विराटनगर / प्रदेश नम्बर १ को नाम कोशी राखिएपछि आन्दोलित बनेका पहिचानवादी र प्रदेश सरकारबीच आज हुने भनिएको वार्ता स्थगित भएको छ ।फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलन गरिरहेका प्रदेशको नाम पुनः संशोधन गर्न माग गर्दै आन्दोलनरत पक्षले सरकारसँग वार्तामा बस्न अस्वीकार गरेपछि आजको लागि निर्धारित वार्ता स्थगित भएको हो ।एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपूर्ण भएको भन्दै संघर्ष समितिले वार्ताको वातावरण नभएसम्म वार्तामा नबस्ने जनाएको छ।यता, प्रदेश सरकारका वार्ता टोलीका संयोजक खानेपानी सिँचाइ तथा ऊर्जा मन्
काठमाडौं | बकर ईदको अवसरमा भोलि सरकाले देशभर सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा असार १४ भोलि बिहीबार गृहमन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।’नेपाल राजपत्रमा मिति २०७९/ १२/०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) वि सं. २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ सुचना भनिएको छ ।
सुनसरी : इटहरी उपमहानगरपालिकाले इटहरी चोकमा दुई वटा आकाशे पुल निर्माण गर्ने आगामी वर्षको बजेटमा विनियोजन गरेको छ ।इटहरी उपमहानगरपालिकाले धरान विराटनगर कोशी राजमार्गको इटहरी खण्ड मुख्य बजार क्षेत्रमा २ वटा आकाशे पल निर्माण गरिनेछ । यसको लागि आवश्यक बजेट विनियोजन गरेको गरेको उपमेयर संगीता कुमारी चौधरीले नगरको १३ औं नगरसभामा आइतबार प्रस्तुत बजटमा समेटिएको हो ।त्यस्तै इटहरीको मुख्य समस्या रहेको इटहरी वडा नं. ६ हुँदै मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेंग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रिन बेल्ट (हरित पार्क) निर्माण गरिनेछ । यसको लागि आवश्यक बजेट विनियोजन गरेको प्रस्तुत गरेको बजेट भाषणम
इटहरी : मोरङको बेलबारी - ११ लक्ष्मीमार्गबाट बिद्युतिय पोईन्ट नियन्त्रण बिन्दु स्थापना गरेर नापजाँचको काम शुरु भएको छ । भुमिहिन दलित,सुकुम्बासी तथा अब्यबस्थित बसोबासका लागि जग्गा प्राप्ति सहित समस्या समाधानका लागि नापजाँचका लागि नियन्त्रण बिन्दु स्थापना गरिएको हो । बिन्दु स्थापना कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई,उपप्रमुख नितु थापा (कोईराला) वडाध्यक्ष बिक्रम बान्तवा राई,राष्ट्रिय भुमि आयोग जिल्ला समिति मोरङका बिज्ञ सदस्य प्रेमराज भारती,प्राबिधिक टोली सहितको उपस्थिति रहेका थिए ।बेलबारी नगरपालिकामा नापजाँचका लागि लक्ष्मीमार्गबाट काम शुरु भएको र अन्य वडामा समेत सो कार्य निर
विराटनगर : धरान उपमहानगरपालिकाका पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले नेकपा एमालेमा फर्किने तयारीमा गरेका छन् ।गत मंसिरमा सुनसरी क्षेत्र नम्बर १ मा एमालेले जसपालाई सहयोग गर्ने निर्णय गरेपछि उनी बागी उम्मेदवार उठेका थिए । त्यस क्षेत्रमा एमालेले आधिकारिक रुपमा अशोक राईलाई सहयोग गरेको थियोे।एमाले कोशी प्रदेश कमिटी सदस्यसमेत रहेका मेन्याङ्बोलाई पार्टीले सदस्यसमेत नरहने गरि कारबाही गरेको थियोे । उनीमाथि भएको कारबाही फुकुवा भइसकेको छैन् ।मेन्याङ्बोले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगे भेट गरेका छन् । उनले ओली निवास बालकोट पुगेर भेट गरेका हुन् ।एमाले अध्यक्ष ओलीसँग भएको भेटमा सकारात्मक कुरा भएक
