भोजपुरी अभिनेत्री अक्षरा सिंह प्रहरीको ‘फरार’ सूचीमा परेकी छन् । प्रहरीले उनको पटनास्थित घर बाहिर ‘फरार’ पोस्टर टाँसेको छ ।यो मामिला सन् २०२१ को हो । सन् २०२१ अप्रिलमा अक्षरा बाहुबली मुन्ना शुक्लाको डान्स पार्टीमा सहभागी थिइन् । डान्स पार्टीमा कैयौं नियम उल्लंघन भएपछि त्यहाँ फायरिङसमेत भएको थियो ।उक्त डान्स पार्टीविरुद्ध दर्ता भएको एफआईआरमा अक्षरालाई पनि अभियुक्तका रूपमा प्रस्तुत गरिएको थियो । एफआईआर दर्ता भएपछि अक्षरा फरार थिइन् । उनलाई दुई महिनाअघि मात्र यो मामलामा अदालतबाट गैर जमानती वारेन्ट जारी गरिएको थियो । जसकारण उनी फरार रहेको पोस्टर प्रहरीले प्रकाशन गरेको हो ।लालगन्ज थानाका प्रहरीले अ
इटहरी । साफ यू–१५ महिला च्याम्पियासिपको उपाधि नेपालले जितेको छ । बङ्गलादेशलाई हराउँदै नेपालले १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिको जितेको हो । शुक्रवार ढाकामा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि सुशीला केसीले खेलको १४ औँ मिनेटमा गोल गरिन् । पहिलो हाफमा नेपाल एक–शून्यले रह्यो । तर खेलको ५४ औँ मिनेटमा रुमा अख्तेरले गोल गर्दै बङ्गलादेशलाई एक–एक गोलको बराबरीमा ल्याइन् । त्यसपछि खेलको ८९ औँ मिनेटमा बङ्गलादेशले पेनाल्टी पाए पनि नेपालकी गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् । यो बराबरीसँगै नेपालले चार खेलमा १० अङ्क जोड्यो
झापा । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अंकुश लगाउने काम गरेको भन्दै त्यसको विरोध गर्नु भएको हो ।सञ्चार माध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदा हुँदै निर्वाचन आयोगले सञ्चार माध्यममाथि अंकुश लगाउने काम गरेको भन्दै अध्यक्ष पोखरेलले त्यसको विरोध गर्नु भएको हो ।नेपाल पत्रकार महासंघ झापा शाखाको बार्षिक साधारणसभाको आज उद्घाटन गर्नु हुँदै अध्यक्ष पोखरेलले सञ्चार माध्यमले निर्वाचन आचारसंहिता उल्लंघनका विषयलाई लिएर जथाभावी रुपमा निर्वाचन आयोगले पत्र काट्दै स्पष्टीकरण सोध्ने गरेको र त्यस्तो काम तत्काल बन्द गरिनु पर्ने उहाँको भनाई छ ।
इनरुवा । सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रमा चुनावको मिती नजिक आएसगै विभिन्न दल परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको छ ।एमालेका उम्मेदवार र नेताहरुले नेकपा एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाली काग्रेसका असन्तुष्ट नेता कार्यकर्ताहरुसँग चुनावको प्रचार अभियानका बिचमा एमाले प्रवेश गराउने योजना अनुरुप प्रवेशको लहर चलाएका हुन ।नेकपा एमालेका ४ नम्बर क्षेत्र निर्वाचन संयोजक सरोज पोखरेलका अनुसार विभिन्न राजनितिक दलमा रहेका भोक्राहा–नरसिह गाउपालिकाबाट १ सय ५० जना, बराहक्षेत्र नगरपालिकाबाट ५० जना र हरिनगर गाउपालिकाबाट १ सयजना नेकपा एमालेमा प्रवेश गरेका हुन ।स्थानिय तहको निर्वाच
इटहरी : इटहरीमा एक्सेल डेभलपमेन्ट बैंकले गरेको रक्तदान कार्यक्रममा ६४ पिन्ट रगत संकलन भएको छ ।बुधबार इटहरीमा गरिएको रक्तदानमा ६४ पिन्ट रगत संकलन भएको हो ।पछिल्लो समय रगतको चरम अभाव भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको बैंकका इटहरी शाखा प्रबन्धक कमल घिमिरेले बताए ।अहिले बैंकले डिजिटल बैंकिङ, रेमिट्यान्स सेवा, लकर सेवा लगायतका सुविधा उपलब्ध गराउँदै आएको बैंकका बिजनेस विभाग प्रमुख शिवकुमार गिरीले जानकारी दिए ।प्रदेश १ कै पहिलो विकास बैंकका रूपमा रहेको उक्त बैंकको केन्द्रीय कार्यालय झापाको बिर्तामोडमा रहेको छ । बैंकले ४४ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।
