All Posts By कोशी प्रेस

    Showing १०,८४१-१०,८५० of १३,७४३ items.
  • पाँचथरको हेवा खोलामा डाइभर्सन गरी सडक खुलाइँदै

    सुनसरी / पाँचथरको फालेलुङ गाउँपालिकाले घुमाउने टारस्थित हेवा खोलामा डाइभर्सन गरी अवरुद्व सडक खुलाउने प्रयास सुरु गरेको छ ।गत असार ३ गते आएको बाढीले गाउँपालिका ३ र ७ लाई जोड्ने मोटरेबल पुल बगाएर पुल बगेसँगै सदरमुकाम सहित विभिन्न स्थानसँग सम्पर्क विच्छेद भएको फालेलुङलाई पुनः सडक सञ्जालसँग जोड्न आजदेखि डाइभर्सनको काम सुरु भएको हो ।डाइभर्सनका लागि ५ फुट ४ इन्च भित्री सतहका ५ थान हृयुम पाइप झिकाएर डाइभर्सनको काम थालिएको बताइएको छ । बाढीका कारण फालेलुङको घुमाउनेसँगै लुमाङदिनको मोटरेबल पुल पनि बगेको छ । घुमाउनेको प्रयास सफल भए लुमाङदिनमा पनि डाइभर्सन गरेर सवारी आवागमन खुलाइने गाउँपालिका अध्यक्ष

    • प्रकाशित मितिः असार १७, २०८०
    • १८० पटक पढिएको
  • ६ महिनाको अवधिमा ४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिए

    काठमाडौं / नेपाल सन् २०२३ को ६ महिनामा ४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुवातदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको हो ।बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै, सोही अवधिमा कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा दुई लाख २० हजार आठ सय १५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा दुई लाख ४० हजार नौ सय एक जना विदेशी पर्यटक नेपाल आएका थिए ।यस वर्षको

    • प्रकाशित मितिः असार १७, २०८०
    • २९८ पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

    काठमाडौं / नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका- ५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।अहिले पहिरो पञ्छाउने काम भइरहेको छ । पहिरोमा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउने काम भईरएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाउन दिन भर लाग्ने प्रहरीले जनाएको छ ।गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस सडकबाट दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

    • प्रकाशित मितिः असार १७, २०८०
    • १२८ पटक पढिएको
  • कतारमा झापाको गौरीगञ्जका राजवंशीको निधन

    सुनसरी / वैदेशिक रोजगारीका लागि कतार गएका झापाका एक व्यक्तिको निधन भएको छ ।झापाको गौरीगञ्ज गाउँपालिका - ६ खजुरगाछी गौरीयाडाँगी निवासी जगदिश राजवंशीको निधन भएको हो ।  हिजो   शनिबार बिहान अचानक रिङ्गटा लागेर लडेका राजवंशीको अल्पायुमा निधन भएको  हो । मृतकका श्रीमती र दुई छोरी रहेका छन् ।

    • प्रकाशित मितिः असार १७, २०८०
    • १६० पटक पढिएको
  • मनु मन्जिल रास्वपा प्रवेश, केन्द्रिय सदस्य बनाउने तयारी

    सुनसरी / २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस इटहरीको घोषणापत्र लेखेका मनु मन्जिल राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । घोषणा पत्र लेखन समिति संयोजक रहेका मञ्जिल शनिबार इटहरीमा रास्वपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य हरि ढकालले कवि मनु मन्जिललाई सदस्यता प्रदान गरेका हुन् । ३४ बर्ष हेरियो अब कति बस्ने `देशलाइ नयाँ ढंगबाट केही दिनु पर्छ भन्ने उद्देश्य बोकेर नयाँ पार्टीमा प्रवेश गरेको मनु मन्जिलले बताए । उनले पार्टीले खटाएको र जनताले चाहेको आवश्यकतामा रहेर अघि बढ्ने बताएका छन् । इटहरीका बौद्धिक व्यक्तित्वको रूपमा चिनिएका  मञ्जिल राष्ट्रिय अन्

    • प्रकाशित मितिः असार १७, २०८०
    • ५४८ पटक पढिएको
  • अखिल नेपाल महिला संघ कोशी प्रदेशको अध्यक्षतामा सिर्जना राई

    सुनसरी / अखिल नेपाल महिला संघ कोशी प्रदेशको अध्यक्षमा सिर्जना राई निर्वाचित भएकी छन्।नेकपा एमाले निकट महिला संगठन अनेमसंघको प्रथम प्रदेश सम्मेलनबाट प्रदेश कमिटी अध्यक्षमा राई सर्वसम्मत रूपमा निर्वाचित भएकी हुन्।पाटी राजनीतिमा सक्रिय महिना नेतृ सिर्जना अहिले कोशी प्रदेशकी समानुपातिक सांसदसँगै संसदीय दलको सचेतक हुन् ।  उनी पाटीको प्रदेश कमिटी सदस्य पनि रहेकी छन् ।संघको उपाध्यक्षमा द्वय माया पोखरेल र सरला राई, सचिवमा हेमकला कट्टेल, सहसचिवमा अन्जु पाण्डे र कोषाध्यक्षमा हिमा बिक लगायत ९१ सदस्यीय नयाँ कमिटी चयन गरिएको हो ।इटहरीमा शनिबार अखिल नेपाल महिला संघ कोशी प्रदेशको नयाँ नेतृत्व चयन गर्ने

