सुनसरी, । कृष्ण कुँवरलाई अहिले गढी गाँउपालिकामा पर्ने औरावनीमा कुँवर सर भनेर जन जनले चिन्छन । नचिनुन पनि किन ? उहाँले त्यहाँको सरस्वती उच्च माविमा ३८ बर्ष पढाउनुभयो । त्यहि स्कुलवाट पढाउन सुरु गर्नुभएको ३८ बर्ष पछि त्यहि स्कुलबाटै रिटायर्ड हुनुभयो । सुनसरी क्षेत्र नम्वर ३ की एमाले उम्मेदवार भगवती चौधरीलाई कुँवर सरले सरस्वती स्कुलमा कक्षा ८ देखि १० सम्म पढाउनुभयो । भगवती चौधरीले चुनावी अभियान सञ्चालन गरिरहदा कुँवर सरले कक्षा ८ देखि १० सम्म पढाउदाको वेला झल्झली यसरी सम्झनुभयो- भगवती औरावनीमा कक्षा ८ मा पढथिन,मधेशाको स्कुलमा गएर एक दिन अग्रेँजीमा फरर भाषण गरिछिन, अँग्रे
ओखलढुंगा । सिद्धिचरण नगरपालिका–३ अधेरीमा दुई वर्षीया बालिकाको हत्या भएको छ। बुबा ३७ वर्षीय राजेन्द्र राईले सोमबार राती घाँटी थिचेर छोरी रितिका राईको हत्या गरेका हुन्। राति मदिरा सेवन गरी घर आएका राईले वाद विवादपछि श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमतीलाई समेत घाइते बनाएका थिए। यसक्रममा उनले नाबालिका छोरीलाई पनि खुकुरी प्रहार गरेका हुन्।राईले आफैँलाई समेत काटेर टाउकोमा घाउ बनाएको जिल्ला प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए। घाइते दुवैको सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ।मृतक बालिकाको शव पोष्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ।
बेलबारी । संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्याका साझा उम्मेद्वार डाक्टर सुनिलकुमार शर्माले आफु प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिने घोषणा गरेका छन । निर्वाचन अभियानका क्रममा आयोजिक कोणसभालाइ संवोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेद्वार शर्माले आफु समाज र राष्ट्रलाइ दिनका लागि मात्र उम्मेद्वार भएको र सांसद भएपछि पनि लिने भन्दा , यो समाज र राष्ट्रलाइ के बढी दिन सकिन्छ आप्नो ध्यान त्यसमा बढी भएको बताएका छन । भ्रष्ट्राचार गर्नु वा घुस खानु आप्ना लागि आमाको रगत खाएसमान हुने भन्दै शर्माले राज्यकोष बाट कुनै सुविधा न
डोटी । डोटी केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौँ घर भत्किएका छन् ।डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा पुरिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए। गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित ६ जनाको मृत्यु भएको बताए।पूर्
इटहरी । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा सुनसरी क्षेत्र नं. ३ को चुनावी माहौल गर्मिलो हुँदै गएको छ ।नेकपा एमालेकी प्रभावशाली नेत्री भगवती चौधरीको पक्षमा उत्रिएको जनलहरले यसपटक सुनसरी ३ मा मतदाताले परिवर्तनको पक्षमा मत खसाल्ने बताइएको छ ।३० वर्षयता एकै किसिमको राजनीतिक नेतृत्व भएको र विकासका काम सुस्त भएको भन्दै प्रतिनिधिसभा सदस्यकी उम्मेदवार चौधरीले सामाजिक र आर्थिक विकासका लागि आफूलाई जिताउनुपर्ने बताइन् ।आर्थिक सवलीकरणका एजेण्डासहित चुनावी मैदानमा उत्रिएकी उनले आँफूलाई मत दिनका लागि जनता तयार रहेको बताइन् ।अहिले चुनावी घरदैलो अभियानका क्रममा
