लमजुङ / मतदान गर्ने समय नजिकिएसँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभुमी गाउँपालिकामा दुई दिनको पैदल यात्रा पछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् ।सोमबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी मंगलबार मतदात केन्द्रमा पुगेका हुन् । उनीहरुले मतदान केन्द्रहरूमा सूचना टाँस गर्ने, चारकिल्ला तोक्ने लगायतका गतिविधिहरू गर्नेछन् ।मनाङका चार वटै स्थानिय तहका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यका अनुसार मनाङको नार्पाभुमी गाउँपालिकाको ५ वट
इटहरी । निर्वाचन आयोगले मौन अवधिमा राजनीतिक दल वा उम्मेद्वारहरूले मतदाताहरूलाइ प्रभावित पार्न कुनै प्रकारको गतिविधि नगर्न निर्देशन जारी गरेपनि सुनसरीको इटहरीमा भने रातभरी उम्मेद्वार पक्षका कार्यकर्ताहरूले मतदाताको घर घर पुगेर पैसा बाडेको भनि सामाजिक सञ्जालमा बिरोध भएको छ । बैशाख ३० गते हुने स्थानिय निर्वाचनको तयारी लगभग अन्तिम चरणमा पुगेको बेला आयोगले मौन अवधिलाइ उलंघन नगर्न सबै राजनीतिक दलहरूलाइ अनुरोध गरिरहेकै बेला इटहरीमा भने रातभरी कार्यकर्ताहरू जम्मा भएर पैसा बाडेको र भोज भत्तेर गरेको समाचार प्राप्त भएको छ । मौन अवधीमा इटहरीको मुख्य शहरी क्षेत्रमा बा
रसुवा / शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरू गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किएका छन् । तर सडकको पहुँच नपुगेको रसुवाको पर्यकीय क्षेत्र लाङटाङ क्षेत्रका नागरिकहरू भने भोट हाल्नकै लागि हेलिकाेप्टर चढेर गाउँ फर्किएका छन् ।गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङ क्षेत्रमा पर्ने लाङटाङसहित क्यान्जिन, मुण्डुपलगायतका क्षेत्रका नागरिक हेलिकाेप्टरमार्फत भोट हाल्नकै लागि गाउँ फर्किएको क्यान्जिनका ग्याल्बु लामाले बताए । २० जनाभन्दा बढी स्थानीय हेलिकाेप्टर चढेर गाउँ फर्किएका हुन् ।सडकको पहुँच नपुगेका कारण लाङटाङ क्षेत्रका नागरिक यसअघि पनि हेलिकाेप्
कपिलवस्तु / कपिलवस्तु नगरपालिका-३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेकाे छ । मतदातालाई बाँड्दै गरेकाे अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हाे ।लु१ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले बाँड्न लागेको रक्सी सहितको भ्यान र मानिसलाई नियन्त्रणमा लिएको छ । १२ कार्टुन (२६० बोतल) रक्सीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी जेसी शाहले बताए ।निवर्तमान वडा अध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका वडा नम्बर ३ का उम्मेदवार प्रकाश गैरेमाथि रक्सी बाँड्न लगाएको आरोप छ
धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पूर्ण कार्यकाल काम गर्न नपाएपनि प्रतिकुल परिस्थितिमा आफ्नो अढाई वर्षे कार्यकालका उपलव्धिहरु सहित धरानको खानेपानीका बारेमा श्वेतपत्र जारी गरेका छन् ।सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रतिपक्षको दवाव, कोरोना महामारीले देशै ठप्प बनाएको अवस्थमा भएका कामहरु उपव्धिपूणर् भएको बताउँदै भने ‘तथापी पूर्ण कार्यकाल नभएकोले म सन्तुष्ट छैन ।’उपचुनावबाट निर्वाचित भई मेयर बनेका राईको कार्यकालमा नगरपालिका बोर्डमा उपमेयर सहित दुई तिहाई प्रतिपक्ष एमाले र माओवादी सदस्य थिए ।त्यस्तो अवस्थामा प्रतिपक्षसंग सहकार्य, सन्तुलन गरेर आफ्नो तथा नेपाली कांग्रेसको नीति तथा कार्
काठमाडौं / आगामी जेठ १ गतेदेखि बैंकहरू सातामा २ दिन बन्द रहने भएका छन् । सरकारले सातामा दुई निर्णय बिदा दिने भएसँगै शनिबार र आइतबार बैंकहरू पनि बन्द हुने भएका हुन् ।राष्ट्र बैंकका अनुसार सरकारी निर्णय बमोजिम वित्तीय क्षेत्र पनि दुई दिन बन्द गरिने निर्णय भएको हो ।कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९:३० देखि ५:३० बजेसम्म रहने राष्ट्र बैंकले जनाएको छ । कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्म कायम रहनेछ ।त्यसैगरी बैंकिङ कारोबार समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९:३० साँझ ४ बजेसम्म कायम रहनेछ । कात्तिक १६ देखि माघ १५ गतेसम्म भने यस्तो कार्यालय
धरान : मंगलबार मध्य राति देखि निर्वाचनको अन्तिम परिणाम नआउन्जेल सम्म मादक पदार्थ बिक्री वितरण गर्न पाइने छैन । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारी गरी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को ६ (थ) बमोजिम वैशाख २७ गते मध्य राति देखि निर्वाचनको अन्तिम परिणाम नआउन्जेल सम्म मादक पदार्थ बिक्री वितरणमा रोक लगाएको जनाएको छ । सूचनाको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
धरान : ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि सुनसरी जिल्लामा ४ हजार ६ सय ४८ जना कर्मचारी खटाइएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले दिएको जानकारी अनुसार १ सय ६६ मतदान स्थलमा ५ सय ८१ मतदान केन्द्रका लागि ५ सय ८१ जना मतदान अधिकृत, ५ सय ८१ जना सहायक मतदान अधिकृत, १ हजार १ सय ६६ जना सहायक कर्मचारी, ५ सय ८१ सहयोगी कर्मचारी र १ हजार ७ सय ७३ जना स्वयम् सेवक गरी जम्मा ४ हजार ६ सय ४८ जना कर्मचारी खटाइएको छ । आज र भोलि मतदाता परिचय पत्र वितरण गरिँदै निर्वाचन आयोगले आज र भोलि मतदान स्थलबाटै मतदाता परिचय पत्र वितरण गर्दैछ । जहाँको मतदाता हो त्यही मतदान
दाङ / नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका–१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् ।एमालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको छ । उनले आज मनोनयन दर्ता गराएका हुन । लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन ३ जेठमा गर्ने जनाएकाे छ ।
सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका समर्थकबीच झडप हुँदा ६ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ता गाउँपालिका–६ स्थित ऋषिडाँडामा दुई पक्षबीच झडप भएको हो।मंगलबार राति साढे ११ बजेतिर सामान्य विवाद भएको थियो। त्यसपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।उक्त झडप नियन्त्रणमा खटिएका डिएसपीसहित चार जना प्रहरीलाई सामान्य चोट लागेको उनले बताए।यस्तै, नेकपा एमाले समर्थक २४ वर्षीय इन्द्र विक र ३६ वर्षीय सुनिल विक झडपमा परी घाइते भएका छन्।‘उनीहरू घाइते भएको प्रहरीलाई खबर आएको थिएन, पहिल्यै
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.