इटहरी : इटहरीको मुख्य चौक नजिकै ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार शुक्रबार (आज) १ः२० बजेतिर इटहरीको मुख्य चौक नजिकै ट्रकले ठक्कर दिएको हो ।ना ५ ख ४५५३ ट्रकले धरानतर्फ जाँदै गरेको २१ प ५४७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा इटहरी ५ की अन्दाजी ३० वर्षीया तारा निरौला (गौतम) को मृत्यु भएको हो ।ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु दिउँसो ४ बजेतिर भएको प्रहरीले जनाएको छ ।ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जन
इटहरी । उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको मतदान सम्पन्न भएको छ । आज जनता बहुमुखी क्याम्पस प्राङ्गणमा भएको मतदान दिउँसो ४ बजे सकिएको हो ।निर्वाचन समितिका सदस्य पोषराज नेपालका अनुसार अध्यक्ष पदमा कूल २ हजार ७९० मत खसेको छ। यस्तै, महिलातर्फ २ हजार ७९०, वाणिज्यतर्फ २ हजार २९०, उद्योगतर्फ ४५३, वस्तुगततर्फ २२ र एसोसिएटतर्फ ३६ मत खसेको नेपालले जानकारी दिए । उनका अनुसार कूल ४ हजार ८१० मतदातामध्ये सो संख्यामा मत खसेको हो । मतगणना आइतबार बिहान ८ बजेदेखि उद्योग वाणिज्य संघको सभाहलमा हुने तयारी भएको उनले बताए ।अध्यक्ष पदका लागि जीवन पराजुली, रन्जु सिग्देल (च
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकलाई दुर्व्यवहार गर्ने प्रहरी वरिष्ठ हवल्दार कारबाहीमा परेका छन् ।प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो ।केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार सुरक्षा व्यवस्थापनका लागि प्रहरीले आफ्नो ड्यूटी गरेको भए पनि चिकित्सकमाथि कुटपिट हुनु राम्रो नभएको बताए ।शुक्रबार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम थियो । त्यसका लागि शितलनिवासबाट बानेश्वरसम्म आउने र पुन शितलनिवास फर्कने क्रममा उपत्यका ट्राफिक प्रहरी कार्य
इटहरी । शिक्षा, समाज र साहित्यका क्षेत्रमा योगदान गरेको भन्दै लामो समयसम्म शिक्षा क्षेत्रमा योगदान पुर्याका इटहरीका लेखनाथ घिमिरेलाइ नागरिक अभिनन्दन गरिएको छ । लेखनाथ घिमिरे नागरिक अभिनन्दन मुल समारोह समितिको आयोजनामा शिक्षा तथा साहित्य क्षेत्रमा लेखनाथ घिमिरेले पुर्याएका योगदानको कदर स्वरुप उनलाइ रथारोहण सहित नागरिक अभिनन्दन गरिएको हो । अभिनन्दित व्यक्तित्व लेखनाथ घिमिरेलाइ इटहरी स्थित आफ्नै घरबाट रथयात्रा सुरु गरी विभिन्न भेषभुषा,झाँकी सार्थ नौमती बाजा सहित सहीत इटहरी बजार परिक्रमा गराइ इटहरी ९ जनता माविको खेल मैदानमा एक औपचारीक कार्यक्रमका बिच नागरिक अभिनन्द
टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार पुगेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गत सोमबारको भूकम्पमा परी करिब १३ हजार जनाको टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको छ ।लाखौं व्यक्तिहरु घरबारविहीन भएका छन् । उद्धार र राहत वितरणको काम जारी भए पनि ढिलासुस्ती भएको भन्दै टर्कीको विपक्षी पार्टीले सरकारको आलोचना गरेको छ । तर राष्ट्रपति रेचेप तैयप एर्दोआनले यो समय आलोचना नभइ एकताको भएको भन्दै सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केह
