इटहरी । सुनसरीको इटहरीमा रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरी ११ औं साधारण सभा सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका सहकारी शाखाका सुमन पौडेलको प्रमुख आतिथ्यतामा ११ औं साधारण सभाको खुला सत्र सम्पन्न गरेको हो ।३ सय ३५ जना शेयर सदस्य रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८ ।०७९ मा एक करोड ८९ लाख २० हजार २६ रुपैया ऋण लगानी गरेको उपाध्यक्ष भुवनाथ दाहालद्धारा प्रस्तुत बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । सो अवसरमा आगामी नीति तथा कार्यक्रममा शेयर सदस्यता वृद्धि गर्ने , बाल बचतलाई प्रोत्साहन गर
इटहरी । राष्ट्रीय युवा संघ नेपाल इटहरीले शनिबार आफ्नाे १० औ अधिवेशन भब्यताका साथ सम्पन्न गरेकाे छ । इटहरीस्थित लायन्स भवनमा सम्पन्न अधिवेशनले कमलजंग क्षेत्रीको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति चयन गरेकाे छ ।समितिको उपाध्यक्षमा अजय आठपहरिया राई, सचिवमा सुमन कटुवाल, सहसचिवमा मनिष कोइराला र नविन चौधरी चुनिएका छन् । यसैगरी कोषाधयक्षमा संगीना राई र कार्यालय सचिवमा अविस कटुवाल चुनिएका छन् ।यसैगरी सदस्यहरुमा निर्दिप काफ्ले, मनोज अधिकारी, भुवन पराजुली, राजन घिमिरे, दिपेस ढुंगाना, सरिता आचार्य लगायत ७५ सदस्य नगर कमिटी निर्विरोध चयन भएको निर्दिप काफ्लेले जानकारी दिए । राष्ट्रिय युवा संघक
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गर्न खोज्दा नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थी र प्रहरीबीच ढुङ्गा हानाहान भएको छ ।घण्टाघरस्थित त्रिचन्द्र कलेज क्षेत्रमा राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेका विद्यार्थी र प्रहरीबीच आइतबार बिहान ढुंगा हानाहान भएको हो । नागरिकता विधेयक प्रमाणीकरण नगरी रोकेको भन्दै त्यसको विरोधमा विद्यार्थीले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेका विद्यार्थीलाई रोक्न पुगेको प्रहरीबीच झडप भएको हो ।प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पार्ने क्रममा ठाउँठाउँमा झडप पनि भएको थियो । विद्यार्थीको प्रदर्शनपछि सवारीसाधनको आवागमन र
खोटाङ । खोटाङको दिक्तेलमा शुरु भएको समता फुटबल प्रतियोगितामा नमस्ते सुपर खोटाङ यातायात प्रालिले विजयी शुरुवात गरेको छ ।समता फुटबल क्लवको आयोजनामा शनिबार दिक्तेलको माटिकोरे खेल मैदानमा शुरु गरिएको उद्घाटन खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पछि पार्दै नमस्ते सुपर खोटाङ यातायात प्रालिले विजयी शुरुवात गरेको हो । नमस्ते सुपर खोटाङ यातायात प्रालिले २ गोल गर्दा नगरपालिकाले कुनै पनि गोल गर्न सकेनन् ।आइतबार तीन वटा खेल हुने छन् । पहिलो खेल बिहान ११.३० बजेदेखि योङ व्वाइज फुटबल क्लव र खोटाङ सिमपानी क्लवबीच हुने समता फुटबल क्लव सचिव सुमन हिङमाङले बताए । यस्तै, दिउँसो १.३० बजेदेखि बाम्राङ फुटबल क्
विराटनगर । विराटनगर महानगरपालिका–६ लालीगुराँस टोलस्थित अवैध घरेलु मदिरा उत्पादनस्थलमा आज (आइतबार) बिहान प्रहरीले छापा मारेको छ । वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी दीपेन्द्र पञ्जियार थारु नेतृत्वको टोलीले घरेलु मदिरा उत्पादन र बिक्री गर्दै आएका शुक्रराज राईको घरमा छापा हानेको हो । राईको घरबाट तयारी मदिरा एक सय २५ लिटर र घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ एक हजार छ सय लिटर बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार मदिरा बनाउन प्रयोग गरिने २५ वटा भाँडा पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध मदिरा र कच्चा पदार्थसहित घरधनी राईलाई
