काठमाडौं / प्रतिनिधिसभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने बहुमतले प्रस्ताव स्वीकृत भएको छ । बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयकमाथि उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्ताव प्रस्तुत गर्दै उहाँले सत्यको छानबिन र परिपूरण हुनुपर्छ भन्ने मान्यता रहेको विधेयकमा शान्ति सम्झौताका हस्ताक्षर कर्ता, राजनीतिक दल र आम जनताको साझा विषय रहेको बताउनुभयो । मन्त्री शर्माले
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -५ मा रहेको पुर्वान्चल पब्लिक स्कुल आफ्नो १४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । सुन्दरहरैंचामा कृयाशिल रहेर सुन्दहरहरैंचा गतिविधि र बिकृती बिसगतिलाई परिष्कृत गर्दै समाज परिवर्तनमा कलम र क्यामराको माधयमबाट उल्लेखनीय योगदान पुर्याएबापत सम्मान गरेको प्रिन्सिपल सन्तोष कुमार राईले बताए। सुन्दरहरैंचामा बिधालयले यस किसिमको श्रीमान श्रीमतिको जोडि सहितको पत्रकारलाई पहिलोपटक गरेको हो। कार्यक्रममा सामाजिक ब्यक्तित्व भक्ती सिटौला र ज्ञानेन्द्र ओझा तथा चारकर्मी शिव भट्टराई र एलएन गच्छदार दम्पति लाई
सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा नगरपालिका वडा -९ मा रहेको लाइट गार्डेन एकेडेमी मन्टेश्वरी स्कुले आफ्नो ७ औं अभिभावक दिवस भब्यताका साथ मनाएको छ। लाइफ गार्डेन एकेडेमी मन्टेश्वरी स्कुलका प्रिन्सिपल ऋषिराम पाठकको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सो वडाका अध्यक्ष प्रकाश श्रेष्ठले कार्यक्रम समुदघाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रेष्ठले सो एकेडेमीको आफू समेत अभिभावक रहेको भन्दै शुभकामना मन्तव्यको क्रममा स-साना बालबालिका प्रस्तुति प्रति प्रशंसा गर्दै बालबालिकालाई उनिहरुको मनौबिज्ञान बुझेर सिकानु सहज नभएको भन्दै
इटहरी । इटहरीमा स्टुडेन्ट क्वालीटी सर्कल विश्व आर्दश कलेजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।पठनपाठनका साथै सामाजिक क्षेत्रमा समेत महत्वपुर्ण योगदान पुर्याउन विश्व आर्दश कलेजको उक्त कार्यक्रममा सिक्षक, बिद्यार्थी , अभीभावक, समेत एक सय एक जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाइटी इटहरीका सस्थापक अध्यक्ष राजेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको स्टुडेन्ट क्वालीटी सर्कल विश्व आर्दशका कोडिनेटर उत्तम गिरिले बताउनुभयो ।&nbs
इटहरी (डेस्क) : पूर्व पश्चिम राजमार्गस्थित धनुषाको मिथिला नगरपालिका ३, हरिहरपुरमा शनिबार बिहान दुईवटा ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बिहान ४ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा जुध्दा दुर्घटना भएको हो ।ठक्करबाट ना ६ ख ६५७८ नम्बरको ट्रकका चालक सुनसरीको इनरुवाका २७ वर्षीय सागर चौधरी सोही ट्रकका सहचालक सुनसरी भरौलका ३० वर्षीय अर्जुन चौधरी र प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रक चालक मोरङको बेलबारी ८ का ४४ वर्षीय लोकमा
