ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झण्डै ३० क्विन्टल किवी उत्पादन गरेका छन् । व्यावसायिकरुपमा केही वर्षदेखि किवीको खेती गर्दै आएका उनलाई नपाक्दासम्म रोग कीरा लाग्ला भन्ने चिन्तामा थियो ।उनलाई किवी बोटमा पाक्न थाल्छ फेरि बजार र मूल्य नपाइएला भन्ने चिन्ता थपिन्छ । केही वर्षदेखि उनलाई यस्तै चिन्ता निरन्तर छ । यस वर्ष उत्पादन भएको मध्ये करिब चार क्विन्टल किवी बिक्री गरिसकेका किसान गुरुङलाई बाँकी रहेको कता लैजाने र कहाँ बिक्री गर्ने गर्ने भन्ने अन्योल छ ।‘जिल्ला बाहिरका आफन्तलाई फोन गरेर, छरछिमेकलाई अनुरोध गरेर अलि अलि बेचियो, बाँकी कता लैजाने भन्ने अ
जनकपुर । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ ।त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।त्रेतायुगमा मिथिलाका राजा जनक
इटहरी । प्रदेश १ का ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये ४७ वटाको अन्तिम मत परिणाम आइसकेको छ । अन्य ८ वटाको अन्तिम मतपरिणाम आउन बाँकी रहँदा एउटा निर्वाचन क्षेत्रमा भने मतगणना सुरु नै भएको छैन ।एमाले एक्लैले २१ मा विजयी भइसकेको छ भने अझै ३ वटामा अग्रता कायम राखेको छ । नेपाली काँग्रेस भने हालसम्म १३ वटामा विजयी हुँदा ४ वटामा मात्रै अग्रता लिएको छ । उता सत्ता गठबन्धनको अर्को घटक माओवादी केन्द्रले ९ वटामा विजय हासिल गरेको भने नेकपा एसले ३ वटामा जित हासिल गरेको छ । एमाले गठबन्धनमा रहेको राप्रपाले २ वटामा विजय हासिल गरेको छ । हालसम्म अघिल्लो पटक प्रदेश १ सांसद बनेका र पुनः दोहोर्याउन
एजेन्सी । फिफा विश्वकप फुटबल २०२२ मा आज समूह चरणका चार खेल हुँदैछ । समूह चरण अन्तर्गत समूह जी र समूह एच का दुई दुई खेलहरु हुनेछन् ।समूह जी मा रहेको क्यामरुन र सर्बिया बीच पहिलो खेल हुनेछ । क्यामरुन र सर्बियाबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । क्यामरुन र सर्बिया आज पहिलो जितको खोजीमा हुनेछन् । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । दोस्रो खेलमा समूह एच मा रहेको दक्षिण कोरिया र घाना बीच हुनेछ । यो खेल पौने ७ बजे सुरुहुनेछ । पहिलो खेलमा बराबरी खेलेको दक्षिण कोरिया पहिलो जितको खोजीमा छ । ब्राजिल र स्विट्जरल्यान्ड बीचको खेल पनि आजैछ । समूह जी मा रहेको ब्राजिल र स्विट्ज
इटहरी । सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई निर्वाचित भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत पाइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भए । एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२, अर्का स्वतन्त्र तर्कबहादुर मगरले तीन हजार ८१८, कुमार कार्कीले एक हजार ८६४, मातृकाप्रसाद भट्टराईले एक हजार ७६० मत पाएका छन् ।
सिरहा / गोलबजार नगरपालिकाका पूर्वमेयर देवनाथ साहको घरमा एमाले कार्यक्रताले गरेको ढुंगामुढा र कुटपिटको विरुद्धमा सर्वसाधारणले सडक अवरुद्ध गरेका छन् । सिरहा ३ बाट निर्वाचित भएपछि लिलानाथ श्रेष्ठसहित सहभागी विजय र्यालीमा सहभागी कार्यकर्ताहरूले शुक्रबार साँझ प्रतिद्वन्द्वी विश्वनाथ साह र उनका दाजु देवनाथको घरमा ढुङ्गामुडा गरेका थिए । यसै घटनको विरोध गर्दै दोषीलाई कारवाहीको मागसहित आज गोलबजार बन्द गरेर सडक अवरुद्ध गरेका हुन् । एमाले कार्यकर्ताले गोलबजार नपा–४ स्थित घरमा ढुंगामुढा गरेका थिए । उनीहरूले एक जनालाई कुटपिट समेत गरेको स्थानीयको भनाइ छ । यही कारण आज बिहानैदेखि स्थानीय र माओवादी नेता क
उदयपुर / उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को मतगणता भइरहेको समयमा आइतबार विहान प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिका भेटिएपछि धाँधली भएको भन्दै नेकपा एमाले लगायत ९ दलले पुन: मतदान गर्न माग गरेको छ । नेकपा एमालेलगायतका दलले पुन मतदानको माग राखेको हो । प्रदेशको प्रत्यक्ष तर्फको १ सय मतपत्र प्रतिनिधि सभा तर्फको मत गणनामा फेला पारेपछि धाँधली भएको भन्दै एमाले लगायत ९ दलले पुन: मतदानको माग गरेको हो । असन्तुष्टी पक्ष लगायतको बैठक बसी नागरिकहरुको निष्पक्ष मतदान गर्ने अधिकार हनन् भएको भन्दै पुन मतदानको माग राखेको जनाएको छ ।प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ तथा प
मोरङ / मोरङ–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई पराजित गरेका हुन् । डिगबहादुरले २७ हजार २९७ मत पाए भने खतिवडाले २६ हजार ८६७ मत पाए ।
काठमाडौं । यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । आज (आइतबार) बिहान यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये १५५ वटाको नतिजा आइसकेको छ । अब १० स्थानको मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ ।हेर्नुस् १५५ क्षेत्रमा कसले कहाँ जिते ?नेपाली कांग्रेस१. मुस्ताङ– योगेश शेरचन२. मनाङ– टेकबहादुर गुरुङ३. काठमाडौं १ – प्रकाशमान सिंह४. काठमाडौं ३ – सन्तोष चालिसे५. काठमाडौं ४– गगनकुमार थापा६. काठमाडौं ५ – प्रदीप पौडेल७. रसुवा– मोहन आचार्य८. ललितपुर १– उदय शमशेर जबरा९. तनहुँ २ – शंकर भण्डारी१०. डडेल्धुरा– शेरबहादुर देउवा११. काठम
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (आइतबार) चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ ।उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । जापान दोस्रो जितको खोजीमा हुनेछ । यसअघि भएको पहिलो खेलमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यता कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछ । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० को गोलअन्तरमा पराजित भएको थियो ।त्यस्तै दोस्रो खेलमा समूह ‘एफ’ का बेल्जियम र मोरक्कोबीच भीडन्त हुनेछ । उक्त खे
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.