विराटनगर । मुलुकभरका स्थानीय तहमा जनप्रतिनिधि छान्न आज (शुक्रबार) बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुँदै छ । १४ जिल्ला रहेको प्रदेश १ का १ सय ३७ स्थानीय तहमा १ हजार ८ सय ७७ मतदानस्थल रहेका छन् ।१ महानगर, २ उपमहानगर, ४५ नगरपालिका र ८९ गाउँपालिका रहेको प्रदेश १ मा कुल १ हजार ५७ वडा रहेका छन् । स्थानीय तहको निर्वाचनबाट प्रदेशभरि ७ हजार ८ सय ५९ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । जसमा २२ हजार ५ सय ४२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र स्थापना गरिएको छ । प्रदेशमा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता रहेका छन् । यसपालिको चुनावमा प्रदेशमा ६ लाख ८१ हजार ५ सय ५१
मुगु / मुगुको खत्याड गाउपालिका -८ सुकाढिक गाउँका तीन दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका छ्न्। आमाको मृत्यु भाएको ७ दिन पुगेका उनीहरू १ घन्टा उकालो बाटो हिँडेर मतदान गरेका हुन ।उनीहरूले खत्याड गाउपालिका-८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छ्न् । किरिया बस्ने दाजुभाइमा खत्याड गाउपालिका-८ सुकाढीक गाउँका ५६ वर्षीया कविराज कार्की, माइला भाइ वीरबहादुर कार्की र जयसुर कार्कीले करिब साढे ८ बजेतिर मतदान गरेका हुन् ।जेठा दाइ कविराज कार्की नेपाल टेलिभिजन मुगुका जिल्ला संवाददाता हुन् । पाँच वर्षमा एकपटक आउने स्थानीय तहका जनप्रतिनिधि छनोट गर्न राम्रा मान
झापा / झापामा उत्साहजनक सहभागितामा मतदान भइरहेको छ । जिल्लाका २८६ मतदानस्थलमा रहेको ७५५ मतदान केन्द्रबाट धमाधम मतदान भइरहेको छ ।जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार बिहान १० बजेसम्म एक लाख ४२ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । यो कुल मतदाताको २३ प्रतिशत हो । झापामा आज ६८४ पदको लागि निर्वाचन भइरहेको छ ।झापामा यसअघि कचनकवलमा एक जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचति भएका कारण आज ६८४ पदमा निर्वाचन भइरहेको हो । नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यसहति ६८४ पदका लागि दुई हजार ७८७ जना चुनावी मैदानमा रहेक
धरान : स्थानीय तह निर्वाचनको आज विशेष दिन । आफूले चाहेको रोजेको उम्मेदवार छानेर आफ्नो ठाउको विकास र समृद्धि गर्ने उम्मेदवारलाई मत दिएर छान्ने दिन हो ।केही दिन अघि विभिन्न राजनीतिक दलहरूले घरदैलो गरेर मत मागे पछि आज मतदानका लागि सर्वसाधारण आ आफ्नो तोकिएको मतदान स्थलमा बिहानै देखि लाइनमा बसेका छन् । हरेक ५ वर्षमा हुने निर्वाचनका लागि सर्वसाधारणको बाक्लो उपस्थितिले धरानमा मतदाताहरूको उत्साह पूर्ण उपस्थिति रहेको देख्न पाइन्छ । पुर्वमन्त्री मीन विश्वकर्माले सदन स्कुलबाट गरे मतदान पूर्व बणिज्य तथा आपूर्ति मन्त्री तथा नेपाली काँग्रेसका सङ्घीय सांसद मीन विश्वकर्माले धरान १५ स्थित सदन स्कुलको
हेटाैंडा / हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ । मतदान सुरु हुनुभन्दा अगाडिय हेटौंडा उपमहानगरपालिका-७ र ८ को सीमाना नजिकै फायरलाइनमा प्रेसर कुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो ।उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
डडेल्धुरा / प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।
काठमाडाै / प्रमुख विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दसाैं पटक मतदान गरेका छन् । गाउँकै भगवती दिनानाथ मावि केन्द्र खाेटाङ पुगेर भट्टराईले मतदान गरेका हुन् । उक्त विद्यालयमा उनी अध्धयन गरेका थिए ।मतदानपछि उनले भनेका छन्, ‘गणतन्त्र प्राप्तिपछिको दोस्राे स्थानीय तहको निर्वाचनमा सुयोग्य जनप्रतिनिधि छनोटका लागि मतदान गरियो।’मतदान गरेकाे १० औं पटकमा ६ पटक सूर्य चिह्नका उम्मेदवारले निर्वाचन जितेकाे र तीन पटक भने हारेकाे भट्टराईले बताए । उनले यस पटक निर्वाचनकाे परिणाम सुखद् आउने पनि दाबी गरे ।
काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका स्थापितले काठमाडौं–२८ बागबजारस्थित मतदानस्थलबाट बिहान ७ बजेपछि मतदान गरेका हुन् । शुक्रबार बिहान ७ बजेबाट देशभर मतदान सुरु भइसकेको छ । स्थापितले मतदान सुरु भएलगत्तै मत दिएका हुन् ।
काठमाडौं / गृहमन्त्री बालकृष्ण खाणले मतदान गरेका छन् । उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका –८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका हुन् । उनी मतदानतका लागि बिहीबार नै पुगेका उनको प्रेस सल्लाहकार मधुसुधन भट्टराईले जानकारी दिए ।
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ११३ वर्षीया महेश्वरा अधिकारीले मतदान गरेकी छन् । आज बिहान उनले सुन्दरहरैँचा–७ स्थित पञ्चायत मावि केन्द्रबाट मतदान गरेकी हुन् । केन्द्रमा पहिलो मत नै अधिकारीले खसालेपछि मतदान सुरु गरिएको थियो ।उनी परिवारका सदस्यको सहयोगमा अटोरिक्सामा चढेर मतदान केन्द्रसम्म पुगेकी थिइन् । उनका नाति खेम केसीले हजुरआमाको उमेर ११३ वर्ष पुगेको बताए ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.