सुनसरी / मोरङको केराबारी गाउँपालिकाको १२ औं आर्थिक वर्ष २०८०/८१ गाउँ सभा अधिवेशनमा बजेट तथा कार्ययोजना पारित भएको हो ।१२ औं गाउँसभाको अधिवेशनमा आर्थिक वर्षको २०८०/८१ गाउँपालिकाले निति तथा कार्य योजना पेश गरेपछि बजेट तथा कार्यक्रममा गाउँपालिकाका १० वटामा रहेका धार्मिक क्षेत्र , सामुदायिक विद्यालय , सामुदायिक वन , पर्यटन स्थल , यातायात तथा सडक , स्वास्थ ,शिक्षा, खानेपानी , ऐतिहासिक क्षेत्रका निति तथा प्रस्तुत कार्यक्रमका विषयमा बजेट तथा कार्ययोजना पारित भएको छ ।१२ औं गाउँसभाको अधिवेशनमा गत आर्थिक वर्षको २०७८/७९ को वार्षिक वास्तविक आय व्ययमा कुल जम्मा रु. ७४ करोड ४७ लाख २ हजारा रहेको
सुनसरी / मोरङको सुन्दरहरैचा - ५ स्थित बाँसबारी चोकमा गएराती मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।सुन्दरहरैचा नगरपालिका- ५ स्थित बाँसबारी– डिपु सडक खण्डमा रहेको पैनीमा मोटरसाइकल खस्दा स्थानीय ४५ वर्षीय शिवनाथ आचार्यको मृत्यु भएको छ ।प्रदेश–१ ०२–०५० प ८०८४ नम्बरको बुलेट बाइक बिहीबार राति आफै अनियन्त्रित भइ दुर्घटना हुँदा दुर्घटना भएको थियोे । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आचार्यले मापसे गरी मोटरसाइकल चलाउँदा दुर्घटना भएको हुनसक्ने खुलेको छ ।आज बिहान साढे ५ बजेतिर स्थानीयले मोटरसाइकल सहित नालीमा खसेको देखेपछि प्रहरीमा खबर गरेका थिए । पैनीमा मोटरसाइकलसहित खसेका उनको घटना स
सुनसरी / मोरङको केराबारी गाउँपालिका वडा ८ मा रहेको हजारविघा सामुदायिक वनमा ऐतिहासिक पहिचानले बनेको रोटेपिङ्गको निर्माण काम अन्तिम अवस्था आएको छ ।मोरङको केराबारी गाउँपालिका वडा ८ मा रहेको हजारबिघा सामुदायिक वन उपभोक्ता समितिबाट निर्माण गरिएको ऐतिहासिक पहिचान बनेको रोटेपिङ्ग क्षेत्रमा रोटेपिङ्गको निर्माण काम अन्तिम अवस्था आएको छ । वन समुहले करिब ४ देखि ६ लाख रुपैया खर्चेर बालउद्यान , बोटानिकल गार्डेन सहित घेराबार गरेर रोटेपिङ्ग नामलाई जोगाउन रोटेपङ्ग निर्माण गरिएको छ । यहाँ विभिन्न जिल्लाका तथा आन्तरिक पर्यटकलाई आकर्षित बनाउन निर्माण गरिएको सामुदायिक वन समितिका अध्यक्ष रुद्रवहादु
सुनसरी / मोरङको केराबारी गाउँपालिकाको १२ औं आर्थिक वर्ष २०८०/८१ गाउँ सभा अधिवेशनमा निति तथा प्रस्तुत कार्यक्रम भएको छ ।१२ औं गाउँसभाको अधिवेशनमा आर्थिक वर्षको २०८०/८१ गाउँपालिकाले निति तथा कार्य योजनामा बजेट निर्माण , विकास निर्माणका काम , पुर्वाधार विकासका नीति, शिक्षा युवा तथा खेलकुद , स्वास्थ्य , खानेपानी तथा सरसफाई , यातायात , लैङ्गकि समानता , सामाजिक सुरक्षा र समावेशीकरण , कृषि विकास सहकारी, पशुपन्छी तथा मत्स्य , उद्यम विकास , राजस्व, रोजगार , वातावरण तथा विपद व्यवस्थापन , संस्थागत क्षमता विकास , सेवा प्रवाह र सुशासन सहित निति तथा कार्यक्रम अधिवेशन भएको हो । गाउँपालिकाको ''कृषि
महोत्तरी / महोत्तरीको सम्सी गाउँपालिकामा स्वास्थ्यसँग सम्बन्धित जनसरोकारका विषयहरुमा ध्यानाकर्षण गराउँदै नागरिक समूहले ज्ञापन पत्र बुझाएको छ ।सम्सी गाउँपालिका भित्र रहेको स्वास्थ्य संस्थाको सुदृढिकरण र सेवा प्रवाहलाई चुस्त एवं प्रभावकारी बनाउनका लागि गाउँपालिकाले आगामी वर्षको योजनामा बजेट विनियोजन गरी जनतालाई प्रभावकारी स्वास्थ्य सेवाको ग्यारेण्टी गर्नुपर्ने सहित नागरिक समूहले गाउँपालिका अध्यक्ष रामनाथ यादवलाई ज्ञापन पत्र बुझाएका छ । सर्वसुभल र प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि गाउँपालिकाले काम गर्ने ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष रायले बताए ।सेवाग्राही र सेवाप्रदायक बीच स्वस
