विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उमेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका हुन् ।अध्यक्षमा राईले ८२५३ मत र पौडेलले उपाध्यक्षमा ५६२६ मत ल्याए । २०७४ मा मिक्लाजुङमा एमालेले दुवै पद जितेको थियो । अध्यक्षमा पराजित एमालेका नरेन्द्रप्रसाद ढुङ्गेलले ४९१६ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी निर्मला राई ५४५५ मत ल्याएकी छन् ।गाउँपालिकाको ९ मध्ये पाँचमा कांग्रेस र दुई(दुईमा वडामा माओवादी केन्द्र र एमालेले जितेका छन् । वडा नं १ मा कांग्रेसका पर्वत राई, २ मा कांग्रेसका बलबह
संखुवासभाको धर्मदेवि नगरपालिका प्रमुखमा नेकपा एमालेका उमेद्वार उदय पौडेल विजय भएका छन् । नेकपा एमालेका उमेद्वार उदय पौडेलले ४२८२ मत ल्याए उनका प्रतिद्धन्दी नेपाली कांग्रेस तर्फका उमेद्वार थलकुमार लिङ्खाले ४१९३ मत प्राप्त गरेका थिए । लिङ्खालाइ ८९ मतले पछि पार्दै पौडेलले जित हासिल गरे । पौडेल यस अघि वडा न. ५ का वडा अध्यक्ष थिए । उपमेयर तर्फ भने नेपालि कांग्रसकि तारा महत भट्टराइले विजय हासिल गरिन । उनले ४०२३ मत ल्याउदा उनकि प्रतिदोन्दी नेकपा एमालेकि लक्ष्मी गिरीले ४००५ मत प्राप्त गरेकि थिइन लक्ष्मी गिरिलाइ २१८ मतको अन्तरले तारा महत भट्टराइ निर्वाचित भइन ।
इटहरी/ धनकुटा नगरपालिकाको मत गणना सम्पन्न भउको छ प्रमुखमा नेकपा एमालेका चिन्तन तामाङले विजय हासिल गरेका छन् ।उनले गठबन्धन तफबाट नेपालि कांग्रेसका उमेद्वार दिनेश राइलाइ हराउदै तामाङले जित हासिल गरे विस्तृत विवरण भने आउन बाकि....
इटहरी /मोरङको सुन्दरहरैचा वडा न. २ मा नेपाली कांग्रसको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका उमेद्वार झरीलाल माझि थारुलाइ ११० मतले पछि पार्दै विकाश प्रधानले जित हासिल गरे । नेपालि कांग्रेसका उमेद्वार विकास प्रधानले १५७० मत प्राप्त गर्दा नेकपा एमालेका उमेद्वार झरीलाल माझि थारुले १४६७ मत प्राप्त गरे भने त्यसै गरी नेकपा माओवादी का उमेद्वार महेसलाल माझिले १८५ मत मात्र प्राप्त गरे ।त्यस्तै गरी नेपालि कांग्रेसकै खुल्ला सदस्यबाट ओम नारायण चौधरी ,नन्द नारायण गच्यदार र नेपालि कांग्रेसकै महिला सदस्य तर्फ सिता खवास र दलित महिला सदस्य तफबाट प्रमिला विक लगाएत पुरै प्यानल नै निर्वाचित भए ।
इटहरी /इटहरीको वडा न. ४ मा भने भानुभक्त लामाले अग्रता लिएका छन् । ८ सय मत गणना गर्दा नेकपा एमालेका उमेद्वार भानुभक्त लामाले ३५७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेपालि कांग्रेसका उमेद्वार विक्रम थापाले २६५ मत प्राप्त गरेका छन् । त्यस्तेै गरी महिला सदस्य ,दलित महिला सदस्य र खुल्ला सदस्य सबैमा नेकपा एमालले अग्रता लिएको छ ।एमालेकि महिला सदस्यकी उमेद्वारले ३७७ मत प्राप्त गरेकी छिन् भने उनका प्रतिद्धदी नेपालि कांग्रेसकी महिला सदस्यले २५२ मत प्राप्त गरेकि छिन् । दलित महिला सदस्यबाट नेकपा एमालेले ३६० र नेपालि कांग्रेसकि दलित महिला सदस्ले २४२ मत प्राप्त गरेकि छन् । र खुल्ला