विराटनगर : बचतकर्ताको रकम हिनामिना गरेर फरार रहेका तुलसी बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । शर्मालाई सिआइवीको टोलीले भारतबाट पक्राउ गरेको हो ।विराटनगर – ३ मा मुख्य कार्यालय रहेका सहकारीका अध्यक्ष शर्मालाई पक्राउ गरेर काठमाडौँ ल्याइएको छ । उनले वचतकर्ताको १ अर्ब ४५ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ ।शर्मा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पनि पूर्वअध्यक्ष हुन् । शिव शिखरका निक्षेपकर्ताहरूको १४ अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको अर्को आरोप पनि उनलाई लागेको छ ।आफूहरुले सहकारीमा बचत गरेको पैसा फिर्ता नपाएपछि बचतकर्ताहरुले उजुरी दिएका थिए । सहकारीका अध
विराटनगर : नेपाल पत्रकार महासंघ मोरङले विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सञ्चार क्षेत्रसँगं सम्वन्धित व्यवसायमा बृद्धि गरेको कर संशोधन गर्न माग गरेको छ ।असार १० गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रसँग सम्बन्धित पेशा एवं व्यवसायमा लागू गर्न खोजिएको अव्यवहारिक करको दर प्रति नेपाल पत्रकार महासंघ मोरङले महानगरपालिकाका प्रमुख नागेश कोइरालाको ध्यानाकर्षण गराएको हो ।महानगर प्रमुख कोइरालालाई बुझाईएको ध्यानाकर्षण पत्रमा भनिएको छ,‘ पछिल्ला समयमा सञ्चार क्षेत्र अत्यन्त संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । सञ्चार संस्थाहरू बन्द हुने र त्यह
सोलुखुम्बु । योङ्ग स्टार क्लव सोलुखुम्बुले ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । क्लबले प्रदेश खेलकुद विकास बोर्ड र नेपाल व्याडमिन्टन संघको सहयोगमा यही असार २० गतेदेखि प्रतियोगिता सञ्चालन गर्न लागेको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । योङ्ग स्टार कभर्ड हल सोलुखुम्बुमा पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा विभिन्न पाँच विधा समावेश गरिएको छ । जसमा खुल्ला पुरुष डबल, खुल्ला महिला डबल, सोलुखुम्बु जिल्ला स्तरीय पुरुष डबल, खुल्ला भेट्रान पुरुष डबल र १५ वर्ष मुनिको पुरुष सिंगल ब्याडमिन्टन प्रतियोगिता रहेको छ ।तीन दिनसम्म चल्ने प्रतियोगिताको खुल्ला पुरुष डबल र खुल्ला महिला
काठमाडौं । प्रहरीले काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसबाट बेहुलालाई मण्डपबाटै पक्राउ गरेको छ । मागेको जति दाइजो नदिएको भन्दै विवाह रद्द गर्ने धम्की दिएपछि उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् । उनी अमेरिकाको ग्रिनकार्ड होल्डर हुन् ।नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह भइरहेका बेला बेहुला पक्षले ५० लाख रुपैयाँ मागेको र बेहुलीलाई गालीसमेत गरेको प्रहरीले जनाएको छ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ, उनलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले नक्सालस्थित निवासबाटै पक्राउ गरेको हो। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा उनको नाम मुछिएको थियो भने उक्त जग्गामा लगानी गरेका थिए। सो जग्गा अहिले पनि उनले स्टोरका रूपमा प्रयोग गर्दै आएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो भने उक्त मुद्दामा भाटभटेनीका सञ्चालक गुरुङमाथि अख्तियारले
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.