तेह्रथुम/ लालीगुँरास नगरपालिकाले जापान सरकारको सहयोगमा एम्बुलेन्स प्राप्त गरेको छ । करिव नेपाली ३ करोड रुपैँया बराबरको अत्याधुनिक एम्बुलेन्स जापानीज दुताबासद्वारा प्राप्त भएको हो । बसन्तपुर बजारमा एक कार्यक्रमको आयोजना गरि पुर्व राज्य मन्त्री सिता गुरुङ र बसन्तपुर महिला समाज तेह्रथुमका अध्यक्ष अन्जना खवाहाङले नगरप्रमुख अर्जुन माबुहाङलाई चावी हस्तान्तरण गर्नु भएको छ ।कार्यक्रमका प्रमुख अथिति पूर्ब राज्य मन्त्री सीता गुरूङले एम्बुलेन्स प्राप्त भएसँगै नगरवासिमा कुनै जटिल खालका स्वास्थ्य समस्या आईपरे विरामिले तत्काल सेवा पाउँने बताउनुभयो ।गाउँ, टोलको कच्चिसडक स्त्तरउन्नतीमा नगरपालि
पुर्वी नेपालका चर्चित कवि देवान किरातीको कविता सग्रंह हुरीमा नाचिरहेको इश्वरको दोस्रो सस्कंकरण एक कार्यक्रम विच सार्वजनिक गरिएको छ । प्रेम,भाव,सन्देश र समसमायिक विषयहरु समेटेर लेखिएका किरातीका कविताहरुको प्रकाशन् हिमाल बुक्स ले गरेको हो ।प्रकाशक हिमाल बुक्सका सञ्चालक रबिन बरालले कवि स्वयं कविता हुन् भन्ने अनुभूति भएपछि बजारमा कतै पनि उक्त संग्रह नपाइएकाले आफूलाई छाप्ने उत्साह जागेको बताए।इटहरी बगान लाउंचको हलमा किरातीको दोस्रो अवतार हुरीमा नाचिरहेको इश्वर सार्वजनिक कार्यक्रममा सभापति कबि मनु मन्जिल, प्रमुख अतिथि तथा चर्चित साहित्यकार
इटहरी / पुर्वी गैसारको बाढी प्रभावित छेत्र टेङग्रा खोलामा बाढी मापन स्केलको स्थापना गरिएको छ । इटहरी वडा नं ८ को कार्यालय संगको सहकार्यमा लायन्स क्लब अफ इटहरी इनोभेसन र लीयो क्लब अफ इटहरी इनोभेसन ले बाढी मापन स्केलको स्थापना गरेको हो । इटहरी वडा नं ८ स्थीत पुर्वी गैसारमा असार ३१ गते गरियको बाढी मापन स्केल स्थापना कार्यक्रम लायन्स क्लब अफ इटहरी इनोभेसनका अध्यक्ष डील्लीराम व
सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । धरानस्थित उपमहानगरपालिकाकै कार्यकक्षमा बुधबार साम्पाङ र लामिछानेबीच भेटवार्ता भएको हो । भेटका क्रममा लामिछानेले साम्पाङलाई औपचारिक रुपमा बधाई तथा शुभकामना दिँदै धरानको विकासका साथै सामान्य राजनीतिक विषयमा पनि कुराकानी भएको बताइएको छ । पार्टी निर्माणका लागि देश दौडाहामा रहेका रवि झापाको भेला सकेर सुनसरी धरानमा भेलाका लागि बिहीबार र्नै धरान आएका थिए । लामिछानेले नेपाली राजनीतिले परिवर्तन गर्न खोजेको आवाजलाई बुलन्द पार्ने धरान आफ्नो लागि विशेष भएको बताएका थिए&
इटहरी । राष्ट्र निर्माणमा युवाको भुमिका विषयक वक्तृत्वकला प्रतियोगितामा अविनभ बस्नेत प्रथम भएका छन ।आकास इन्स्टिच्युट इटहरीले विभिन्न विषयको व्रिज कोर्ष गरिरहेका विद्यार्थीहरुको सहभागितामा आयोजना गरेका प्रतियोगितामा बस्नेतले प्रथम भएर ५ हजार नगद पुरस्कार जित्न सफल भएका हुन । त्यसै गरी रिमा कटुवाल द्धितिय र शिक्षा निरौला तृतिय हुन भए । द्धितिय र तृतियले क्रमशः नगद ३हजार र २हजार पुरस्कृत गरियो । आकास इन्स्टिच्युटका प्रवन्ध निर्देशक कमल तिम्सिनाको अध्यक्षता तथा सुनिल तिम्सिसना राम घिमीरे ,इश्वरी भट्टराई र शितल तिम्सिना प्रतियोगिताको निर्णायक रहेका थि
