बेलबारी । मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले एमालेका नेता लालबावु पण्डितलाई फराकिलो मतअन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।आज विहान सकिएको मतगणना अनुसार कोइरालाले ३५ हजार २१८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पण्डितले २२ हजार ९३२ मत पाएका छन् । त्यस्तै राप्रपाका गोपाल कटुवालले ८८२९ मत पाएका छन् । मोरङ क्षेत्र नं. ६ मा १ लाख २६ हजार ७१ मतदाता मध्ये ८५ हजार ३७१ मत खसेको थियो । ८० हजार ४१७ मत सदर भएको थियो । ४ हजार ९५४ मत बदर भएको थियो । कोइरा
बिराटचाैक । मोरङ क्षेत्र नम्बर ४ को २ बाट प्रदेशसभा सदस्यमा भीम पराजुली निर्वाचित भएका छन् । नेकपा एमाले उम्मेदवार जीवन घिमिरेलाई पराजित गर्दै पराजुली निर्वाचित भएका हुन् । विराटनगर महानगरपालिकाका पूर्व मेयर पराजुलीले ११ हजार ४७९ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका घिमिरेले ९ हजार ६९१ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार माधवप्रसाद आचार्यले ६ हजार ९३५ र जसपा उम्मेदवार संजयकुमार सिहंले १ हजार ४६० मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा एमाले उम्मेदवार विनोद ढकाललाई पराजित गर्दै माओवादी उम्मेदवार अमनलाल मोदी निर्वाच
झापा । झापा–५ (१) बाट नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।उहाँले नेपाली कांग्रेसका उम्मेदवार जीवनकुमार राईलाई पराजित गर्नुभएको हो । कार्कीले २२ हजार पाँच सय ३० मत प्राप्त गर्दा राईले १७ हजार ५८ मत प्राप्त गर्नुभयो ।कार्की यसअघि सोही निर्वाचन क्षेत्रबाट विसं २०७४ मा प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।
विराटनगर । प्रदेश १ मा सबैभन्दा बढी प्रदेशसभाको सिटमा विजय हासिल गर्दै नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसले हालसम्म ६ वटामा जित निकालेको छ भने अन्य ११ वटा क्षेत्रमा अग्रता लिएको छ ।नेकपा (एमाले)ले भने २ वटा क्षेत्रमा जित निकालेको छ भने अन्य १७ वटा क्षेत्रमा अग्रता लिइरहेको छ । उता, माओवादी केन्द्रले भने ३ वटामा जित निकाल्दै अन्य ५ वटा क्षेत्रमा अग्रता कायम राखेको छ । यस्तै नेकपा एसले ४ र राप्रपाले १ स्थानमा विजयी भएको छ भने १ स्थानमा अग्रता कायम गरेको छ । ५६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा अझै ६ वटाको भने मतगणना सुरु भएको छैन ।नेकपा एमाले विजयी भएको र अग्रता लिएका क
इटहरी । तरकारी लोड गरिएको गाडीमा दुई सय १७ किलो गाँजा बरामद भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको कोसी गाउँपालिका–३ मा बन्दाकोभी लोड गरिएको गाडीबाट सशस्त्र प्रहरीले बुधबार बिहान २ सय १७ किलोग्राम गाँजा बरामद गरेको हो । धनकुटाबाट भारतको जनकपुर तर्फ जाँदै गरेको को १ च ८५२५ नम्बरको पिकअपबाट गाँजा बरामद भएको सशस्त्रले जनाएको छ । गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले टोली परिचालन गरेका थिए । सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम होमागाईं नेतृत्वको टोलीले बिहान ४ बजेतिर रोकेर पिकअप खानतलासी गर्द
पाँचथर । पाँचथरकाे प्रदेशसभा २ बाट माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो दोस्रो पटक निर्वाचित भएका छन् । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले एमाले उम्मेदवार आइन्द्रसुन्दर नेम्वाङलाई पराजित गरेका हुन् ।माओवादी केन्द्रबाट प्रदेश १ मुख्यमन्त्रीको दाबेदार आङ्बोले १५ हजार ६७२ मत पाए । एमालेका उम्मेदवार नेम्वाङको १२ हजार ६०५ मत पाएका छन् ।
इटहरी ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुरबाट प्रदेशसभा सदस्यमा पून निर्वाचित भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार बनेका राई दोस्रो पटक निर्वाचित भएका हुन् । नेकपा एकीकृत समाजवादीका सचिव राईले नेकपा एमालेका हरिबहादुर राईलाई पराजित गरे । निर्वाचन क्षेत्र नम्बर १ मा जम्मा खसेको ३२ हजार ४ सय ९ मतमध्ये राजेन्द्र कुमार राईले १६ हजार १ सय १० मत प्राप्त गरे । नेकपा एमालेका हरिबहादुर राईले १२ हजार २ सय २३ मत प्राप्त गरेका थिए । राईले ३ हजार ८ सय ८७ मतान्तरले निर्वाचित भए ।उनी नेकपा एमालेको फुटपछि गठबन्धनको तर्फबाट प्रदेश नम्बर १ को मुख्यमन्त्री बनेका थिए ।
झापा । विसं २०७० बाट संसदीय राजनीतिमा होमिनुभएका नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यस पटक मात्रै निर्वाचित बन्न सफल हुनुभएको छ ।दुई पटकसम्म आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुनुभएका शर्माले यस पटक भने नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई पराजित गर्दै संसदीय यात्रा तय गर्नुभएको हो ।शर्मा विसं २०७० मा भएको निर्वाचनमा नेकपा (एमाले) नेता रविन कोइराला र २०७४ मा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राम कार्कीसँग पराजित हुनुभएको थियो ।दुई पटक पराजय बेहोरेकै क्षेत्रबाट शर्माले यस पटक जित हासिल गर्नुभएको हो । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्माले ३
झापा । झापा क्षेत्र नम्बर –२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार देवराज घिमिरे निर्वाचित हुनुभएको छ ।निर्वाचन अधिकृत केशवराज पन्तका अनुसार उहाँले २८ हजार पाँच सय ९७ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटम प्रतिस्पर्धी स्वतन्त्र तर्फका उम्मेद्वार स्वागत (भद्रप्रसाद) नेपालले २६ हजार चारसय ४१ मत प्राप्त गर्नुभएको छ ।यस क्षेत्रका दुवै प्रदेश क्षेत्रमा समेत नेकपा एमालेकै उम्मेद्वार चिन्तन पाठक र एकराज कार्की विजयी बन्नुभएको छ ।नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर एकका पार्टी इन्चार्ज देवराज घिमिरे पार्टीमा एक इमान्दार नैतिकवान र आदर्श व्यक्तित्वको रुपमा चिनिहुन्छ
इटहरी । बुद्ध गुम्बा इटहरी तमु सेवा समिति इटहरीले आफ्नो २५ औ रजत जयन्ती समारोह सम्पन्न गरेको छ । जयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा शुभकामना आदान प्रदान तथा ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको छ । तमु ह्योला छोंजधिं प्रदेश १ का सदस्य केशरमान गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ७० वर्षभन्दा माथिका ३९ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले सम्मान पत्र प्रदान गदै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।बुद्ध गुम्बा इटहरी तमु सेवा समिति इटहरीका अध्यक्ष धन बहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरूले रजत जयन्तीको अवसरमा शु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.