इटहरी । सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयकुमार गच्छदारले प्रचारप्रसारका क्रममा व्यापक रुपमा निर्वाचन आचारसंहिता विपरितका कार्य गरेका छन् । गच्छदारले निर्वाचन आयोगको आचारसंहिता विपरित ठाउँठाउँमा फ्लेक्स व्यानरहरु राखेका छन् ।गच्छदारले मतदातालाई आकर्षित गर्न आफ्नो फोटो राखेर ठूल्ठूला फ्लेक्सहरु चोक चोकमा झुण्ड्याएका हुन् । निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले निर्वाचन आयोगले तोके अनुसारको प्रचार सामग्री प्रयोग गर्नुपर्नेमा गच्छदारले सो विपरित ठूल्ठूला रंगीन फ्लेक्स नै राखेका छन् ।दुहवी नगरपालिका वडा नं। ११ तनमुनाको मुख्य चौकमा गच्छदारले आफ्नो तथा प्रदेश सभ
इटहरी । मोरङको सुन्दरहरैचा ३ गछिया स्थित दुलारी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औ वार्षिकोत्सवको अवसरमा बिभिन्न १५ वटा कार्यक्रमहरू गरी मनाउने भएको छ । शुक्रबार सहकारीको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारी सञ्चालक समितीले १५ वटा कार्यक्रमहरू गरी रजत जयन्ती मनाउने जानकारी दिएको हो । कार्यक्रमहरू १५ वटा भएपनि रजत जयन्ती संस्थाले वर्षभरी मनाउने पनि पत्रकार सम्मेलनमा जानकारी गराएको छ । १७ सय शेयर सदस्य रहेको दुलारी बचत तथा ऋण सहकारी संस्थाले कार्तीक २५ गते देखि २०८० असार १५ सम्म बिभिन्न चरणका कार्यक्रमहरू गरी रजत जयन्ती मनाउने भएको हो । स्थापना कालदेखि यहा सम्म आइपुग्दा सहकारील
इटहरी । इटहरी २० तरहराकी ३० वर्षीया रमा चौहानले तिम्ल्याहा शिशुलाई जन्म दिएकी छन् ।३ कार्तिकमा हस्पिटल भर्ना भएकी चौहानलले १० कार्तिकमा तिम्ल्याहा नवजात शिशुलाई जन्म दिएकी थिइन् । चौहानलले जन्म दिएकी तीनै जना छोरी रहेको छ ।अस्पतालकी वरिष्ठ स्त्री, प्रसूति तथा निसन्तान विशेषज्ञ डा। प्रेरणा दाहाल नेतृत्वको टोलीले उनको प्रसूति गराएको थियो ।गर्भ रहेको २९ सातामै चौहानले शिशु जन्माएकी हुन् ।सामान्य अवस्थामा शिशु ४० सातामा जन्मिए पनि गर्भमा २ वा त्यसभन्दा बढी शिशु रहेको अवस्थामा सामान्य गर्भावस्थामा भन्दा छिटो पैदा हुने चिकित्सकको भनाइ छ । चौहानलले गर्भ रहेको २९ हप्ता पुरा भएपछि यी शिशु जन्माएकी हुन्
झापा । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा झापा कारागारमा रहेका कैदीबन्दीमध्ये एक सय ४८ जनाले मतदान गर्न पाउने भएका छन् । कारागारका एक हजार चार सय २७ जना कैदीबन्दी रहेका जनाइएको छ ।मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय झापाले जनाएको छ ।कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरुलाई मतदानको व्यवस्था गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “कैदीबन्दी धेरै भए पनि मतदाता नामावलीमा एक सय ४८ जनाको नाम छ । नाम भएकाले मात्र मतदान गर्न पाउनुहुन्छ ।”कारागारमा हाल एक हजार दुई सय
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।राष्ट्रपति भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेकी हुन् । “महागुरु फाल्गुनन्दले धार्मिक गुरु मात्र नभई एक सामाजिक अभियन्ताको रूपमा समाजमा विद्यमान अनेक विकृति र विसङ्गतिलाई हटाउनसमेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो”, सन्देशमा भनिएको छ, “उहाँले देखाएको बाटोमा हिँड्न सकेमा धार्मिक, सामाजिक त
