इटहरी । बैँकहरुले चर्को ब्याजदर निर्धारण गरेर ढाड सेकेको भन्दै बेलवारीका ब्यवसायीहरु आन्दोलित भएका छन् । बिहिवार दिउँसो उच्च बैँक ब्याजदर तथा प्रतिकुल बैकिङ नितिका विरुद्ध उद्योगी , ब्यवसायी र सर्वसाधारण सहितले बृहत बिरोध जुलुस समेत निकालेर विरोध गरेका हुन् ।जुलुस बेलबारी ३ पुरानो मालपोतबाट शुरु भै दुर्गा मन्दिर हुँदै राष्ट्रिय बाणिज्य बैँक अगाडी पुगेर कोणसभामा परिणत भएको थियो । बेलबारी उद्योग बाणिज्य संघ र उत्तरी मोरङ होटल व्यवसायी संघको आयोजनामा भएको कार्यक्रममा ब्यवसायीहरु प्ले कार्डसहित नारावाजी गर्दै विरोधमा उत्रिएका थिए ।बैक ब्याज साह्रो भयो,कारोबार गर्न गाह्रो भयो,ब्यापार गर्ने स्वच्छ ब
झापा । हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बनेको झापाका अधिकांश नदीहरूमा पक्की पुल र झोलुङ्गे पुल नबन्दा स्थानीयले वर्षौँदेखि सास्ती झेल्दै आएका छन् । यसपटक नदीहरूमा पुल बनिन्छ भन्दै हरेक चुनावमा राजनीतिक दल र तिनका उम्मेदवारहरूले स्थानीय मतदाताहरूलाई एउटै आश्वासन दिँदै आएको र तर, समस्या जस्ताको त्यस्तै रहेको स्थानीयवासी बताउँछन् । विशेषगरी झापाको दक्षिणी क्षेत्र भएर बग्ने मेची, बिरीङ, कनकाई, रतुवा र निन्दा नदी तर्न स्थानीयले बर्खायाममा जोखिमपूर्ण र हिउँदमा बाँसे पुलको सहारामा ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ ।साथै स्थानीयले डुङ्गा वा बाँसे पुल चढ्दा चर्को शुल्क तिर्नुपर्ने समस्या पनि त्यस्तै
इटहरी । यतिबेला देशभर चुनावी माहोल छ । चिया पसलदेखि मिडियासम्म चुनावको चर्चा चुलिएको छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूलाई मत माग्न भ्याईनभ्याइ छ । मोरङ सुन्दरहरैंचाका ८१ वर्षीय तुलसीराम सिटौलाको गुनासो भने फरक छ ।उनी जीवनभर पार्टीका लागि काम गर्दा पार्टी जोगिएको, तर आफ्ना छोरा नाति जोगाउन नसकेको गुनासो गर्छन् । ‘सक्दासम्म पार्टी पार्टी भनेर कुदियो । छोरो अझै पार्टी नै भनेर हिँड्दै छ । तर नातिहरूलाई देशमै बस्ने वातावरण सिर्जना गराउन सकिनँ । खै कसको लागि राजनीति भइरहेको छ ?’ उनले भने ।सिटौलाले नेताहरूले जितेपछि जनतालाई बेवास्ता गर्ने प्रवृत्तिप्रति खेद व्यक्त गरेका छन् । उनी भन्छन
इटहरी/ २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा इटहरीको उपमेयर निर्वाचित भएका थिए, एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी । उनले तात्कालिन स्थानीय सरकारलाई व्यवस्थित बनाउन तात्कालिन मेयर सर्वध्वज साँवाको साथ दिए ।काठमाण्डौं बसेर कानुन अनि राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले आफ्नो शिक्षालाई व्यवहारिकतामा रुपान्तरण गरे । आज उनी कानुनका ज्ञाताका रुपमा चिनिन्छन् । साथै अर्थशास्त्र, समाजशास्त्रमा पनि उनको विशेष ज्ञान छ । त्यही ज्ञान र सीपलाई उनले इटहरी, प्रदेश १ र संघीय सरकारको लागि उपयोग गरे ।‘इटहरीलाई व्यवस्थित बनाउने सवालमा त्यो बेलाको मेरो भूमिका देख्ने धेरै नेताज्यूहरु, कर्मचारी साथीहरु
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मतपत्रको बाक्सा एकछीन पनी आखाँ अगाडीबाट हट्न नदीन एमालेका कार्यकर्तालाइ नीर्देशन दीनुभएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल नीर्वाचन परीचालन कमिटि सुनसरी ३ ले आयोजना गरेको वृहत संयुक्त जनसभालाइ सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष ओलीले बास्का साटीन सक्ने र धाँधली हुन सक्ने भएकाले एउटा आँखा चीम्लदा अर्को आँखा खुल्ला राख्न नीर्देशन दीनुभएको हो । नेकपा एमाले हुदाहुदै नीर्वाचनमा धाधली हुन नपाउने बताउँदै उहाँले मतपत्रको बाक्सा कोठ
