विराटनगर । प्रदेश प्रहरी कार्यालय विराटनगरले विभिन्न कार्यक्रम गरी सोमबार ६७ औं प्रहरी दिवश मनाएको छ । अमर प्रहरीहरुलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै खेलकुद, स्वास्थ्य शिविर, रक्तदान, सार्वजनिक स्थल सरसफाइ, दिपावली आदि कार्यक्रम आयोजना गरेर प्रहरी दिवस मनाएको हो ।सोमबार प्रदेश प्रहरी कार्यालयमा विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए भने उत्कृष्ठ प्रहरीहरुलाई पुरस्कार वितरण गरेका थिए । उनले कर्तव्यपालनाको सिलसिलामा गत वर्ष प्रदेश १ मा वीरगति प्राप्त गर्ने प्रहरी कर्मच
इटहरी । झापाको बिर्तामोडमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड २ बेलडाँगीको भित्री सडकमा विपरित दिशा बाट आउँदै गरेका दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुईवटै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरुमा मे ५ प १६०४ नम्बरको मोटरसाइकलका चालक बाह्रदशी गाउँपालिका वडा नम्बर २ का २५ अनिश साउँदेन् र सोही गाउँपालिका वडा नं ६ का मे ३ प ५५८० नम्बरको मोटरसाइकलमा सवार ४३ बर्षिय भोलाराज भुजेलको मृत्यु भएको हो ।उनीहरुको बिएण्डसी अस्पतालमा उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएक
इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेखा थापाले आफू आफ्नो कुरा राख्नभन्दा जनताको कुरा सुन्न आएको बताइएकी छन्। मोरङको सुन्दरहरैचा बेलेपुरमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन्।‘नेताहरु पटकपटक आउँछन्, कान पाक्ने गरी, कान दुख्ने गरी, दिमाग हल्लिने गरी कुराहरु सुनाउँछन्। सपना देखाउँछन्,’ रेखाले भनिन्, ‘अनि त्यो सपना उधारो हुन्छ। अनि त्यो कुराहरु केही पनि पुग्दैन्। म सपना सुनाउन आएको होइन, तपाईंहरुको समस्या सुन्न आएको हो। मैले यहाँको समस्याहरु सबै बुझेको छु।’आफू नेता बन्न होइन, नेता बनाउन आएक
उदयपुर । उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका युनियनहरु आन्दोलित भएका छन । उद्योगमा कार्यरत मजदुरहरुको चार वटा संगठनले ज्ञापन पत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेको छ ।उनीहरुले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराऊ गरि बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका हुन् । घेराऊपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने बताएको एक मजदुरले जानकारी दिए । उदयपुर सिमेन्ट उद्योग राजनितिक कोपभाजनको सिकार बन्दै आएको छ । नेपालकै उत्कृष्ट गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योग राजनितिक खिचातानी तथा कच्चा पदार्थ अभावका कारण बन्द हुने
धनकुटा । धनकुटाको साँगुरीगढी–६ भेडेटार नजिक चारखोलेमा सोमबार बिहान गुडिरहेको भ्यानमा आगो लागेको छ ।तरकारी बोकेर धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश नं. २, ०१००१ च २४१ नम्बरको गाडीमा बिहान २ः२० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।गुडिरहेको बेला अकस्मात वायरिङ सट भई आगो लागेको चालकले जानकारी दिएका छन् । गाडीको इन्जिनसहित अघिल्लो भागमा पूर्णरुपमा क्षति पुगेको भेडेटारका प्रहरी नायब निरीक्षक रामप्रसाद शर्माले जानकारी दिए । भेडेटारबाट पुगेको प्रहरी र अन्य गाडीका चालक सहचालकको मद्दतले आगो नियन्त्रणमा आएको शर्माको भनाई छ ।गाडी चालक सिरहा मिर्चैयाका अनिश दर्लामीसँग सोधपुछ भइरहेको प्रहरीले जनाए