इटहरी । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभामा नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिएको छ।बेलबारी नगरपालिका-८ निवासी लिम्बूले बिहीबारै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेका छन्। लिम्बू कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि एवम् नेविसंघ मोरङका पूर्व सभापति पनि हुन्। उक्त क्षेत्रबाट चुनावी मैदानमा रहेका शेखरचन्द्र थापाको डेंगु र निमोनियाका कारण बुधबार निधन भएको थियो। प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री थापाको निधनपछि निर्वाचन आयोगले मंसिर ४ मै निर्वाचन गर्ने गरी कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयन समय बिहीबारका लागि दिएको थियो। लिम्बूले बेल
रामधुनी । सुनसरी क्षेत्र नं. ४ (क) बाट प्रदेशसभाका लागि उम्मेदवारी दिएका परशुराम बस्नेत यतिबेला जनताको घरघर पुगेर उनीहरुको समस्या बुझ्न व्यस्त छन् । उनी जनताको घरदैलोमा पुगेर जनतासंग प्रत्यक्ष भेट गरिरहेका छन् । लामो समयदेखि राजनितिमा सक्रिय बस्नेत जनताले रुचाएका व्यक्तिमा पर्छन् । २०४० सालदेखि अहिलेसम्म बिश्राम नलिकन आफूले निरन्तर सामाजिक कार्य गरिरहेको उनी बताउँछन् । आफूले जीवनमा कहिल्यै पनि भ्रष्टाचार नगरेको र अब पनि नगर्ने उनले प्रतिबद्ता जनाए । नेकपा एमालेले निर्वाचनमा पुर्णरुपमा समर्थन गरिरहेको उनी बताउँछन् ।&nbs
बेलबारी नगरपालिकाका निवर्तमान मेयर ज्ञानेन्द्र सुवेदी यतिखेर प्रदेश सभा सदस्यको लागि उम्मेदवार बनेका छन् । नेकपा (एमाले) बाट उनी प्रदेश सभा सदस्यको लागि मोरङ क्षेत्र नं. ३ को २ बाट चुनावी मैदानमा उत्रिएका हुन् । बेलबारीका भिजनरी र सफल मेयरको रुपमा चर्चा गरिएका सुवेदी उत्साहित छन् । हामीले उनीसँग चुनावी माहोलका विषयमा गरेको कुराकानी यस्तो छ –हिजो बेलबारी नगरपालिकाको मेयर हुनुहुन्थ्यो, अहिले प्रदेशसभा सदस्यको उम्मेदवार हुनुभएको छ ? जनतामा जाँदाको अनुभूति के छ ?हिजो मेयर भएर ५ वर्ष काम गरिरहँदाका क्षणहरुलाई जनताले नजिकबाट प्रत्यक्ष रुपमा जोडिएर जाने खालको अवस्था थियो । जनतासँगै दैनिक जोडिनुपर्ने
धरान: सुनसरी उद्योग वाणिज्य सङ्घले बैङ्क तथा वित्तीय संस्थाले गरेको अव्यवहारिक ब्याजदर विरुद्ध आजबाट आन्दोलन स्वरूप विरोध जनाउँदै मौन रर्याली सुरु गरेको छ । चालु पॅूजि निर्देशिका स्थगित गर,बैङ्क हामीलाई प्यारो छ व्याज वृद्धिले गाह्रो छ,ब्याजदर हामीलाई चर्को भयो गरी खान गाह्रो भयो, बैङ्किङ आतङ्क बन्द गर, मेरो चाहाना देशमा रोजगार बढ्दो ब्याजदरले व्यवसाय सञ्चालनमा गाह्रो भयो लगायतका नारा बोकेर व्यापारीहरूले विरोध गरेका हुन्।चालु पुँजीले व्यवसाय सञ्चालनमा असर परेको भन्दै रोक्नका लागि माग गर्दै ब्याजदर १ डिजिटलमा हुनुपर्ने सहित १९ वटा आन्दोलनकारीको माग रहेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश
विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ का ६३ हजार ६२२ मतदाता यसपटक पनि दुई छिमेकीको प्रतिस्पर्धामा निर्णयक हुने छन् । अर्थात् प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सत्ता गठबन्धनका विजयकुमार गच्छदार र एमाले-जसपा गठबन्धनकी भगवती चौधरी राजनीतिक रूपले प्रतिस्पर्धी भएपनि छिमेकी हुन् ।यसअघि २०७० र २०७४ को निर्वाचनमा यी दुवैजना मैदानमा थिए । दुईटै चुनाव गच्छदारले जिते ।विजय र भगवतीको जात र समुदायमा मात्रै मिल्ने होइन । उनीहरूको गाँउ पनि एउटै हो । दुवै तत्कालीन भलुवा गाविसमा जन्मिएका हुन् । दुहवी नगरपालिकाभित्र पर्ने भलुवाका छिमेकी दुवैजना मोरङ्गिया थारु हुन् । उमेर र राजनीतिक यात्राको हिसाबले विजय भगवतीभन्दा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.