All Posts By कोशी प्रेस

    Showing १२,८७१-१२,८८० of १३,७४९ items.
  • ट्याक्सीमा नयाँ भाडादर लागू

    बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालयले ट्याक्सीमा नयाँ भाडादर लागू गरेको छ । हालै बसेको बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको हो । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण बागमती प्रदेशभित्र सञ्चालन हुने ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार यसअघि सुरु (फ्लाग डाउन)मा १४ रुपियाँ रहेको भाडादर बढेर ५० रुपियाँ पुगेको छ । त्यसमा प्रतिदुई सय मिटरमा १० रुपियाँका दरले भाडादर बढ्दै जानेछ । यो भाडादर बिहान ४ बजेदेखि राति ९ बजेसम्म लागू हुने जनाइएको छ । यस्तै विद्युतीय ट्याक्सी

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ५० पटक पढिएको
  • इटहरीमा एमालेबाट मेयर, उपमेयरमा उमेद्धार बनेका सुब्बा र चौधरी को हुन् ?

    नेकपा एमालेको दह्रो जगको रूपमा इटहरीलाई हेर्ने गरिन्छ । नगरपालिका हुँदै उपमहानगर सम्म आई पुग्दा जनप्रतिनिधिका रूपमा नेकपा एमालेका नेताहरूले नेतृत्व गर्दै आएको छ । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत एमालेबाट मेयरमा द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले जनताको सेवा गर्ने अवसर पाएका थिए । ५ वर्षको अन्तरालमा स्थानीय तहको चुनावमा नेकपा एमालेले उमेद्धार टुङ्गो लगाएको छ । मेयर पदका लागि पार्टी नगर अध्यक्ष यामकुमार सुब्बा र उपमेयरमा थारु जातिको बाहुल्यता रहेको इटहरीमा ४५ वर्षीय सङ्गीता चौधरीलाई पार्टीले टिकट दिएको छ । को हुन् सुब्बा?मेयरका उमेद्धार सुब्बाको जन्म ताप्लेजुङ जिल्लामा

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ८६ पटक पढिएको
  • विराटनगरमा एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्की उमेद्धार उठाउने निर्णय

    नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर सागर थापा र उपमेयर शिल्पा निरौला कार्कीलाई उम्मेदवार उठाउने निर्णय गरेको छ । थापा नेकपा एमाले विराटनगर महानगर कमिटि अध्यक्ष हुन् भने शिल्पा महानगर कमिटी उपाध्यक्ष हुन् । एमाले १ नम्बर प्रदेश कमिटीले थापाको नाम एक नम्बरमा राखेर केन्द्रीय सदस्य जीवन घिमिरेको नाम समेट सुझावका थप्दै केन्द्रीय कमिटी सचिवालयमा सिफारिस गरेको थियो । सोमबार विहान २ बजे मेयरमा थापा र उपमेयरमा कार्कीलाई उम्मेदवार बनाउने गरी केन्द्रीय सचिवालयबाट निर्णय भएको जनाइएको छ । एमालेमा महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवारको निर्णय केन्द्रीय सचिवालयले गर्ने अधिकार थियो ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १०९ पटक पढिएको
  • विराटनगर महानगरपालिकामा मेयरमा जनमत पार्टीबाट मण्डल उम्मेदवार

    जनमत पार्टीले विराटनगर महानगरपालिका मेयरकाे उम्मेदवार अरुणकुमार मण्डललाई बनाएकाे छ । उनले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । सिके राउत नेतृत्वकाे पार्टीको महानगर अध्यक्ष हुन् ।मण्डलले विराटनगरकाे विकासका लागि उम्मेदवारी दिएको बताए । उपमेयरसहित पार्टीले १९ वटै वडामा उम्मेदवारी दिने उनले बताए ।

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • १०९ पटक पढिएको
  • मेयरमा उमेद्वारी दिन प्रदेश-१ का दुई सांसदले दिए राजीनामा

    विराटनगर ।  वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेद्वारी दिन प्रदेश-१ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सांसद काजीमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् । २०७४ को चुनावमा कागते इलाम क्षेत्र नम्बर-१ (ख) र बुढाथोकी झापा १ को (ख)बाट निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको पराजुलीले बताए । स्थानीय तह निर्वाचनमा कागते इलामको सुर्योदय नगरपालिका  प्रमुखमा उठ्ने चर्चा छ भने बुढाथोकी मेचीनगर नगरपालिकाको मेयरमा उठ्ने तयारीमा छन्।

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ११६ पटक पढिएको
  • एकीकृत सरकारी कर्मचारी संगठन सुनसरीद्वारा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

    इटहरी : एकीकृत सरकारी कर्मचारी संगठन नेपाल सुनसरीले मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।शनिबार इटहरीको जनता माविको खेल मैदानमा भएको मैत्रीपूर्ण खेलमा पुरुष र महिलाको टिम सहभागी भएको थियो ।प्रतियोगितामा पुरुष शिक्षक कर्मचारीतर्फ शिक्षकको समूहलाई ४–० गोल अन्तरले पराजित गर्दै कर्मचारी समूहले जीत हासिल गरेको छ ।यस्तै, महिलातर्फको खेलमा दुवै टिमले गोल नगरी सकिएको थियो ।एकीकृत सरकारी कर्मचारी संगठन जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष गणेश भट्टराईको सभापतित्वमा सम्पन्न भएको प्रतियोगितामा विजयीहरूलाई परस्कृत गरियो ।ट्रेड युनिनियका केन्द्रीय अध्यक्ष भोलानाथ पोखरेलको प्रमुख आतिथ्यतामा सम

