तेह्रथुम । तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका वडा नम्बर २ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षिय चन्द्र बहादुर लिम्बुको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरीनिरीक्षक छे फिङजो भोटेले जानकारी दिएका छन ।शनिबार साँझ को २१ प ४२२८ नम्बरको मोटरसाईकल दुर्घटना भएको थियो । म्याङलुङ बाट घर फर्कने क्रममा म्याङलुङ स्थीत दशगते पार्कमा मोटरसाईकल अनियन्त्रीत भई सडकको पिलरमा ठोकिदा उनि घाइता भएका थिए ।उपचारका लागि धरान लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
इटहरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा रोचक प्रतिस्पर्धा भएको छ । मतगणना सुरु भएदेखि विभिन्न पार्टीका उम्मेदवारले अग्रगता बनाइरहेका छन् । पछिल्लो समय जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा छ । जनता समाजवादी पार्टीका अशोककुमार राईले केही समय अग्रता लिएका थिए । पुन: राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले अग्रता लिएकी छन् । गोमाले १२ हजार ८५५ मत ल्याउँदा एमालेको समर्थन पाएका राईले १२ हजार ५०५ मत पाएका छन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले ९९००, स्वतन्त्र मनोजकुमार मेयाङ्गबोले ६७२८ र राप्रपाका अ
इटहरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमाले उम्मेदवार भगवती चौधरीले अग्रता फराकिलो बनाएकी छन् । नेपाली कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारसँग ४ हजार ८५१ मतको अग्रता बनाएकी हुन् । चौधरीले २१ हजार ८११ मत ल्याँउदा गच्छदारले १६९६० मत पाएका छन् । मतगणना हुँदा अग्रता बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबावु मैनाली भने तेस्रो स्थानमा छन् । उनी ५८४० मतसहित पछ्याइहेका छन् ।
एजेन्सी । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले शनिबार मध्यराति मेक्सिकोको सामना गर्दै छ।समूहको पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले पराजित भएको अर्जेन्टिनालाई माथिल्लो चरणमा प्रवेशका लागि शनिबार हुने खेल जित्नैपर्ने दबाब छ। शनिबार मध्यराति पौने १२ बजे कतारको लुसेल स्टेडियममा अर्जेन्टिना र मेक्सिको आमनेसामने हुँदै छन्।शनिबारको खेलमा बराबरी मात्र भए अर्जेन्टिनाले आफ्नो अन्तिम खेलमा पोल्याण्डलाई हराएर मात्र पुग्दैन, अन्य टोलीको नतिजामा पनि निर्भर हुनुपर्ने हुन्छ। शनिबारको खेलमा हारको सामना गरेको अवस्थामा भने अर्जेन्टिना यो विश्वकपबाट बाहिरिनेछ। शनिबारको
सप्तरी । सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् ।निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचति भएका हुन् ।निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर४, सप्तरीले जनाएअनुसार उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गरे ।गत प्रतिनिधिसभा र संविधानसभाको निर्वाचनमा समेत चौधरी यस क्षेत्रबाट विजयी भएका थिए । यो नतिजा आएसँगै सप्तरीको प्रत्यक्षतर्फ सबै परिणाम घोषणा भएको छ । जसअनुसार प्रतिनिधिसभामा कांग्रेस दुई, जनमत र जसपा पार्टी एक÷एक स्थानमा विजयी भएको
इटहरी । मोरङ क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट माओवादी केन्द्रका उम्मेदवार गणेश उप्रेती विजयी भएका छन् । नेकपा एमाले उम्मेदवार दानबहादुर कार्कीलाई पराजित गर्दै उप्रेती निर्वाचित भएका हुन् ।सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका उप्रेतीले १५ हजार ३३ मत प्राप्त गरे । नेकपा एमाले उम्मेदवार कार्कीले १४ हजार ६७८ मत प्राप्त गरे ।राप्रपा उम्मेदवार श्रीकान्त पोद्दारले २३०४ मत प्राप्त गरेका छन् । मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा नेकपा एमाले उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा एमाले उम्मेदवार लिलाबल्लभ अधिकारी निर्वाचित भए ।
तेह्रथुम । तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । त्यसैगरी विजय सुब्बाले १८ हजार छ सय २३ मत ल्याउनुभएको छ । उहाँहरु बीचमा एक हजार ७९ मतान्तर रहेको छ ।तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न पार्टीबाट १० उम्मेदवार रहनुभएको थियो । मञ्चका विष्णुकुमार चो
झापा । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा (एमाले)ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक÷एक क्षेत्रमा निर्वाचित भएका छन् ।एमाले क्षेत्र नं २, ४ र ५ मा विजयी भएको छ । क्षेत्र नं २ मा एमालेका देवराज घिमिरे, क्षेत्र नं ४ मा लालबहादुर (एलपी) साँवा र क्षेत्र नं ५ मा पार्टी अध्यक्ष केपी शर्मा ओली विजयी बन्नुभएको हो ।एमाले प्रदेश इञ्चार्ज घिमिरे यसअघि राष्ट्रियसभा सदस्य बन्नुभएको थियो । उहाँले यसपटक स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई पछि पार्दै विजयी हुनुभएको हो । क्षेत्र नं ४ का एलपी साँवाले २०७९ को निर्वाचनमा कांग्रेसका जिल्ला अध्य
इटहरी / इटहरीमा लैङ्गकि हिसां विरुद्दकाे १६ दिने अभियानकोे उद्घाटन गरीएकाे छ ।शुक्रबार इटहरी उपमहानगरपालिकाकाे मुख्य आयाेजनामा उक्त कार्यक्रमकाे उद्घाटन गरीएकाे हाे ।लैङ्गिक हिसां बन्द गर , लैङ्गिक समानता कायम गर, महिला हिसां बन्द गर लगायत लेखीएकाे पम्प्लेट प्रदर्शन गर्दै इटहरी मुख्य चाैकमा प्रभातफेरी समेत निकालीएकाे छ भने प्रभात फेरी सकिए पछि इटहरी उपमहानगरपालीकामा प्राङ्गणमा १६ दिने अभियानकोे उद्घाटन गरीएकाे छ ।कार्यक्रमकाे उद्घाटन इटहरी उप-महानगरपालिकाकी उपमेयर संगिता चाैधरीले गरेकि थिइन् भने आउदाे १६ दिन सम्म गरीने कार्यक्रमहरुबारे जानकारी सामाजिक शाखा प्रमुख भाेजकला दावडीले दि
इटहरी । मोरङ क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सुनिल शर्मा इतिहास रच्दै बिजयी हाशिल गरेका छन । उनले सो क्षेत्रबाट अपेक्षषा गरेभन्दा दुइ गुणा मत पाएर प्रतिनिधीसभा सदस्यमा फराकिलो जित निकालेका हुन । शर्माले ४६ हजार ९३५ मत पाएका छन भने एमालेका भानुभक्त ढकालले २५ हजार ७३ मत पाएका छन ।त्यस्तै हिन्दु राष्ट्रको वकालत गर्दै जित निकाल्ने दाबी सहित चुनावमा होमिएकी निर्माता तथा नायिका रेखा थापाले १० हजार २८९ मत प्राप्त गर्दै दुवैजनालाइ पछ्याइरहेकि छिन । १ लाख ४९ हजार मतदाता रहेको मोरङ ३ मा निर्वाचनको दिन ९७ हजार ५ सय ९ मत खसेको थियो ।मत गणनाको सुरूवाति
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.