All Posts By कोशी प्रेस

    Showing १२,०११-१२,०२० of १३,७४४ items.
  • सुन्दरहरैँचामा ' विराट सिने' फ्लिम हल सञ्चालनमा आउँदै

    सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा पुन: फ्लिम हल सञ्चालनमा आउने भएको छ । लामो समय देखी बन्द भएको विराटचौकको सुकुना हल पुन: विराट सिने नामबाट सञ्चालनमा आउन लागेको हो । फ्लिम हलका एक सञ्चालक चिरञ्जिवी बस्नेतका अनुसार दसैं देखी सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताए ।   दसैंको फुलपाती देखी हल सञ्चालनमा आउने बस्नेतले बताए । तीन जनाको लगानीमा सुविधा सम्पन्न हल सुन्दरहरैँचाको विराटचौकमा सञ्चालन हुन लागेको हो । विभिन्न प्राविधिक कारणले सुकुना हल बन्द भएपछी फ्लिमी दर्शकहरुले इटहरी र विराटनगर सम्म गएर फ्लिम हेर्ने गरेका छन । थ्रिडि फिल्मका पारखीहरुलाई लक्षित गरि हलमा थ्रिडि सि

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • १७५ पटक पढिएको
  • डेढ महिने दूधे छोरी घरमै छाडेर नारायणीमा हाम्फालिन् ऋचा

    झापा । झापाबाट सुत्केरी बस्न माइतीगाउँ चितवन खैरेहनी गएकी थिइन्, ऋचा उप्रेती । उपन्यासकार मिलन संग्रौलासँग प्रेमविवाहको तीन वर्षपछि १७ असारमा उनले छोरी जन्माइन् । शल्यक्रियाको घाउ निको भएपछि पति मिलनले २३ साउनमा ऋचालाई माइतीघर लगेर छाडेका थिए । तर, ७ भदौको अपत्यारिलो घटनाले उनले ऋचालाई सकुशल घर फर्काउन भने पाएनन् ।त्यो दिन बिहान साढे ११ बजेतिर छोरीलाई दूध खुवाएर ऋचा घरबाट निस्केकी थिइन् । नयाँ कपडा लगाएर निस्किँदा उनले टिकटक बनाउन नजिकै हजुरबुवा–आमाकहाँ जान लागेको भनेकी थिइन् । तर, हजुरबुवा–आमाकहाँ नगएर उनी १८ किलोमिटर पश्चिम नारायणी नदीको पुलमा पुगिन् । त्यो दिन नेत्रविक्रम चन्द्र विप्लव

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • १११ पटक पढिएको
  • सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु

    सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ ।पूर्व पश्चिम राजमार्गमा प्रदेश २ ०१ ००२ प ३९९३ नम्बरको मोटरसाइकल सडकमा रहेको कुकुरलाई बचाउने क्रममा आज बिहान साढे ८ बजे दुर्घटनामा परेको थियो ।दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सप्तरीकै बोदेवर्साइन नगरपालिका–२ की ४५ वर्षीया अञ्जना देवी यादवलाई अस्पताल र्पुयाउना साथ डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक तथा अञ्जनाका श्रीमान भने सकुशल रहेको सप्तरी प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • ५१ पटक पढिएको
  • माेरङकाे सुन्दरहरैँचामा भूउपयोग सम्बन्धी काम शुरू

     सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाले पूर्वतयारीको लागि भूउपयोग सम्बन्धी योजना तर्जुमाकाे काम शुरू गरेको छ । सरकारले भूउपयोग नीति लागू गरी जमिनको वर्गीकरण गर्न लागेको हुनाले यसकाे पूर्व तयारीका लागि काम शुरू गरिएको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रवत्ता राेशनप्रसाद ढकालले जानकारी दिए । उनले नगरपालिकाले पिकासो कन्सल्टेन्सी इटहरीकाे प्राविधिक मार्फत जमिनको वर्गीकरणको काम सहज बनाउन वडास्तरमा अन्तरक्रिया कार्यक्रम शुरु गरेको बताए ।नगरकाे वडा न. १० र १२ मा प्रारम्भिक चरणको काम शुरू भएको छ । विद्यमान भूउपयोग अवस्था, भूमिको उर्वरता, जनसंख्या प्रक्षेपण, जग्गाको मूल्य, जग्गाको

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • २०७ पटक पढिएको
  • पहाडी जिल्लामा खटिने चिकित्सकलाई प्रोत्साहन भत्ता

    इटहरी । प्रदेश सरकारले पहाडी जिल्लाका अस्पतालहरूमा कार्य गर्ने चिकित्सकहरुलाई आकर्षक सुविधासहित प्रोत्साहन गर्ने निर्णय गरेको छ । चिकित्सकलाई प्रोत्साहित गर्न सरकारले ‘विज्ञेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९’ बनाएर कार्यान्वयनमा ल्याएको छ ।दुर्गम तथा पहाडी जिल्लाका अस्पतालहरुमा विशेषज्ञ चिकित्सकहरुको अभाव रहेको र त्यहाँ जान नमान्ने प्रवृत्तिमा कमी ल्याउन प्रदेश सरकारले मासिक १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने गरी नयाँ कार्यविधि बनाएको हो ।प्रदेशका १ पहाडी जिल्लाका अस्पतालहरूमा चिकित्सकहरूको चरम अभाव छ । चिकित्सकहरू सहर केन्द्रित हुँदा दुर्गमका अस्पताल भने

