इटहरी । इटहरीमा घरायासि बिवाद सडकमा अाएपछि ज्वाइले जेठानकाे हत्या गरेका छन । शनिबार साझ मुख्य चाैककाे नेश्नल गल्ली अघाडी ज्वाइले धारीलाे हतियार प्रहार गरेर जेठानकाे हत्या गरेका हुन । हतियार प्रहारबाट इटहरी ५ का ४६ वर्षीय सफारी चालक भुने चाैधरीकाे बाया हात छिनेकाे थियाे ।उनकाे उपचारकाे क्रममा धरानस्थित बिपि प्रतिस्ठानमा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । हतियार प्रहार गर्ने इटहरी ५ का राम भुजेल भने फरार रहेकाे प्रहरीले जनाएकाे छ । भुजेल फरार रहेपनि उनकाे एक सहयाेगी भने पक्राउ परेकाे प्रहरीले जनाएकाे छ । भुजेल नातामा चाैधरीकाे ज्वाइ पर्ने अनुशन्धानकाे क्र
बारा । बाराको सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने चालकसहित ३६ जना घाइते छन् । उक्त बसमा सवार केही यात्रुमात्र सामान्य रहेका र धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यही बसमा सवार १५ वर्षीय बालक हुन् बिरोज पाख्रिन ।बारा घर भएर मकवानपुरगढी बस्ने बिरोज मूलघरको टीका सकेर बिहानै बाराको अमलेखगञ्जमा रहेको घरमा पुग्न बिहान ५ बजे नै हेटौंडा बसपार्क पुगेका थिए । आफ्ना ४५ वर्षीय बुबा ललित पाख्रिनका साथ उनी बस कुर्दै थिए । दशैँका कारण थोरै सवारी र त्यसमा पनि खचाखच भरिएर आएका सवारी साधनहरुका कारण ३-४ घण्टा बसपार्कमा नै कुर्नुपर्यो । धेरैपछि नारायणगढबाट बीरग
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो । वडा अध्यक्ष भाइकृष्ण तामाङका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथी रहेका छन् ।
इटहरी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) इटहरी नगर कमिटीको आयोजनामा २०७९ सालको बडा दशै तथा शुभदिपावालि को शुभकामना आदन-प्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । इटहरीस्थित युवा विकास केन्द्र हलमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नगर अध्यक्ष गणेश बुढाथोकि को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रिय कमिटी उपाध्यक्ष घनेन्द्र बस्नेत, विशिष्ट अतिथि केन्द्रिय कमिटी सदस्य सुनसरी स-इन्चार्ज खेलकुद माहासंघ केन्द्रिय अध्यक्ष केशव कुमार बिष्ट, केन्द्रिय कमिटी सदस्य सुन्सरी स- इ
नवलपरासी । नारायणी नदीमा आएको बाढी पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सुस्ता बस्तीमा पसेको छ । गण्डक बाँधअन्तर्गत ठोक्कर नम्बर १ को बाँध फुटेर बस्तीतर्फ बाढी पसेको हो । फुटेको बाँध अहिले स्थानीय र सुरक्षाकर्मीले थुन्ने प्रयास गरिरहेका छन् ।नारायणी नदीको पूर्वतर्फबाट थारु टोलमा बाढी पसेपछि सुस्ताका करिब ५० घर डुबानमा परेको स्थानीय मुन्सी गुप्ताले जानकारी दिएका छन् । नारायणी नदीको बहाव बढ्दो भएकाले बाढीको थप जोखिम रहेको भन्दै सुस्ताका स्थानीयलाई सुरक्षाकर्मीले सामुदायिक भवन र विद्यालयमा सुरक्षित स्थानमा राखेका छन् । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलका अनुस
