All Posts By कोशी प्रेस

    Showing १२,१५१-१२,१६० of १३,७४६ items.
  • अव्यवस्थित इटहरीको वधशाला क्षेत्रको फोहोरमैलाको सरसफाई अभियान सुरु

    इटहरी । अव्यवस्थित रुपमा सञ्चालन हुदै आएको इटहरीको वधशाला क्षेत्रको फोहोरमैला विश्व वातारण दिवसको अवसर पारेर सफाई अभियान सुरु गरिएको छ ।  बुल्स इलेभेन र इटहरी उपमहानगरपालिका वडा नम्बर ९ को संयुक्त आयोजनामा सफाई अभियान सुरु भएको हो ।    विगत लामो समय देखि फोहोरमैला थुप्रिएका कारण व्यापार व्यवसाय गर्न समेत समस्या हुदै आएको व्यापारीहरु गुनासो गर्दछन ।मासु पसल साथै अन्य सागसब्जी लगायत विक्री गरिदै आएको सो क्षेत्रमा नगरपालिकाले बट्टी उठाएपनि सरसफाई नगर्ने गरेको पानीको लागि कल समेत नभएको वताउदै नियमित सरसफाईको व्यवस्था मिलाउनु पर्ने व्यापारी हेमु श्रेष्ठ माग गर्दछन ।  त्यसै गरी अ

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • १६६ पटक पढिएको
  • उच्चजोखिमका क्षेत्रहरुको अुगमन, बाढीको जोखिम कम गर्न लेटाङ नगरको पूर्वतयारी

    लेटाङ । लेटाङ नगरपालिकाले वर्षायाममा हुनसक्ने विपतको जोखिम कम गर्ने उद्देश्यले पूर्व तयारी थालेको छ । नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौला सहितको टोलीले  नगरपालिकाका विभिन्न खोलाले वर्षायाममा क्षति पुर्याउन सक्ने ठाउँहरुको अनुगमन गरि रोकथामका लागि अपनाउन सकिने विधिका बारे जानकारी लिनु भएको छ ।अनुगमन टोलीमा नगरका प्रमुख, उपप्रमुख सहित प्रमुख प्रकासकीय अधिकृत पुरुषोत्तम घिमिरे, इञ्जिनियर भानुभक्त राई, सञ्चारकर्मी तथा सम्बन्धित वडाका वडाध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।यसअघि बाढीले क्षति पुर्याइसकेपछि मात्रै चासो दिने गरिएकोमा बेलैमा रोकथाम गरे

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • १०२ पटक पढिएको
  • इटहरी जेसिजको आयोजनामा वातावरण संरक्षणमा जोड दिदै वृक्षारोपण

    इटहरी । आज विश्व वातावरण दिवस वातारण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रम गरी मनाइदै छन ।सुनसरीको इटहरीमा पनि इटहरी जेसिजको आयोजनामा वातावरण संरक्षणमा जोड दिदै वृक्षारोपण कार्यक्रम गरी विश्व वातारण दिवस मनाइयो ।   इटहरी उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको बुछुबाबा मन्दिर परिषर तथा विभिन्न टोलहरुमा वृक्षारोपण गरेर वातावरण दिवस मनाइएको हो ।  मानव जीवनका लागि स्वच्छ वातारण आवश्यक पर्ने तर्फ मध्यनजर गरेर विश्व वातारण दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम गरिएको इटहरी जेसिजका अध्यक्ष लोकनाथ भण्डारीले वताए ।अध्यक्ष भण्डारीले विभिन्न जातका फलफूल तथा अशोकका चार सय विरुवाहरु वडा न

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • १०७ पटक पढिएको
  • धरानको एक दुर्गम गाउँ विद्यालयको सुविधा नहुदाँ वालवालिकालाई कष्ट

    धरान उपमहानगरपालिकाका दस्तावेजमा एउटा नारा लेख्ने गरिएको छ, ‘शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक, आवासीय समृद्ध शहर ।’ यही नारालाई दीर्घकालीन विकास लक्ष्य भन्न थालिएको पनि दशकौं भइसक्यो । तर, धरानको सबैभन्दा विकट अनि दुर्गम क्षेत्र मानिएको धरान वडा नं. २० मा अध्ययन गर्ने स्कुले विद्यार्थीका लागि असहजता छ। पहाडै पहाडले घेरीएको यस वडामा वालबालिकालाई विद्यालय आउजाउँ गर्दा दैनिक चार घण्टादेखि छ घण्टासम्म लाग्ने गर्छ ।धरान वडा नं. २० की कक्षा ४ मा अध्ययनरत पम्फा तामाङ्लाई विहान सबेरै उठेर विद्यालय पुग्न दुई घण्टा लाग्छ । फर्कदा बिहान जादाको थकानले अरु बढी समय लाग्छ । वि

