सन् २०२२ को अन्तिम खेलमा लिभरपुलले जित निकालेको छ । प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले पराजित गरेको हो । लिभरपुलको जितमा लेस्टर सिटीका वुल्ट फेसले दुई आत्माघाति गोल गरे । खेलको चौथो मिनेटमा डेवस्बुरी हलको गोलमा लेस्टरले अग्रता लिएको थियो । तर ३८ र ४५औं मिनेटमा फेसले लगातार आत्माघाति गोल गरेपछि लेस्टर अग्रता जोगाउन असफल भएको हो । दोस्रो हाफमा दुबै टोलीले गोलका अवसर शृजना गरेपनि सदुपयोग गर्न सकेनन् । जितपछि लिभरपुलि १६ खेलबाट २८ अंक सहित छैटौं स्थानमा छ । लेस्टर १७ खेलबाट १७ अंक सहित १३औं स्थानमा छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् । समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति छ । त्यहाँ हेलिकोप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो ।
वाणिज्य बैंकहरूले नियमविपरीत ब्याज बढाई असुलेको रकम यही पुस महिनाभित्र ऋणीलाई फिर्ता गर्नु निर्दशन गरेको छ ।राष्ट्र बैंकले सञ्चालनमा रहेका २५ वटै वाणिज्य बैंकलाई प्रिमियम बढाएर ऋणीबाट नियमविपरीत असुलेको कुल ४ अर्ब ६६ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको हो ।ती बैंकलाई रकम फिर्ता गर्ने प्रतिबद्धता गराएर मात्र राष्ट्र बैंकले गत आर्थिक वर्षको साधारणसभाको अनुमति दिएको हो । गत शुक्रबारसम्म कृषि विकास बैंकबाहेक सबै वाणिज्य बैंकले साधारणसभा गर्न अनुमति पाएका छन् भने आधाभन्दा धेरैले सम्पन्न नै गरिसकेका छन् ।कृषि विकास बैंकले भने पुसभित्रै साधारणसभा गर्न नसक्ने भएको छ । बैंकले प्रिमियम बढाएर नियमविप
इटहरी । महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन सायना प्रेस नेपालमा पनि उपलव्ध हुन थालिसकेको छ भने सुनसरीमा पनि नेपाल परिवार नियोजन संघ सुनसरीले यो सेवा उपलव्ध गराउने भएको छ । नेपाल परिवार नियोजन संघ सुनसरी अन्तरगतको परिवार स्वास्थ्य केन्द्र इटहरीले पत्रकार सम्मेलन गरि चाडै नै सायना प्रेसको सेवा सञ्चालनमा ल्याउन लागेको जानकारी गराएको हो । केन्द्का प्रमुख कुमार गिरीले महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन सायना प्रेस युएनएफपिएको सहयोगमा उपलव्ध गराउन लागेको वताए ।उनले तीन महिने गर्भनिरोधक सुई नेपालमा पनि प्रयोग गर्न थालिसकीएको र सु
सुनसरी :लामो समय देखि धरान नगर प्रमुख हर्कराज राई र कार्यपालिका बिचको विवाद अन्त्य गर्ने सहमति भएको छ । उपप्रमुख अइन्द्र विक्रम बेघाको समन्वयमा गत असोजबाट बढेको विवाद अन्त्य गर्ने सहमति भएको हो । आज (आइतबार) नगर प्रमुख राई उपप्रमुख बेघा र कार्यपालिका सदस्य तथा वडा अध्यक्षहरूबिच संवादमा विगतका कमिकमजोरीलाई स्वीकार गर्दै आगामी दिनमा कार्यपालिका बैठक सुचारु गर्ने सहमति भएको उपप्रमुख बेघाले जानकारी दिए । भएका कमिकमजोरलाई स्वीकार गर्दै आगामी दिनमा त्यस्ता गल्ती दोहो¥याउने सहमति भएको उपप्रमुख बेघाले बताए । विवाद अन्त्य भएसगैं गत असोज १३ गतेबाट बस्न नसकेको कार्यपालिका बैठक आगामी पुस ११