ताप्लेजुङ । पाथीभरा याङ्वरक वडा नम्बर ३ तिरिङ्गेमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।उक्त वडाको वडा अध्यक्षमा पूर्ण बहादुर तिवारी विजयी भएका हुन् । उनले ५२० मत ल्याएका छन् । त्यस्तै महिला सदस्य रन्जु लिम्बूले ५२३ मत प्राप्त गरेकी छन् भने दलित महिला सदस्य जसोदा नेपाली ले ४७० मत प्राप्त गरेकी छन् । साथै खुल्ला सदस्यहरुमा वीर बहादुर लिम्बुले ४४२ मत र धन बहादुर बस्नेतले ४९१ मत प्राप्त गरेका छन् ।
चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले रेनु दाहालसँग ६१ मतको अग्रता बनाएका छन् । १२ हजार ८६२ मत गन्दासम्म सुवेदी ४ हजार ४०० मत पाएर अग्रस्थानमा रहँदा दाहालले ४ हजार ३३९ मत पाएकी छन् ।प्रमुख मै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल एक हजार ९०० मत पाएर तेस्रो स्थानमा छन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार १०३ मतसहित अग्रता लिएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङको ३ हजार ४८३ मत छ ।
ललितपुरको गोदावरी नगरपालिकामा अहिले मतगणना जारी रहेको छ । अहिलेसम्म नगरपालिकाका १,२,३, ४,५,६,७, ८ नम्बर वडाको मतगणना सम्पन्न भैसकेको छ । जसमा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवारले ७ हजार ७ सय मत प्राप्त गरेका छन् भने सोही पार्टीका उपमेयरका उम्मेदवारले ८ हजार २१ मत प्राप्त गरेका छन् ।त्यस्तै एमाले मेयरका उम्मेदवारले ७ हजार ८०२ मत प्राप्त गरेका छन् भने सोही पार्टीका उपमेयरका उम्मेदवारले ७ हजार ११९ मत प्राप्त गरेका छन् । पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवारले अग्रता लिइरहेका छन् भने उपमेयरमा काँग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । अहिले मतगणना जारी छ ।
दाङको घोराही उपमहानगरमा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ। गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका हेमराम शर्मालाई पछि पार्दै एमाले मेयरका उम्मेदवार नरुलाल चौधरीले अग्रता लिएका छन्। यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका भुपबहादुर डाँगीलाई पछि पार्दै एमालेकी हुमा डिसीले अग्रता लिएकी छिन्। एमाले चौधरीले ११४६० मतले अग्रता लिएका छन् भने माओवादीका शर्माले १०२४१ मत ल्याएका छन्। चौधरी शर्मा भन्दा १२९९ मतले अगाडि छन्। यस्तै उपप्रमुखमा एमालेकी डिसीले १११३८ मत ल्याएर अग्रता लिएकी छिन् भने काँग्रेसका डाँगीले १०९४८ मत ल्याएका छन् ।अहिलेसम्म गणना भएका चार वडामा एमाले तीन र एक क
स्थानीय तह निर्वाचनको अहिलेसम्म ११८ पालिकाको मतपरिणाम आएको छ।मतपरिणामअनुसार अहिलेसम्म कांग्रेस पहिलो दल बनेको छ। कांग्रेसले ४३ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ भने दोस्रो स्थानमा रहेको एमालेले ४० पालिका जितेको छ। तेस्रो स्थानमा माओवादी केन्द्र छ। हेर्नुस् कसले कहाँ जितेनेपाली कांग्रेस विजयी भएका पालिकाहरू:१. मनाङको नार्पा भूमी गाँउपालिका: अध्यक्ष कोन्जो तेन्जीङ लामा२. मनाङको नासोँ गाउँपालिका: अध्यक्ष धनबहादुर गुरुङ ३. मुस्ताङको घरपोझङ गाउँपालिका: अध्यक्ष मोहनसिंह लालचन ४. गुल्मीको रेसुङ्गा नगरपालिकामा: अध्यक्ष
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.