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • २३६ पटक पढिएको
  • राजा वीरेन्द्रको वंशनाश भएको २१ वर्ष पूरा :- घटना अझै पनि रहस्यमै

    नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ । नारायणहिटी दरबारमै राजा वीरेन्द्रको वंशनाश हुनेगरि दश जनाको ज्यान लिएको हत्याकाण्ड अझै पनि रहस्यको गर्भमै रहेको छ । वि.स. २०५८ साल जेठ १९ गते राति राजा वीरेन्द्रको वंशनास हुने गरी भएको अकल्पनीय ‘दरबार हत्याकाण्ड’ लाई आम नेपालीले अझै भुल्न सकेका छैनन् ।उक्त हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती, पूर्व अधिराजकुमार धिरेन्द्र, राजा वीरेन्द्रकी दिदि शान्ति, बैनी शारदा, कुमार खड्गविक्रम शाह, जयन्ती शाह र केतकी शाहको हत्या भएको थियो ।नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटन

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • ९५ पटक पढिएको
  • मेलम्चीको पानी अब कात्तिकदेखि

    मनसुन सुरु हुन थालेपछि मेलम्ची खानेपानी आयोजनाको मुहानका ढोका बन्द गरिएका छन् । वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहानलगायत सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण बन्द गरी सुरुङका ढोका बन्द गरिएको हो।मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले मङ् गलबारदेखि पानी पथान्तरण रोकी सुरुङमा पानी पठाउने एक, नौ र १० नम्बरका ढोका बन्द गरिएको जानकारी दिए। उनले बुधबार ३८ नम्बरको ढोकासमेत बन्द गरिने बताउँदै वर्षायाम सकिएसँगै आगामी कात्तिकदेखि पानी पुनः सुन्दरीजल पठाइने जानकारी दिए। उनले भने, “मौसमविद्हरूले बुधबारदेखि मनसुन सुरु हुने जानकारी दिएकाले आयोजनाको मुहान क्षेत्र संर

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • ५६ पटक पढिएको
  • कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै

    कक्षा १२ को परीक्षा आज (सोमबार)देखि सञ्चालन हुँदैछ। बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार आजदेखि सुरु भएको परीक्षा यही जेठ २५ गतेसम्म चल्ने छ। परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै शर्माले भने, ‘देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने छ।’     ७७ जिल्लाका सबै केन्द्रमा परीक्षा सुरू हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ। परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ।     विगत दुई वर्ष क

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • १९४ पटक पढिएको
  • दुर्घटनाग्रस्त जहाजमा एकै परिवारका ७ जना रहेको पुष्टि

    आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटना भएको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ .जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ ।गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जा

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • १२९ पटक पढिएको
  • बेपत्ता जहाजको खोजी आज बिहानैबाट सुरु

    १६ जेठ, काठमाडौं । हिजोदेखि हराइरहेको तारा एयरको जहाजको खोजी कार्य आज बिहानैबाट सुरु भएको छ ।मानापाथी हिमाल र निलगिरि हिमाल तर्फ खोजी केन्द्रित गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए । हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज बेपत्ता भएको छ । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार छन् । हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । आज बिहान ५ बजेदेखि फेरि खोजी कार्य सुरु गरिएको हो ।यद्यपि मौसम प्रतिकूल भएकाले खोज्न कठिन भएको प्रजिअ शर्माले बताए । ‘पूरै बादलले ढाकेको छ, तत्काल खुल्ने सम्भावना कम छ,’ प्रजिअ शर्माले

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • १११ पटक पढिएको
  • आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड

    सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् ।अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ । यस आवमा सरकारले स्रोत जुटाउन राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने छ । त्यसपछि बाँकी स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले जानकारी दि

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • २४९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]