काठमाडौं / स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेदवारी र निर्वाचन चिह्न आइतबार टुंगो लगाएसँगै राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरु मतदाताको घरदैलोमा सक्रिय हुन थालेका छन् ।आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भावी नेतृत्वका लागि दाबी गरेका उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँ तथा कम्तीमा २५ हजार रुपैयाँसम्मको सीमा तोकेको हो ।महानगरपालिकाका मेयरदेखि वडा सदस्यसम्मको खर्चनिर्वाचन आयोगका अनुसार महानगरपालिका मेयर तथा उपमेयरले ७ लाख ५० हजार र वडाअध्यक्ष र सदस्यहरुले ३ लाखभन्दा बढी खर्च गर्न पाउने छैनन् ।मेयर तथा उपमेयरले मतदाता नामावली खरिदमा १ हजार रुपैयाँ
धरान : वैशाख ३० गते हुने धरान उपमहानगरपालिकाको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरूप्रति धराने मतदाताको उत्साहपूर्ण मतदान गर्ने अवस्था पाइएको मेयर र उपमेयरका उम्मेदवार द्वयले बताएका छन् । मुलुकमा सङ्घीयता आएपछि धरानमा पहिलो पटक लोकतन्त्रवादी र वामपन्थी शक्ति मिलेर धरानलाई नयाँ गति दिने अठोट गरेकाले धरानवासीमा नयाँ उत्साह पाइएको उनीहरूले बताएका हुन ।चुनावी अभियानमा धरानका वडा वडामा जनताको घरदैलोमा पुग्दा मतदाताहरूले उत्साहपूर्ण रूपमा स्वागत गर्दै गठबन्धनप्रति ठुलो आशा र भरोसा रहेको बताएको उम्मेदवार द्वयले बताए । उनीहरूले धरानका ७ वटा वडाहरूमा गठबन्धनका वडा अध्यक्ष, सदस्यहरू
धरान : नेपाल ट्रेड युनियन महासङ्घ धरान उपमहानगर कमिटीद्वारा आयोजित १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस धरानको भानुचोकमा एक कार्यक्रम गर्दै सम्पन्न भएको हो । धरान उपमहानगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिएकी नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । मजदुर दिवसको शुभकामना दिँदै उम्मेदवार भण्डारीले ट्याम्पो तथा सिटिसफारी दैनिक २५ रुपैयाँका दरले तिरिरहेको कर ३ रुपैयाँमा झार्ने बताइन । उनले वार्षिक रूपमा ९ हजार १ सय २५ रुपैयाँ तिर्दै आइरहेको यो कर धेरै भएको भन्दै घटाउने बताइन।त्यसै गरी कार्यक्रमको विशिष्ट अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर सङ्
इटहरी : ३० वैशाखमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा सुनसरीमा प्रमुख पदमा ११ जना र उपप्रमुख पदमा ६७ जना महिलाको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रका अनुसार प्रमुख पदमा धरान उपमहानगरपालिकामा २० जना मेयरका उम्मेदवार मध्ये ४ जना महिलाले उम्मेदवारी दिएका छन् । उपमेयरमा धरानमा १० जनाले उम्मेदवारी दिएका मध्ये ४ जना महिला रहेका छन् । यसै गरी इटहरी उपमहानगरपालिकामा १६ जना मेयरका उम्मेदवार मध्ये १ जना महिलाले उम्मेदवारी दिएकी छिन् भने उपमेयरमा ७ जना मध्ये ६ जना महिलाले उम्मेदवारी दिएका छन् । इनरुवा नगरपालिकामा १४ जना मेयरका उम्मेदवार मध्ये २ जना
इटहरी: इटहरीमा विकासको अर्को युग सुरु हुन लागेको एमालेबाट मेयरका उम्मेदवार यामकुमार सुब्बाले बताएका छन् ।उनले अघिल्लो पाँच वर्ष आफ्नै पार्टीबाट जितेर जाने मेयर उपमेयरले गरेको कामको जगमा अर्को नयाँ युग सुरु गर्ने बताएका हुन् । इटहरीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले पूर्वाधारका धेरै कामहरू अघिल्लो पाँच वर्षमा भएको बताउँदै अबको पाँच वर्ष पूर्वाधारको स्तरोन्नति तथा इटहरीका दीर्घकालीन समस्या समाधान र यहाँको व्यवस्थित विकासमा केन्द्रित गर्ने बताए । उनले विज्ञहरूको सल्लाह र योजनाअनुसार नगरवासीको सहयोग जुटाउँदै सबैलाई समेटेर अघि बढ्ने बताए । ‘नेकपा एमाले गाउँ गाउँमा जनतालाई सङ्गठित ग
सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रहरी संगठनमा रिक्त हुन गइरहेको आईजीपी पदमा बढुवामार्फत पदपूर्ति गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनका प्रमुखको ३० वर्षे सेवा अवधि आइतबार राति सकिएको छ ।नवनियुक्त दुवै प्रहरी संगठनका महानिरीक्षकलाई सोमबार बिहान पौने ९ बजे गृहसचिवबाट दज्र्यानी चिह्न प्रदान गरिँदै छ । सोमबारदेखि नै दुवै प्रहरी संबढुवामा सशस्त्र प्रहरी महानिरीक्षकको नियुक्तिमा कुनै विवाद नआएको भए पनि नेपाल प्रहरीको नियुक्ति भने विवादित बनेको छ ।गठनका
डिजिटल अर्थतन्त्र निर्माण तथा ब्रोडब्यान्डको समावेशी पहुँचको लक्ष्यसहित सरकारले ल्याएको ‘डिजिटल नेपाल फ्रेमवर्क' कार्यान्वयनका लागि करिब २२ अर्ब रुपियाँ लगानी गरिने भएको छ । फ्रेमवर्कमा समावेश केही लक्ष्यको कार्यान्वयनका लागि ‘डिजिटल नेपाल एक्सेलरेसन' परियोजनामार्फत उक्त लगानी गर्न लागिएको हो।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विश्व बैङ्कको सहयोगमा उक्त परियोजना अघि बढाउन लागेको हो। परियोजना कार्यान्वयनका लागि विभिन्न क्षेत्रगत विषयको मस्यौदा तयार गरेर मन्त्रालयले त्यसमा सुझावका लागि सार्वजनिक अपिल पनि गरेको छ। नियामक नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधिलगायतलाई प्रमुख कार्यान्वयन न
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कानुनविपरीत भर्ना शुल्क लिने, सम्झौताअनुसार रोजगारी र पारिश्रमिक नदिने तथा व्यक्तिगत कागजात नियन्त्रणमा लिएर बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा पठाउने परेको पाइएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) संगको साझेदारीमा गरेको एक अध्ययनले खारेजीमा परेको वैदेशिक रोजगारको एजेन्ट प्रणालीमार्फत नै चर्को सेवा शुल्क लिएर सम्झौता विपरीत विदेश पठाउने गरिएको देखाएको छ।वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूलाई इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) सम्म सम्पर्क गराइदिने माध्यमको रूपमा कार्यरत एजेन्टहरूको व्यवस्थालाई नेपाल सरकार
इटहरी । २०४०/४१ सालतिर शारदा माविमा अध्ययन गर्दै गर्दा अनेरास्ववियूबाट राजनितिक यात्रा सुरु गरेका शिव नारायण चौधरीले यसपटकको स्थानिय निर्वाचनमा पनि इटहरी उपमहानगरपालिका वडा नं. १३ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनी अघिल्लो पटकको स्थानिय निर्वाचनमा पनि वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । कम्युनिष्ट पार्टी श्रमजीवि, गरिब, दिनदुःखीहरुको लागि बनेको भएर आफू पनि सोही पार्टीमा प्रवेश गरेको उनले बताए । उनले भने, ‘श्रमजीवि, गरिब, दिनदुःखी मानिसलाई सचेतना जगाएर जनताको हितको लागि काम गर्छ भनेर म यसमा आवद्ध भएको हुँ ।’ २०४२ सालपछि महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्
इटहरी । इटहरीमा नेकपा एमाले एकजुट भएको छ । मेयर तथा उपमेयर उम्मेदवारहरुलाई जिताउन एकजुट भएको हो । आइतबार बुद्धिजीवी परिषद्ले आयोजना गरेको कार्यक्रमको मन्चमा उभिएर नगरमा प्रभाव राख्ने जिल्ला, प्रदेश तथा केन्द्रिय तहका नेताहरुले ऐक्यबद्धता व्यक्त गरेका हुन् । इटहरीमा रहेका एमालेका प्रभावशाली नेताहरुबिच वैमनश्य र तिक्तता रहेको हल्ला बाहिर आइरहँदा सबै नेताहरुले मन्चमार्फत् एकताको सन्देश दिएका छन् ।कार्यक्रममा इटहरीका निःवर्तमान मेयर द्वारिकलाल चौधरी, उपमेयर तथा एमाले केन्द्रिय सदस्य लक्ष्मी गौतम, एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी, प्रदेश सांसद लिलम बस्नेत, सर्वध्वज साँवा, केन्द्रिय सदस्य
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.