इटहरी– प्रदेश १ मा नेकपा एमालेको सरकार बन्ने निश्चित भएको छ। एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रदेश १ मा एमालेको सरकार बन्ने निश्चित भएको हो।यसअघि नेपाली कांग्रेससँग गठबन्धन भए पनि आज (आइतबार) अपराह्न प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। सात दलका सांसद र तीन स्वतन्त्र सांसदको समर्थनसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको दाबी गरेका प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो।कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएपछि प्रचण्ड एमाले अध्यक्ष केपी ओली निवास बा
इटहरी । इसाई धर्मालवम्वीहरुको महान चाड क्रिसमसको अवसर पारेर सुनसरीको इटहरीमा वडा दिनको शुभकामना कार्यक्रम आयोजना गरिएको छ । मिनकुमार मगरको अध्यक्षता तथा १ नम्बर प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेलको प्रमुख आतिथ्यमा वडा दिनको शुभकामना कार्यक्रम आयोजना गरिएको हो । वडा दिनका अवसरमा आयोजित कार्यक्रममा सफल जोडीलाई सम्मान गरियो त्यसै गरी जेष्ठनागरिकहरुलाई सम्मान सहित न्यानो कपडा वितरण गरियो । कार्यक्रमका प्रमुख बक्ता इसाई धर्मका अगुवा रतनले क्रिसमसका विषयमा जानकारी गराएका थिए ।कार्यक्रमका सास्कृतिक प्रस्तुति रहेका रहेका थिए । सो कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १का
इटहरी । विज्ञान विषयमा विद्यार्थीहरुको आकर्षण वढाउने उद्धेश्यले सुनसरीको इटहरीमा रहेको सुषमा गोदावरी कलेजले आयोजना गरेको साइन्स ओलम्प्याड तेस्रो संस्करणको विजेता ब्राइटफ्युचर सेकेण्डरी स्कुल इटहरीका चिमेश गौतम वन्न सफल भएका छन । सुनसरी र मोरगंका ७० विद्यालयहरुका २सय विद्यार्थीले विभिन्न चरणमा सहभागिता जनाएको साइन्स ओलम्प्याडमा गौतम प्रथम बनेका हुन । विद्यार्थीहरुलाई विषयगत अध्ययन पाढयपुस्तकको ज्ञानको अतिरिक्त अन्य धेरै अवसर प्राप्त गर्न सकिएको खण्डमा विद्यार्थीले आफना क्षमता प्रस्फुटन गर्न सक्छन त्यसैले सुषमा गोदावरी कलेजले सुनसरी र मोरगंका व
काठमाडौं । कुख्यात अपराधी चार्ल्स शोभराजलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी निष्काशन गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ । अध्यागमन विभागको प्रस्तावमा गृहसचिव विनोद प्रकाश सिंहले निष्कासनसम्बन्धी निर्णय गरेका हुन् ।नेपालमा आई विभिन्न किसिमका अपराधमा संलग्न विदेशीलाई निश्चित समय आउन नपाउने गरी निष्काशन गरिने अध्यागन नियमावलीको प्रावधान छ । सोही अनुसार शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरी निष्कासन गर्ने निर्णय गरिएको गृह सचिव सिंहले जानकारी दिएका छन् । निष्कासनको निर्णय भएपछि आजै उनलाई फ्रान्स पठाउने तयारी भइरहेको छ । अध्यागमनसम्बन्धी कसुरमा अध्यागमन विभागले उनलाई ५० हजार रुपैयाँ ज
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट साढे १९ किलो अवैध सुन बरामद भएको छ । फ्लाई दुबईको जहाजबाट आएका सुडानी नागरिकको साथबाट उक्त परिमाणको सुन बरामद भएको हो ।त्रिभुवन विमानस्थल प्रहरीकाअनुसार उक्त सुन भन्सार चेकजाँचका क्रममा बरामद भएको हो । यो सबै सुन झोलमा परिणत गरेर खाडी हुँदै जहाजबाट नेपाल छिराएको खुलेको छ । प्रहरी र विमानस्थल भन्सारले यसबारे विस्तृत विवरण सार्वजनिक गरिसकेका छैनन् ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.