    • प्रकाशित मितिः असार १६, २०८०
    • ४७३ पटक पढिएको
  • इटहरी जेसीजको सप्ताह कार्यक्रम सम्पन्न

    सुनसरी : इटहरी जेसिजले असार ९ गतेदेखि सञ्चालन गरेको सप्ताह कार्यक्रम शनिबार सम्पन्न भएको छ ।जेसिजमा सिकेका सिकाईहरुलाई समाजमा हस्तान्तरण गर्न प्रत्येक वर्ष जेसीजहरुले जेसीज सप्ताहको आयोजना गर्ने गरेको छ । समाजलाई असल नागरिक हस्तान्तरण गर्ने जेसीजको मुल उदेश्य रहेको छ । जेसीजले व्यक्तीत्व तथा नेतृत्व क्षमता विकाशका निमिक्त विभिन्न किसीमका तालिम सेमीनारको आयोजना गर्नुका साथै शिक्षा, स्वस्थ लगायत अन्य क्षेत्रहरुमा रहेर आफ्ना गतिविधीहरु गरेको छ  ।  भोलीको युवा नेतृत्व शीर्षकमा कार्यक्रमका वक्ताहरूले प्यानेल डीस्कसन गरेका हुन् ।इटहरी जेसिजहरुले चाडको रुपमा मनाउने जेसीज सप्ताह गत असार

    • प्रकाशित मितिः असार १६, २०८०
    • २७२ पटक पढिएको
  • अखिल नेपाल महिला संघ कोशी प्रदेशको प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न

    सुनसरी / अखिल नेपाल महिला संघ कोशी प्रदेशको  प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न भएको छ ।इटहरीमा शनिबार अखिल नेपाल महिला संघ कोशी प्रदेशको नयाँ नेतृत्व चयन गर्ने सम्मेलन भएको हो । "समृद्द नेपाल सुखी नेपाली हाम्रो अभियान समान सहभागिताका लागि सुदृढ सङठन"मुल नाराका साथ सम्मेलन सङ्घले काम गरि रहेको छ । बिगत बाट शिक्षा लिएर भविष्यमा काम गर्ने नेतृत्व जन्माउने उदेश्यका साथ कार्यक्रम भएको थियो ।हामिले यस नयाँ नेतृत्व लिएर महिलाका हक अधिकार पूरा गर्ने छौं । महिलामा हुने गलत काम अन्त्य गर्नु आवश्यक रहेको , महिला अगाडि बढ्न पाउने अधिकार हुनुपर्ने कुरा उठाइन् कोशी प्रदेशमा १ लाख सदस्य पुर्याउने अखिल नेपा

    • प्रकाशित मितिः असार १६, २०८०
    • ३१९ पटक पढिएको
  • एकसाता सम्म शव नभेटिएपछि तमोरमा बेपत्ता भएका बेलबारी ११ लक्ष्मीमार्गका खत्रीको काजकिरिया सुरू

    सुनसरी / तमोर नदीले बगाएर बेपत्ता भएका मोरङको बेलबारी नगरपालिका- ११ लक्ष्मीमार्गका २३ वर्षीय सिद्धार्थ कुमार खत्रीको शव एक सातासम्म फेला नपरेपछि कुशवको शव बनाएर अन्त्येष्टि गरि काजकिरिया शुरु गरिएको छ ।बिहिबार स्थानीय केशलिया घाटमा कुशवको शव बनाएर अन्त्येष्टि गरि उनको काजकिरिया शुरु गरिएको  उनको परिवारका सदस्यले जानकारी दिए । धनकुटाको साँगुरीगढी- ९ दिलुङटारस्थित तमोर नदीमा गत असार ८ गते शुक्रबार दिउँसो मोटरेवल पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा चिप्लिएर झरेपछि तमोर नदीले उनलाई बगाएको थियो । पछि प्रहरी र सेनाले खोजि कार्य गर्दा भेटिएन् ।बिहीबार दिउँसो ३ बजेतिर पुल निर्माणका लागि

    • प्रकाशित मितिः असार १६, २०८०
    • १७१ पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गर्न नसक्दा सरकार ढल्यो

    विराटनगर : कोशीका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न नसक्दा उनी नेतृत्वको सरकार ढलेको हो ।प्रदेश सभामा आज भएको मत विभाजनका क्रममा उनले विश्वासको मत प्राप्त गर्न सकेनन् । मुख्यमन्त्री कार्कीको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको छ । १ सिट भएको जसपाकी सांसद निर्मला लिम्बू भने दुवै पक्षमा समर्थन नगर्ने भएर अनुपस्थित भइन् । ८९ सदस्य उपस्थित रहेका थिए।९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ जना सांसदहरु आवश्यक रहेको अवस्थामा सत्तारुढ दल नेकपा एमालेका ४० र राप्रपाका ६ गरेर ४६ जनाले पक्षमा मतदान गरेका हुन् । विपक्षी गठबन्धनका दलहरु नेपाली कांग्रेस २९, नेकपा माओवादी केन्द्र १२

    • प्रकाशित मितिः असार १५, २०८०
    • १९८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]