इटहरी / इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखा द्वारा डेङ्गु नियन्त्रण तथा रोकथामको लागि सचेतना अभियान थालेको छ।दिनानुदिन उपमहानगरपालिकामा डेंगुका बिरामी देखापर्न थालेपछि उपमहानगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको हो ।स्वास्थ्य कार्यालयको समन्वयमा उपमहानगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार इटहरीको विभिन्न चोकमा र्यालीसहित होटल तथा पसलका भाँडाकुँडा,थुपारिएका टायर हटाउने र खाल्डाखुल्डीमा जमेको पानी पोखाएको छ ।जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा हुर्कने भएकाले खुला ठाउँमा रहेको पानी हटाउने र सो पानीमा हुर्कंदै गरेको लामखुट्टेको लार्भा नष्ट गर
काठमाडाैंं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले गत बिहीबार दर्ता गरेको निवेदन मंगलबार एकल इजलासमा पेशीमा चढेर स्थगित भएको छ । निवेदनमा राष्ट्रपति कार्यालय, शितल निवास लगायतलाई विपक्षी बनाइएको छ । वरिष्ठ अधिवक्ता भण्डारीले नागरिकता विधेयकले मुलुकको हित नगर्ने भएकाले त्यो विधेयक प्रमाणीकरण नगर्न आदेशको माग राखी निवेदन पेस भएको बताए । सर्वोच्च अदालतका न्यायाधीश डा। मनोज शर्माको इजलासमा परेको सो निवेदन ‘हेर्न नमिल्ने’ कारण मंगलबार सुनु
काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि भदौ ३१ गतेसम्मको अवधिमा उक्त जनधनको क्षति भएको हो ।सो अवधिमा रेकर्डमा आएका १ हजार ७०९ वटा विपद्का घटनामा परी २०३ जनाको मृत्यु, १७ जना बेपत्ता र ४८८ जना घाइते भएका छन् । यस वर्ष विपद्का घटनाबाट २ हजार १८५ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।सबैभन्दा बढी घटना आगलागीकाप्राधिकरणका अनुसार बितेको पाँच महिनामा विपद्मध्ये सबैभन्दा बढी आगलागीका घटना रेकर्ड भएका छन् ।उक्त अवधिमा ८३३ वटा आगालगीका घटना भएका थिए । यस्तै पहिरोका २२८, बाढीका ३७, डुंगा दुर्घटना ३, चट्याङ्का २ सय, सर्पदंश २१, भारीवर्षाका १
भारत । एकै दिनमा ४ हजार ८५८ नयाँ कोरोना संक्रमित भेटिएसँगै भारतमा कोभिड–१९ को संक्रमितको संख्या ४,४५,३९,०४६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४८,०२७ पुगेको छ । पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ ।योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३३५ पुगेको छ ।कुल संक्रमितको ० दशमलब ११ प्रतिशत सक्रिय संक्रमित छन् । त्यस्तै राष्ट्रिय कोभिड १९ निको दर ९८ दशमलब ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दैनिक संक्रमण दर २ दशमलब ७६ प्रतिशत छ भने साप्ताहिक संक्रमण दर १ दशमलब ७८ प्रतिशत छ । पछिल्लो समय भारतसहित विश्वभर संक्रमण दरमा कमी आएको छ ।
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ घारिबथानमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । घटनामा मृतक युवककी पत्नीसहित चार जना घाइते भएका छन् ।सोमबार साँझ वर्षासँगै परेको चट्याङ लागेर ईश्वरपुर-१२ गुइडुङ गाउँका २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिएका छन् ।चट्याङ लागेर गम्भीर घाइते भएका घलानलाई उपचारका लागि सोमबार राति महोत्तरीको बर्दिवासस्थित जनसेवा अस्पताल पुर्याइएको थियो ।अस्पतालमा पुर्याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।घटनामा मृतक घलानकी पत्नी २६ वर्षीया नन्दीमाया घलान, २७ वर्षीय बुद्धबहादुर