सुनसरी / विश्व प्रसिद्ध नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । यो प्रिमियर सन २०२३ सेप्टेम्बर १० आईतबार अर्थात आगामी २४ भदौमा गरिने आयोजक चाम्स इन्टरटेनमेन्टले जनाएको छ ।अब सो भव्य प्रिमियरमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सहभागी हुने भएका छन् । ‘गोर्खा वारियर’का निर्देशक मिलन चाम्सले धरान पुगेर बुधबार मेयर साम्पाङलाई सो प्रिमियरमा निम्तो दिएका हुन ।मेयर साम्पाङले आफुलाई धरानका विभिन्न पर
सुनसरी / इटहरी उपमहानगरपालिकाले ई-रिक्सा जिम्मा पाएसँगै तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) को दर्ता प्रक्रिया अघि बढाएको छ । इटहरीमा मात्र हालसम्म ५० वटाभन्दा बढी सफारी दर्ता भइसकेको छ ।प्रदेश सरकारले ई–रिक्सा व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएपछि नियमनको जिम्मा पाएपछि इटहरी उपमहानगरले आफैले नियमावली तयार गरी दर्ता प्रक्रिया अगाडि बढाएको हो । इटहरी उपमहानगरपालिकाले दर्तामा लाग्ने शुल्कसमेत घटाएको छ । यसअघि पारित भएको सरसफाई तथा पार्किङ्ग शुल्क खारेज गर्ने, बिमा अनिवार्य नगर्ने, ई रिक्सा दर्ता शुल्क एक हजार ४ सय लाई घटाएर १ हजार एक सय रुपैया कायम गर्ने, बाटो इजाजत पत्र
सुनसरी / मोरङको बेलबारी नगरपालिकाले नगरभित्रका रासयनिक मल बिक्रेता फर्मलाई रासयनिक मल बिक्रेता प्रमाणपत्र किन खारेज नगर्ने भनी दुई दिने स्पष्टिकरण सोधेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारीले पालिकाले तोकेको भन्दा बढी मुल्यमा फर्म तथा सहकारीहरुले किसानलाई अनुदानको मल बेचेको विषयमा ज्ञापन पत्र बुझाएपछि सम्बन्धित रासायनिक मल बिक्रेता फर्मलाई नगरपालिकाले स्पष्टिकरण सोधेको छ । गत २०७९ चैत्र ११ मा नगर उपप्रमुख सहित अनुदानको रासायनिक मल बिक्री सम्बन्धमा बसेको पालिकाको बैठकले प्रति के. जी. युरीया मल खरिद मुल्य रु १५ , ढुवानी प्रति के जि रु १.७०, लोड अन
सुनसरी / अपाङ्गता भएका व्यक्तिहरुलाई होटलहरुमा रोजगारीको अवसर सृजना गर्न इटहरीका होटल व्यवसायीले प्रतिवद्धता जनाएका छन् ।आज बुधबार इटहरीमा द लेप्रोसी मिसन नेपाल फण्ड परियोजना विराटनगरले आयोजना गरेको पर्यटन तथा होटल व्यवसायीहरुसँग सम्भावित रोजगार विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा उनिहरुले योग्य व्यक्तिलाई रोजगार दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।कार्यक्रममा परियोजनाका व्यवस्थापक विपिन दासले फण्ड परियोजनसँग ६१३ जना अपाङ्गता भएका व्यक्तिहरु सुचिकृत रहेको जानकारी दिदै उनिहरुमध्ये ९२ प्रतिशत व्यक्ति साक्षर रहेको र विभिन्न पदका लागि योग्य रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी
सुनसरी / जुन महिनाको २१ औं तारिख अर्थात् असार ६ गते आज इटहरीमा शान्ति र्याली गर्दै नवौ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।इटहरी उपमहानगरपालिका स्वास्थ्य महासाखा, आयुर्वेद समूह इटहरीको आयोजनामा गरिएको र्यालीमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र इटहरी ,नेपाल आयुर्वेद स्वास्थ्य सहकर्मी समाज इटहरी, जीवन विज्ञान लगायत विभिन्न संघ सस्थाहरुबाट ४०० भन्दा बढी व्यक्ति हरुको उपस्थिति रहेको थियो।मानवाताका लागी योग मुख्य नारा रहेको कार्यक्रममा जीवनका लागि योग, स्वास्थ्यका लागि योग जस्ता नारा सहित इटहरी चोक परिक्रमा गर्दै इटहरी उपमहानगरपालिकाको प्राङ्गडमा पुगेर कोड सभा गर्दै कार्यक्रम अन्त्य गरिएको थि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.