इटहरी । सामाजिक उत्तरदायित्व तथा मानव सेवाको भावनालाई आत्मसात् गर्दै सुदर्शन सेक्युरिटी सर्भिसेज प्रा.लि., इटहरी–९, सुनसरीले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको वृहत् रक्तदान कार्यक्रममा ४५ भन्दा बढी युनिट रगत संकलन भएको छ । ओसियन पार्क एण्ड रिसोर्ट प्रा.लि.मा आयोजित कार्यक्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल, बुढीगंगा, मोरङले प्राविधिक सहयोग गरेको थियो। रक्त अभावका कारण उपचाररत बिरामीलाई सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कम्पनीका कर्मचारी, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले उत्साहजनक सहभागिता जनाउँदै रक्तदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै क
इटहरी । मोरङको सुन्दरहरैंचा स्थित पूर्वाञ्चल पब्लिक स्कुलले आयोजना गरेको ‘प्रि–स्कुल ग्राजुएसन–२०८३’ समारोहमा ५६ जना बालबालिका औपचारिक रूपमा दीक्षित भएका छन्। रंगीन बेलुनले सजिएको मञ्च र स्नातक पोशाकमा सजिएका बालबालिकाको उत्साहले कार्यक्रमलाई भावुक र अविस्मरणीय बनाएको थियो। विद्यालयका प्रिन्सिपल सन्तोष कुमार राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुन्दरहरैंचा–५ का वडा अध्यक्ष गणेश चौधरी प्रमुख अतिथि र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद ढकालको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रिन्सिपल राईले बालबालिकालाई अक्षरका साथै राम्रो संस्कार, अनुशासन र आत्मविश्वास सिकाएर जि
इटहरी । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी, नेपाल अन्तर्गत लायन्स क्लब अफ बाँसबारी, लायन्स क्लब अफ बलिया तथा लियो क्लब अफ बाँसबारीको लायन्स वर्ष २०२६÷२७ को इन्डक्सन एण्ड इन्स्टलेसन समारोह शनिबार सम्पन्न भएको छ । शनिबार सुन्दरहरैंचा–४ स्थित गोदावरी रिसोर्टमा आयोजित समारोहमा लायन्स वर्ष २०२५÷२६ का लायन्स क्लब अफ बाँसबारीकी अध्यक्ष पुष्पा ढुङ्गेल र लायन्स क्लब अफ बलियाकी अध्यक्ष मञ्जु बस्नेतको कार्यकाल सम्पन्न भएसँगै नयाँ नेतृत्वलाई पदस्थापना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरिया रहनुभएको थियो । उहाँले लायन्स क्लब अफ बाँसबारीको वर्ष २०२६÷२७
इटहरी । सहयोगी मनहरू सुन्दरहरैंचाले सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले दोस्रो वृहत् भेला, भेटघाट, अन्तरक्रिया तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । ‘सुसंस्कृत समाज, सभ्य जन, आजको आवश्यकता सहयोगी मन’ भन्ने मूल नाराका साथ शनिबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको भवनमा आयोजित कार्यक्रममा करिब १५० जना सामाजिक व्यक्तित्व तथा सहयोगी मन भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष भीम अधिकारीले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित बालबालिकालाई शिक्षासँग जोड्ने उद्देश्यले संस्था स्थापना गरिएको बताउनुभयो । संस्था दर्ता गरी सामाजिक सेवाका विभिन्न क्षेत्रमा
इटहरी : इटहरी उपमहानगरपालिका–४ पानधारे चोकबाट प्रहरीले ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार साँझ करिब ७ बजेतिर लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा चेकजाँच गर्दा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ घर भई हाल सोही क्षेत्रमा डेरा गरी बस्ने २५ वर्षीय अनिश लामालाई पक्राउ गरेको हो।प्रहरीले उनको साथबाट ३ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ। बरामद लागूऔषधसहित लामालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर लागूऔषध सम्बन्धी कसुरमा थप
विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–१ स्थित राम्री खोलामा बेपत्ता भएका एक पुरुष आइतबार बिहान मृत अवस्थामा फेला परेका छन्। प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। मोरङ प्रहरीका अनुसार उर्लाबारी–१ का अन्दाजी ४७ वर्षीय लक्ष्मण माझीको शव खोलाभित्र घोप्टो परेर डुबिरहेको अवस्थामा फेला परेको हो। बिहान करिब ६ः४५ बजे स्थानीयबाट सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्स्पेक्टर नवीन वलीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाएको जनाएको छ। परिवारका
इटहरी : भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ । कार्यालयले लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो ।भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार आव २०८२/८३ मा रु २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १८ करोड ६० लाख ९५ हजार ८४४ मात्र सङ्कलन भएको हो । आव २०८१/८२ मा पनि कार्यालयले लक्ष्य हासिल गर्न सकेको थिएन । उक्त वर्ष रु ३३ करोड १३ लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु २० करोड ८६ लाख ६९ हजार ६३१ मात्र सङ्कलन भएको थियो ।सूचना अधिकार
विराटनगर : मोरङको कटहरी गाउँपालिका–३ मा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा कटहरी–३ राजवंशी टोलका ८७ वर्षीय अजयकुमार राजवंशी रहेका छन्। प्रहरीका अनुसार राजवंशी साइकलमा घर फर्कने क्रममा निर्माणाधीन सडकको खाल्डोमा अचानक लडेर गम्भीर घाइते भएका थिए।उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित प्राइम अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि विराट शिक्षण अस्पताल रेफर गरिएकोमा शुक्रबार दिउँसो २ः१० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनाबारे राति ९ः४५ बजे मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो। प्रहरीको प्रारम
इटहरी। नेपाली चियाको ‘अर्गानिक’ प्रमाणीकरणका लागि किसान र उद्योगले बर्सेनि लाखौँ रुपियाँ खर्च गर्दै आएका छन् । देशभित्रै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला नहुनु र भएको प्रयोगशालाले पनि मान्यता नपाउँदा बर्सेनि लाखौँ रुपियाँ खर्च गनुपर्ने बाध्यतामा चिया उत्पादक र चिया उद्योग छन् । अन्तर्राष्ट्रिय– स्तरका नासा, आइओएम, सेरेसलगायतका संस्थाले नेपाली चियाको बोटसम्मै आएर अर्गानिक भए नभएको प्रमाणित गरेपछि मात्र नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा जाने अवसर पाउँछ । यसका लागि ती संस्थामा निवेदन दिनु पर्छ ।एक वर्षमा तीन/चार पटकसम्म अनुगमन र अध्ययन गरेपछि मात्र उनीहरूले अर्गानिक भएको
विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा सशस्त्र प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको शुक्रबार राति उनीहरूलाई गोली लागेको घटनास्थलमै हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको छ। स्थानीयवासी र मृतकका परिवारको आग्रहपछि परम्परागत घाटमा नभई घटनास्थललाई नै अन्तिम बिदाइको स्थल बनाइएको हो। सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको थियो। ओमप्रकाशको घटनाकै दिन मृत्यु भएको ‘सामान्यतया नदी वा खोलाको किनारमा अन्त्येष्टि गर्ने चलन भए पनि यसपटक स्थानीयको भावनालाई सम्मान गर्दै घटनास्थलमै दाहसंस्कार गरि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.