काठमाडौं / चर्चित गायक तथा अभिनेता रबिन तामाङको अन्त्येष्टि आइतबार हुने भएको छ । बौद्ध संस्कार अनुसार उनको आइतबार स्वयम्भूमा अन्तिम संस्कार गरिने निश्चित भएको हो ।रबिनका दुई छोरी छन् । उनीहरू फ्रान्समा बस्ने भएकोले उनको दाह संस्कार अलि ढिलो हुन लागेको हो । तामाङको शवलाई अन्त्येष्टि अघि नक्सालमा राखिने भएको छ । रबिनको अन्त्येष्टि भने आइतबार पौने १२ बजे स्वयम्भूमा गरिने भएको छ । रबिन मंगलबार बेलुका बुढानीलकण्ठस्थित निजी निवासमा मृत अवस्थामा फेला परेका थिए ।
सुनसरी / नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नम्बर ६ को प्रथम क्षेत्रिय सम्मेलन सम्पन्न भएको छ ।प्रजा परिषदबाट प्रारम्भ नेपाली काङ्ग्रेस १४ औं महाधिवेशन पश्चात् सम्पन्न हुन गइरहेको प्रथम सम्मेलनको उद्घाटन समारोह मोरङको सन्दरहरैंचामा भएको छ ।काङ्ग्रेसमा सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य माननिय डाक्टर शेखर कोइरालाले कोशी प्रदेश सरकार सभामुखका कारण लोकतन्त्र खतरामा परेको आरोप लगाएका छन् । विधिको शासन भन्दा माथि रहेर नवगठित सरकार बनेको भन्दै सभामुखले संविधान मिचेको आरोप लगाएका हुन् ।उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो नागरिकता र राहधानी बोकेर
सुनसरी / मोरङको कानेपोखरीमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ ।कानेपोखरी गाउँपालिका- ७ रंगेली सडक खण्डमा प्रदेश २-०१-००३ प ४९३५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।दुर्घटना हुँदा मोटरसाईकल चालक सिराहा लाहानका २५ बर्षीय सन्तोष भुजेलको ट्रमासेन्टर उर्लाबारी मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय कानेपोखरीले जनाएको छ ।
काठमाडौं / कोशी प्रदेश सरकार गठन प्रक्रिया असंवैधानिक भएकाले मुख्यमन्त्री नियुक्त गर्ने निर्णय खारेज गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा सुनुवाइ गर्न भोलि आइतबार पेसी तोकिएको छ ।सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार रिटमाथिको सुनुवाइका लागि आइतबारको पेसी तोकिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले रिट दायर गरेको हो ।एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत् रिट दर्ता गराएका हुन् । कार्कीले नवनिर्वाचित मुख्यमन्त्री समेतलाई विपक्षी बनाइ रिट दर्ता गराएका हुन् । रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मु
सुनसरी / मोरङको लेटाङबाट कानेपोखरी जाँदै गरेको बोलेरोले टेम्पोलाई ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ । हिजो शुक्रबार राति सात बजेतिर मोरङको लेटाङ नगरपालिका -३ स्थित लेटाङ–कानेपोखरी सडक खण्डमा लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र.न.१–०२–००३ ह १३१२ नम्बरको अटोलाई बिपरीत दिशाबाट आउँदै गरेको प्र.न.१–०२–००२ च ४१७३ नम्बरको बोलेरो पिकअप गाडीले ठक्कर दिएको थियो ।ठक्करबाट अटो चालक कानेपोखरी गाउँपालिका -६ बस्ने अन्दाजी ३५ वर्षीय सागर तामाङको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । अटोमा सवार ८ वर्षीया रोशनी मगरको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहर
सुनसरी : मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई घुस रकमसहित पक्राउ गरेको छ ।अख्तियारको टोलीले ढकाललाई कार्यकक्षबाटै आज शुक्रबार पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय इटहरीले जनाएको छ ।ढकालले नगरपालिका कार्यालयको विभिन्न मर्मत–सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिदैँ गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
सुनसरी / झुम्कामा अन्तरक्रिया तथा बृहत अंगदान सम्बन्धि हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।अंगदान जिवन दान अर्थात अंगदान जस्तो मानविय काम अहिलेको सन्दर्भमा निकै सान्दर्भिक हुने अभिप्रायले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहिद धर्मभक्त राष्ट्रीय प्रत्यारोपण केन्द्रको प्राबिधिक सहयोग साई हस्पिटल प्रा.ली. र ओखती सोलुसन प्रा.ली. को आयोजनामा अंगदान कार्यक्रम सम्पन्न भएको हो । फोक्सो ,सानो आन्द्रा , कलेजो ,अग्नाशय , छाला ,आँखा , मृगौला जस्ता अंगको इच्छापत्रमा हस्ताक्षर ५३ गरेर जनाले अंग दान गरेका छन् ।अंगको अभावमा कतिपय जिवनहरु कारुणि अवस्थामा रहेको तथा ज्यानै गइरहेको अवस्था जगजाहे
सुनसरी / कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिएका हुन् । थापाले आजै सानो मन्त्रीमण्डल गठन गर्ने भएका छन् । काँग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी) बाट कमल प्रसाद जबेगुले पनि मन्त्रीमा शपथ लिने तयारी छ । माओवादी केन्द्रबाट कसलाई मन्त्री बनाउने भन्ने टुङ्गो लागि नसकेको बताइएको छ । खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा दुई बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र),
इटहरी : सार्वजनिक बिदा तथा शनिवारको दिन पनि इटहरी उपमहानगरपालिका कार्यालय खुल्ला हुने भएको छ ।आर्थिक वर्षको अन्त्य सँगै धेरै योजना तथा कार्यक्रम अन्तिम चरणमा रहेका कारण कार्यालय समय बढाइएको हो । बिदाका दिन नगर कार्यपालिकाको कार्यालय र सम्पूर्ण वडा कार्यलयहरु खुल्ला हुने भएका छन् ।बिहीबार प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले सूचना प्रकाशित गर्दै कामकाजको अत्यधिक चाप भएकाले शनिवार तथा सार्वजनिक बिदाको दिन कार्यालय खुल्ला हुने जानकारी गराएका छन् ।
विराटनगर / कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीमा उद्धव थापाले शुक्रबार शपथ लिँदैछन्।मुख्यमन्त्री थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसँग पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।शुक्रबार बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय गरिएको छ । शपथ ग्रहणलगत्तै मुख्यमन्त्री उनले केही मन्त्री नियुक्त गर्ने तयारी समेत गरेका छन्।बिहीबार नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा दुई बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी जनता समाज पार्टी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.