इटहरी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ मा भएको उसु खेलको खेलाडी छनौट प्रतियोगितामा सुनसरी च्याम्पियन भएको छ ।इटहरी रंगशालाको कभर्डहलमा ३ दिनसम्म चलेको छनौट प्रतियोगिताबाट सुनसरीले पाँच वटा स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो ।छनौट प्रतियोगितामा ६० केजी तौल सूुहमा इलामकी अर्चना लिम्बुले स्वर्ण पदक जितेकी छन् भने भोजपुरकी स्मृती प्रधानले रजत र सुनसरीकी सदीक्षा राई र संखुवासभाकी लजिता शेर्पाले कास्य पाएका छन् ।यता ६५ केजी तौल समूहको प्रतिस्पर्धामा संखुवासभाकी प्रमिला विकले स्वर्ण पाएकी छन् भने झापाकी दिपाकुमारी गणेशले रजत पदक पाएकी छन् । यस्तैगरी सुनसरीकी स्मारिका खवास र इलाम
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनबाट पास भएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरेपछि सर्वोच्चमा दायर पाँचवटा मुद्दाको सुनुवाइ आज हुने भएको छ।अस्ति शुक्रबारै सुनुवाइ हुने भनिए पनि समय अभावका कारण सारिएको थियो। शुक्रबार पाँचवटै मुद्दाको पेशी न्यायधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासमा परेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेपछि अधिवक्ताहरु सागर बराल, सुनीलरञ्जन सिंह, सुनीलकुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए । रिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता
काठमाडौं । निर्वाचन आयोगले सरुवा भएका कर्मचारी आफ्नो नयाँ कार्यालयमा आजै (आइतबार) हाजिर भइसक्न निर्देशन दिएको छ । कर्मचारी सरुवा रोक्नका लागि सरकारलाई निर्देशन दिएको आयोगले यसअघि सरुवा भइसकेकाहरुका लागि तत्कालीन कार्यालयबाट रमाना भइ नयाँ कार्यालयमा हाजिर हुनका लागि आजसम्मको समय दिएको हो ।आयोगले असोज ६ गते बिहीबार सरकारलाई कर्मचारीको सरुवा रोक्न निर्देशन दिएको थियो । त्यसअवधिसम्म सरुवा भइसकेकाहरुको हकमा नयाँ कार्यालयमा हाजिर गर्न आजसम्मका लागि समय दिएको थियो ।आयोगले बिहीबारदेखि नै लागु हुनेगरी कर्मचारी सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन नेपाल सरकारलाई निर्देशन दिएको थियो
काठमाडौं । दशैंका लागि दार्चुलामा चार सय क्विन्टल चामलसहित खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गरिने भएको छ ।टिङ्करमा १६० र छाङरुमा २४० क्विटल चामल ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार बोलपत्र आह्वान गरेको छ ।कम्पनीको शाखा कार्यालय दार्चुलादेखि दार्चुलाको व्यास गाउँपालिको टिङ्कर र छाङरुसम्म हेलिकप्टरबाट खाद्यवस्तु ढुवानीका लागि हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले गोप्य शिलबन्दी पेस गर्न भनिएको छ ।स्वीकृत भएको हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले १४ असोजमा कम्पनीसँग सम्झौता गर्नुपर्ने छ । दशैैं अघि नै खाद्यान्न ढुवानी गरिने जनाइएको छ ।
विराटनगर । नेकपा एमालेकी नेतृ भगवती चौधरीले नेपाल कृषि प्रधान देश भएकोले कृषिलाई निर्यातमुखी बनाएर जानुपर्ने बताएकी छिन् । कृषि क्षेत्रको विकास र उत्पादन बढाउन राज्यसँगै नीजि क्षेत्रले पनि सहयोग गर्नुपर्ने बताएकी छिन् । विराटनगरमा कान्तिपुर मिडिया ग्रुपले आज (शनिबार ) आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ चौधरीले तत्कालिन नेकपाको सरकारले आर्थिक क्षेत्रको विकास गर्न काम गरेको पनि बताइन् । प्रदेश १ को आर्थिक विकास गर्न चीन संग पारवहन सन्धी भएर किमाथांकासम्म सडक सञ्जाल पुर्याउने काम तत्कालिन सरकारले नै गरेको उनले बताइन् । ‘किमाथांका सडक निर्माण भएको भए १० लाख पर्