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ६१ पटक पढिएको
  • कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी

    काठमाडौं । नेपाली कांग्रेसले ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।जसमा एमालेलाई सर्वोच्च अदालतले जन्माएको पार्टीको रुपमा टिप्पणी गरिएको छ । सर्वोच्च अदालतको आदेशबाट एमाले जन्मिएको कांग्रेसको भनाइ छ । घोषणापत्रको १२औँ पृष्ठमा एमाले अदालतको आदेशबाट जन्मिएको पार्टी भनेर उल्लेख गरिएको छ ।‘एमाले नै सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी’ शीर्षकमा घोषणपत्रमा उल्लेख गरिएको छ :नेकपा (एमाले)का अध्यक्ष ओलीले निरन्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई अवमूल्यन, व्यङ्ग्य र कटाक्ष गर्दै आउनु भएको छ । तर नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुरेन्द्र पाण्डे, स

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ५१ पटक पढिएको
  • एमालेले लेटाङमा प्रमुख, उपप्रमुखसहित सबै वडाध्यक्ष टुंगो लगायो

    लेटाङ । नेकपा एमालेले मोरङको लेटाङ नगरपालिकाको मेयरमा भुपेन्द्र लावतीलाई उम्मेद्वार बनाउने भएको छ । यस्तै उप–मेयरमा कृष्णकुमारी निरौला पोखरेल उठाउने भएको छ । यसैगरि नेकपा एमाले लेटाङले नगरका सबै वडाध्यक्षहरुको पनि टुंगो लगाएको छ । जसमध्ये वडा नम्बर १ मा निवर्चतमान वडाध्यक्ष विष्णुकुमार मगरलार्य र २ मा पनि निवर्तमान वडाध्यक्ष तेजप्रसाद तिमिल्सिनालाई नै उम्मेदवार बनाएको छ । यस्तै वडा नम्बर ३ मा सचिवालय सदस्य डम्बर राई, ४ मा रामकुमार श्रेष्ठ, ५ मा निवर्तमान वडाध्यक्ष भूम सूर्यमगर, ६ मा पार्टीका वडा कमिटी अध्यक्ष पुर्णबहादुर तामाङ, ७ मा खगेन्द्र लिम्बू, ८ मा कृष्ण राई  र ९ मा निवर्चमान वडाध्य

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • १११ पटक पढिएको
  • एमालेले टुंग्यायो कैलालीमा ११ पालिकाका उम्मेदवार

    ११ वैशाख, धनगढी । नेकपा एमालेले कैलालीका ११ वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको छ ।केन्द्रीय सचिवालय बैठकले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार छनोट गरेको भोलिपल्ट आइतबार एमालेको प्रदेश कमिटिले बाँकी रहेका १२ मध्ये १० वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको हो छ भने चुुरे र मोहन्याल गाउँपालिकामा उम्मेदवार चयन गर्न बाँकी छ ।एमाले प्रदेश कमिटीका सचिव धर्मराज पाठकले जिल्ला कमिटीले पठाएको आकांक्षीका सूचीका आधारमा उम्मेदवार चयन गरिएको जानकारी दिए ।उनका अनुसार टीकापुर नगरपालिकाको मेयरमा श्याम खत्री र उपमेयरमा अनुपा केसी, लम्कीचुुहा नगरपालिकाको मेयरमा महादेव बजगाईं र उपमेयरमा ज

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • १०४ पटक पढिएको
  • धरानमा गठबन्धन भित्र भागबन्डा नमिलेपछि माओवादी केन्द्रको निर्देशन ‘एक्लै लड्नु तर एमालेसँग नमिल्नु’

    भागबन्डालाई लिएर धरान उपमहानगरमा ३ दल बीच खटपट भएको छ । केहि दिन अघि ४ दलीय गठबन्धनले पत्रकार सम्मेलन गरेर मिलेर चुनावमा होमिने बताएका थिए । तर वडा तहमा भागबन्डा मिल्न नसक्दा गठबन्धनका दल एक पछि अर्काे गर्दै एक्लै चुनावमा लड्ने अबस्थामा पुगेका हुन् । यस अघि जसपाले सम्मान जनक स्थान नभएको भन्दै एक्लै चुनावमा जाने भन्दै गठबन्धनबाट बाहिरिएको थियो । आज मनोनयन दर्ता दिन नेकपा माओबादी केन्द्र पनि गठबन्धनबाट बाहिरिने संकेत गरेको छ । केन्द्रले गरेको निर्णय नमान्ने अबस्थामा पुगेपछि माओवादी केन्द्रले वडा तह एक्लै लड्न दिने निर्णय गरेको हो । यता मेयर र उपमेयरमा भने केन्द्रको निर्णय अनुसार मेयर काङ्गग

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • १४५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]