धनकुटा । सिपका माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर वनाउने उद्धेश्यले धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ८मा सञ्चालित चार दिने तालिम समापन भएको छ । महालक्ष्मी नगरपालिका वडा नम्बर ८को सहयोग तथा न्यु कुसुम सिप विकास प्रशिक्षण केन्द् धनकुटाको आयोजनामा महिला लक्षित कपडाबाट गमला, गलैचा, चकटी, फुलदानि, कुसनलगायतका सजावटका सामान वनाउने तालिम समापन भएको हो ।न्यु कुसुम सीप विकास प्रशिक्षण केन्द्र धनकुटाका कार्यक्रम संयोजक कोकिला भण्डारीको अध्यक्षता तथा महालक्ष्मी नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष राम बहादुर खड्काको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्
इटहरी । लामो समय देखि सामाजिक क्षेत्रमा कृयाशिल काठमाडौंस्थित रुपकुमारी अध्यात्म सेवा समितीले इटहरीको माया घरलाइ नगद रू ५० हजार सहित सम्मान गरेको छ ।काठमाडौंमा हालै सम्पन्न भब्य कार्यक्रा बिच इटहरीको माया घर नेपाललाइ सो संस्थाले नगद सहित सम्मान गरेको हो । मानव धर्मको पथमा रहि अतुलनीय सेवा गरेको भन्दै माया घर नेपाल इटहरीलाइ सो सम्मान प्रदान गरिएको हो । कार्यक्रममा माया घर नेपाल इटहरी सहित अन्यलाइ पनि सम्मान गरिएको थियो ।काठमाडौंस्थित रुपकुमारी अध्यात्म सेवा समितीको अध्यक्ष रमा शर्माले इटहरीको माया घर नेपालले मानव सेवामा पुर्याएको योग्दानबारे कार्यक्रममा खुलेरै प्रशंसा गर्नुभएको थियो ।संस्थ
इटहरी/ राष्ट्रिय युवा संघ नेपाल इटहरी नगर कमिटिले धरानमा आफुले मनपरी गरे जस्तो बिधि विधान कानुन विपरित चालेको कदम जस्तो दुई अलग अस्तित्व भएका उप–महानगरको सिमा बारेमा कुनै पनि कदम चाल्ने काम प्रति आपत्ति जनाएको छ। नगरकमिटिले सोमबार अपरान्ह बिज्ञप्ती जारी गर्दै आपत्ति जनाएको हो।अन्तरपालिका सिमाना बारे निर्णय गर्ने अधिकार पालिका प्रमुख एक्लैलाई कस्ले दियो ? भन्दै धरानका मेयरलाई प्रश्न गरेको छ। राष्ट्रिय युवा संघ इटहरी जारी गरेको बिज्ञप्तीमा इटहरी र धरान बीचको सिमा विवाद निकै समय देखि चलिआएको व्यहोरा सबैलाई जानकारी भएको भन्दै भौगोलिक सिमा रेखा बारेको निष्कर्ष, सिमाना के कसरी तय गरिएको छ भन्ने
काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको एउटा इञ्जिन फेल भएपनि काठमाडौंमा अवतरण गरेन ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका छन् । तर, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरेका छैनन् ।‘डेस्टिनेसनमै जान खोजेको जस्तो देखिन्छ, समस्या भएपनि अवतरण गर्ने पाइलटले बताएका छैनन्’, एक अधिकारीले भने, ‘पाइलटले वी विल कन्टिन्यू भनेका छन् ।’ती अधिकारीका अनुसार पाइलटले विमान भारतमा अवतरण गर्नसक्छन् । ‘दुबई उडान गर्ने जोखिम पाइलटले नलिनसक्छन्, भारतमा मर्मतका लागि सुविधासँगै सहजत
इटहरी । यामाहा कम्पनीका स्कुटरहरुका पारखीलाई लक्षित गरी कोशी प्रदेशका उपभोक्ताहरुका लागि यामाहा मोटर साईकल तथा स्कुटरको इटहरी आधिकारिक विक्रेता तिरुपति अटो सिटीले यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिगं बजारमा ल्याएको छ । उद्योग वाणिज्य संघ कोशीका वरिष्ठ उपाध्यक्ष भिमवहादुर पौडेलले तिरुपति अटो सिटीले भित्रियाएको यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिगंको एक कार्यक्रम विच सार्वजनिक गरेका हुन । यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिगंको सार्वजनिकरण कार्यक्रममा शक्तिशाली इन्जिन ,अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन साथै नेपाली बाटो सुहाउदो भएका कारण नेपाली उपभोक्ताहरुको र
