इटहरी । प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जनालाई पक्राउ गरेको छ । डिभी परेपछि भिसा पक्रियाका लागि कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका नौ जनालाई प्रहरीले पक्राउ गरेको हो ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पाँचथर घर भई दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर भई टोखा बस्ने २५ वर्षीय राधिका तामाङ र स्याङ्जा घर भई बसुन्धारा बस्ने ३८ वर्षीय सविता श्रेष्ठ छन् । यस्तै अछाम घर भएका २७ वर्षीय वीरेन्द्रबहादुर रावल, झापा घर भएका ४६ वर्षीय विदुर प्याकुरेल, ४० वर्षीय दिनेश प्रसाई र ४७ वर्षीय सूर्यबहा
इटहरी । गण्डकी प्रदेशमा आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म सन्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश एकले महिला बास्केटबलको छनौट खेल बिहीबार सुनसरीको धरानमा आयोजना गरेको छ । प्रतियोगितमा सुनसरीलाई स्वर्ण पदक प्राप्त भएको छ ।महिला बास्केटबलतर्फ झापा, मोरङ र सुनसरी गरी तीन जिल्लाका खेलाडीहरु सहभागी थिए । प्रतियोगितामा झापाले रजत र मोरङले कास्य पदक जितेको छ ।छनौट प्रतियोगिता अन्तर्गत महिला तर्फको खेल बिहीबार सम्पन्न भएको छ भने शुक्रबार पुरुषतर्फको छनौट खेल हुनेछ । शनिवार सम्म सबै छनौट खेल सम्पन्न गरिसक्ने प्रदेश खेलकुद विकास बोर्डले जनाएको छ ।खेल उद्घाटन कार्यक्रममा बोल्दै प्रद
इटहरी । आफ्नो पहिलो पाँच वर्षे कार्यकालमा प्रदेश १ को व्यवस्थापिका र कार्यपालिकासँग मूलभूत रुपमा तीन वटा मुख्य दायित्व थिए । प्रदेश नामकरण, प्रदेश संरचना निर्माण र राजधानी तोक्ने जिम्मा ।यी तीनमध्ये व्यवस्थापिका (प्रदेशसभा) ले राजधानी तोक्ने काममा सफलता पाए पनि नामकरण गर्न सकेन । त्यस्तै प्रदेश संरचना निर्माण त के जग्गा खोज्नसमेत सरकारले सकेन । बरु आफ्नो कार्यकालको अन्तिम समयमा रहेको प्रदेशको तेस्रो सरकारले भने जनतासँग उल्टै जग्गा निःशुल्क माग्दै सार्वजनिक आह्वान गरेको छ ।प्रदेश १ सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार एउटा सार्वजनिक सूचना जारी गर्यो । जहाँ सरकारले सर्वसाधारणसँग पाँ
ताप्लेजुङ । दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपाण्डा (रातो हाब्रे) संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण, रेबिजविरुद्धको खोप र भिटामिन दिइएको छ । कुकुरको आक्रमणबाट रेडपाण्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण, खोप, भिटामिन र जुकाको औषधि दिइएको हो ।रेडपाण्डा पाइने क्षेत्र वा बासस्थान नजिकैका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपाण्डामाथि आक्रमण हुने गरेको छ ।कुकुरको आक्रमणका कारण दुर्लभ रेडपाण्डाको अस्तित्व थप सङ्कटमा पर्दै गएपछि रेडपाण्डा संरक्षण (जोगाउने) गर्ने उद्देश्यले कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान थालिएको हो ।रेडपाण्डाको संरक्षणमा क्रियाशील
झापा । पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट साढे चार किलोमिटर उत्तर चुरेपहाडको फेदीमा ऐतिहासिक धार्मिक तथा पर्यटकीय तीर्थस्थल सताक्षीधाम छ । घनाजङ्गलमा रहेको धाममा स्वदेशीदेखि विदेशी पर्यटकको समेत आजभोलि ओइरो लाग्न थालेको छ ।विगत पाँच वर्षअघिसम्म बाटो, बिजुली बत्ती नपुगेको धाममा यतिबेला करोडौँको लगानीमा भौतिक पूर्वाधार तयार भएका छन् । धाम क्षेत्रभित्र आवास, संस्कृति विद्यालयको भवन र मठमन्दिरका ठूला ठूला भवनसमेत बनेका छन् । दश वर्षअघि पण्डित (महाराज) नन्दकिशोर भारद्वजले सानो कुटीमा बसी दुईचारवटा गाईपालन सुरु गरेपछि मन्दिरको महत्व बुझेका र पण्डितसँग भेटघाटका लागि मात्र सर्वसाधारण सो क्षेत्रमा