धरान । सुनसरी क्षेत्र नं। २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका नेकपा (एमाले) का भीम आचार्यले आफूले जितेर गएको निर्वाचन क्षेत्रमा विकासका विभिन्न पूर्वाधारहरु बनाउन र स्थानीय सरकारमार्फत् विकास गतिविधि अघि बढाउन सहयोग गरेको फेहरिस्त पेश गरेका छन् । उनले आफू छोटो समय पर्यटन मन्त्री हुँदा विजयपुर, विष्णुपादुका, बराहक्षेत्र, रामधनी, बर्जु ताल, तालतलैया सबैमा पहिलो केन्द्रिय सरकारको बजेट पारेको बताए । ‘मैले नेपालमा दुई वटा इन्टरनेशनल एयरपोर्ट सुरु गराएँ,’ उनले भने, ‘छोटो समयलाई पनि उपयोग गरेर काम गरेँ ।’ दुई महिना प्रदेशको मुख्यमन्त्री हुँदा पनि नीतिगत र संस्थागत विकासका धेरै कामहरु गरेको
इटहरी । इटहरीका दिपेन्द्र घिमिरे सुनसरीको निर्वाचन क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्यको लागि चुनावी मैदानमा छन् । उनले रिक्सा चुनाव चिन्ह पाएका छन् ।इटहरीलाई प्रदेशको राजधानी बनाउन र एकै निर्वाचन क्षेत्र बनाउन पहल गर्ने लगायतका संकल्प लिएर निर्वाचनमा सक्रिय बनेका घिमिरेले प्रत्येक वडामा खुला व्यायमशाला र खेलमैदान, भ्रष्टाचार नियन्त्रणका लागि संयन्त्र निर्माण, नगर बस सञ्चालनको लागि पहल गर्ने, सुकुम्बासी व्यवस्थापन, कृषि विकासलगायतका विभिन्न संकल्प उनले सार्वजनिक गरेका छन् । नेपाली काँग्रेस इटहरी वडा नं. २ का वडा सभापती रहेका घिमिरेले पार्टी निर
इटहरी/ २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा इटहरीको उपमेयर निर्वाचित भएका थिए, एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी । उनले तात्कालिन स्थानीय सरकारलाई व्यवस्थित बनाउन तात्कालिन मेयर सर्वध्वज साँवाको साथ दिए ।काठमाण्डौं बसेर कानुन अनि राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले आफ्नो शिक्षालाई व्यवहारिकतामा रुपान्तरण गरे । आज उनी कानुनका ज्ञाताका रुपमा चिनिन्छन् । साथै अर्थशास्त्र, समाजशास्त्रमा पनि उनको विशेष ज्ञान छ । त्यही ज्ञान र सीपलाई उनले इटहरी, प्रदेश १ र संघीय सरकारको लागि उपयोग गरे ।‘इटहरीलाई व्यवस्थित बनाउने सवालमा त्यो बेलाको मेरो भूमिका देख्ने धेरै नेताज्यूहरु, कर्मचारी साथीहरु
सुन्दरहरैंचा । सर्वसाधारणबाट ८२ लाख ठगी गरेको आरोपमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा बढी ठगी गरेको पाइएपछि प्रहरीले कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई पक्राउ गरेको हो ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै ८२ लाख ७४ हजार ६ सय २ रूपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बचतकर्ताले रकम फिर्ताको माग गरेपछि उनीहरु पसल नै
काठमाडाै । मङ्सिर ४ गते आइतवार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ ।निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ ।आउँदो आइतवार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ । स्थिर समयमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका सम्बन्धमा आचारसंहितामा उल्लेख छ । यस अवधिमा चुनाव प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन ।य
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.