इटहरी । नेपाली कांग्रेसका विजयकुमार गच्छदार र नेकपा एमाले छाडेका स्वतन्त्र उम्मेदवार प्रभु साहसहित प्रतिनिधि सभा र प्रदेश सभाका ९ उम्मेदवारको उम्मेदवारी खारेज गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलाले आइतवार काठमाडौंका अनिल आचार्यसहितले निर्वाचन आयोगसहित उम्मेदवारहरुविरुद्ध हालेको रिट खारेज गरिदिएसँगै गच्छदारलाई सुनसरी ३ र साहलाई रौतहट ३ मा चुनावी प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ ।गच्छदार, मनाङका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ, तनहुँ क्षेत्र नं १ का स्वतन्त्र गोविन्दराज जोशी र रौतहट क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार प्रभु सा
काठमाडाैं । लौरो निर्वाचन चिह्न कुनै पनि स्वतन्त्र उम्मेदवारको चिह्न रहेको छैन तर कतिपय दलका उम्मेदवारले समेत उक्त चिह्नबाट लोकप्रियता पाउने आशामा सो चिह्नबाट आफूलाई प्रचारप्रसार गरिरहेका छन् ।निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिह्नबाट प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।ती उम्मेदवारले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रसार गरेको कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभाव
काठमाडाैं । दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरु सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन् । यसरी खटिने प्रहरीले न शुक्रबारको आधा दिन मात्रै काम गरे पुग्छ, न बिदा र चाडपर्वमा अन्य कर्मचारीसरह बिदा पाउँछन् ।यसो त अन्य समयमा पनि जुनसुकै बेला कामका लागि तयारी हुनुपर्दछ । परिवार सँगसँगै रहेर सेवा गर्ने मौका उनीहरुलाई कमै मात्र पाउँछन् । सरकार तलब भत्ता खुवाउने फौजीबाहेकका सबै कर्मचारीको भन्दा पृथक र कडाइका सा
इटहरी । मोरगंको सुन्दरहरैचामा रहेको दुलारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अधिवेशनले पुनः हेमन्त कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । सर्वसम्मत रुपमा सम्पन्न अधिवेशनले नयाँ कार्य समितिको उपाध्यक्षमा पुष्पप्रसाद ढकाल सचिवमा कृष्णप्रसाद भुर्तेल कोषाध्यक्षमा राजेन्द्र कार्की सहसचिवमा केदारप्रसाद पौडेललाई चयन गरेको हो ।त्यसै गरी सदस्यहरुमा रिमा ढकाल,तुलसा बस्नेत ,रेनुका कार्की ,अशोक कार्की ,हिरण्यप्रसाद पौडेल र धु्रव निरौला रहेका छन । दुलारी बचत तथा ऋण सहकारीको २४औं वार्षिक साधारण सभा तथा अधिवेशन उदघाटन कार्यक्रममा सहकारीका अध्यक्ष हेमन्त कार्कीको अध्यक्षता तथा १ नम्बर प्रदेश बचत तथा ऋण
इटहरी । भारतबाट ल्याइएको झण्डै आठ लाख मूल्य बराबरको अवैध पटका सशस्त्र प्रहरीले झापा र सुनसरीबाट बरामद गरेको प्रहरीले जनाएको छ ।तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर नेपाल भित्राइएको अवैध पटका सशस्त्रले नियन्त्रणमा लिएकाको हो ।पटका ओसारपसारमा संलग्नहरू भने सशस्त्रलाई देखेपछि फरार बनेका थिए । बोरामा प्याक गरेर ल्याइएको विभिन्न प्रकारका १० बोरा पटका झापाको झापा गाउँपालिका–१ बाट बरामद भएको प्रहरीको भनाइ छ । सशस्त्र प्रहरी निरीक्षक विभूराज दाहालको नेतृत्वमा खटिएको टोलीले सात लाख ५० हजार मूल्य बराबरको पटका बरामद गरेको हो । त्यस्तै सशस्त्र प्रहरीले सुनसरीको हरिनगरा गाउँपालिका–१ बाट शुक्रबार विभिन्न प्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.