इटहरी । गत मङ्गलबार साँझदेखि परेको अबिरल वर्षाले गर्दा नेपालीहरुको महान पर्व बडादसैँको रौनकता बढाउन सकेन । चाडपर्वको समयमा आफन्त,इष्टमित्र,मान्यजनको हातको टीका थाप्न र आर्शिबाद लिन बर्षाका कारण कठिनाई भएको व्यास–१० निवासी तुलबहादुर सुनार बताउनुहुन्छ । अबिरल वर्षाकै कारण ससुराली घर चितवनमा जान समेत रोकिनुपरेको उहाँको दुखेसो छ । जाउँ जाउँ त लागेको छ, लामो दूरीको सडक त्यसमा पनि ठाउँ ठाउँमा पहिरो खस्ने चिन्ताले जाने चाहना हुँदाहुँदै पनि नसकिएको सुनार बताउनुहुन्छ ।कोरोनाका कारण तीन बर्ष खुलेआम चाडपर्व मनाउन नपाएका नेपालीहरुले यसबर्ष दसैं हर्षोल्लास र उमङ्गका साथ मनाउने सपना देखेपनि
धर्मदेवी । संखुवासभाको धर्मदेवी नगरपालिका वडा नं ९ ले वडावासीको दुःखमा मानोचामल र समवेदना अभियान सुरु गरेको छ । वडाले आफ्नो वार्षिक कार्यक्रममा आवश्यक बजेट विनियोजन गरी यस्तो अभियानको थालनी गरेको हो । वडाध्यक्ष चित्रकुमार कार्कीले वडावासीको दुःखमा सान्त्वना दिनुका साथै धेरथोर राहत पुगोस् भनेर यस्तो कार्यक्रम सुरु गरिएको बताउनुभयो । “कसैको परलोक यात्रामा हामी दुःखी हुन्छौं र मृतकका परिवारको शोकमा कुनै न कुनै प्रकारले निकटता प्रकट गर्छौं र साथ दिन्छौँ ।” उहाँले भन्नुभयो, “यो हाम्रो परम्परागत संस्कार पनि हो, त्यसलाई वडा कार्यालयले अपनत्व महशुस गरेको हो ।”वडामा नयाँ जनप्रतिनिधिहरु आएपछि सुरु भएको
मोरङ : आगामी मंसिर ४ गते हुने प्रतिनिधिभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित ६ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।बिहीबार मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित ६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन मोरङका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले गरेका थिए ।जिल्ला समन्वय समिति मोरङको कार्यालयमा मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित क्षेत्र नम्बर ६ को निर्वाचन अधिकृतको कार्यालय राखिएको छ ।मुख्य निर्वाचन अधिकृत ढुंगेलका अनुसार मोरङमा ३ सय
लेटाङ । लोखराबाट राजारानीसम्म जाने पुरानो पैदल मार्गमा निकैपछि चहलपहल देखियो । वर्षौं पुरानो यो गोरेटो बाटोमा वर्षौंपछि मान्छेको लामो ताँती लाग्यो । वर्षौंसम्म सुनसान रहेको यो पुरानो बाटोमा मानिसहरुको ठूलै हल्ली खल्ली सुनियो । के युवा, के महिला, के वृद्ध ? कसैको हातमा कोदाली, कसैको हातमा खन्ती त कसैको हातमा खुकुरी र दाउ । कोही ढुंगा निकाल्ने, कोही माटो सम्याउने त कोही झाडी फाँड्न व्यस्त । निकै उमंंग र उत्साहका साथ उनीहरु स्वतस्फूर्त रुपमा काममा जुटे । लेटाङ नगरपालिकाले लोखराबाट राजारानीसम्म जाने पुरानो पैदल बाटोलाई पर्यटकीय पदमार्गको रुपमा विकास गर्न सकिने भन्दै काम अघि बढाउन स्थानीयबासील
रूपन्देही । सवारी दुर्घटनामा परी नेकपा एमाले रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको ज्यान गएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधईमा स्कुटर दुर्घटनामा परी उनको मृत्यु भएको हो । लु ४१ प ९८७ नम्बरको स्कुटरमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन् ।उपचारका लागि भीम अस्पताल पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरीकार्यालय रुपन्देहीका डीएसपी एवं प्रवक्ता श्यामु अर्यालले बताए । चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका–६ की वडा सचिव हुन् भने अनेरास्ववियु जिल्ला कमिटी सहसचिव पनि हुन् । राजनीति र सामाजिक क्षेत्रमा सक्रिय चौधरी एमाले लुम्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.