विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ मा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिएका भुवन सिंह मगरले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।भ्रष्टाचाररहित वडा, भेदभावरहित समुन्नत समाज, भौतिक पूर्वाधारमा दिगो विकास र भौगोलिक समानता .(भूगोल÷क्षेत्रको आधारमा समान विकास) आफ्ना ४ प्रतिबद्धता भएको उनले जनाएका छन् ।गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्य पदमा विजयी उनी आगामी निर्वाचनमा चुनाव चिह्न खरायोमा मतदान गर्न आह्वान गर्दै घरदैलो कार्यक्रममा सक्रिय रहेका छन् ।आफ्ना समर्थकसहित घरदैलो अभियानमा सहभागी भइरहेको समयमा उनले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ३ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट वडा सदस्यमा उमेदवार दिनुभएकी एक उमेदवार एमाले प्रवेश गर्नुभएको छ । एसबाट वडा ३ मा वडा सदस्य पदमा उमेदवार दिनुभएकी फलमाया पुलामी मगर एमाले प्रवेश गर्नुभएको हो । उहाँलाई एमाले प्रदेश सदस्य हिमाल सुवेदी, एमालेबाट इटहरी उपमहानगरपालिकाको मेयर पदका उमेदवार यामकुमार सुब्बा, उप–मेयर पदकी उमेदवार संगिता चौधरी र एमालेका अन्य नेता कार्यकर्ताले एमालेमा स्वागत गर्नुभयो । पुलामी मगर आजै देखि एमालेको घरदैलो अभियानमा हिड्नुभएको छ । उहाँले वाटो विराएकाहरुलाई एमालेमै फर्कन आग्रह समेत गर्नुभएको छ ।
काठमाडाैँः सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ।गृह मन्त्रालयका अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिइएको हो।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको बताए।०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय भएको हो।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा इन्टनरनेट सेवा प्रदायक सेवा प्रदायक कम्पनीहरुले सेवा बन्द हुने भनेर दिएको अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले मुलुकभर एकैपटक निर्वाचन गर्ने तयारी भएको अवस्थामा निर्वाचनमा इन्टरनेट सेवा बन्द भए गम्भीर असर पर्ने भन्दै सञ्चार मन्त्रालयलाई यो अवस्था आउन नदिन निर्देशन दिएको बताउनुभयो।
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का अधुरा काम पुरा गर्न आफूले पुन उम्मेदवारी दिएको जितेन्द्र थापाले बताएका छन् । इटहरीमा रहेर सामाजिक क्षेत्रमा सकृय युवा नेता थापाले इटहरी ९ लाई इटहरीकै नमुना वडा बनाउनका लागी नेकपा एमालेबाटआफ्नो उमेदवारी दिएको बताएका छन् । उनले यस वडामा भएका समस्या पहिचान गर्दै समृद्धको नारालाई साकार पार्न पनि ति समस्याहरुलाई निराकरण गर्ने उनको लक्ष्य रहेको छ । थापाले आफु सत्तामा नभए पनि यो भन्दा अगाडि इटहरीमा रहेका समस्याहरुमा दिन रात नभइ समाधानका लागी काम गर्दै आएको थापाले बताएका छन् । कोरोना महामारीका बेलामा पनि ज्यानको प्रभाव नगरी जनताका लागी सेवा गर्दै आएको
काठमाडौं । सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको छ ।पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढीरहेकोले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशन दिइसकेको बताउनुभयो ।सहप्रवक्ता अधिकारीले पछिल्लो समय कोरोना सं
निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ ।सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो ।धुम्बाराहीमा वैशाख १५ गते भएको एक कार्यक्रममा प्रश्नकर्ता भावना राउतले सोधेको प्रश्नमा स्थापितले भनेका थिए– यु आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए ।‘हामीले यसमा आचारसंहिता विपरीत भयो कि भएन ? तपाईँले यस्तो भन्नुभएको हो कि होइन ?,’ निर्वाचन आयोग उच्च स्रोतले भन्यो, ‘हामीले तीन दिन भित्र स्पष्टीकरण दिनू भनेर पत्र काटिसकेक
विराटचोक: सुन्दरहरैचा नगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार शिवप्रसाद ढकालले उपमहानगरपालिका बनाउने योजना अगाडी बढाएका छन् । वडा नम्बर ९ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मेयरका प्रत्याशी ढकालले भूगोल र जनसङ्ख्याको हिसाबमा सुन्दरहरैचा ठुलो भए पनि विकाशको पूर्वाधारको हिसाबमा भर्खरै उकालो लागेको बताए । उद्यम, स्वास्थ्य र कृषिको केन्द्र बनाएर उपमहानगरपालिका बनाउने योजना रहेको उनले सुनाए । अघिल्लो कार्यकाल भन्दा ५ गुणा बढी विकाश गरेर देखाउने बाचा गरे । अहिलेको कार्यकालमा अधुरा रहेका आयोजना पुरा गर्ने र आगामी ५ वर्षमा थप विकाशका योजना ल्याउने उनले बताए । गठबन्धन को समूह सहित बहु
रुपन्देहीः नेकपा एमाले रुपन्देहीले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिनेहरूलाई कारबाही गरेको छ।पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका १५ जनालाई साधारण सदस्यसमेत नरहने गरी एमालेले निस्कासन गरेको हो।एमाले रुपन्देहीले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीको निर्णयविरुद्ध जाने जो कोहि पनि पार्टीको सदस्य बन्न नसक्ने भन्दै उनीहरुका कुनै पनि भ्रममा नपरी पार्टीका आधिकारिक उम्मेदवारहरुको पक्षमा लाग्न आग्रह गरेको छ।एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले निकालेको विज्ञप्तिमा पार्टी निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका १५ जना सदस्यहरुलाई आजका मितिदेखि नै लागू हु
नेपालगन्जः बाँकेको नेपालगन्ज सहरको तापक्रम ४१ डिग्री सेल्सियस माथि पुगेको छ।तापक्रमसँगै पश्चिम नेपालकै एक प्रमुख व्यापारिक केन्द्र नेपालगन्जमा यतिखेर राजनीतिक गर्मी पनि ह्वात्तै बढेको छ। दलहरू वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न प्रचण्ड गर्मीको समेत प्रवाह नगरी घर दैलो गरिरहेका छन्।सम्भव भएसम्म भोट माग्दै उत्साहका साथ दलबलसहित घर-घर र टोल-टोलमा पुगिरहेका छन्।नेपालगन्जमा राप्रपालाई विरासत जोगाउने चुनौती छ।नेपालगन्जको मेयरमा मुख्य गरी तीन पार्टीका बीचमा प्रतिष्पर्धा हुने देखिएको छ।जहाँ गठबन्धन दलबाट नेपाली कांग्रेसका नेपालगन्ज उपमहानगरका सभापति ४३ वर्षीय प्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.