धन भण्डारण क्षेत्र तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेपछि विक्री ठप्प भएको छ । यसअघि

    • प्रकाशित मितिः साउन १६, २०८३
    • १११ पटक पढिएको
  • झापामा तीव्र गतिका कारण मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    इटहरी । झापाको बाह्रदशी गाउँपालिका(३ रामनगरमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ।प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हो। हिमाली राजमार्गअन्तर्गत घोडामाराबाट राजगढतर्फ जाँदै गरेका बाह्रदशी(३ का ५० वर्षीय प्रेमबहादुर पौडेललाई सोही दिशाबाट आउँदै गरेको प्र।१(०१(०१९ प २६९४ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो करिब १ः१५ बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति करिब ८ः३० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। दुर्घटनामा

    • प्रकाशित मितिः साउन १५, २०८३
    • १५४ पटक पढिएको
  • देवानगञ्ज घटनाका मृतक ओमप्रकाश र जयप्रकाशलाई शहीद घोषणा गर्ने गृह मन्त्रालयको प्रतिबद्धता,गृहमन्त्रीको उपस्थितिमा ७ बुँदे सहमति पत्रमा हस्ताक्षर

    इटहरी । देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता का परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सम्झौता भएको छ।सम्झौताअनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यस्तै, घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने उल्लेख गरिएको छ। साथै, देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने सहमति भएको छ।सम्झौतामा प्रत्येक

    • प्रकाशित मितिः साउन १५, २०८३
    • १२८ पटक पढिएको
  • ताप्लेजुङको सुकेटार विमानस्थलमा दुई महिनादेखि उडान ठप्प, यात्रुको अभाव र प्रतिकूल मौसमका कारण हवाई सेवा अनिश्चित

    इटहरी । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई महिनादेखि नियमित हवाई सेवा ठप्प भएको छ । नेपाल वायु सेवा निगमको जहाजले गत जेठ २२ गते अन्तिम उडान गरेयता यात्रु अभाव र प्रतिकूल मौसमका कारण उडान ठप्प भएको हो ।निगमले सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार नियमित उडान तालिका निर्धारण गरे पनि तालिकानुसार सेवा सञ्चालन हुन नसकेको सुकेटार स्टेसनका इन्चार्ज नारायण कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार पछिल्ला दिनमा कहिले मौसम प्रतिकूल बनेको छ भने कहिले पर्याप्त यात्रु नपुग्दा उडान रद्द हुँदै आएको छ । साउन १५ गते शुक्रबार पनि उडान गर्ने तयारी गरिए पनि दुवैतर्फबाट आवश्यक यात्रु सङ्ख्या नपुगेकाले अनिश

    • प्रकाशित मितिः साउन १५, २०८३
    • १९६ पटक पढिएको
  • इटहरीको राष्ट्रिय माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाको प्रभाव,सहुलियत शुल्कमा होटेल म्यानेजमेन्ट र ब्युटिसियन पढाइ हुन थालेपछि बढ्यो विद्यार्थीको आकर्षण

    इटहरी । सुनसरीको इटहरी–१, आँपगाछीमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । शिक्षालाई सिप, प्रविधि र रोजगारसँग जोड्न थालेपछि विद्यार्थी र अभिभावक दुवैको रोजाइमा सामुदायिक विद्यालय पर्न थालेको हो । विसं २०१३ मा स्थापना भएको विद्यालय प्राविधिक तथा व्यावसायिक शिक्षाको केन्द्रका रूपमा विकसित हुँदै गएको विद्यालयका प्रधानाध्यापक शरणकुमार बस्नेतले बताउनुभयो । उहाँका अनुसार वार्षिक ४५ हजार रुपियाँ शुल्कमा होटेल म्यानेजमेन्ट पढाइ हुन थालेपछि विद्यार्थीको आकर्षण बढेको छ । अन्य विद्यालय तथा कलेजले यही विषय पढाएबापत डेढदेखि दुई लाख रुपियाँसम्म शुल्क लिने गर्थे । सा

    • प्रकाशित मितिः साउन १५, २०८३
    • १०५ पटक पढिएको
  • मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायम

    इटहरी । सुनसरीको देवागञ्ज गाउँपालिका कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक बन्दै गएपछि त्यसको प्रभाव मधेश प्रदेशका विभिन्न जिल्लासम्म फैलिएको छ।सुरक्षा अवस्था संवेदनशील बनेपछि मधेशका चार जिल्लामा जारी कर्फ्यु आदेश आज पनि निरन्तर रहने भएको छ। धार्मिक तथा साम्प्रदायिक तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिरहा, धनुषा, पर्सा र सप्तरीले जिल्ला सुरक्षा समितिको सिफारिसमा जारी गरेको कर्फ्यु आदेशलाई आज पनि कायम राख्ने निर्णय गरेका हुन्। हिजो सिरहाको गोलबजारबाट सुरु भएको हिंसात्मक घटनाले विभिन्न स्थानमा तोडफोड, आगजनी, लुटपाट तथा झडपका घटना निम्त्याएको छ।घटनाका क्रममा हालसम्म मधेश प्रदेशमा

    • प्रकाशित मितिः साउन १५, २०८३
    • १७० पटक पढिएको
  • इटहरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिले ग¥यो पदस्थापना तथा शपथ, अध्यक्ष भण्डारीद्वारा ८ लाखभन्दा बढीको अक्षयकोष घोषणा

    इटहरी । उद्योग वाणिज्य संघ इटहरीको ११ औँ कार्यसमितिको पदस्थापना तथा शपथग्रहण कार्यक्रम बुधबार सम्पन्न भएको छ। संघका निवर्तमान अध्यक्ष जीवन पराजुलीको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गायत्री कट्वाल भण्डारी सहित सम्पूर्ण नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले शपथ ग्रहण गरेका हुन्। शपथपछि आफ्नो पहिलो सम्बोधन गर्दै अध्यक्ष गायत्री कट्वाल भण्डारीले निर्वाचनसँगै पक्ष–विपक्षको राजनीति समाप्त भएको र अब सबै उद्योगी–व्यवसायी एउटै परिवारका सदस्यका रूपमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले उद्योग, व

    • प्रकाशित मितिः साउन १४, २०८३
    • १४४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]