इटहरी । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आयोजक डाँगीहाट युथ क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । पहिलो सेमिफाइनल खेलमा विभागीय टिम एपीएफले २–१ गोल अन्तरले जित हासिल गरेको थियो । फाइनल भीडन्त पक्का गरेको उसले उपाधिका लागि धनकुटाको राजारानी फुटबल क्लब र सिरहाको सहलेस युथ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा मंगलबार राजारानी र सहलेसबीच प्रतिस्पर्धा हुने
इटहरी । मङ्सिर ४ गते हुने संसदीय निर्वाचनका निम्त्ति सवारीसाधनमा माईक जडान गरी चुनावी प्रचारप्रसार गर्न नपाइने भएको छ ।सवारीसाधनमा माईक जडान गरी प्रचारप्रसार गरे कानुन बमोजिम कारबाही गरिने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको हो । निर्वाचन आचारसंहिता सम्बन्धमा राजनीतिक दलहरूसँग छलफलका निम्त्ति सोमबार आयोजित एक कार्यक्रममा कार्यालयले यस्तो जनाएको हो । कार्यालयका अनुसार निर्वाचनलाई दृष्टिगत गर्दै मोटरसाइकल र्याली, फ्लेक्स प्रिन्टहरूको प्रयोग र अनुमति नलिएका सवारीसाधनमा झण्डाको प्रयोग समेत गर्न नपाइने भएको छ । आचारसंहिता उल्लंघन भए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम १ लाख रूप
झापा । मंसीर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि ग्रामीण क्षेत्र अझ आदिवासी समुदायमा मतदाता शिक्षा पुग्न नसकेको सम्बन्धित क्षेत्रका नागरिकले गुनासो गरेका छन् ।आदिवासी समुदायलाई हरेक हिसाबले पछाडि पारिएको भन्दै समुदायका अगुवा महिलाहरुले मतदाता शिक्षाबाट समेत उनीहरु बञ्चित बन्नु परेको बताए । सोमवार बिर्तामोडमा भएको छलफलमा सहभागी आदिवासी समुदायका महिलाहरुले आफ्नो समुदायमा मतदाता शिक्षाको अवस्था न्यून रहेकाले प्रभावकारी रुपमा मतदाता शिक्षा प्रदान गर्न सरकार, राजनीतिक दल र अन्य सरोकारवालालाई अग्रह गरेका छन् ।चुनावताका राजनीतिक दल र उम्मेदवारहरुले आदिवासी समुदायका समस्या
इटहरी । सुनसरी क्षेत्र नं. ३ (क) बाट प्रदेशसभाका लागि उम्मेदवारी दिएका रोहित कार्की यतिबेला जनताको घरघर पुगेर उनीहरुको समस्या बुझ्न व्यस्त छन् । उनी जनताको घरदैलोमा पुगेर जनतासंग प्रत्यक्ष भेट गरिरहेका छन् । लामो समयदेखि राजनितिमा सक्रिय रोहित कार्की जनताले रुचाएका व्यक्तिमा पर्छन् । उनी खनार गाउँ पञ्चायतको पूर्व प्रधानपञ्च पनि हुन् । खनारमा रहेका हरेक भौतिक पूर्वाधार निर्माणमा कार्कीको निकै सहयोग छ । उनी खनारबासीले आफूलाई माया गर्नेमा विस्वस्त छन् । उनले यसअघि संसदिय निर्वाचन र स्थानिय निर्वाचन समेत लडेका थिए । तर उनी त्यस निर्वाचनमा पराजित हुन पुगेका थिए । २०४२ सालदेखि अहिलेस
इटहरी : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अवधिभर सुनसरी जिल्लामा मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । निर्वाचनको अन्तिम मत परिणाम घोषणा नभएसम्मका लागि जिल्लाभर मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाइएको हो ।सोमबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा जारी सूचना अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २०७९ कार्तिक २० देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.