सुन्दरहरैँचा / प्रदेश नं १ मा सुरक्षा निकायका लागि खरिद गरिएका स्कटिङ मोटरसाइकल आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा सुरक्षाकर्मीलाई हस्तान्तरण गरिएको छ । मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अथिति प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले सडकको सुरक्षामा गम्भीर भएर काम गरिरहेको बताए । तेसै गरि आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले अपराध न्यूनीकरण गर्न सुरक्षाकर्मीलाई बलियो बनाउनुपर्नेमा जोड दिए । मन्त्री कार्कीले सुरक्षाकर्मीलाई स्रोतसाधन जुटाउन प्रदेश सरकार लागिरहेको उल्लेख गर्दै ससाना कदमबाटै अपराध न्यूनीकरण हुँदै जाने तथा स
तेह्रथुम / नेपाल सरकारले तेह्रथुम जिल्लालाई डेंगो प्रभावित जिल्ला घोषणा गरे सगै फेदाप गाउँपालिकाले झुल वितरण गर्न थालेको छ । पालिकाको वडा नम्वर १ सिम्ले अरु वडा भन्दा वढी डेंगोको जोखिम रहेको हुनाले गाउँपालिकाले झुल वितरण गर्न थालेको पालिका अध्यक्ष केशव भेट्वालले बताउनुभयो ।पालिकाको वडा नम्वर १ सिम्लेमा १ घर एक झुल वितरण अभियान सुरु गरेको हो । पालिकाको वडा नम्वर १ मा १ हजार थान झुल वितरण गरिने ।अध्यक्ष भेट्वालले डेंगो लक्षण देखिएमा समयमा नै स्वास्थ्य सस्थामा आउन अनुरोध गर्नुभएको छ । राती सुत्दा झुल लगाएर मात्रै सुत्यो भने पनि यो रोगबाट वच्न सकिने भएकाले जनचेतना जोगाउन पनि
इटहरी : सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले आफ्ना सदस्य तथा एकाघर परिवारका अपाङ्ग, एकल महिला तथा ज्येष्ठ नागरिक सदस्यहरूलाई सम्मान गरेको छ। संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत ३८८ सेयर सदस्यहरूलाई सम्मान गरेको हो । सहकारीका लेखा समिति संयोजक निमेष घिमिरेका अनुसार सेयर सदस्य तथा बचतकर्ता प्रति संस्था जिम्मेवार छ भन्ने बुझाउन कार्यक्रम आयोजना गरिएको हो। असोज ६ गते बिहीबार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको प्रमुख आतिथ्य कार्यक्रम सम्पन्न भएको घिमिरेले जानकारी दिए । सहकारीले सदस्यको घर परिवारका एकल महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका ३ सय ८८ जनालाई नगद र दोस
काठमाडाैं । प्रतिक्षित नेपाली फिल्म ‘प्रेमगीत ३’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै स्वदेश तथा विदेशमा एकसाथ रिलिज भएका यो फिल्म करिब १२ सय पर्दामा एकसाथ प्रदर्शनमा आएको हो । स्वदेशमा नेपाली र विदेशमा हिन्दी संस्करण रिलिज भएको फिल्मले स्वदेश तथा विदेशमा राम्रो ब्यवसाय गर्ने अपेक्षा गरिएको छ । निर्माण भएको तीन वर्ष सार्वजनिक प्रदर्शनमा आएको यो फिल्मको हिन्दी संस्करण सेन्चरमा ढिलाई भएको कारण सोमबार मात्र रिलिज हुने बताइएको छ ।हिन्दी डबले नेपालमा पाएको चर्चा, श्रृखंलाबद्ध विवाद, नाम चलेका कलाकारको अभिनय, गीत–संगीतले पाएको लोकप्रियताका कारण फिल्मले ठूलो हा
काठमाडौं । अनुमति विनाका होर्डिङ बोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई पनि चेतावनी दिएको छ ।केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखेबापत शुल्क नबुझाएको भन्दै महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र बुझाउन भनेको छ । ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भए
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.