All Posts By कोशी प्रेस

    Showing १२,८६१-१२,८७० of १३,७४९ items.
  • ललितपुरको मेयरमा कांग्रेसको उम्मेदवार चिरिबाबु महर्जन

    १२ वैशाख, ललितपुर । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै उठाउने भएको छ ।महर्जन ललितपुरका वर्तमान मेयर हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट पक्का गरेका हुन् ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ११७ पटक पढिएको
  • ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा एमालेले टुङ्गो लगायो उम्मेद्बार

    ओखलढुंगा : ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा एमालेले उम्मेद्बारको टुंगो लगाएको छ ।गाउँपालिका अध्यक्षमा रामबहादुर खत्रीले टिकट पाएका छन् भने उपाध्यक्षमा कमला सुनुवारले टिकट पाएका छन् ।नेकपा एमाले ओखलढुंगाका युवा नेता सन्तोष खड्काका अनुसार यहाँको ९ वटै वडामा उम्मेद्बार टुंगो लगाएको छ ।उनका अनुसार वडाध्यक्षहरूमा १ नं. वडामा टीका श्रेष्ठ, २ मा अखम तामाङ, ३ मा नरेन्द्र सुनुवार, ४ मा पुरन तामाङ, ५ मा सुदर्शन सुनुवार, ६ मा छत्र तामाङ, ७ मा बलिराज गुरुङ, ८ मा टीका गरुङ र ९ मा प्रेमरेन्जी शेर्पालाई उम्मेद्बार बनाउने निर्णय भएको छ ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १०८ पटक पढिएको
  • इटहरीमा गठबन्धनबाट केशव विष्टले पाए उपमेयरको टिकट

    इटहरी : इटहरीमा गठबन्धनबाट केशव विष्टले उपमेयरमा टिकट पाएका छन् ।नेकपा एकीकृत समाजवादी पार्टीले विष्टलाई उपमेयरको टिकट दिएको हो । यसअघि गठबन्धनको तर्फबाट मेयरमा कांग्रेस र उपमेयरमा एकीकृत समाजवादीलाई उम्मेद्बार बनाउने निर्णय गरेको थियो ।कांग्रेसबाट मेयरको टिकट टुङ्गिएको छैन । अहिले कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा मेयरको विषयमा छलफल भइरहेको छ ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ९५ पटक पढिएको
  • एमालेबाट पथरीशनिश्चरेको मेयरमा तुम्बापो, उपमेयरमा काफ्ले

    पथरी । मोरङको पथरीशनिश्चरेमा नेकपा (एमाले)का तर्फबाट नगर प्रमुखमा मोहन तुम्बापो र उपप्रमुखमा देविमाया काफ्लेलाई उमेद्वारी दिने निर्णय भएको छ ।तुम्बापो साबिक पथरी गाबिसको अध्यक्ष समेत हुन् । एमाले स्रोेतले भन्यो तुम्बापो र काफ्लेलाई टिकट दिने निर्णय भएको हो । हिजो अबेरसम्म प्रमुखमा ८ र उपप्रमुखमा ४ भन्दा बढीको दाबी थियो ।नगरमा जनजाति मतदाताको बाहुल्यता बढी भएको कारण जित्ने उमेद्वारलाई उम्मेद्वारी दिइएको स्रोतले जानकारी दियो । गत वर्षको स्थानीय तहको निर्वाचनमा पनि तुम्वापोकै टिकट पाउने चर्चा रहेको थियो ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १०५ पटक पढिएको
  • काङ्ग्रेसले टुङ्ग्यायो झापामा नगर प्रमुखको उम्मेदवारी

    झापा / झापामा काङ्ग्रेसले सातवटा नगरपालिकाका प्रमुखको उम्मेदवार टुङ्गाे लगाएको छ । काङ्ग्रेस झापाको सिफारिस अनुसार प्रदेश १ समितिले झापाका सबै पालिकाको उम्मेदवारको टुङ्गो लगाएको हो ।काङ्ग्रेस प्रदेश १ सदस्य उत्तमबहादुर चौँलागाईँका अनुसार गाैरादह नगरपालिका प्रमुखमा राेहितकुमार साह उम्मेदवार बन्ने भएका छन् । उनी यसअघि पनि निर्वाचित नगर प्रमुख हुन् । शिवसताक्षीमा पर्शुराम ढुङ्गाना,कनकाई रूद्र चिमरिया उम्मेदवार बनेका छन् । ढुङ्गाना ०७४ को निर्वाचनमा पराजित उम्मेदवार हुन् । चिमरिया कनकाई – ३ का निर्वाचित वडाध्यक्ष हुन् ।बिर्तामाेड भाेजराज सिटाैला, अर्जुनधारा रन्जिता कार्कीले टिकट पाएका छन् । सिटौला

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ९८ पटक पढिएको
  • सुन्दरहरैंचाको मेयरमा स्वतन्त्र उम्मेद्वार भट्टराईको पहिलो उम्मेद्वारी दर्ता