काठमाडाैं । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि भर्ना खुलाइएको छ । एक लाख पन्ध्र हजार म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ। म्यादी प्रहरीको सेवा तथा सुविधा पनि तय गरिएको छ। जसअनुसार म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७ सय ६० रूपैयाँ प्राप्त हुनेछ। यस्तै खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २ सय रूपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीले जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउनेछन् । तोकिएको पोशाक तथा अन्य सामान
इटहरी । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ।आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान २ः१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो। यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ। चाडपर्व यज्ञयागादि तथा ठ
इटहरी । सुनसरी जिल्लाको पूर्वी सीमा बूढीखोला नदी डेढ दशक अघिसम्म इटहरीको मसानघाटले परिचित थियो । खोलाको किनारामा दैनिकजसो मानिस डढाइन्थो । मसानघाटमा जान पनि सबै डराउँथे ।मसानघाट पश्चिम नजिकै वडा नं ४ मा धार्मिक कार्य गर्नका निम्ति श्रीकृष्ण प्रणामी मन्दिर थियो । बुढी खोला नदी छेउमा जताततै फोहोर थियो ।खोलामा अनाधिकृत रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन गरेर वस्ती कटानको उच्च खतरा थियो । त्यही मसानघाट र मन्दिर दुवैको रुप यतिवेला फेरिएको छ । अनि त्यही बुढी खोला किनार अहिले भने जमुना मुक्ति घाटको नामले चिनिएको छ ।बुढी खोलामा रु १० करोड बढी खर्चेर दाहसंस्कार गर्ने व्यवस्थित घाट र मन्दिर पुनःनि
धनकुटा । सडक सञ्जालले छोएको ४३ वर्ष बितिसक्दा पनि धनकुटा जिल्लाको सदमुकामबाट सुदुरपूर्वमा रहेको छ नं.बुधबारे बजार ग्रामीण सहरको स्तरबाट उठ्न सकेको छैन ।त्यही सहरको ४४ किमि पूर्वमा रहेको भेडेटार बजारलाई सडक सञ्जालले छोएको ४६ वर्षमा पूर्वको प्रमुख पर्यटकीय गन्तव्य र महँगो पर्यटकीय नगरी पनि बन्यो । तर, तीन वर्षपछि सडक सञ्जालले छोएको धनकुटा, पाँचथर र मोरङको सङ्गममा रहेको बुधबारे बजारको अवस्था चार दशक बितिसक्दा पनि उस्तै छ ।जिल्लाको सदरमुकामबाट ८० किमि दक्षिण–पूर्व र भेडेटारबाट ४४ किमि पूर्वमा रहेको यो बजार साविक ६ नं बुधबार गाविस हाल चौबिसे गाविसको वडा नं १ मा पर्दछ । हाल एक सय ५० घरधुरी रहेक
बिराटनगर \ महालक्ष्मी जीवन बिमाले आफ्नो चौथो बार्सिक उत्सब बिराटनगर ४ कन्चनबारी स्थिति शुभ पार्टी प्यालेसमा सम्पन्न गरेको छ। ''प्रत्येक नेपालिको घरघरमा पुगि सुखि नेपाली र समृद्ध नेपाल बनाउन का साथै बच्चाको सुनिश्चित भबिश्य,युवाको लक्ष्य प्राप्ति , बयस्कहरूको आर्थिक सुरक्षा, बृद्ध बृद्धाको लागी बुढेसकालको सारथि बन्ने'' उद्देश्य रहेको कार्यक्रमका सभापति बिराटनगर शाखा प्रमुख तथा उप-क्षेत्रीय प्रबन्धक हिरा निराैलाले बताए | कार्यक्रममा उत्कृष्ट एजेन्सी मेनेजर हरु धिरेन्द्र यादव, सरोज पौडेल,समि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.