All Posts By कोशी प्रेस

    Showing १२,५९१-१२,६०० of १३,७४६ items.
  • बाराहापोखरीमा गोमाको उम्मेद्वारीले मतदाता उत्साहित , को हुन गोमा ?

    खोटाङ । खोटाङको बाराहापोखरी गाउँपालिका वासिका लागी गोमा मगर कुनै नयाँ नाम होइन । अघिल्लो स्थानिय निर्वाचनमा पनि भारि मतले गाउँपालिका उपाध्यक्षमा जित हाशिल गरिसक्नुभएकि गोमाले कार्यकाल भरी गरेको कामहरूको चर्चा गाउँ देखि शहर सम्म सुन्न सकिन्छ । जिम्मेवार प्रति गहन भइ इमान्दार साथ गरेको कामकै कारण उनको चर्चा यो स्थानिय निर्वाचनमा पनि त्यतिकै चुलिदो छ । उनको सहयोगि सदभावपुर्ण व्यवहार , मिजासिलो पन , मिठासपुण बोलि बचनके कारण यो पटकको स्थानिय निर्वाचनमा पनि गाउवासिहरूले खोजि गर्न थाले ।अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिकाको उपाध्यक्षमा बिजय हाशिल गरि सक्नुभएकी गोमा यो पटक

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • १५० पटक पढिएको
  • वराहक्षेत्रवासीको निलम खनाल प्रति आरोपै आरोप

    पुन : मेयरको उमेदवार बनेर घरदैलोमा पुगिरहेका निलम खनाल जनताको गुनासोबाट भाग्न थालेको जनताको गुनासो छ । ५ वर्षमा के-के गर्नु भयो भनेर खनाललाई प्रश्न गर्दा खनाल र पार्टीका कार्यकर्ताहरु नाजावाफ हुन थालेका छन् ।२०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वराहक्षेत्र नगरपालिकाको मेयरमा नेकपा एमालेबाट निलम खनाल बिजयी भएका थिए । उपमेयरमा पनि एमालेबाटै कमला मगर बिजय बनेकी थिईन् ।२० वर्षको अन्तरालमा भएको स्थानिय तहको निर्वाचनले जनताको सेवकको रुपमा जनप्रतिनिधि आए भनेर जनता पनि पख बनेका थिए । जनताको आधारभुत आवश्यक्ता र रोजगारीमा स्थानीय सरकारका जनप्रतिनिधि लागि पर्ने छन भनेर नगरबासीले अपेक्षा गरेका

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • १३९ पटक पढिएको
  • इटहरीमा एमालेले जितिसक्यो घोषणा हुनमात्र वाँकीः द्धारिकलाल चौधरी

    इटहरी / एमाले सुनसरीका पूर्व अध्यक्ष तथा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरीमा एमालेका मेयर र उपमेयरका उमेदवारले चुनाव जितिसकेको दावी गरेका छन् । इटहरीको १६ नम्बर वडामा एमालेको घरदैलो कार्यक्रममा बोल्दै चौधरीले घोषणा हुनमात्र वाँकी रहेको वताएका छन् ।गठवन्धन भन्ने पार्टी नभएकाले एमालेले इटहरीमा विजय हासिल गर्ने दावी उनले गरे । चौधरीले अहिले सम्म निर्विवादित रहेका शालिन नेतायाम सुब्बालाई एमालेले उम्मेदवार वनाएको वताए ।अहिले प्रतिपक्षले एमालेको कमाण्डमा चलेको इटहरी उपमहानगरले पाँच वर्षमा कुनै काम नगरेको भनेर अर्नगल प्रचार मात्रै गरेको चौधरीले बताए । पाँचवर्षमा कुनै काम भएन भन्नेल

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • २३० पटक पढिएको
  • धरान २० बिष्णुपादुकाबासीले उम्मेद्वारहरुलाई सम्झाए चुनावका बेला गरेको बाचा

    धरान : उमेरले ८४ वर्ष नागेका धरान-२० विष्णुपादुकाका  ८४ वर्षीय लाल बहादुर राईले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसकेका छन् ।पञ्चायतकलादेखि नै मतदान गर्दै आएका राईको अनुभवमा चुनावमा मत माग्न आउँदा गरेको बाचा अनुसार नेता कार्यकर्ताले निर्वाचित भएपछि पुरा नगरेको गुनासो गरे । मत माग्न आउँदा जनसरोकारका सबै मुद्दा समाधान गरिदिने बाचा गर्ने तर चुनाव जितेर गए पछि बिर्सने गरेको उनले तितो अनुभव सुनाए । ‘एउटा चुनावमा एउटा बाचा गर्छन् र फेरी अर्को निर्वाचनमा तिनै नेता, कार्यकर्ता उही बाचा लिएर जनताको घर दैलोमा पुग्छन्-राईले भने ।पछिल्लो पटक २०७४ को वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेश एवं सङ्घीय सां

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • १२८ पटक पढिएको
  • भानुचौकमा ट्राफिक लाइट, वडामै खानेपानी ट्याङ्की

