कर्णाली । मानवअधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।एकल महिला समूहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका–११ मा बस्दै आएकी उषा राई हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाहीका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा मागपत्र बुझाएको छ । सिलाइकटाइबाट जीविकोपार्जन गर्दै आएकी राई जागरण आमा समूहको निर्घात कुटपिटबाट मृत्यु भएकाले उक्त घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको समूहका अध्यक्ष ममता नगालले बताइन् ।‘राईमाथि दानवीय प्रवृत्ति देखाइएर गरिएको कुकृत्यप्रति भत्र्सना व्यक्त गर्दछौं’, अध्यक्ष नगालले भनिन्, ‘यो घटनाबाट मानि
धनुषा । धनुषामा आज (शनिबार) बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नाैं जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटनामा परेको जानकारी दिए ।मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रु
भोजपुरमा तीनपटक चुनाव हारेपछि गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्र ताकेर आएका ज्ञानेन्द्र वहादुर कार्कीलाई यो क्षेत्र फापेको छ ।२०५१ सालको मध्यावधि चुनावमा भोजपुर–१ मा एमालेका हेमराज राईसँग कार्की २६ भोटको झिनो मतान्तरले हारेका थिए । २०५६ को चुनावमा पनि कार्कीले भोजपुर–१ बाट चुनाव हारेका थिए । एमालेका घनेन्द्र बस्नेतसँग कार्की ८३८ मतान्तरले पराजित भए । त्यति बेला भोजपुरमा दुई वटा निर्वाचन क्षेत्र थिए ।पहिलो संविधान सभाको चुनावमा कार्कीले भोजपुरबाटै चुनाव लडे । त्यस बेला पनि उनी विजयी हुन सकेनन् । संविधान सभाको पहिलो चुनाव कार्कीका लागि हारको ह्याट्रिक भयो । त्यस बेला कार्की माओवादीका पदम रा
इनरुवा । प्रतिनिधिसभा तर्फ सुनसरीको क्षेत्र नम्बर ४ बाट जित निकाल्दै काँग्रेसलाई जिल्लामा प्रतिनिधिसभा सदस्यमा निल हुनबाट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जोगाएका छन । नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधि मन्त्री समेत रहेका काँग्रेसका प्रभावशाली नेता कार्कीले नेकपा एमालेका नेता जगदिशप्रसाद कुसियतलाई एक सय १२ मतले पछि पार्दै जिल्लामा काँग्रेसको साख जोगाएका हुन । कार्कीले ३०हजार ४सय ८३ मत पाउदा प्रदेश नम्बर १का पुर्व वन मन्त्री समेत रहेको एमाले नेता कुसियतले ३०हजार ३सय ७१ मत मात्र पाए। कार्की निर्वाचित भएपछि उत्साहित वनेको काँग्रेसले विजयी जुलुस निकालेक
पाँचथर । नेपाली काँग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई पाँचथरबाट हराउदै नेकपा एमालेका बसन्तकुमार नेम्वाङले चौथो पटक संसद यात्रा तय गरेका छन। प्रतिनिधिसभा सदस्यका लागि यही मंसिर ४ गते भएको निर्वाचनमा एमालेका तर्फबाट उमेदवार रहेका नेम्वाङले काँग्रेस सहमहामन्त्री आङदेम्बेलाई ४६ मतको झिनो अन्तरले पराजित गर्दै चौथो पटक संसद बन्न सफल भएका हुन । केपी शर्मा ओली नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री समेत भई सकेका नेम्वाङ २०४८, २०५६ र २०७४ मा पाँचथरबाट केन्द्रीय संसदमा बिजयी भएका थिए ।प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत गणना सम्पन्न हुदा नेम्बाङले कांग्
इटहरी । नेपाली कांग्रेसका नेता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । कार्कीले निकटतम् प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतलाई ११२ मतको अन्तरले पराजित गरेका हुन् ।निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेका कर्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन् ।
इटहरी । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (बुधबार) बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुन लागेका हुन् । आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट शुरु हुनेछ । यस खेलहरुबाट समूह ‘डी’ बाट प्रि–क्वाटर फाइनलमा पुग्ने एक गोलीको निर्णय हुनेछ । फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।फ्रान्सले तालिकामा २ खेलबाट ६ अंक जोडेर अन्तिम १६ मा पुगेको हो । त्यस्तै अष्ट्रेलियाको ३ अंक हुँदा डेनमार्क र ट्युनिसियाको सम
विराटनगर । उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन् ।खड्काले ३१ हजार २७० मत पाउँदा नेकपा एमालेका मन्जुकुमारी चौधरीले २८ हजार ८९१ मत पाएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका धुर्वकुमार रायमाझीले ३ हजार ९१५ मत पाएका छन ।
इटहरी । मतगणना जारी रहेको सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।दुई दिन रोकिएर पुनः सुरू भएको मत गणनामा कार्कीले एमाले उम्मेदवार जगदीश कुसियैतलाई ३२८ मतले पछि पारेका छन्।निर्वाचन आयोगका अनुसार पछिल्लो मत परिणाम अनुसार कार्कीले २६ हजार ५६३ मत ल्याउँदा कुसियैतको २६ हजार २३५ मत आएको छ। यो क्षेत्रमा सुरुदेखि नै कांग्रेस र एमाले उम्मेदवारको कडा टक्कर देखिएको छ।१६५ क्षेत्रमध्ये हालसम्म १६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। ३ क्षेत्रको गणना अझै सुरु भएको छैन भने सुनसरी क्षेत्र नम्बर ४ को मतगणना
इटहरी / सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उमेदवार बिजयकुमार गच्छदारलाइ पराजित गर्दै एमालेकी भगवती चाैधरी निर्वाचित भएकी छिन् । अन्तिम मत परिणामअनुसार चाैधरीले ४० हजार सात ८८ मत ल्याएकी छिन् भने उनले विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरेकी छिन् ।गच्छदारले ३५ हजार छ सय मत पाए ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.