All Posts By कोशी प्रेस

    Showing ११,८४१-११,८५० of १३,७४३ items.
  • ऐसेलुखर्कको बादेलमा भाइरल फैलियो, १०३ जनाको उपचार

    खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको बदेलमा भाइरल फैलिएको छ । दशैँ अघिदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टा र शरीर खानेलगायतका समस्या देखिने भाइरल फैलिएको हो । भाइरलले साबिकको बाकाचोल–२ र ३ मा पर्ने बदेलका अधिकांश घरका स्थानीय बिरामी परेको वडाध्यक्ष नन्दकुमार तामाङले बताए ।भाइरलको बिरामी बढ्दै गएपछि स्वास्थ्य चौकी बाकाचोलसँगको समन्वयमा औषधिसहित स्वास्थ्यकर्मी लगेर बदेलमा उपचार शिविर सञ्चालन गरिएको छ । उपचार शिविरमा १०३ जनाको स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधि वितरण गरिएको छ ।गाउँभरी भाइरल फैलिएको खबर पाएकै भोलिपल्ट स्वास्थ्यकर्मी र औषधि लगेर उपचार शिविरको

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • १५२ पटक पढिएको
  • आम निर्वाचन : धनकुटामा महिला र दलितकाे उम्मेद्वारी न्युन

    धनकुटा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि धनकुटाबाट १८ जना उम्मेदवार भए पनि दलितको उम्मेदवार शून्य र महिलाको उम्मेदवार न्यून रहेको छ । धनकुटामा एक प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने सबै ७ जना नै पुरुष छन् । २ वटा प्रदेशसभाका लागि उठेका ११ जनामा १ जना मात्र महिला उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. ख मा नेकपा माओवादी केन्द्रकी कुशुमकुमारी श्रेष्ठले उम्मेदवारी दर्ता गराएकी छन् । दलितको उम्मेदवारी भने शुन्य छ । प्रत्यक्षतर्फ मात्र नभई धनकुटाबाट समानुपातिकमा पनि दलित अटाउन सकेका छैनन् ।महिला

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • १०१ पटक पढिएको
  • प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन : प्रदेश १ र मधेश प्रदेशबाट मतपत्र ढुवानी सुरु

    इटहरी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको ढुवानी सुरु भएको छ । निर्वाचन आयोगले प्रदेश नं १ र मधेस प्रदेशबाट ढुवानी सुरु गरेको हो । समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हालसम्म खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा उक्त मतपत्र ढुवानी भएको आयोगले जनाएको छ । उक्त प्रणालीका लागि कूल चार करोड छ लाख पाँच हजार मतपत्रको छपाइ सम्पन्न भएको थियो । प्रतिनिधिसभातर्फको समानुपातिक प्रणालीका ला

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • ४३ पटक पढिएको
  • वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

    काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । १०३ वर्षीय जोशी २४ दिनदेखि ललितपुरको किष्ट मेडिकल कलेजमा उपचारमा थिए । उनको केहिबेर अघि निधन भएको हो ।अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यका अनुसार जोशीको मृत्युको घोषणा गर्न भने बाँकी छ । तर, जोशीको मृत्यु भइसकेको डा. बज्राचार्यले जानकारी दिए ।उनको छातीमा निमोनिया र पिसाबमा इन्फेक्सन देखिएको थियो । बिहीबारदेखि मुटुको चालमा घट्बढ भइरहेको थियो भने छातीमा संक्रमण बढेको थियो । गत बुधबार अवस्था केही सहज देखिएपछि जोशीलाई सघन कक्ष (आइसियू) बाट नर्मल बेडमा सारिएको थियो । तर, बिहीबार स्वास्थ्य थप जटिल बनेपछि पुनः सघन कक्षमा सारि

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • ४४ पटक पढिएको
  • सतता गठबन्धनले प्रदेश एककाे बिराटनगर सहित सातै प्रदेशमा संयुक्त भेला गर्ने, कुन प्रदेशमा कस्काे नेतृत्व ?

    इटहरी । सत्ता गठबन्धनले मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर देशका सात वटै प्रदेशहरुमा संयुक्त भेला आयोजना गर्ने भएको छ ।गठबन्धनले आउँदो कार्तिक पहिलो साता शीर्ष नेताहरुको उपस्थितिमा प्रदेशस्तरीय संयुक्त भेला गर्न लागेको हो ।भेलामा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, प्रदेश समितिका पदाधिकारीहरु र जिल्ला सभापति तथा अध्यक्षसहित तीन जनाको सहभागितामा कार्तिक ४ गतेबाट प्रदेशस्तरीय भेला शुरु हुने गठबन्धनले जनाएको छ ।गठबन्धनले नेकपा एकीकृत समाजवादीको समन्वयमा पहिलो दिन गण्डकी प्रदेशको पोखरा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला गर्ने निर्णय गर

    • प्रकाशित मितिः असोज २९, २०७९
    • ११३ पटक पढिएको
  • शिवजट्टाकाे मुहानबाट पानी ल्याउने हर्ककाे याेजनालाइ उपभाेक्ताकाे अंकुस : बिराेधपछि रित्तै फर्किए हर्क

