मुस्ताङ । व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन् । बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन् । व्यवसायीले हप्तौं लगाएर बर्षेनी दशैंमा च्याङ्ग्रा भित्र्याउँछन् । दशैँमा च्याङ्ग्राको माग उच्च हुन्छ ।बागलुङका व्यवसायी महेन्द्र केसीले स्थानीय बलबहादुर थापासहित पर्वत र काठमाडौँका दुई-दुई व्यवसायी मिलेर दुई सय ५० च्याङ्ग्रा ल्याएको बताए । ‘सानो बगालमा किन्न नमिलेपछि छ जना मिलेर ल्यायौं’, उनले भने, ‘यीमध्ये केही च्याङ्ग्रा काठमाडौँ पुग्छन्, अरु बागलुङ र पर्वतमा बेच्छौँ ।’ उनका अनुसार मुस्ताङ पुगेका अरु व्यापारी च्याङ्ग्रा ल्याएर बाटोमा फर्कदै छन् । मुस्ताङको जोमसो
इटहरी । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले गरेको कर्मचारी सरुवा विवादमा परेको छ । निजामती सेवा ऐनविपरित, राजनीतिक पूर्वाग्रह र आर्थिक स्वार्थका आधारमा कर्मचारीको सरुवा भएको भन्दै कर्मचारीहरु सरकारको विरुद्ध धमाधम अदालत गइरहेका छन् ।प्रदेश निजामती सेवा ऐन निर्माण नभएको अवस्थामा निजामती सेवा ऐन २०४९ अनुसार कर्मचारीको सरुवा हुने गरेको छ । तर, ऐनमा भएको प्राबधान मिचेर मुख्यमन्त्रीको सचिबालयको दबामा कर्मचारीको सरुवा भएको भन्दै कर्मचारीहरु रुष्ट बनेका छन् ।ऐन विपरित राजनीतिक प्रतिशोध र आर्थिक लाभहानी हेरेर कर्मचारी सरुवा गर्ने गरेको आरोप यसअघिको सरकारलाई पनि लाग्दै आए
विराटनगर । विराटनगरकी एक जना महिलाले आफू बलात्कृत भएको भन्दै अदालत पुगेको मुद्दा संख्या चार वटा भेटिएपछि पीडितबारे चासो बढेको छ । जिल्ला अदालत मोरङमा दर्ता भएको मुद्दा नम्बर ०७६–सी १–००२२, ०७७–सी १–००५३, काठमाडौं जिल्ला अदालतमा दर्ता भएको ०७८–सी १–०५५१ र जिल्ला अदालत कास्कीमा दर्ता भएको ०७९–सी १–००३० नम्बरका मुद्दा बलात्कार सम्बन्धी हुन् । पछिल्ला चार वर्षमा यी अदालतमा छुट्टाछुट्टै दर्ता भएका मुद्दाको पीडित भने एकै महिला हुन् ।विराटनगर महानगरपालिका घर भएकी ४० वर्षीया महिलाले आफू पीडित भएको भनेर दर्ता गरेका मुद्दाका प्रतिवादीहरु अर्थात् पीडकहरु सार्वजनिक वृत्तमा धेरथोर नाम बनाएका व्यक्तिहरु छन्
काठमाडाैं । नेपालीहरूको महान पर्व बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी माताको पूजा हुँदै छ । बडादशैँ अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो । घटस्थापना गरेसँगै नवदुर्गाका ९ रूपको पूजा गर्ने प्रचलन छ ।नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । बडादशैंमा देशभरका शक्तिपीठहरूमा दर्शनार्थीको भीड छ ।
सुनसरी l खेलकुद महासङ्घ सुनसरीको जिल्ला अध्यक्ष पुष्कर कार्की को अध्यक्षतामा सप्पन्न नेपाल खेलकुद महासंघ बर्जु कमिटीको ऐतिहासिक प्रथम सम्मेलनले गोपाल मेहता लाई अध्यक्ष निर्वाचित गरेको छ । शुक्रबार बर्जु गाउँपालिकामा भएको कार्यक्रममा मेहताको नेतृत्वमा उपाध्यक्ष कमल कामत र पूजा राई,सचिव : नकुल राय, सह सचिव बिरेन्द्र चौधरी र बिसाल चौधरी, सदस्यहरु संदिप सरदार, अर्जुन यादव, राजेन्द्र शाह, अफताब आलम लगायत २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।नेकपा एमाले केन्द्रिय सदस्य पुर्ब मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मा नेपाल खेलकुद महासङ्घका स्थायी कमिटी स