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले टुकुचा उत्खननबारे अदालतले दिएको अन्तरिम आदेशप्रति असन्तुष्टि जनाएका छन्। बुधबार सामाजिक सञ्जालमा टुकुचा आसपासको काठमाडौंको पुरानो फोटो राखेर शाहले लेखेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। अदालतले टुकुचा (इछुमती) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ?’उच्च अदालत पाटनका न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले विश्व प्रकाश साखको मुद्दामा निवेदकको भौतिक संरचनामा क्षति नपुर्याउन अल्पकालिन अन्तरिम आदेश दिएको छ। ‘काठमाडौं महानगरपालिका वडा नं. १ कित्ता नं. ५४२ को क्षेत्रफल
बागलुङ । बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ। कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ।ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ। गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको भ्रमण गरेको स्थानीयको भनाइ छ।झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकासले यहाँ पर्यटक आउन थालेको स्थानीय सागर घर्तीले बताए। उनले गाउँपालिकाले अझै बढी पर्यटक भित्र्याउन झरना वरपर थप पूर्वाधार निर्माण गर्नुपर्ने बताए। चार वर्ष अगाडिसम्म सुनसान रहेको झरनामा अहिले द
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा दायर मुद्दाका हिसाबले कम सफलता प्राप्त गरेको छ। उसले आफ्नो ३२ वर्षे इतिहासमै दायर मुद्दामा कम सफलता प्राप्त गरेको हो। उक्त आर्थिक वर्षमा अदालतमा दायर मुद्दामध्ये जम्मा ३८ दशमलव ५१ प्रतिशत मात्रै आयोगको पक्षमा फैसला भएको राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको वार्षिक प्रतिवेदनमा उल्लेख छ। आयोगका प्रवक्ता सहसचिव श्यामप्रसाद भण्डारीले गएको आर्थिक वर्षमा अख्तियारको इतिहासमै सबैभन्दा कम सफलता प्राप्त गरेको स्वीकार गरे। उनले आयोगले नै पैसा दिएको घुस/रिसवत लिन हुँदैन भन्ने आधारमा अदालतले फैसला गरेकाले कम सफलता प
काठमाडाै । आफ्नो मतदाता नामावली रहेको पालिकामा पुग्न नपाउने सरकारी कर्मचारी, सुरक्षाकर्मी र जेलमा रहेका कैदीबन्दीले आफू रहेकै ठाउँबाट समानुपातिकतर्फ मतदान गर्न पाउने भएका छन्। चुनावका बेला घर जान नपाउने पत्रकारलाई पनि यो अधिकार दिइनपर्ने माग भएता पनि निर्वाचन आयोगले यसलाई सुनुवाई गरेन। निर्वाचन आयोगका अनुसार सरकारी कर्मचारी, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, सरकारबाट स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिहरुले आफू बसेकै ठाउँबाट अस्थायी मतदाताका रुपमा समानुपातिकतर्फ मतदान गर्न पाउन
विराटनगर । अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ परेका गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल पुर्पक्षको लागि जेल चलान भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले बुधवार विराटनगर घर भएका ५० वर्षीय ढकाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।अदालतको आदेशपछि ढकाल पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।जिल्ला सरकारी वकिल कार्यालय मोरङले अदालतमा ढकालविरुद्ध अप्राकृतिक मैथुन मुद्दा दर्ता गरेको थियो । उनीमाथि १२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप छ । बालक विराटनगर महान
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.