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • १५५ पटक पढिएको
  • लेटाङबाट हराएका तीन जना बालिका विराटनगरमा भेटिए

    इटहरी । मोरङको लेटाङबाट हराएका तीन जना बालिका विराटनगर महानगरपालिका–१४ जतुवामा भेटिएका छन् ।लेटाङ नगरपालिका–४ की १४ वर्षीया सविना राई, १२ वर्षीया अनुष्का राई र लेटाङ–३ की १३ वर्षीया रक्षा दर्नाललाई आइतबार बिहान ११ बजेतिर फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।उनका अनुसार फुटबल हेर्न भनेर शनिबार बिहान ११ बजेतिर घरबाट निस्किएका तीनै जना घर फर्किएनन् । उनीहरु विराटनगर–१४ जतुवास्थित देवी राईको घरमा भेटिएका हुन् ।देवी राई सविनाकी आमा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आमा देवीले १२ वर्षअघि दोस्रो बिहे गरेपछि सविना हजुरआमासँग बस्दै आएकी थिइन् । बुवा अशोक र

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • ९२ पटक पढिएको
  • खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द

    खाेटाङ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सो सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको हो ।जिल्ला अस्पतालमा एनेस्थेसियाका एक जना मात्र कर्मचारी रहेको उहाँको दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेकाले तत्कालका लागि शल्यक्रिया सेवा बन्द गरिएको प्रमुख चिकित्सक डा नितु लामाले जानकारी दिनुभयो । “एनेस्थेसियाका सहायकस्तरका कर्मचारी एक जना मात्र हुनुहुन्छ”, उहाँले भन्नुभयो, “दुर्घटनापछि उहाँ बिदामा बसेको २० दिन भयो । उहाँ नभएको समयमा हामीले प

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • १८२ पटक पढिएको
  • सुन्दरहरैंचा नगरपालिकाको नगर योजना सहितको बजेट पुस्तिका सार्वजनिक ।

    सुन्दरहरैंचा नगरपालिकाले आफ्नो आर्थिक वर्ष २०७९\०८० को वार्षिक बजेट, नीति तथा कार्यक्रम र नगर विकास  पुस्तिका सार्वजनिकीकरण गरेको  छ । सुन्दरहरैंचा नगरपालिका सभा हलमा एक कार्यक्रमको आयोजना गरि १०औं नगर सभाद्वारा  पारित वार्षिक नगर विकास योजना सहितको  नीति, कार्यक्रम र बजेटलाई  पुस्तकको रुपमा सार्वजनिक गरेको हो । पुस्तक सार्वजनिक प्रमुख अतिथि प्रदेस सांसद  राजकुमार ओझाको प्रमुख अतिथ्यतामा गरिएको थियो  ।  मोरङका १७ वटा  पालिकाहरु मध्ये  जनसंख्याको आधारमा बिराटनगर महनगरपालिका पछि ठुलो नगर  सुन्दरहरैंचा नगरपालिकालाई लिइन्छ । सुन्दरहरैंचाको पहि

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • १५७ पटक पढिएको
  • ‘छक्कापञ्जा ४’लाई कात्तिक ४ मा रिलिज गर्ने तयारी

    काठमाडौं । ‘छक्कापञ्जा ४’लाई आगामी तिहार छेकोमा रिलिज गर्ने तयारी भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले कात्तिक ४ गते फिल्मलाई रिलिज गर्ने तयारी भइरहेको बताए ।‘अहिलेसम्म ५० प्रतिशत सम्भावना कात्तिक ४ गते भन्ने हो । हामीले त्यसपछिको मितिमा पनि सम्भावना हेरिरहेका छौं,’ गिरीले  भने, ‘चाँडै यसबारे निधो दिनेछौं ।’‘छक्कापञ्जा’लाई तिहारमै ल्याउनुपर्ने दबाब समेत छ किनभने त्यसपछिको उपयुक्त मिति वैशाख वा अर्को दशैंमा हुन सक्छ । जसको कारण पनि कात्तिक ४ मै फिल्म आउन सक्ने संकेत दीपकले गरे ।मंसिरमा चुनाव, त्यसपछि विश्वकप फुटबल र जाडोयामका कारण पनि तिहारको बिदातर्फ दीपकको नजर सोझिएको छ । तिहारमा

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • १८२ पटक पढिएको
  • कस्तुरी बचतको ११ औं साधारण सभा सम्पन्न

    इटहरी । सुनसरीको इटहरीमा रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरी ११ औं साधारण सभा सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका सहकारी शाखाका सुमन पौडेलको प्रमुख आतिथ्यतामा ११ औं साधारण सभाको खुला सत्र सम्पन्न गरेको हो ।३ सय ३५ जना शेयर सदस्य रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८ ।०७९ मा एक करोड ८९ लाख २० हजार २६ रुपैया ऋण लगानी गरेको उपाध्यक्ष भुवनाथ दाहालद्धारा प्रस्तुत बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । सो अवसरमा आगामी नीति तथा कार्यक्रममा शेयर सदस्यता वृद्धि गर्ने , बाल बचतलाई प्रोत्साहन गर

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • २६१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]