दुहबि । नेकपा एमालेकी प्रभावशाली नेतृ भगवती चौधरीले खेलकुदको माध्यमबाट मुलुकलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन आफु सदैव लागिपर्ने बताएकी छिन् । सुनसरी निर्वाचन क्षेत्र नं. ३ को बर्जु गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै चौधरीले विद्यालय तहबाटै खेलकुदको विकास र खेलाडी उत्पादनमा जोड दिए दक्ष खेलाडी उत्पादन हुने बताइन् । स्थानीय तहका सरकार र जनप्रतिनिधिहरुले पनि खेलकुदको विकासमा सहयोग गर्नुपर्ने जनाउँदै चौधरीले स्थानीय तथा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न, खेलकुदको माध्यमबाट युवाहरुलाई प्रोत्साहन दिन आफु सदैव सकारात्मक रहेको पनि बताइन् । नेतृ भगवती चौधरीले स्थानीय तहमा युवा स
झापा । मेची भन्सार कार्यालयले आज (सोमबार) देखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ ।तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन । भन्सार कार्यालयले आइतबार सूचना जारी गरेरै असोज १० गतेदेखि नाकाबाट प्रवेश गर्ने भारतीय जीप, कार र मोटरसाइकल आदिलाई ‘सुविधा पास’ दिइने जानकारी गराएको छ ।मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले मेची उद्योग वाणिज्य सङ्घ र पर्यटन व्यवसायसँग आबद्ध सङ्घसंस्थाले सीमा नजिकको बजारसम्म भारतीय सवारीसाधनलाई सु
गोरखा । गोरखाको मनास्लु हिमाल आरोहणका लागि गएका पाँच नेपाली आरोही हिमपहिरोमा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सोमबार बिहान ११ बजेको समयमा खसेको हिम पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका हुन् ।हिमपहिरोमा बेपत्ता हुने आरोहीहरुमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा छन् । उनीहरु सबै जना आरोहण दलका सहयोगीका रुपमा त्यहाँ गएका थिए । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको र ६ जना सामान्य घाइते भएको उनले बत
इटहरी । सुनसरीको इटहरी ४ स्थित बगैचा टोल बिकाश संस्थाले गत शनिबार आफ्नो १८ औ वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ ।सुनिल कार्कीको नेतृत्वमा रहेको टोल विकास अठारौँ साधारण सभालेले संस्थामा रत्नबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्य समिती पनि चयन गरेको छ ।बिभिन्न सामाजिक कामहरूमा सकृिय संस्थाको रूपमा परिचित बगैचा टोल बिकाश संस्थाले कार्कीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितीको उपाध्यक्षमा उपाध्यक्ष कुसुम माया तमांग , सचिव पूर्ण बहादुर बस्नेत कोषाध्यक्ष लक्ष्मी पोखरेल, सह(सचिव सबिता राई, सदस्य अनिमेश कार्की, सदस्य दुर्गा माया तमांग लगायत अन्य रहेका छन ।कार्यक्रममा टोलको भवन
सप्तरी । राजविराज नगरपालिका-४ मस्जिद टोलकी ३२ वर्षकी आशा परियारलाई पछिल्लो समय मोबाइलले तनाव थपिदिएको छ । विवाह भएदेखिनै श्रीमानको हिंसा सहदै आफूले छोराको शिक्षामा ध्यान दिएको बताउने अहिले भने चिन्तित छिन् ।सधैँजसो रक्सी खाएर श्रीमाले आफूमाथि हिंसा गर्ने गरेको उनी बताउँछिन् । जसोतसो छोरालाई पढाइरहेको उनले एक स्थानीय निजी विद्यालयमा शिक्षिकाको काम थालिन् । छोरा कक्षामा राम्रो विद्यार्थीमा गनिन्थ्यो । कक्षामा पहिलो वा दोस्रो हुन्थ्यो । जीवनमा खुसी आउने उनको सपना लामो समयसम्म टिक्न सकेन ।कोरोनाको पहिलो लहरमा नौ महिनासम्म भएको विद्यालय बन्दका कारण छोरा मोबाइलको लतमा लाग्यो । मोबाइल र साथीहरूस
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.