    इटहरी । आफूहरुले उपभोग गरिरहेको खानेपानीको मुहान क्षेत्र शिवजट्टाबाट मेयर हर्क साम्पाङले सहमति नगरि खानेपानी लैजान लागेको भन्दै स्थानीय उपभोक्ताहरुले विरोध जनाएका छन् ।स्थानीयको चर्को विरोध तथा दबाब पछि मेयर साम्पाङले मुहान क्षेत्र परिवर्तन गर्न सहमत भएका छन् ।मेयर साम्पाङले जनश्रमदानबाट बिहिबारदेखि वडा नं १५ लाई लक्षित गरेर शिवजट्टाबाट पानी ल्याउने काम शुरु गर्न लागेका थिए ।यो थाह पाएपछि स्थानीय उपभोक्ताहरु बिहानैदेखि कोशी राजमार्गसँग जोडिएको शिवजट्टा जाने बाटो शिवधारामा भेला भएका थिए ।शिवजट्टामा निर्माण सामग्रीहरु लैजान नदिन वडा नं ४ र १४ का उपभोक्ताहरु आएर बाटो छेकेपछि केही बेर तनावग्रस्त स

    • प्रकाशित मितिः असोज २९, २०७९
    • ४६ पटक पढिएको
  • सेना र प्रहरी खटाएर मिडिया अनुगमन गर्ने निर्णयबाट पछि हट्यो आयोग

    इटहरी । विरोध भएपछि चुनावमा सञ्चारमाध्यमको अनुगमन र निगरानी नेपाली सेना र नेपाल प्रहरीका प्रतिनिधिबाट गराउने निर्णयबाट निर्वाचन आयोग पछि हटेको छ ।कार्यविधि ल्याएर निर्वाचनमा मिडिया अनुगमन र कारबाही आफैँ गर्न खोज्दा प्रेस काउन्सिलसहित सञ्चार क्षेत्रबाट व्यापक विरोध भएको थियो ।आयोगले सेना र प्रहरीका समेत प्रतिनिधिसहित निर्वाचन मिडिया अनुमगन संयन्त्र बनाउने गरी ‘प्रेस अफिस स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७९’ ल्याएको थियो । आयोगको शुक्रबार बसेको बैठकले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरूप भए–नभएकोबारे नियमित

    • प्रकाशित मितिः असोज २९, २०७९
    • ४२ पटक पढिएको
  • सिरहाबाट १८ वर्षिय युवककाे अपहरण , बिराटनगर ल्याएर हत्या : तिन जना पक्राउ

    इटहरी । सिरहाबाट अपहरणमा परेका १८ वर्षीय युवकका शुक्रबार विराटनगरमा हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।सिरहाको गोलबजार घर भएका १८ वर्षीय अंशु सदाको शव विराटनगर बसपार्कमा रहेको अप्सरा गेष्टहाउसभित्र भेटिएको हो ।उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २६ वर्षीय मनोज कार्की, १९ वर्षीय विष्णु भनिने प्रशान्त मण्डल र धनुषाको कमला नगरपालिका–६ का राकेश ठाकुर छन् ।उनीहरुमाथि थप अनुसन्धान भईरहेको एक जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।प्रारम्भिक अनुसन्धानका क्रममा  समयमा नै सूचना नआएका कारण घटना भएको प्रहरीले निष्कर्

    • प्रकाशित मितिः असोज २९, २०७९
    • ४७ पटक पढिएको
  • सुन्दरहरैंचामा कार्तिक ३ गते देखि वडा स्तरीय फुटसल प्रतियाेगिताकाे तेश्राे संस्करण हुने

    सुन्दरहरैचा । फुटसल खेलको विकास तथा खेलाडीहरु उत्पादनमा सहयोग पुर्याउने उद्धेश्यले मोरगंको सुन्दरहरैचामा आयोजना गरिदै आएको वडा स्तरिय फुटसल प्रतियोगिताको तेस्रो सस्करण आगामी कार्तिकमा हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाको प्रवन्धन तथा प्लानेट रिक्रियसन सेन्टरको आयोजनामा सुन्दरहरैचा मेयर कप  तेस्रो वडा स्तरिय फुटसल प्रतियोगितामा आगामी कार्तिक ३ गतेबाट सुरु हुने पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।   पत्रकार सम्मेलनमा नगरपालिकाका १२वटै वडाको सहभागिता रहने र १२वटै टिमलाई चार वटा समुह वनाएर खेल खेलाईने जानकारी गराइयो ।  खेलकुद क्षेत्रको विकास लागि समेत बजेट विनियोज गर्

    • प्रकाशित मितिः असोज २९, २०७९
    • ६३ पटक पढिएको
  • सन्दीप लामिछानेलाई आज पनि म्याद थपका लागि अदालतमा लगिँदै

    काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई म्याद थपका लागि आज (बिहीबार) जिल्ला अदालत काठमाडौं लगिँदैछ ।नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो ।गत सोमबार मात्रै २० गतेबाट लागू हुने गरी उनलाई ७ दिन म्याद थपिएको थियो । गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो । २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको प्रमाण पेस गरेका थिए ।

    • प्रकाशित मितिः असोज २७, २०७९
    • ४२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]