भोजपुर । भोजपुरको षडानन्द नगरपालिका साङपाङमा नचिनेको समूहले उम्मेदवारमाथि खुकुरी प्रहार गरेको छ ।शनिबार राति (गएराति) वडा नं १० साङपाङकी वडा सदस्य उम्मेदवार अमिता तामाङलाई नचिनेको व्यक्तिको समूहले कुटपिट गरी खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।तामाङको टाउकोमा चार टाँका लगाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटमा संलग्नको खोजी भइरहेको छ ।घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
काठमाण्डौ । सरकारले स्थानीय तहको निर्वाचनका क्रममा खटिने सुरक्षाकर्मीको ज्यान गएमा २० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।आइतबार(आज) बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनका क्रममा सुरक्षाकर्मीको ज्यान गए तत्काल २० लाख रुपैयाँ दिने निर्णय गरेको हो । यस्तो सुविधा म्यादी प्रहरीसहित सबै सुरक्षाकर्मीले प्राप्त गर्नेछन्। निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी खटिनेछन्। चुनावका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिएको छ। यस्तै नेपाल प्रहरी ६१ हजार ८ सय ३१ जना खटिएका छन्। म्यादी प्रहरीलाई पनि नेपाल प्रहरी मातहत नै खटाइने छ। सशस्त्र प्रहरी २३ हजार ५ सय ३२ जना खट
इटहरी । नेकपा (एमाले) बाट इटहरी उपमहानगरपालिकाको मेयर पदमा उमेदवारी दर्ता गराएका यामकुमार सुब्बाले युवालाई एक पत्र लेखेका छन् । सो पत्रमा उनले युवालाई आफूसँग समहित भएर ‘युवा इटहरी’ निर्माण गर्न आग्रह गरेका छन् । अहिलेका युवाको भोटले इटहरीको वर्तमान र भविष्यलाई निर्क्यौल गर्ने भएकाले विवेक प्रयोग गरेर भोट हाल्न अनुरोध गरेका छन् । पहिलो पटक मतदान गर्ने युवालाई लक्षित गरेर जारी भएको पत्रमा उनले कसैको करकाप र धाक धम्कीमा नपरि मतदान गर्न सुझाएका छन् । ‘मतदान भनेको तपाइँको संवैधानीक अधिकार हो’, उनले लेखेको पत्रमा भनिएको छ, ‘तपाइँले दिएको एक मतले इटहरीको वर्तमान र भविष्य नि
इटहरी । नेकपा एमालेका स्थायी कमिटि सदस्य प्रदेश १ का इन्र्चाज देवराज घिमिरेले एमालेले प्रदेश १ का कम्तिमा एकसय पालिकामा जित्ने दावी गरेका छन् । उनले प्रदेश १ का १३७ पालिकामध्ये कम्तिमा सय पालिकामा एमालेले जित्ने दावी गरेका हुन् । । घिमिरेले भने ‘गठवन्धनको भिजन,मिसन,कार्यक्रम केहि छैन,अपवित्र गठवन्धन हो, गठवन्धनकै दलभित्रको किचलोले उनिहरुको पनि भोट सूर्यमा आउछ ।’ एमालेलाई हराउन र आफना छोरा, छोरी, नाता गोतालाई चुनावमा उठाउन वनेको गठवन्धनलाइ जनताले राम्ररी चिनिसकेको उनले दावी गरे । देश र जनताको हीतमा काम गर्ने पार्टी एमालेमात्र भएको जनतामाझ प्रष्ट भएको घिमिरेको भनाई छ । ठूलो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काङ्ग्रेसले देशकाे सम्पत्ति खाएकाे बताएका छन् । आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन् ।बहुदलीय अध्यासमा आएपछिको ३२ वर्षमा नेपाली काङ्ग्रेसले २७ वर्ष शासन गरेको बताउँदै उनले काङ्ग्रेसले यो अवधिमा देशको सम्पत्ति खाएको, शासन राजालाई बुझाएको र राज्य संयन्त्रको दुरुपयोग गर्ने काम मात्र गरेको बताए ।यस्तै ओलीले काङ्ग्रेसले आफ्नो पार्टीको नीति, कार्यक्रम र योजनाहरूलाई गफ ठान्ने गरेको पनि बताए । उनले भने, 'अचम्म त के लाग्छ भने, एमालेले ल्याएको नीति, कार्यक्रम र योजनाहरूलाई काङ्ग्रेस
नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिक्रीका लागि यो साता नेपाल विद्युत् प्राधिकरणले टेन्डर आह्वान गरेको छ ।प्राधिकरणले वर्षायाममा नेपालले खपत गरी बाँकी रहने विद्युत्मध्येबाट २०० मेगावाट विद्युत् भारतीय बजारमा बिक्री गर्न भारतीय कम्पनीहरूसँग टेन्डरमार्फत प्रस्ताव माग गरेको हो ।
धरान : धरानस्थित निर्वाचन अधिकृतको कार्यालयमा दलका नेतालाई खटाएको भन्दै जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको छ ।क्षेत्रीय कारागार झुम्का कारागारमा कार्यरत मणिराज पोखरेललाई निर्वाचन कार्यालयमा खटाइएको छ । उनी नेकपा समाजवादी पार्टीका जिल्ला सचिवालय सदस्य भएको बताइएको छ । कर्मचारीहरू कुनै पनि दलमा आबद्ध हुन नहुने कानुन भए पनि उनी दलसँग आबद्ध भएको पाइएको छ । दलका जिम्मेवार व्यक्तिलाई निर्वाचनमा खटाउँदा निष्पक्षता माथि प्रश्न उठ्छ ।दलका जिम्मेवार व्यक्ति चुवानमा खटाइएको विषयमा जिल्ला निर्वाचन कार्यालय सुनसरीमा नेकपा एमाले जिल्ला कमिटी सुनसरीले गत १५ गते उजुरी दिइएको थियो । तर उजुरीको विषयमा
धरान : कोरोना महामारीका कारण यस भन्दा अघिका वर्षहरूमा हुन नसकेको साकेला उभौली यस पटक धरानमा धूमधामले हुने भएको छ । किरात राई यायोक्खा सुनसरीले पत्रकार सम्मेलन गर्दै वैशाखे पूर्णिमा अर्थात् जेठ २ गतेदेखि १४ गतेसम्म धरानमा विविध कार्यक्रमहरू आयोजना गरी भव्यरुपमा यस पटक साकेला उभौली मनाउने जानकारी दिएको छ । यायोक्खा अध्यक्ष राजेन्द्र राईका अनुसार वैशाखे पूर्णिमाको दिनदेखि विधिवतरुपमा ढोल झ्याम्टा फुकाएर करिब १५ दिन (औशी)सम्म आँगनमा स्यौली गाडेर धूमधामसँग साकेला सिली नाचेर यो चाडलाई मनाउने सांस्कृतिक परम्परा अनुसार नाच्ने गरिन्छ । किरात राईहरूले समय साल राम्रो होस्, अन्नबाली सप्रियोस्, स
धरान । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा धरान ४ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार धन बहादुर राई यस वडामा परिचित नाम हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट अध्यक्ष मन बहादुर राईको अध्यक्षतामा उनि खुल्ला सदस्यको रुपमा निर्वाचित भएको थिए ।अघिल्लो कार्यकालमा जनतासँग गरेका प्रतिबद्धता अनुसारका बिकास, पूर्वाधार निर्माणको काम सुरुवात मात्रै गर्न सफल भएकोले ति कार्यलाई सम्पन्न गरी वडालाई समृद्ध बनाउन आफ्नो उमेदवारी रहेको बताउँछन् । वडा नम्बर ३ को भौगोलिक बनोट बिशेष प्रकारको रहेकाले थोरै लगानीबाट पूर्वाधार विकासको काम गर्न असम्भव जस्तै भएको थियो । नेतृत्वले समन
धरान । नेकपा एमालेका तर्फबाट उपमेयरका उमेद्वार बनेका पदम इस्बो लिम्बुले धरान खानेपानी व्यवस्थापन बोर्डमा दक्ष प्राविधिक नभएकै कारण धरानको खानेपानी समस्या चुलिएको बताएका छन् ।चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले बोर्डका अध्यक्ष तिलक राईले समान रुपमा धरानका सर्वसाधारणको धारामा पानी नआउने कारणबारे खोजी गर्नुको सट्टा आफ्ना आफन्तलाई बोर्डमा जागिर दिनेतिर मात्र ध्यान केन्द्रित भएकोले यस्तो समस्या भएको बताए । उनले एमालेको नेतृत्वले उपमहानगरपालिकाको जिम्मेवारी यस्ता कुरालाई सुधार गरेर धरानेहरुको बर्षौदेखिको खानेपानीको समस्या समाधानत गर्नेतर्फ केन्द्रित हुने बताए । उनले भने–‘हामीलाई जिताउनुस् हामी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.