    धरान । धरान उपमहानगरपालिकाको चुनावमा गठबन्धनका उम्मेदवारहरु मतदाताको घरदैलोमा मत माग्न ब्यस्त छन्। आफ्ना विकाशका योजना तथा अन्य एजेण्डा लिएर धरानका सबै वडामा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्दैछन । बाम लोकतान्त्रीक गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका युवा नेता सुधिर सिंह लिम्बू वडा नं. २ को नेतृत्व गर्ने उद्देश्यका साथ चुनावमा होमिएका छन ।माओवादीले धरान २ को अध्यक्षमा काँग्रेसलाई सघाएपछी गठबन्धनका अध्यक्ष उम्मेदवार सुधीरसिंह लिम्बुको लागि बाटो खुला भएको छ । तथापि यसअघि पनि वडा २ कांग्रेसकै अध्यक्ष माधव गोविन्द श्रेष्ठ विजयी भएकाले काँग्रेसलाई सहज स्थिति बनेको छ । गठबन्धन

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • १२७ पटक पढिएको
  • स्थानीय निर्वाचनको प्रभाव: पर्यटकीय स्थल सुनसान

    धरान । प्रदेश नम्बर एककै मुख्य पर्यटकीय स्थल मानिएको भेडेटार अहिले प्रायः सुनसान छ । आन्तरिक पर्यटन तथा बाह्य पर्यटन आउने मुख्य सिजन भए पनि खासै पर्यटकहरुको चहलपहल देखिन्दैन् । जसको कारण वैसाख ३० गतेको आसन्न निर्वाचन ।निर्वाचनको मिति नजिकिदै गए पछि राजनितिक दलका नेता तथा कार्यकर्ताहरु घरदैलोमै भ्याई नभ्याई छ । सबैको ध्यान घरदैलोमै पुगेकाले भेडेटार घुम्न जानेको संख्यामा कमी आएको हो । निर्वाचनको माहौल बन्दै गएपछि सर्वसाधारणहरु आ आफ्नो दलको प्रचारपं्रसार, घरदैलो कार्यक्रम, सार्वजनिक अन्य कार्यक्रम लगायतमा व्यस्त रहदा पर्यटकीय स्थलहरु सुनसान बनेका हुन् ।अरु बेला गर्मी मौसम लागे सँगै चैत्रदेखि

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • ६७ पटक पढिएको
  • एमाले मेयरका उम्मेदवार याम सुब्बाको नगरवासीलाई मर्मस्पर्शी पत्र

    इटहरी | नेकपा (एमाले)को तर्फबाट इटहरी उपमहानगरपालिकाको मेयर पदका उमेदवार यामकुमार सुब्बाले इटहरी उपमहानगरवासीलाई ,मर्मस्पर्शी पत्र लेख्नुभएको छ ।मेयरका उम्मेदवार सुब्बाले पत्रमा आफूले दोस्रो जनआन्दोलनमा इटहरीको कमाण्ड भएर जिम्मेवारी पूरा गरेको र अब इटहरी उपमहानगरकै कमाण्ड सम्हाल्न अग्रसर भएकाले सहयोग गर्न नगरबासीलाई अनुरोध गर्नुभएको छ । उहाँले जारी गरेको पत्रमा भनिएको छ, ‘दोस्रो जनआन्दोलनमा इटहरीको एक कमाण्डको भूमिकामा म तपाईसँगै मैदानमा थिएँ र आजसम्म पनि इटहरीको विकास र सम्वृद्धिका लागि निरन्तर मैदानमै छु । हामी स्थानीय तहको निर्वाचनको मुखमा छौँ । हिजो हामीले काँधमा काँध मिलाउँदै राजनैति

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • १४९ पटक पढिएको
  • बेलबारी नगरपालिका राप्रपाका मेयर उम्मेदवारको कारमा आगजनी, एक युवक पक्राउ

    विराटनगर । मोरङको बेलबारी नगरपालिकाका मेयरका उम्मेदवारको सवारीसाधनमा आगजनी भएको छ।राप्रपाका मेयर उम्मेदवार खेमप्रसाद गौतमको घरमा राखिएको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एवं प्रहरी प्रमुख शान्तिराज कोइरालाले शुक्रबार बिहान करिब २ बजे आगजनी भएको जानकारी दिए।उक्त घटनामा शंकास्पद एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का २८ वर्षीय सुवास पाण्डे रहेका छन् ।आगजनीको खबर पाएसँगै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली गौतमको घर पुगेको थियो। पाण्डेले पेट्रोल छर्किएर कारको अगाडि र पछाडिको भागमा

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • १२९ पटक पढिएको
  • धनकुटाका गिरी गोली र सालकको खपटासहित पक्राउ

    काठमाडौँ । गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले टेकुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौँको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी रहेका छन् ।काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित कमलकुमार तोडीले सञ्चालन गरेको प्रिज्म ट्रेड लिङ्क गोदाम नजिकको कोठामा गोली र सालकको खपटासहित गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीमाथि मुलुकी अपराध (संहिता), २०७४ को परिच्छेद–६ को हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थप गरी अनुसन्धान थालिएको परिसरले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • ७७ पटक पढिएको
  • उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन सुरु

    निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन गर्न थालेको छ। आयोगको निर्देशनअनुसार ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयले अनुगमन थालेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।आयोगले निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंकमार्फत मात्र खर्च गर्न आग्रह गर्दै आएको छ। निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्चसम्बन्धी व्यवस्थामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्न बैंक वा वित्तीय संस्था

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • ११० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]