इनरुवा/ प्रजातन्त्र दिवसको अवसर पारेर ‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव प्रदेश १’ सुनसरी सदरमुकाम इनरुवामा आइतबारबाट सुरुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय अमनलाल मोदिको प्रमुख आतिथ्यता तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको सभापतित्वमा औपचारिक कार्यक्रम गरि सुभारम्भ गरिएमो हो । औपचारिक कार्यक्रमअघि भगवती स्कुलदेखि महोत्सव स्थल शान्ति चोक सम्म विभिन्न जातजातिको झाकी सहितको र्याली गरिएको थियो । महोत्सवको समुद्घाटन कार्यक्रममा विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजनामा सुरु भएको महोत्सव आयोजकले इनरुवाको स्थाप
काठमाडौं । लियाेनल मेस्सीले इन्जुरी टाइममा फ्रिकिक मार्फत गाेल गरेपछि फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लिलमाथि ४-३ गोलको संघर्षपूर्ण जित दर्ता गरेकाे हाे ।घरेलु मैदानमा खेलको ११ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।खेलको २४ औं मिनेटमा बाफोडे डियाकिटेले गोल गर्दै लिललाई २-१ को स्थितिमा ल्याए । खेलकाे दाेश्राे हाफमा जोनाथन डेभिडले ५८ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लिललाई २-२ गोलको बराबरीमा ल्याए
धरान । २३ औं बुढासुब्बा गोल्डकप फागुन १३ गतेदेखि धरानमा हुने भएकाे छ । धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मितिबारे जानकारी गराएको हो ।कोभिड महामारीको कारण आर्थिक संकटबाट गुज्रिएकाे क्लबले २ वर्षयता प्रतियोगिता नै गर्न सकेकाे थिएन । २०५५ सालदेखि शुरु भएको प्रतियोगिता कोभिडको कारण २०७६ यता हुन सकेको छैन । आर्थिक अभावले २२ औं संस्करणका विजेता तथा उप विजेताको पुरस्कार समेत केही दिन अगाडी मात्र दिएको क्लबले २३ औं संस्करणकाे प्रतियाेगिता भने भब्य हुने बताएकाे छ ।यसपटककाे प्रतियाेगितामा नेपालका ए डिभिजन क्लबबाट नेपाल पुलिस क्लबले मात्र सहभागिता जनाउने क्लबका अध्यक्ष किश
विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा झरना युवा क्लब सुन्दरहरैंचाको आयोजनामा विराटचोक महोत्सव तथा फुड फेस्टिभल शुरु भएको छ । महोत्सवको प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले गरिन् ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले आयोजकले महोत्सवको आयोजना गरेर बचत भएको रकम सामुदायिक विद्यालयका विद्यार्थीका लागि सहयोग गर्ने उद्देश्य राख्नु सह्रानीय भएको बताइन् ।नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य नवराज चापागाईँले व्यवसायीबीच सम्बन्ध बढाउन यस्ता महोत्सवको भूमिका उल्लेखनीय हुने उल्लेख गरे । आफूलाई अप्ठ्यारो नपर्ने गरी उद्योग वाणिज्य संघले पनि महोत्सवलाई सहयोग गर्ने उद्य
सुन्दरहरैचा/ मोरङमा हिजो २ अलगअलग स्थानमा भएका दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार हिजो बिहान सुन्दरहरैचा–५ स्थित भित्री सडक खण्डमा प्रदेश १–०२–०४७ प २८२४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका स्कुटर चालकको ज्यान गएको हो । सो दुर्घटनामा सुन्दरहरैचा–५ का ५० वर्षीय चक्रबहादुर श्रेष्ठ घाइते भएका थिए । उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।त्यस्तै, हिजो राती ११ बजे बिराटनगर–४ स्थित राजमार्गमा प्रदेश १–०२–०४२ प ६०४९ नम्बर र लु. १८ प ५४५६ नम्बरको मोटरसाईकल आपसमा ठक्
