All Posts By कोशी प्रेस

    Showing १२,२४१-१२,२५० of १३,७४६ items.
  • काठमाडौंमा बालेन शाहको अग्रता भने कायमै, एमाले दोस्रोमा स्थानमा

    काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्। पछिल्लो मत गणना अनुसार शाहले ६८९३ मत पाएका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले ३६४४ मत ल्याएर पछ्याइरहेका छन्। तेस्रोमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३२०८ मत पाएकी छन्।हालसम्म काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र दुईको मतगणना सकिएको छ। वडा नम्बर  १ बाट बालेन शाहले ७८३ मत पाउँदा एमालेले ३६५ र कांग्रेसले ४५१ मत पाएको छ। यस्तै वडा नम्बर २ बाट बालेनले १२२० मत पाउँदा कांग्रेसले ४९७ र एमालेले ७२८ मत ल्याएकी छन्।महानगरपालिकामा अहिले ३,४,५,३१ र ३२ वडाको मतगणना कार्य भइरहेको छ।

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ११० पटक पढिएको
  • हर्क साम्पाङ भन्दा १७८ मतले मञ्जु भण्डारीको अग्रता

    धरान : धरान उपमहानगरपालिकाको मतगणना जारी रहँदा प्रमुख पदमा लोकतान्त्रिक बाम गठबन्धनका मेयरका उम्मेदवार किशोर राई र उपमेयरका उम्मेदवार आइन्द्र विक्रम बेघाको अग्रता कायमै रहेको छ।अहिले सम्म १० हजार १ सय ६२ मत गणना हुँदा सम्म गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर राईले ३३२२ मत ल्याएर अगाडी रहेका छन् । नेकपा एमालेका मञ्जु भण्डारी सुबेदीले स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङलाई १७८ मतले पछि पार्दै दोस्रो स्थानमा उक्लिएकी छिन् ।नेकपा एमालेकी मञ्जु भण्डारी सुबेदीले अहिले २५०३ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेकी छिन् भने स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले २३२५ मत प्राप्त गरी तेस्रो स्थानमा रहेक

    • प्रकाशित मितिः जेठ २, २०७९
    • १२५ पटक पढिएको
  • सिलिचोङ गाउँपालिकामा बहुमतसहित नेपाली कांग्रेस विजयी

    खाँदबारी । सिलिचोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसको उमेदवार निर्वाचित भएका छन् । अध्यक्ष पदमा भुपालराज मेवाहाङ र उपाध्यक्ष पदमा देविता कुलुङ निर्वाचित भएका हुन् ।अध्यक्ष मेवाहाङले २,२०३ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष कुलुङले २,०७५ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्दि माओवादी केन्द्रका मञ्जिल कुलुङले २,००९ मत प्राप्त गरेका छन् भने उपाध्यक्षका उमेदवार देवीकुमारी राईले १,७७० मत प्राप्त गरेका छन् ।नेपाली कांग्रेसले वडा नम्बर २ र ३ प्यानल जितेको छ भने वडा नम्बर ४ मा अध्यक्ष सहित ३ सदस्य जितेको छ । नेकपा माओवादी केन्द्रले वडा नम्बर १ प्यानल, वडा नम्बर ४ मा एक सदस

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ११५ पटक पढिएको
  • भाइलाई पराजित गर्दै दाजु वडाध्यक्षमा निर्वाचित

    लाम । इलामको रोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोहरि खड्का निर्वाचित भएका छन् ।नेकपा एमालेबाट उम्मेदवार मनोज खड्कालाई १२२ मतले पराजित गर्दै मनोहरि निर्वाचित भएका हुन् । मनोहरिले ६१० मत पाउदा मनोजले ४८८ मत पाएका छन् । मनोज र मनोहरि दाजुभाइ समेत हुन् । अन्य सदस्यमा एमालेकी दलित महिला उम्मेदवार लक्ष्मी नेपालीबाहेक सबै पद नेपाली कांग्रेसले हात पारेको छ । वडा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार मनमाया राई, रेशबहादुर राई र हेमु थापा निर्वाचित भएका छन् ।त्यसैगरी वडा नम्बर १ को मत गणना सकिदा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुवास तामाङले २१३ मतको अग्रता बनाएका छन् । एमाल

    • प्रकाशित मितिः जेठ २, २०७९
    • १२२ पटक पढिएको
  • एमालेको विजय जुलुसमा गएकाे गाडी दुर्घटना, ३ जनाको मृत्यु

    दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा गएकाे  गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।चालकसमेत रहेका शैल्यशिखर नगरपालिका ६ का प्रकाश धामी र सोही ठाउँका सहचालक समेत रहेका नविन सिंह धामीको सनाखत भएको छ भने अर्का एक जना मृतकको परिचय खुल्न सकेको छैन ।

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ५९ पटक पढिएको
  • एमाले अध्यक्ष केपी ओलीको वडामा काँग्रेसको प्यानल विजयी

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको भक्तपुरको सूर्यविनायक नगरपालिका– २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।वडाध्यक्षमा कांग्रेसका उम्मेदवार प्रदीप कार्की १ हजार ५११ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाए ।सो वडाको सदस्यहरुमा काँग्रेसकै रन्जिता तिखात्री, कल्पना खतिवडा, जनार्दन खड्का र भगत रानाभाट विजयी भएका छन् ।

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ५८ पटक पढिएको
  • तेह्रथुमको फेदाप गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

    तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका केशवप्रसाद भेटवाल निर्वाचित भएका छन् ।भेटवालले ४०४१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका हरिप्रसाद चोङ्बाङले ३८७९ मत प्राप्त गरे ।यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सुनिता पाहिम लिम्बू निर्वाचित भएकी छन् । उनले ३९८५ मत प्राप्त गर्दा नेकपा एमालेकी गितादेवि थापाले ३७२५ मत प्राप्त गरिन् ।नेकपा एमालेबाट पराजित भएकाहरु दुबै जना गाउँपालिका निवर्तमान अध्यक्ष र उपाध्यक्ष हुन् । गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो ।

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ६८ पटक पढिएको
  • रामधुनी २ को वडा अध्यक्षमा नेकपा एमालेका रामनारायण चौधरीको प्यानलै विजयी

    रामधुनी/रामधुनी नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार राम नारायण चौधरीको प्यानलै विजयी भएको छ ।रामनारायणले १ हजार ६१९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेश कुमार शाहले १ हजार १९ मत पाएका छन् ।यसैगरी नेकपा माओवादीका वडा अध्यक्ष उम्मेद्वारले १३७ मत पाएका छन् भने नेकपा एसका वडा अध्यक्ष उम्मेदवारले ४ र राप्रपाका उम्मेदवारले ११ मत पाएका छन् ।यता महिला सदस्यमा विजयी नेकपा एमालेकी उम्मेदवारले १ हजार ७३९ मत पाउँदा नेपाली कांग्रेसकी उम्मेदवारले ७५४ मत , दलित महिला सदस्यमा एमालेकी उम्मेदवारले १ हजार ७ सय ३३ मत पाउँदा नोपली कांग्रेसका उम्मेदवारले ७२३ र नेकपा

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ६८ पटक पढिएको
  • धनकुटाको महालक्ष्मी नगरपालिका प्रमुखमा लोकतान्त्रिक गठबन्धनको अग्रता कायमै,उपप्रमुखमा एमालेको अग्रता

    धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा मेयर पदमा संयुक्त लोकतान्त्रिक गठबन्धनका उम्मेद्धार ध्रुराज रायको अग्रता कायम छ । विहान साढे ८ सम्मको मत परिणाम अनुसार रायले ४९२२ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका दिपक बुढाथोकीले ३९३८ मत प्राप्त गर्नु भएको छ ।उपमेयर तर्फ भने नेकपा एमालेका मञ्जु अधिकारीले ४२११ ले अग्र स्थानमा हुनुहुन्छ । उहाँका निकटतम प्रतिष्पर्धी गठबन्धनका प्रेम खड्काले अहिले सम्म ३७३६ मत प्राप्त गर्नुभएको छ । यो नगरमा १,२,३,४,५,६,७ नं वडाको मत गणना भईसकेको छ । अहिले वडा नं ८ को मत गणना हुँदैछ ।

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ७० पटक पढिएको
  • संखुवासभाको सिलिचोङ गाउँपालिकामा नेपाली कांग्रेसको जित

    खुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा कांग्रेसका भुपालराज मेवाहाङ रहेका छन् ।गाउँपालिकाको अध्यक्षमा विजयी मेवाहाङ २ हजार २०३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका योगेन्द्र कुलुङले २ हजार ९ मत ल्याएर पराजित भएका छन् । माओवादीका कुलुङ दोस्रो पटक पराजित भएका हुन् । कुलुङ २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका रामबहादुर कुलुङसँग पराजित भएका थिए । उपाध्यक्षमा कांग्रेसकै देबिता कुलुङ विजयी भएकी छन् । उपाध्यक्ष कुलुङले २ हजार ७५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]