    सुन्दरहरैंचा / सुन्दरहरैंचाको मेयर पदको लागि स्वतन्त्र उम्मेद्ववार डा. प्रकाश भट्टराईले पहिलो उम्मेद्ववारी दर्ता गरेका छन् । करिव ३ साता अघि नै आफ्नो उम्मेद्वारी घोषणा गरेर आफ्ना प्रतिबद्धता सहित चुनावी अभियानमा होमिएका उनले आइतवार बिहान मनोनयन दर्ता गराएका हुन् ।भट्टराईले आसन्न निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय सुन्दरहरैंचामा पहिलो नम्बरमा मनोनयन दर्ता गरेका हुन् । भट्टराईको प्रस्तावकमा कृष्णप्रसाद खतिवडा र समर्थकमा बलबहादुर कार्की रहेका छन् । स्वतन्त्र उम्मेद्वार डा. भट्टराईले निर्वाचन अधिकृत माधव भण्डारीलाई मनोनयन पत्र बुझाएकाे बताए ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ९२ पटक पढिएको
  • धर्मदेवी नगरपालिकामा उमेद्वार घोषणा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम

    धर्मदेवी । संखुवासभाको धर्मदेवी नगरपालिकामा उमेद्वार घोषणा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । लोकतन्त्र दिवसको अवसर पारेर आयोजित कार्यक्रमा लामो समयदेखि पार्टीको सांगठनिक विस्तारमा योगदान पुर्‍याउने २०१ बढी ज्येष्ठ नागरिकहरुलाई धर्मदेवी एमाले नगर कमिटीले सम्मान गरेको हो ।कार्यक्रममा नेकपा एमाले पोलिट ब्युरो सदस्य पर्शुराम मेगी गुरुङ र स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले ज्येष्ठ नागरिकहरुलाई खादा र प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो । सम्मानित हुनेहरुमध्येका एक  ७३ वर्षीय भीम बहादुर खुलाल बस्नेतले आफूले दिएको योगदानको पार्टीले कदर गरेकोमा खुसी लागेको वताउनुभयो । यस विषय

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ९९ पटक पढिएको
  • चैदण्डीगढी नगरपालिकामा एमालबाट उप–मेयरमा मणिका दुलालको उमेदवारी

    सुनसरी :  उदयपुरको चैदण्डीगढी नगरपालिकामा एमालेले उप–मेयर पदका लागी  मणिका दुलालको उमेदवारी टुङ्गो लगाएको छ । एमालेले चैदण्डीगढी नगरपालिकामा प्रमुख (मेयर) कालुराम लामा र उप–प्रमुख (उप–मेयर) मा मणिका दुलाल अघि सारेको हो  । यस अघिको अर्थात् २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले मेयर र उप(मेयर दुवै पदमा विजयी हाँसिल गरेको थियो । मेयरमा बिजय कुमार राइ  र उप(मेयरमा रिता कुमारी चौधरीले जित निकालेका थिए । यो पटक भने मेयर र उप–मेयरसहित अधिकांश वडामा जित्ने एमालेको दावि छ । मेयर र उप–मेयरसहित सबै वडाको उमेदवार टुङ्ग्याएको  एमालेले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १०९ पटक पढिएको
  • १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता

    स्थानीय चुनावका लागि आइतबार देशभर गरी विभिन्न पदमा १० हजार ५३३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्य पदका लागि साना दलका र स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको हो।निर्वाचन आयोगले आइतबार र सोमबारका लागि उम्मेदवार मनोनयनको समय तोकेकाले ठूला दलले अन्तिम समय कुर्दै मनोनयन दर्ता गरेका छैनन् । सत्तारुढ ५ दलीय गठबन्धनको भागबण्डा टुंगो लाग्न नसक्दा उम्मेदवारी दर्ता हुन नसकेको हो । मनोनयनको पहिलो दिन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १०३ पटक पढिएको
  • विनाशकारी भूकम्पको सात वर्ष : नमुना एकीकृत बस्ती असफल

    विनाशकारी भूकम्प गएर गोरखादेखि पूर्वका जिल्लामा भएको विनाशको सात वर्ष पूरा भयो । यस बीचमा सरकारले पुनर्निर्माण र पुनर्लाभलगायतका विभिन्न कार्यक्रम गरेको छ । त्यसैको एउटा क्षेत्र एकीकृत बस्ती निर्माण पनि हो । २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनपछि क्षतिग्रस्त पुराना छरिएका बस्तीभन्दा एकीकृत बस्ती भौगर्भिक रूपमा सुरक्षित हुने र तिनमा खानेपानी, बिजुली, सडक, शिक्षा र स्वास्थ्यको पहुँच सहजै गराउने उद्देश्यले सरकारले १९ जिल्लामा एकीकृत नमुना बस्ती निर्माण गरेको थियो ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को सहयोगमा बनेको गोरखा जिल्लाको धार्चे गाउँपालिका गुप्सीपाखामा बनेको एकीकृत नमुन

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ५१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]