इटहरी । इटहरीबाट प्रकासीत हुदै आएको पुर्वी हटलाईन दैनिकले आफनो १०औं प्रकासन वर्षको अवसर पारेर निरन्तर पत्रकारिता पुरस्कर बाट एभिन्युज खबरका सम्बाददाता दिपक कार्की र समाजिक क्षेत्रमा योगदान गरेको भन्दै समाजसेवि बिष्णु रिजाललाइ सम्मान गरेको छ । पुर्वी हटलाईन दैनिकका प्रधान सम्पादक शालिग्राम पाण्डेको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलावल्लव घिमीरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्कीलाई सम्मान गरिएको हो । सो अवसरमा निरन्तर पत्रिका प्रकासन गर्नु भनेको सामान्य कुरा नभएको भन्दै प्रमुख अतिथी घिमीरेले १० वर्ष देखि निरन्तर पत
इटहरी : इटहरीमा कोसी प्रदेशस्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को संयोजनमा इटहरी रंगशालामा सुरु प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिताको कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उद्घाटन गरे ।प्रतियोगितामा कोसी प्रदेशका १४ वटै जिल्लाका एक हजार दुई सय खेलाडीको सहभागिता रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए।एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको गरी ६ विधामा सञ्चालन हुने प्रति
इटहरी । पहिचानवादी संगठनहरुले कोशी प्रदेशको पक्षमा भोटिङ गर्ने ८२ जना सांसदहरुलाई कोठाभाडामा नदिन घरबेटीसँग अनुरोध गर्ने भएका छन् । कोशी नामाकरणको विरोधस्वरुप उनीहरुले घरबेटीहरुलाई भेटेर यस्तो आग्रह गर्ने भएको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले जानकारी दिएको छ । वैशाख ११ गतेदेखि विराटनगरमा निर्णायक आन्दोलन गर्ने भनिएपनि प्रदेश सभाको बैठक केन्द्रित गर्ने गरी २१ गतेपछि आन्दोलन थाल्ने समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । निर्णायक आन्दोलनको तयारीका लागि भन्दै समितिले वैशाख २१ गतेसम्मका लागि विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको
इटहरी । नागरिक समाज इटहरीमा पहिलो पटक महिलाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।पुर्व अध्यक्षहरुको भेलाबाट सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिको अध्यक्षमा बालिका खड्का भट्टराई चुनिएकी हुन ।नागरिक समाज इटहरीका अध्यक्ष राजु केसीको अध्यक्षतामा भएको भेलाबाट चयन भएको नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा आर के राई , उपाध्यक्षद्धयमा दोण वहादुर न्यौपाने , भोलाकाजी बस्नेत महासचिव गंगा आचार्य घिमीरे ,सचिव सुरेन्द्र तामागं सहसचिव लक्ष्मी थेबेलाई चयन गरेको हो ।२४सदस्य नयाँ कार्यसमितिको सदस्यहरुमा अनन्त विष्ट , डिल्लीप्रसाद भट्टराई , सचिन पोखरेल , हिमाल दाहाल , धनकुमारी जिमी , उर्मिला कटुवाल लगाय
इटहरी : इटहरी र धरान दुई उपमहानगरपालिका बिचको सीमा विवादलाई वार्ता मार्फत समाधान गर्न इटहरीका मेयर हेमकर्ण पौडेलले आग्रह गरेका छन् । धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले धरानको सीमा बोर्ड इटहरीको क्षेत्रमा राखेपछि उत्पन्न विवादको समाधानको लागि आग्रह गरेका हुन् ।२०१० साल भन्दा अगाडिबाट इटहरी धरानको सिमाना सेउती पुल रहेको ऐतिहासिक तथ्यलाई ख्याल गर्न मेयर पौडेलले सुझाएका छन् । सीमा जस्तो संवेदनशील र गम्भीर विषयलाई संवाद, सहमति र सहकार्य गर्न म तयार रहेको बताए ।मेयर कक्षमा सोमबार पत्रकार सम्मेलन गर्दै पौडेलले आफू धरानको विकास, समृद्धि सँगै धराने जनताप्रति सम्मान भाव रहेको प्रष्ट पारे ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.