बुढीगंगा । विराटनगर १९ घर भएकी २८ वर्षीय प्रियङ्का सुनवार साहको हत्या आरोपमा प्रहरीले श्रीमान् २९ वर्षीय रमेश साहसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले कटहरी गाउँपालिका ५ का रमानन्द राम र कटहरी ५ का ३५ वर्षीय उमेश सरदारलाई अनुसन्धानको लागि आज नियन्त्रणमा लिएको हो ।पक्राउ परका रमानन्द शव व्यवस्थापनको लागि एम्बुलेन्स खोज्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । सुरुमा प्रहरीले उनलाई पक्राउ गरेपछि हत्या गरेर शव फेला पारेको थियो ।प्रिंयकाको आज दिउँसो मोरङको बुढीगंगा गाउँपालिका २ अमाहीमा नर्सिङ चौधरीको घरको ग्वालीमा बोरा भित्र शव भेटिएको मोरङ प्रहरीका एसपी दीपक पोखरेलले जानकारी
बुढीगंगा । माेरङकाे बुढीगंगा २ अमाहिमा एक जना महिलाकाे हत्या गरेकाे अवस्थामा शव भेटिएको छ ।पहिचान नखुलेकाे अन्दाजी ३५ बर्षिय महिलाको हत्या गरेकाे अवस्थामा बोराभित्र शव भेटिएको हाे ।स्थानीय नरसिंह चाैधरिकाे घरमा बाेराभित्र हालेकाे अवस्थामा शव भेटिएको माेरङ प्रहरिका प्रबक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । अहिले घटनास्थलमा माेरङ प्रहरीका डिएसपी रन्जनकुमार दाहलकाे नेतृत्वमा टाेली परिचालन भएकाे छ ।प्रहरीले घटनामा सम्लग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । महिलाको घाटीमा चोट रहेको प्रहरीले जनाएको छ ।
धरान । धरान १७ मा ग्यास सिलिन्डर विस्फोट हुँदा ८ जना घाइते भएका छन् । धरान १७ को आदर्श चौक बस्ने सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास विस्फोट हुँदा ८ जना घाइते भएको धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिनुभयो । ८ जना घाइते मध्ये ४ जना गम्भीर भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक प्रभु ढकालले जानकारी दिनुभयो घाइते हुनेहरूमा घरधनी २७ वर्षीय सबिता राई, कोठा भाडामा बस्ने ४२ वर्षीय अञ्जना राई, ६५ वर्षीय रामकुमारी राई, ८ वर्षीय साङ्केन राई, १० वर्षीय सुमिहाङ राई, कोसी ग्यासका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अ
धनकुटा । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत तेस्रो धनकुटा नगरपालिका स्तरीय खेलकुद प्रतियोगिता आईतबार सम्पन्न भएको छ । पालिका भित्रका १६ वटा विध्यालयका विच प्रतिस्पर्धा रहेको उक्त प्रतियोगिता पालिकाको संयोजन एवं गोकुण्डेश्वर माध्यमिक विध्यालयको आयोजनामा शनिबारबाट सञ्चालन गरिएको थियो ।उक्त प्रतियोगिताको ६ स्वर्ण, ५ रजत र ४ काश्य पदक प्राप्त गरी हिले माध्यमिक विद्यालय हिलेले प्रथम स्थान ओगट्न सफल भएको छ भने ५ स्वर्ण ६ रजत र ५ काश्य पदक प्राप्त गरी जनकल्याण माध्यमिक विद्यालयले दोस्रो पुरस्कार प्राप्त गर
इटहरी : इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी सहायक हवल्दार सम्बरबहादुर तिवारी र १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी जवान पुजन राई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागिय मूल्य मान्यता, आदेश र निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै उनीहरूलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो । साथै तिवारीले मिति २०७९।१०।१७ गते मोटरसाइकल चोरीको अनुसन्धान तथा खोजतलासको सिलस
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.