चुनाबी माहोल कस्तो पाउदै हुुनुुहुन्छ ?सुनसरी क्षेत्र नं. ४ (क) मा एमाले जसपा गठबन्धनको माहोल एकदम राम्रो पाएको छु । जनताहरु मंसिर ४ गते छाता चिन्हमा मतदान गर्न प्रतिक्षारत रहेको मैले पाएको छु ।तपाइको निर्वाचन क्षेत्रमा विकासका धेरै काम गर्न बाँकी छन् नी ?यो सत्य हो निर्वाचन जितेमा बाटाघाटा, बाढि, डुबान, उद्योग, विद्यालय सबै क्षेत्रमा प्राथमिक्ताका साथ काम गर्ने छु। रामधुनी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको विकास गर्छु , कोसी नदीको प्रकोप न्यूनीकरण गर्न, कोसी टप्पु वन्यजन्तु आरक्षणलाई वैज्ञानिक र आधुनिक पद्धतिबाट संरक्षण गर्न, प्रत्येक वडाहरूमा प्राथमिक स्वास्थ्य चौकीको स
धरान । धरानमा बिहानैदेखि घाम चर्केको छ । साँझपख चिसो बढ्दै गए पनि चर्को घामले दिउँसो घरदैलोमा उम्मेदवारलाई सकस परेको देखिन्छ । एमाले जसपा तालमेलबाट सुनसरी क्षेत्र न १ बाट प्रतिनिधि सभाका उम्मेदवार अशोक राई तातो घाममा ‘ढल्केको छाता’ चुनाव चिह्नमा भोट माग्दै जनताको घरदैलोमा छन् । पहाडको आलिङ्गन र चुरेको काखमा रहेको धरानमा स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार निर्वाचित भए नि कार्यपालिकामा नेकपा एमालेको बहुमत छ । सूर्य चिह्नको प्रभाव रहेको धरानले यसपाली प्रतिनिधि सभामा छाता चिह्नबाट उठेका उम्मेदवार अशोक राईलाई निर्वाचित गर्नु पर्ने हुन्छ । एमाले जसपाका साझा उम्मेद्वार
इटहरी, एमाले सुनसरी ३ की एमाले उम्मेदवार भगवती चौधरीले यसपटक जनताले आफूलाई न्याय गर्ने बताउनुभएको छ । इटहरी ६ अनामनगरमा आयोजित कोणसभालाई सम्वोधन गर्दै उहाँले भन्नुभयो “दुई दुई पटक जनताले जिताएपनि शक्तिको आडमा धाधली भयो,न्यायका लागि अदालत गएँ,अदालत बाट पनि न्याय पाइन,यसपटक चुनाव मार्फत जनताले मतदान गरेर न्याय दिनेमा ढुक्क छु । ” तीस बर्षमा पञ्चायती ब्यवस्था हटयो तर सुनसरी ३ मा एकै ब्यक्तिले ३१ बर्ष देखि शासन गरिरहेको जनाउदै उहाँले जनता परिवर्तनको पक्षमा रहेको बताउनुभयो । एकै ब्यक्ति तीसौ बर्ष शासनमा रहदा त्यसो शासन सामन्ती बन्ने उहाँको दावी छ । सुनसरी ३ मा तीस बर्ष देखि नभएको बिकासको काम आफूले
इटहरी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिद्ध्याउन खोज्नेहरू अब आफै सकिने बताएका छन् ।आज (शुक्रबार) धरानमा आयोजित चुनावीसभामा एमालेलाई सिद्ध्याउने षडयन्त्र लामो समयदेखि नै भएको भन्दै एमालेलाई सिद्ध्याउन खोज्नेहरू अब आफै सकिने टिप्पणी गरे ।उनले देश विकासका सन्दर्भमा गठबन्धनलाई बोकेको कांग्रेसलाई एक्लै चुनाव लड्न आउन चुनौती दिए ।ओलीले एक्लै चुनाव लडे एमालेले सिद्ध्याउँछ भन्ने कांग्रेसलाई राम्ररी थाहा भएको बताएका छन् । कांग्रेसले समाजवादको कुरा गरे पनि समाजवाद भन्ने नै थाहा नपाएको भन्दै उनले अहिले ढोडको वैशाखी टेकेर हिँडेको समेत बताए ।उनले विदेशी दे
काठमाडाैं । बाल यौन दुरुपयोगको आरोपमा जिल्ला अदालत नवलपुरले दोषी ठहर गरेका नायक पल शाहलाई सफाइको माग गर्दै उच्च अदालत पोखरामा निवेदन परेको छ।शाहका कानुन व्यवसायीले शुक्रबार जिल्ला अदालतको फैसला उल्ट्याई सफाइ दिन माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेको अधिवक्ता कमला मोहन वाग्लेले जानकारी दिए। नाबालिग बालत्कारको अभियोगमा सफाइ दिए पनि अदालतले बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद र १० लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो।‘नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोग गर्यो भन्ने फैसला गर्यो। यो फैसला कानुनसम्मत नभएको हुनाले फैसला उल्टी गरी सफाइ पाउँ भनी हामी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.