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा उद्योग वाणिज्य संघको निर्वाचन नजिकिएसङ्गै प्रचारप्रसारको क्रम तीव्र भएको छ ।संघको अध्यक्षका लागि पीताम्बर पोख्रेल, जीवन पराजुली, गायत्री कटुवाल भण्डारी, रञ्जु सिग्देल चौलागाई र मणिन्द्र कटुवालले उम्मेदवारी दिएका छन् । पराजुली, भण्डारी र चौलागाईको प्यानल छ भने अन्यले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । गायत्री नेतृत्वको प्यानललाई काँग्रेस नगर सभापती हेमकर्ण पौडेलले विज्ञप्ती नै जारी गरी जिताउन आग्रह गरेका छन् भने पराजुलीलाई संघका वर्तमान अध्यक्ष भीम पौडेललगायतको समर्थन रहेको छ । नेपाली काँग्रेस नेतृत्वले प्रयास गरेपनि एक उम्मेदवार र एउटै प्यानल बनाउन न
सुनसरी — मिस नेपाल-२०२३ को देशव्यापी अडिसनको सुरुआत इटहरीबाट हुने भएको छ । आयोजक संस्था दि हिडन ट्रेजरले बिहीबार इटहरीमा पत्रकार सम्मेलन गरी माघ २८ गतेबाट अडिसन हुन लागेको जनाएको हो ।मिस नेपाल-२०२३ को इटहरीमा हुने अडिसनमा इच्छुकलाई सहभागी हुन हिडन ट्रेजरले आग्रह गरेको छ । सातै प्रदेशका प्रमुख सहरमा अडिसन गर्ने तयारीका लागि लागि मिस नेपालको टोली इटहरी आइपुगेको मिस नेपाल-२०२३ इटहरी कोडनेटर स्मित कार्की ले बताए। इटहरीपछि वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढीमा अडिसन हुने र अन्त्यमा काठमाडौं अडिसन गर्ने तयारी रहेको हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए
सुनसरी/ युवा व्यवसायी रञ्जु सिग्देल (चौलागाईँ) इटहरीमा व्यवसाय तथा समाजसेवाको क्षेत्रमा चिनिएको नाम हो। युवावस्थामै उनले व्यापार र सामाजिक काममा देखाएको सक्रियताकै कारण उनी यतिखेर माघ २८ गते हुने उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनको लागि अध्यक्ष उम्मेदवार बनेकी छिन्। श्रीमानले थालेको व्यवसायलाई सहयोग गर्दा गर्दै आज कुशल व्यवसायी बनेकी सिग्देलले सामाजिक दायित्व र अभियानहरुलाई पनि सँगसँगै लगेकी छिन्। व्यवसायी बनेर आफूमात्र कमाउने वा आफ्नै लागिमात्र सोच्ने भन्दा पनि समाजको विकासको लागि के योगदान गर्न सकिन्छ भन्ने सोचका कारण उनी विभिन्न संघसंस्थाको
इटहरी । उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा अध्यक्ष उम्मेदवार पीताम्बर पोख्रेलले जीवन पराजुलीलाई समर्थन गर्ने भएका छन् । मङ्गलबार गरिएको पराजुली प्यानलको उम्मेदवारी घोषणा सभामा पोखरेलले समर्थन जनाएका हुन् । दुवै काँग्रेस निकट व्यवशायीहरु हुन् । पराजुलीले चुनावी प्रचारप्रसार तीव्र बनाएपनि पोख्रेलले भने अभियान थालेकै थिएनन् । पराजुलीको प्यानल समावेशी र व्यावसायिक भएकोले समर्थन गरेको पोख्रेलले बताएका छन् । पराजुलीलाई उवासंघका वर्तमान अध्यक्ष भीमबहादुर पौडेल र पूर्व अध्यक्ष टङ्कप्रसाद दुलाललगायतले समर्थन गरेका छन् । यता काँग्रेस इटहरी उपमहानगर सभापति हेमकर्ण पौडेल, संघका पुर्व अध्यक्ष
इटहरी । आगामी माघ २८ गते हुने उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा रञ्जु सिग्देल चौंलागाइंको समुहले आफ्ना १८ प्रतिबद्धता सार्वजनिक गरेको छ । एक कार्यक्रम गरी युवालाई रोजगार दिने देखि औद्योगिक ग्राम स्थापना गर्ने सम्मका प्रतिबद्धता सार्वजनिक गरेको हो ।यस्तै इटहरीको फोहोर व्यवस्थापन, कर सम्बन्धि परामर्श लगायत एजेन्डा अघि सारेको छ । सवारी पार्किङ, घर बहाल सम्झौता त्यस्तै गैह्रव्यवसायी निरुत्साहन लगायतका प्रतिबद्धता समेत समेटेको छ । यस्ता छन्, १८ प्रतिबद्धता–१. बैङ्क ब्याजदरः बैङ्कको ब्याजदर वृद्धिका कारणले उद्योगी व्यवसायीमा परेको समस्या समाधानका लागि सम्बन्धित निकायलाई यथेष्ट दबाब सिर्जना गरिन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.