इटहरी । सुनसरी र मोरङको सीमानामा रहेको बुढीगंगा जमूना मुक्तिघाट इटहरीको तटमा शिवगंगाा महा आरती हुने भएको छ ।यही श्रावण २ गतेदेखी बुढीगंगा जमूना मुक्तिघाटमा सन्ध्याकालिन आरती हुने महाशिव गंगा आरती आयोजक समितिले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।सीवसेना नेपालको संयोजकत्वमा भएको उक्त कार्यक्रममा गंगाामाताको आशिर्वाद प्रप्त गर्ने सौभाग्य इटहरीवासीले पाएको उल्लेख गर्दै समितिले सदा सर्वदा यो गंगा आरती गर्न सक्ने अवस्था सीर्जना गरेर इटहरीलाइ धार्मीक आस्थाको केन्द्र बनाउनुपर्ने जनाएको छ ।बुढीगंगा जमूना मुक्तिघाट इतीहास बोकेको स्थानख भएको तर इतीहास नखोजेर पछाडी परेको बताउदै सीवसेना नेपाल
तेर्हथुम / नेपाल भारत सहयोग एलिजा फाउण्डेशन द्वारा फेदाप गाउँपालिकालाई निशुल्क एम्बुलेन्स मंगलबार हस्तान्तरण गरिएको छ ।फेदाप गाउँपालिकाको कार्यालय तेर्हथुममा एक कार्यक्रमका बिच पालिका अध्यक्ष केशव भेटुवाललाई फाउण्डेशनकी संरक्षक गिता देवी भेटुवालले एम्बुलेन्सको चाबि हस्तान्तरण गर्नु भएको हो ।आफनो जन्म थलो फेदाप भएकाले विद्यार्थि जिवन देखिनै आफनो गाउँ, ठाउँमा केहि सहयोग गर्ने सोच रहेको र त्यो सपना पुरा भएको संरक्षक गिता भेटुवालले बताउनु भयो ।पालिका भित्र रहनु भएका आमा, बुबा, दाजु, भाई, दिदिबहिनिहरुमा स्वास्थ्य समस्या आईपरे एम्बुलेन्स प्रयोग गर्न उहाँले सम्पुर्णमा आग्रह गर्नुभएको छ । उहाँको जन्म
धर्मदेवी । संखुवासभाको धर्मदेवी नगरपालिकाले पशुपालन र सहकारी क्षेत्रको प्रवर्धन गर्ने कार्यको थालनी गरेको छ । पशुपालन र सहकारीलाई प्राथमिकतामा राखेर नगरबासीलाई आर्थिक सम्वृद्धितर्फ जोड्ने योजनाका साथ नगरपालिकाले यस क्षेत्रको प्रवर्धनमा विभिन्न कार्यक्रम गर्न थालेको हो । नगरपालिकाले सञ्चालन गरेको सहकारी शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम र अपांगता भएका व्यक्तिहरुका लागि सञ्चालन गरिएको पशुपालन सम्बन्धि शीपमुलक तालिम शनिबार सम्पन्न भएको छ । शनिबार नगर प्रमुख उदयचन्द्र पौडेलको प्रमुख आतिथ्यता तथा उपप्रमुख तारा महत भट्टराईको विशिष्ट आतिथ्यतामा
इटहरी । अनलाईका माध्यमबाट योग प्रशिक्षक तालिममा सहभागीहरुलाई एक कार्यक्रमको आयोजना गरि पातञ्जल योग समितिले दिक्षित गरेको छ । पातञ्जल योग समिति प्रदेश नम्बर १ले दिक्षान्त समारोहको आयोजना गरि तालिममा सहभागी विभिन्न ठाउँका ३० जनालाई दिक्षित गरेको हो । पातञ्जल योग समिति प्रदेश नम्बर १का अध्यक्ष केशव कुमार ताम्राकारको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष बालमुकुन्द सुवालको प्रमुख आतिथ्यमा दिक्षान्त समारोहको आयोजना गरिएको थियो । ३ सय ९० घण्टे आधारभुत तालिममा सहभागीहरुलाई दिक्षित गरिएको जानकारी दिदै सोही अवसरमा समिती लाई चिनाउन भुमिका खेलेको भन्दै होम प्रसाद गौतम लाई सम्मा
इटहरी : सामाजिक कार्य विषय समेत पठनपाठन गर्दैै आएको इटहरीे नमुना कलेजले एक कार्यक्रमका विच कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेको छ ।कक्षा १२को परिक्षा सकेका विद्यार्थीहरुलाई विदाई तथा थप उच्च शिक्षाका लागि शुभकामना दिन इटहरी नमुना कलेजले कार्यक्रमको आयोजना गरेको हो ।कलेजका अध्यक्ष केशव खड्काको अध्यक्षता तथा हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा उल्लेखिय संख्यामा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.