संखुवासभा । संखुवासभाबाट ६ जना कैदी बन्दीहरु रिहा भएका छन । संबिधान दिवसको अवसर पारेर उनीहरुलाई रिहा गरिएको जिल्ला कारागार कार्यालयले जनाएको छ । बिभिन्न घटनामा कैद भुक्तान गरि रहेका उनीहरुले ५० प्रतिशत कैद पुरा गरेकाले रिहा भएका हुन । जिल्ला कारागार संखुवासभाका जेलर बिनोद अधिकारीका अनुसार कारागारबाट रिहा भएकाहरुमा चैनपुर नगरपालिका वडा नम्वर ३ का देवीमाया तामाङ्ग, खाँदबारी नगरपालिका वडा नम्वर ३ का कमल दर्जी, चैनपुर नगरपालिका वडा नम्वर ५ का दोर्ची शेर्पा, पाँचखपन नगरपालिका वडा नम्वर ३ का डम्बर सिंह बिश्वकर्मा, मकालु गाउँपालिका वडा नम्वर ३ का साने भनिने निमातेम्बा शेर्पा र छथर गाउँपालिका वड
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका एक जनाकोउपचारका क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा सर्लाहीको हरिवान नगरपालिका–२ का ५५ वर्षीय मोहम्मद दर्जी रहेको प्रहरीले जनाएको छ । मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो । त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले बताए । पल्सर मोटरसाइकलमा आएका २ जनाले गोली प्रहार गरेर फरार भएका थिए। अहिले प्रहरीले गोली प्रहारमा संलग्नको खोजी गरिरहेको
नेपाल मानव धर्म सेवा समिति कोशी क्षेत्र आश्रम इटहरीद्धारा मानव धर्मका प्रणेता सतपालजीको ७२ औ जन्मोत्सव एक कार्यक्रम गरी मनाइएको छ । शुक्रवार इटहरी स्थित संस्थाको आश्रममा वृहत सत्संग कार्यक्रम गरी सतपालजीको ७२ औँ जन्मोत्सव मनाइएको हो । आश्रम प्रभारी महात्मा नन्दनी बाइजीको अध्यक्षतामा आयोजीत कार्यक्रममा आध्यात्मीक प्रवचन,भजन साथै सांस्कृतीक कार्यक्रमहरु प्रस्तुत गरीएको थियो । सोही कार्यक्रमका बीच समाजमा भइरहेका सामाजीक तथा आध्यात्मीक गतिविधिहरु पत्रपत्रीका तथा सञ्चार माध्यमबाट जनमानसमा पुर्याउन योगदान गरेको भन्दै संचारकर्मी हरु बिकल पौडेल, बिकल रेग्मी, साथै बिबेक बिवश रेग्मीलाइ सम्मान गरीएको थिय
इटहरी । सुनसरीको इटहरीमा सञ्चालित सिबी कलेजले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुकालागी स्वागत कार्यक्रमको आयोजना गरेको छ । इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बिच कलेजले कक्षा १२ का विद्यार्थीहरुले ११ मा अध्यनरत विद्यार्थीलाई स्वागत गरेको हो । सिवी कलेजका अध्यक्ष देशबन्धु कार्कीको अध्यक्षता तथा प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री तथा प्रदेश प्रवक्ता उपेन्द्र प्रसाद घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतीक नृत्य तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसैबीच कलेजले बिभीन्न समयमा आयोजना गरेको अतिरिक्त कार्यक्रम तथा अन
स्वास्थ्य बिमाकाबारे नागरिकलाई अझै पनि राम्रो सँग जानकार छैनन् । बिमाकाबारे ज्ञान नहुँदा राज्यदिएको सेवा लिनबाट अझै बञ्चित बन्दै आउनु परेको छ । बिमाको बारे कमै मात्र ज्ञान छ र बिमा पनि कमै गरेका छन । नेपाल सरकारले ५ जनाको परिवारलाई ३५ सयले वार्षिक १ लाख बराबरको स्वास्थ्यबिमा गराउँदै आएका छ । वर्षमा ३५ सय तिर्न नै सकेकाकारण स्वास्थ्य उपचारमा लाखौं खर्च गर्न बाध्यभई रहेको धनकुटाको छथर जोरपाटी गाउँपालिकाले भने गाउँपालिकाभित्रका सबै परिवारलाई ५० प्रतिशतमा स्वास्थ्यबिमा गराउने भएको छ । नागरिक सँगै प्रत्यक्ष सरकार छ भन्ने प्रत्याभूति दिलाउने उद्देश्यका गाउँपालिकाले ५० प्रतिशत स्वास्थ्यबिमामा स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.