सुन्दरहरैचा : मोरङको बेलबारी ३ स्थित भगवती माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक रामु हुमागागाईँलाई प्रहरीले पक्राउ गरेको छ ।शनिबार इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक उदय शमशेर राणाले जानकारी दिए । उजुरीमा छात्राहरूले आँफूहरूमाथि पटकपटक दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।शिक्षक हुमागाईँले जबरजस्ती आफ्नो मोटरसाइकलमा चढाएर बाटोमा दुर्व्यवहार गरेको, अश्लील शब्दहरू बोलेको र आँफूहरूलाई पटकपटक विभिन्न ठाँउमा घुम्न जाँउ भन्ने गरेको पीडित विद्यार्थीहरूको आरोप छ ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्
इटहरी : कोसी प्रदेशको नामकरणको विरोध गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि नेपाल सरकारले वार्ता समिति गठन गरेको छ ।गृह मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्तासमिति गठन गरेको हो ।शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आन्दोलनरत पक्षसहित बसेको बैठकले वार्ता समिति गठन गरेको हो ।छलफलपछि प्रधानमन्त्रीको निर्देशनबमोजिम गृह मन्त्रालयले सहसचिव सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्तासमिति गठन गरेको हो ।कोसी प्रदेश नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलन र आन्दोलनको क्रममा पदम लिम्बूको निधन भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गर्दै वार्ताबाटै समस्या समा
सुन्दरहरैचा / इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब सुन्दरहरैचा मोरङले चुमेको छ ।शनिबार इटहरी रंगशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँलाई सडन डेथमा पराजित गर्दै सगरमाथाले उपाधि चुमेको हो ।गत वर्षको समेत विजेता रहेको सगरमाथा युथ क्लबका लागि विवेक बर्मा, स्टेफिन विनोज, राजीव लोप्चन, अभिषेक लिम्बू, मेस्सुको र महेन्द्र कार्कीले गोल गरे ।यस्तै, चर्च ब्वाइजका लागि भने फ्रयाङ्लिंक ताल्ला, रञ्जीत पाण्डे, मिलन राई, बेम्पा, पिरिसोले गोल गर्दा मनोज राईको प्रहार गोल पोस्टबाहिर गयो ।सुरुमा ५–५ जनाले प्रहार गर्दा सबैजनाको गोल भएपछि पछिल्लोपटक चर्च ब्वाइजका मनोजको गोल बाहिर गएको थियो भन
बेलायती अभिनेता रेगे-जीन पेज संसारका सबैभन्दा सुन्दर मानिस घोषित भएका छन् । ‘ब्रिजर्टन’ सिजन-१ मा सिमोन बासेटको भूमिकामा खेल्दा मात्र नभएर एक नयाँ अध्ययनले उनलाई संसारकै सबैभन्दा सुन्दर पुरुषमध्ये एक भएको प्रमाणित गरेको छ ।हालै ३४ वर्षीय यी अभिनेताको अनुहारको विश्लेषण गरिएको थियो । जसको नतिजामा उनी सबैभन्दा सुन्दर पुरुषमध्ये एक भएको निष्कर्ष निस्कियो । यो अनुसन्धान ग्रीक गोल्डेन रेसियो अफ ब्युटी फिको प्रयोग गरेर गरिएको थियो, जुन पुरातन प्रणालीले शारीरिक पूर्णता मापन गर्छ । जसअनुसार रेगेको मामलामा यो ९३.६५ प्रतिशत सही थियो ।रेगेपछि क्रिस हेम्सवर्थ ९३.५३ प्रतिशतका साथ दोस्रो र माइकल बी जोर्डन ९३
इटहरी / नेपाल सरकारले १५ प्रतिशत वृद्धि गर्दा इटहरीमा रहेका कर्मचारीको वृद्धि भएको थिएन तर कर्मचारीको सेवा सुविधा काटेर खर्च कटौती गर्ने बिसय र सुत्केरी विदा हटाउने निर्णयमा विवाद भयको देखाउदै नगरसभा स्थगन छ ।कर्मचारीको सेवा सुविधा काटेर खर्च कटौती गर्नेबारे मेयरले भ्रम छरेको वडा नम्बर ९ का वडा अध्यक्ष जितेन्द्र थापाले टिप्पणी गरेका छन् उनले खाजाबापतको मासिक चार हजार रहेको रकमलाई एक हजार मात्रै बढाएको बताउँदै मेयर पौडेलले कर्मचारी पोस्न एमाले लागि परेको भन्ने अभिब्यक्ति दिएको बारे टिप्पणी गरे ।“हामीले कुन नयाँ नीति बनाएका हौं र ?” थापाले भने ‘खाईपाई आएको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.